Sunday, November 21, 2010

यौन दुर्बलता ? समाधान पनि

काठमाडौँको कपन बस्ने शिव दवाडी -नाम परविर्तन) यौन दुर्बलता महसुस भएपछि हैरान छन्। उनी चार-चार पटकसम्म चिकित्सककहाँ परामर्शका लागि पुगे। तर, उनको हैरानी जस्ताको त्यस्तै छ।

दवाडीजस्तै घट्दो यौन इच्छाका कारण मानसिक समस्यामा फस्दै जानेको संख्या नेपालमा मात्र होइन, विश्वमै बढ्दो छ। पछिल्ला अध्ययनले विश्वमा १५ प्रतिशत पुरुष र ३० प्रतिशत महिला यौन इच्छाबाट वञ्चित रहेको देखाएका छन्। पुरुषको हकमा मूलतः तनावकै कारण यौन इच्छामा कमी हुन्छ। त्यस्तै अवसाद, असन्तुलित एवं अप्राकृतिक आहार तथा आधुनिक जीवनशैलीलाई पनि यसका कारक तत्त्व मानिएको छ। मधुमेह र उच्च रक्तचापजस्ता समस्याले इन्डोक्राइन प्रणालीलाई असन्तुलित पार्छन्। उमेर वृद्धिसँगै लिंगमा रक्तसञ्चार घट्ने भएकाले पनि यौन इच्छामा कमी हुन्छ, जसलाई प्राकृतिक कारण ठानिन्छ।

यौन असामथ्र्य पनि विश्वमा त्यत्तिकै चुनौतीको विषय भएको छ। लिंग उत्थान नहुनु वा हल्का उत्थान हुनु वा छोटो समयका लागि मात्र उत्थान हुनु तथा यौन जोडीमा सन्तुष्टि नहुनु यौन दुर्बलताको अवस्था हो। आधुनिक जीवनशैली, असन्तुलित आहार, तनाव तथा अन्य विविध कारणले यो अवस्था उत्पन्न हुन्छ। जब प्रजनन अंग तथा स्नायुहरूमा रक्तसञ्चार प्रचुर मात्रामा पुग्छ, तब मात्र लिंग उत्थान हुन्छ। उक्त रक्तसञ्चार लामो समयसम्म लिंगमा रहिरहनुपर्छ, उत्थान निरन्तरताका लागि। मधुमेह, दम, डिप्रेसन तथा उच्च रक्तचाप र तिनका औषधीको पाश्र्वप्रभावले पनि त्यस्तो रक्तसञ्चार प्रभावित हुन्छ। धूम्रपान, उच्च मदिरापान तथा हार्मोनको असन्तुलनका कारण टेस्टेस्टेरोन उत्पादनमा कमी उत्पन्न भई यौन दुर्बलता हुन्छ।

अन्य यौन दुर्बलतामा शीघ्र स्खलन, उल्टो स्खलन, वीर्यको मात्रा तथा संख्यामा कमी आदि पनि प्रमुख समस्याका रूपमा देखा परेका छन्। लिंगको पूर्ण आकार, पूर्ण उत्थान, कडापन तथा बलियोपनबाट शक्तिशाली स्खलन आवश्यक हुन्छ। शीघ्र स्खलन भन्नाले आफ्नो यौन साथीलाई सन्तुष्टि हुनुपूर्व स्खलन हुनु हो। यो स्खलन कहिलेकाहीँ योनिमा लिंग प्रवेश गराउने समयमा बाहिरै पनि हुनसक्छ। वा, भित्र प्रवेश गरेपछि तुरुन्त पनि हुन सक्छ। मान्छेले कति समयसम्म यौन सम्पर्क गर्नुपर्छ भन्ने मापदण्ड छैन। यो यौन जोडीको सन्तुष्टिमा भर पर्छ। शीघ्रपतनले पुरुषलाई दिक्क लगाउँछ तथा हीनताबोध गराउँछ। शीघ्रपतनका कारण धेरै प्रेम तथा वैवाहिक सम्बन्ध टुटेको वा संकटग्रस्त भएका उदाहरण छन्। खासगरी बढी उत्तेजित हुँदा वा लिंग बढी संवेदनशील भएमा शीघ्रपतन हुन्छ। नयाँ यौनसाथीसँग असजिलो वा 'नर्भस' भएमा वा कुनै डर/त्रास भएमा पनि शीघ्रपतन हुन्छ। आफ्नो यौन क्षमताप्रति चिन्तित भएमा, हीनताबोध भएमा, डिपे्रसन, तनाव र सम्बन्धमा समस्या देखा परे पनि शीघ्र पतन हुन्छ। साथै, मस्ितष्कमा हुने सेरोटोनिन हार्मोनको कमीले पनि यस्तो हुन्छ। चोटपटक तथा शल्यक्रियाबाट स्नायु प्रणाली नष्ट नभएको अवस्थामा शीघ्र स्खलन ठूलो समस्या होइन। लामो समयसम्म शीघ्रपतन भइरहेमा वा यौनसाथी असन्तुष्ट भएमा चिकित्सकको परामर्श लिनुपर्छ।

अभ्यासगत तरकिाले ९५ प्रतिशत पुरुषको शीघ्र स्खलनको समस्या समाधान हुन्छ। स्खलन रोक्नका लागि उत्तेजित भएर यौनक्रीडा गररिहेको बीचबीचमा ३० सेकेन्ड रोक्ने अनि फेर िसुरु गर्ने। जब दुई जनाले चरम आनन्द पाउँछन्, तब मात्र स्खलन गर्ने। यसका साथै स्खलन हुने संकेत देखिनेबित्तिकै मनलाई यौनबाहेकका अन्य विषयमा मोड्ने -जस्तै ः खेलकुद, बगैँचा, पुस्तक आदि)। कन्डमको प्रयोगले पनि यौनांगको संवेदनशीलता कम हुन्छ, जसले गर्दा शीघ्रपतन हुँदैन। मनोवैज्ञानिक कारण वा मानसिक समस्या भएमा मनोरोगविज्ञसँग परामर्श लिने। सबैभन्दा महत्त्वपूर्ण पक्ष यौनका लागि मानसिक रूपमै दृढ एवं बलियो हुनुपर्छ। लिंग उत्थान हुँदैन कि ? शीघ्र स्खलन हुन्छ कि भनेर नकारात्मक सोचाइ बोकेर यौन प्रयास नगर्नु वेश हुन्छ। साथै, लिंग पूर्णरूपमा उत्थान नहुँदै सम्भोगको प्रयत्न गर्नु हुँदैन। हल्का उत्थान भएका बेला सम्भोगको प्रयत्न गरेर विफल भयो भने लाज, ग्लानि तथा 'प|स्ट्रेसन'ले यौन मनोविज्ञानलाई ठूलो आघात पार्छ।

यौन सबैभन्दा बढी चर्चित, रहस्यमय, आकांक्षी, मनोरञ्जक सम्बन्धको सूत्र तथा सृष्टिको माध्यम हो। यौनलाई दबाउनाले तथा अति बढी प्रयोग गर्नाले विभिन्न विकृतिहरू उत्पन्न हुन्छन्। यौन शारीरकि आवश्यकता अनुसार गर्ने कुरा हो न कि तालिका अनुसार। दुवै जनाको उल्लास, उमंग एवं यौनमैत्री वातावरणमा गरएिको सहवास सयौँपटकको दैनिक तालिकाको यौनभन्दा बढी आनन्ददायी हुन्छ। तसर्थ, स्वस्थ, संयमित, मर्यादित र अनुशासित यौन अभ्यास ईश्वरीय बरदान हो।





महिलामा यौन समस्याहरू

     यौन चाहनामा कमी हुनु ः हार्मोनको परविर्तन, क्यान्सर, केमोथेरापी, डिप्रेसन, गर्भावस्था, तनाव, यौनजन्य हिंसाको कारण।

     उत्तेजनामा आउन नसक्नु ः योनिमा पर्याप्त आद्रता नभएमा, चिन्ता वा अपर्याप्त उत्तेजना, योनि तथा भंगाकुरमा रक्तसञ्चालनमा कमी भएमा, तनाव, हीनता, यौनबारे जानकारी नहुनु, प्रौढावस्थामा मैनावारी बन्द भएपछि योनि सुक्खा हुनु, प्रजनन प्रणाली तथा यौनरोग लाग्नु, दीर्घरोग लाग्नु आदि।

     चरम आनन्दको कमी ः यौन इच्छा दबाएमा, अनुभवहीन अवस्थामा, ज्ञान नभएमा, मनोवैज्ञानिक तनावहरू जस्तै हीनताबोध, चिन्ता, यौनलाई लाज, डर, रसि वा शोषणका रूपमा लिएमा, पुरुषको यौनक्षमता नभएमा, विगतको यौन दुव्र्यवहार, बलात्कार तथा दीर्घरोगहरू र औषधीको सेवन आदि।

     पीडायुक्त यौन ः योनि, भंग, पाठेघर, अन्डाशयमा संक्रमण वा घाउ भएमा योनिस्राव कम भएमा, यौनमैत्री वातावरण तथा यौन रोग लागेमा आदि।

महिलामा एउटा 'भेजिनिज्समस' अवस्था हुन्छ, जसमा योनिवरपिर िघेरएिको मांसपेशीको संकुचनले योनिमा अत्यधिक पीडा हुन्छ, जसले गर्दा महिलाहरू लिंग प्रवेशसँग डराउँछन् र यौनलाई पीडादायी ठान्छन्।



महिलाको यौन समस्याको समाधान

 िशक्षा प्रदान ः मानव शरीरको संरचना, यौनक्रिया तथा उमेरगत परविर्तनहरू, वृद्ध हुने प्रक्रिया, यौन व्यवहार र प्रतिक्रियाबारे खुलस्त जानकारी भएमा यौनबारे डर, त्रास हुँदैन।

 उित्तेजित बनाउने ः उत्तेजक सामग्रीहरू जस्तै भिडियो, पुस्तक, हस्तमैथुन र यौन तालिकाको परविर्तन।

 रुिचि बढाउने तथा डर हटाउने प्रविधि ः कामुक ठाउँहरू, संगीत, फिल्म, अभ्याससहितको यौन आदिले आनन्द बढाउँछ र चिन्ता हटाउँछ।

 अियौनिक अभ्यास बढाउने ः स्पर्श, मसाज आदिले घनिष्ट बनाउँछ।

 दुखाइ कम गर्ने ः आरामदायी आसनमा चिल्लो पदार्थ लगाएर विस्तारै सहवास गर्ने, मैथुनपूर्व न्यानो पानीले नुहाउने।

 पाठेघर फ्याँकेको वा महिनावारी बन्द भएको अवस्थामा योनि शुष्क हुने भएकाले घर्षणबाट पीडा हुन्छ। यसका लागि 'लुबि्रकेन्ट्स'को प्रयोग गर्ने।



पुरुषमा यौन दुर्बलताका कारणहरू

    उमेर ः ४० वर्षपछि प्रोल्याक्टिन हार्मोन बढ्छ, जसले गर्दा पौरुषग्रन्थि बढ्छ।

    अनियमित आहार ः घ्यू, बोसो तथा चिल्लोले लिंगको रक्तनलीमा बोसो बढाउँछ।

    धिम्रपान ः चुरोटमा हुने निकोटिनले नाइटि्रक अक्साइड घटाउँछ। जसका कारण रक्तनली फैलिएर लिंग उत्थानमा समस्या हुन्छ।

    अत्यधिक मद्यपान ः यसले संवेदना हराउने तथा ट्राइग्लेसेराइड बढाउँछ, जसले लिंगको रक्तनलीमा बोसो जम्छ र उत्थान हुँदैन।

    पौरुष ग्रन्थीको वृद्धि ः पौरुषग्रन्थिबाट वीर्यको सेतो तरल पदार्थ निस्कन्छ, जुन लिंगमा पुगेपछि यौन उत्कर्ष हुन्छ। यसको वृद्धि भएमा यो प्रक्रिया अवरुद्ध हुन्छ।

    खिराब कोलेस्टेरोल बढेमा रक्तनली कडा र साँघुरो भएपछि रक्तसञ्चार घट्छ, त्यसपछि लिंग उत्थानमा समस्या उत्पन्न हुन्छ।

    हार्मोनको असन्तुलन ः टेस्टेस्टेरोनको कमी भएमा यौन रुचि र लिंग उत्थान कम हुन्छ। प्रोल्याक्टिन हार्मोन बढ्यो भने टेस्टेस्टेरोन घटाउँछ।

    मिधुमेह ः जीर्ण मधुमेहले साना रक्तनलीहरू तथा स्नायु नष्ट गर्छ। जसबाट स्नायुको तरंग तथा रक्तसञ्चारमा कमी भई रुचि र उत्थानमा बाधा पुग्छ।

    अौषधीहरू ः रक्तचाप, डिप्रेसन, मधुमेह, एलर्जी, क्यान्सर आदिको औषधीको पाश्र्वप्रभावले पनि यौन दुर्बलता हुन्छ।

    लामो समय साइकल चलाउँदा स्नायु तथा रुक्तनली च्यापिएर रुक्तसञ्चारमा असर परी लिंगोत्थानमा समेत प्रभाव पर्छ।

    मानसिक अवस्था ः डिप्रेसन, चिन्ता, तनावको कारणले।

    गाँजा, धूम्रपान, रक्सी र अन्य लागूपदार्थको कारणले।

    यौन रोगका कारणले यौन क्षमतामा असर पार्छ।



पुरुषको यौन दुर्बलता तथा शीघ्र स्खलनको समाधान


 चुरोट, मदिरा, गाँजा तथा लागूपदार्थ सेवन नगर्ने।

 लामो समयसम्म लगातार काम नगर्ने।

 शारीरकि अभ्यास गर्ने। प्रातः भ्रमण धेरै प्रभावकारी हुन्छ।

 सुखी र यौन मैत्री वातावरण सिर्जना गर्ने।

 शारीरकि तौल घटाउने।

 सातामा दुईपटकभन्दा बढी हस्तमैथुन नगर्ने।

 तेलले शरीरमा मालिस गर्ने।

 िदनको आठ घन्टा सुत्ने।

 लिसुन, केरा, खर्बुजा, गोलभेँडा, चकलेट, अदुवा, कुरलिो, उखुको रस, दूध, भँगेरा तथा बट्टाईको मासु, काजु, छोकडा, बदाम, शिलाजित, अश्वगन्धा, मुसली, काउछो बीउ, हर्बल औषधीहरू, योग, ध्यान तथा प्राणायाम एवं भिटामिन 'ए', 'बी' कम्प्लेक्स, 'सी', 'ई', खनिज लवण, जिंक, सेलेनियम, म्याग्नेसियम, क्यालसियम् वा उक्त तत्त्व पाइने सन्तुलित आहार गर्ने।

No comments: