Sunday, November 21, 2010

नारी सिर्जना र अबको बाटो

'नारी-पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन्' भनेर परम्परागतरूपमै भनिादै आएको हो र पनि यतिबेला आएर पुरुषप्रधान समाजले नारीलाई माथि उठ्न नदिएकाले पछि परिएको निष्कर्ष निकाल्दै आरक्षणका लागि हरेकक्षेत्रमा पहलहरू भइरहेका छन् । मुलुकको सिङ्गो जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने नारीहरू परम्परा र संस्कारले हरेकक्षेत्रका लागि जगको रूपमा रहेको शिक्षाक्षेत्रमा पछि परेकाले नै एक्काइसौा शताब्दीमा आएर आरक्षणका लागि आवाज उठाउनु परेको यथार्थ बोलिदै आएको छ । छोरीमान्छेले पढ्नु हुादैन, अर्काको घर गरेर खाने जातलाई पढाएर के फाइदा ? जस्ता सोच र मानसिकताका उपजकै कारण शिक्षाक्षेत्रमा महिलाले पछि पर्नुपरेको हो भन्ने यथार्थलाई सबैले आत्मसात गर्नैपर्छ । यसैको क्षतिपूर्तिका रूपमा भए पनि आरक्षणको आवाजले प्राथमिकता पाउन थालेको छ ।
अघिल्लो पुस्ता सामाजिक परम्परा र व्यावहारिक असजिलोमा परेको भए पनि अबको समाजमा त्यस किसिमको समस्या छैन । हरेकक्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान् नारी प्रतिभाहरूको पनि कमी छैन अब । सिर्जनाका क्षेत्रमा हेर्ने हो भने यतिबेला प्रशस्तै नारी प्रतिभाहरू देखिएका छन् । अघिल्लो पुस्तामा पनि 'खाने मुखलाई जुागाले छेक्दैन' भनेझैा प्रतिभा हुनेहरू सिर्जनाकै बलमा स्थापित भएर नबिर्सिने नामका सूचीमा इतिहासमा अङ्कित भएका छन् ।
नारी स्रष्टाका सिर्जनाहरू परम्परागत र आˆनै दुःख-पीडाका सेरोफेरोका हुन्छन्, परिवर्तित सन्दर्भअनुरूप नवीन सोच र मान्यतामा अगाडि आउन सकेका छैनन् भन्नेहरूलाई अबका दिनमा स्वयं नारी स्रष्टाले नै जवाफ दिनुपर्ने अवस्था छ । जवाफ मुखको तीतो नभएर सिर्जनाको बलको हुनुपर्छ । यसै सन्दर्भमा-परिवर्तत सन्दर्भ अनुसार नारीस्रष्टाहरूले कलम चलाउन सकेका छन् कि छैनन्, सिर्जनाका क्षेत्रमा नारी-पुरुष भनेर छुट्याउनुपर्ने अवस्था छ कि छैन, बौद्धिक खुवी देखाउनुपर्ने साहित्यिक क्षेत्रमा आरक्षणका कुराहरू कत्तिको आवश्यक छन्, लगायतका कुराहरूमा केन्दि्रत रहेर नारीस्रष्टाहरू-भागीरथी श्रेष्ठ, डा. ज्ञानू पाण्डे र गीता त्रिपाठीसाग गरिएका कुराकानीहरू यहाा प्रस्तुत छन्-
खनारी साहित्यकारहरूको साहित्यिक लेखनको वर्तमान अवस्था कस्तो छ ?
धभागीरथी श्रेष्ठ- नारी साहित्यकारहरूको साहित्यिक लेखन यतिबेला ज्यादै उर्वर अवस्थामा छ । विशेषतः काव्य विधाका क्षेत्रमा कलम चलाउनेहरू अन्य विधाको तुलनामा निक्कै सशक्त देखिएका छन् । अध्ययनशील भएर लागिपर्दा अवश्य पनि गुणात्मकता देखिन्छ नै । कथा, उपन्यास, यात्रासंस्मरण लगायतका विधाहरूमा कलम चलाउनेहरू पनि शक्तिशाली भएर देखिएका छन् । त्यसैले म त भन्छु- सन्तोष गर्ने ठाउा छ । भविष्यको सुन्दर कल्पना गर्ने ढोका वर्तमानले खोलिसकेको छ ।
धडा. ज्ञानू पाण्डे- तुलनात्मकरूपमा भन्नुपर्दा अहिलेका नारी साहित्यकारहरूको साहित्यिक लेखन उत्साहजनकरूपमा आएकोले प्रशस्त सम्भावना बोकेर झाङ्गिदो अवस्थामा छ । परम्परागत मानसिकताको सानो वृत्तबाट उठेर हरेक विधामा नवीन सोच र शैलीलाई समात्दै सर्जकहरू अघि बढिरहेका छन् । अहिलेको जल्दोबल्दो अवस्थाको डायस्पोरिक साहित्यमा पनि नारी साहित्यकारहरू देखिएका छन् । नाटकक्षेत्रलाई छोडेर कुनै पनि विधामा यतिबेला नारीस्रष्टाहरू कमजोर देखिएका छैनन् । यो ज्यादै सुखद कुरा हो ।
धगीता त्रिपाठी- विगतको तुलनामा त यसै पनि राम्रो अवस्थामा छ नै । हिजो एकाध नारीस्रष्टाले सिङ्गो प्रतिनिधित्व गरेका थिए भने अबको अवस्था त्यस्तो छैन । हरेक विधामा नारी साहित्यकारहरू उत्तिकै सशक्तरूपमा देखिएका छन् । लेखनको निरन्तरता र विधागत वैशिष्ट्यमा चाहिा कमी छ भनेर स्वीकार्नैपर्छ । सक्रियता बढ्नु राम्रो हो तर गुणात्मकताका हिसाबले चाहिा शिल्पपक्षमा कमजोरीहरू प्रशस्त छन् । त्यसमा क्रमशः सुधार आउने कुरामा विश्वास गर्नसक्ने आधारहरू यतिबेला देखिएका छन् ।'
ख नारी स्रष्टाहरू परम्परागत साहित्यिक लेखनभन्दा माथि उठ्न सकेका छैनन्' भन्ने टिप्पणीप्रति तपाईंको दृष्टिकोण के छ ?
धभागीरथी श्रेष्ठ- एउटा सर्जकलाई जुन विषयले छुन्छ, त्यसैमा लेख्ने हो । नयाामा प्रवेश गर्नलाई परिवेश, ज्ञान, अनुभव हुनुपर्‍यो । कतिपय विषयवस्तुमा पुरुष साहित्यकारले भोगेर, अनुभव गरेर लेख्छन् तर नारी स्रष्टाले त्यसो गर्न सक्दैनन् । त्यसको पछाडि कारणहरू होलान् । हाम्रो पुस्ताले पारिवारिक कुराहरूलाई जोड दिएको अवश्य हो तर पछिल्लो समयमा आएर हाम्रो लेखनमा पनि परिवर्तन आएको छ । नयाा शैली र धारलाई समातेर अघि बढ्ने चाहना त समय-परिवेशअनुसार स्वतः भइहाल्छ । विदेश जानेहरूले त्यहााका भोगाइ, अनुभव र अनुभूतिहरूलाई लेखनमा उतार्दै आएका छन् । यसले पनि परिवर्तनमा सघाउ पुर्‍याउाछ ।
धडा. ज्ञानू पाण्डे- यसमा वास्तविकता छ । नारी भएपछि उसका आˆनै विषयमा केन्दि्रत हुनुपर्छ भन्ने मान्यता र व्यवहार अधिकांशमा छ । हाम्रो बुझाइ पनि त्यस्तै नै भएर हो । हामीले पनि यो समस्या हामी नारीको समस्या मात्र नभएर सिङ्गो समाजको हो भन्ने बुझाउन सकेका छैनौा । आखिर समाज भनेकै नारी-पुरुषको हो । जसले उठाए पनि समस्या साझा हो तर बढी जिम्मेवार नारी नै हुनुपर्छ । यो अवधारणा र चिन्तन सबैभन्दा पहिला त नारीमै हुनुपर्‍यो । पुरुषको कारणले दुःख-पीडा पाएको हो भन्ने सङ्कुचनमा परिवर्तन हुनुपर्छ । यो परिवर्तन गराउने कुरामा समालोचकहरू पनि अग्रसर हुनुपर्छ ।
धगीता त्रिपाठी- केही हदसम्म टिप्पणी सही पनि हो । अध्ययनको कमीले गर्दा पनि त्यस्तो भइरहेको छ । गुनासो, पीडामात्र साहित्य होइन । आफूलाई स्वयंले नै सुधार्नुपर्छ । हाम्रो समाज, परिपाटी परम्परागत छ । पुरुषबाट लैङ्गिक समानता पाइएको त छ तर वैचारिक समानतामा त आफैा खरो उत्रिनुपर्छ । आफूलाई माथि उठाउन महिला आफैा अग्रसर हुनुपर्‍यो । विश्व साहित्यतिर हेर्ने हो भने त यसै पनि नेपाली साहित्य पछि परेको छ नै तर यसमा पनि नारी स्रष्टाहरूको लेखनीमा प्रशस्त कमी- कमजोरीहरू छन् ।
खपरिवर्तित सन्दर्भलाई आत्मसात् गर्दै कलम चलाउन सक्ने नारी स्रष्टाहरूको कमी भएको अनुभव तपाईंले गर्नुभएको छ कि छैन ?
ध भागीरथी श्रेष्ठ- एउटा स्रष्टाले कलम चलाउनलाई विषय पाउने नै समय, परिवेश र त्यसैअनुरूपको परिवर्तनबाटै हो । वर्तमानमा नभिजी लेख्न सकिादैन । पछिल्लो पुस्ता त यसै पनि अग्रसर भइहाल्यो, मेरो पुस्ताले पनि वर्तमानको बोध गरेरै कलम चलाइरहेको अनुभव मैले गरेकी छु । वर्तमानको राजनीति, अराजकता, गुट चरित्र लगायतका कुराहरू लेखनमा स्वाभाविकरूपमै आउाछन् ।
धडा. ज्ञानू पाण्डे- तुलनात्मकरूपमा कमी छ । त्यसको पछाडि आˆनै पृष्ठभूमि र बाध्यताले बााधेको छ । पहिलो त हाम्रो सामाजिक संरचना नै त्रुटिपूर्ण भएर हो । समस्या भनेका परिवारका, समाजका, देशका र सबैका साझा हुन् । त्यसलाई खोतलेर किन, कसरी र कसले भन्ने पहिचान गर्नुपर्छ । तब मात्र परिवर्तित सन्दर्भ र समयलाई समातेर नवीन सोच र चिन्तनमा अघि बढ्न सकिन्छ ।
धगीता त्रिपाठी- हो, त्यस्तो अवस्था टड्कारोरूपमा छ । महिलाको अवस्थालाई माथि उठाउन महिला नै अग्रसर हुनुपर्छ । सर्पको खुट्टा सर्पले नै देख्छ भन्छन् तर दुःख-पीडा परेको बेलामा मात्र लेख्ने र अरू बेला नलेख्ने गर्दा त्यसले घाटा हुन्छ । समय-राजनीतिले परिवर्तन त ल्याएको छ तर जरैदेखि दरिएर बदलिनुपर्छ । सही र सकारात्मक सोच जाग्नुपर्छ । घरबाट थालिएर समाज र राष्ट्रमा फैलिनुपर्छ । व्यवहारमा परिवर्तन आएपछि सोचमा परिवर्तन नआउने भन्ने हुादैन ।
खसाहित्यिक सङ्घ-संस्थाहरूमा नियुक्ति एवं पुरस्कार-सम्मानहरूमा आरक्षण भन्दा पनि प्रतिस्पर्धाप्रति जोड पुर्‍याउनुपर्छ भन्नेतर्फ तपाईं कत्तिको अग्रसर हुनुहुन्छ ?
धभागीरथी श्रेष्ठ-भागवण्डा, आरक्षण खोज्नु भनेको आफू कमजोर छु भन्ने ठान्नु हो । म त्यतापट्ट िपटक्कै सहमत छैन । पुरस्कार-सम्मान खोजेर र मागेर लिनु, त्यसकै लागि लेख्नु लेखकको धर्म होइन । म आफू मात्र भन्दिन, मजस्तै समर्पित नारी स्रष्टाहरू धेरै छन् । हामीले भागवण्डा खोजेका छैनौा । हामीले आˆनो पहिचान आफैाले बनाएका हौा । यो नै दिगो र आत्मसम्मानको बाटो पनि हो ।
धडा. ज्ञानू पाण्डे- अन्ततः सबैले प्रतिस्पर्धामै जानुपर्छ । महिला हुा भनेर भिन्न सोच राख्नुभन्दा पनि म व्यक्ति हुा भन्ने पुष्टि गर्नुपर्‍यो । बराबरको स्थितिमा उकास्नलाई आरक्षणको प्रारम्भिक रणनीति लिनु ठीक होला तर अन्ततः यसले प्रतिभा खार्दैन । वातावरण र परिस्थिति बनाइदिएपछि, सकारात्मक र समतामूलक समाजको अवधारणा स्थापित भइसकेपछि दयाको र लाचारीको आरक्षण आवश्यक पर्दैन । दिन चाहादा लिनसक्ने र त्यसलाई धान्ने क्षमता बनाउनुपर्छ । यो नै ठूलो र भरपर्दो आधार हुन्छ ।
धगीता त्रिपाठी- आरक्षणले कमजोर बनाउाछ । कमजोरीबाट माथि उठ्न र सङ्घर्ष गर्नलाई बाटो छेक्ने काम गर्छ । लेखन भनेको युगजन्य चेतना र युग परिवर्तनको माध्यम हो । लेखकले पाठकसम्म फैलिन सक्नुपर्छ । सम्मान, पुरस्कार, पद भन्ने कुरा नै सबैथोक होइनन् । नोवेल पुरस्कार पाएर पनि 'मेरो लेखनमा बाधा पुग्यो, घाटा भयो' भन्ने महिला देखिएकी छिन् । यो पुरस्कार उनले आरक्षणमा पाएकी थिइनन् । सङ्घर्ष र प्रतिस्पर्धाले नै प्रतिभालाई खार्दछ भन्ने कुरा बुझ्नुपर्छ ।
ख अबको साहित्यिक लेखनमा नारी साहित्यकारहरूको भूमिका कस्तो रहला ?
धभागीरथी श्रेष्ठ-अबको साहित्यिक लेखनमा नारी स्रष्टाहरूको भूमिका अत्यन्त सक्रिय र सफल देखिादै आएको छ । पारिजातले धानेको युगबाट माथि उठेर मूलधारमा जोडिन हामी प्रयासरत छौा । कलम चलाउनेहरू माझिदै आएका छन् । साहित्य भनेको सिङ्गो चौतारी हो, आ-आˆनै तरिकाले रम्नुपर्छ । भित्री प्रतिस्पर्धा आफैमा रहिरहन्छ र यसैले अगाडि बढाउाछ पनि । हरेकविधामा नारी साहित्यकारहरू सक्षम देखिएका छन् । जो परिवर्तित सन्दर्भअनुसार चल्न सक्दैनन्, तिनीहरू पाठकबाट टाढा छुट्दै जान्छन् ।
धडा. ज्ञानू पाण्डे- आशावादी त हुनैपर्छ । परिवर्तित सन्दर्भ अनुसारका आवाजहरू उठेका छन् । जनयुद्धको प्रभावले असर पारेको छ र युद्ध साहित्यमा कलम चलाउन नारी स्रष्टाहरू अग्रसर देखिएका छन् । डायस्पोरिक दायरा उसैगरी बढेको छ । अबको साहित्य हरेक दृष्टिले अग्रसर छ । नारी-पुरुष भनेर छुट्याउन सकिादैन । हुर्किएको रूखलाई काटेर बराबरी बनाउने पनि सोच्नुहुन्न । साथ-सहयोगले माथि उठाउनुपर्छ । सङ्घ-संस्थाहरू, सेमिनार-गोष्ठीहरू आदिका माध्यमबाट नारी स्रष्टालाई जागरुक बनाएर हुर्काउनुपर्छ ।
धगीता त्रिपाठी- यतिबेलाको समय नै त्रासद् र विसङ्गत छ । अन्योल र अस्थिरता बढेको छ । महिलाले झन् बढी सङ्घर्ष गर्दै चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था छ । यथास्थितिमा झट्टै परिवर्तन भइहाल्ने अवस्था पनि छैन । आर्थिक विशृङ्खलता र राजनीतिक परिवर्तनसाग जुद्धै निरन्तरको यात्रामा अघि बढ्दा समय र परिस्थितिलाई आत्मसात् गर्न सजिलो हुन्छ । परिवर्तनले चेतना जागृत गराएको छ तर व्यावहारिक पक्षमा सुधार हुन अझै समय लाग्छ । मूलकुरा त नारी-पुरुषबीचको विभेदपूर्ण मानसिकताको खाडल पुर्नलाई अग्रसर हुनुपर्छ । जति छिटो पुरिन्छ, उत्ति नै सिर्जनाका खुड्किलाहरू चढ्न सहज हुादैजान्छ ।
परिवर्तित सन्दर्भ र समयले हरेक क्षेत्रमा लैङ्गिक समानताका कुराहरू पनि उठिरहेका छन् र अर्कोतर्फ आरक्षणको मागले दोहोरो भूमिका खेलिरहेको पनि देखिन्छ । नारी स्रष्टाहरूमा अध्ययनको कमी र समयको अभाव भएको कुरामा स्वयं नारी स्रष्टाहरूले नै स्वीकारेको पाइन्छ । सिर्जनामा पछि पर्नुको कारण पनि यसैलाई मान्ने गरिन्छ तर इच्छा भएमा उपायहरू स्वयं निस्किन्छन् । मनमा विरह उब्जिएर, पीर परेर लेख्न थालेकी हुा भन्नेहरू धेरै छन् । यस्तोले गुणात्मकतामा बल पुर्‍याउादैन, खाली सङ्ख्यात्मक वृद्धिमात्र हुन्छ । चेतना जागृत भएर, उत्प्रेरित भएर साहित्य सिर्जनामा लागेकी हुा भन्नेहरूको सङ्ख्या बढ्नु आवश्यक छ ।
साहित्य सिर्जना सोखको विषय र समय कटाउने माध्यम पक्कै पनि हुनुहुादैन । हतारहतारमा लेखेर सङ्ग्रह प्रकाशित गरिहाल्नुभन्दा पनि गुणात्मक सिर्जनातिर अग्रसर हुनैपर्छ । परिवर्तित सन्दर्भ, विश्व भूमण्डलीकरणको प्रभाव, अत्याधुनिक प्रविधिहरूको विकास लगायतका कुराहरूलाई आत्मसात् गर्दै अगाडि बढ्न सक्नुपर्छ । वर्तमान पुस्ता हरेकक्षेत्रमा जुनरूपमा अग्रसर देखिएको छ, नेपाली साहित्यका क्षेत्रमा पनि सशक्तरूपमा अघिबढेको छ । भोलिका दिनमा अवश्य पनि नारी स्रष्टाहरूले सिङ्गो साहित्यिक बागडोर समात्नेछन् ।

No comments: