Sunday, November 21, 2010

सम्झनामा फेवाताल

गीतहरूमा नेपालको प्राकृतिक सम्पदा बढी प्रयोग हुनेमध्ये फेवाताल एक प्रमुख हो । 'फेवाताल' गीतहरूमा सबैभन्दा बढी प्रयोग भएको पाइन्छ । गीतका टुक्राहरूमा फेवाताल कसरी आएको छ । यसरी हेरौं ।
फेवातालको आँगनमा लै लै माछापुछ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो माया
बगर जुन उजाड पट्यार लाग्दो र शुष्क हुन्छ । आˆनी मायालुको मायाबिनाको जीवन बगर हुने कुरा गीतको टुक्रामा रूपक अलङ्कारद्वारा अलङ्कृत बन्दै व्यक्त भएको छ । यही सन्दर्भमा मिलनको प्रतीक ती बनेर फेवा आएको छ । माथि चुचुरोबाट माछापुच्छ्रेको छायाँ हाम फाल्दै फेवालाई अँगाल्न आउँछ, त्यसरी नै आˆनी पि्रयसी पनि हुरिँदै आओस् भन्ने भित्री मर्म गीतमा लुकेको छ ।
माछापुच्छे्र फेवातालमा पौडी खेल्दो र'ै छ ।
पोखरा त साँच्चिकैको पोखरा नै रै' छ ।
पोखराको अर्थ धेरै पोखरी भएको ठाउँ भन्ने पनि हुन्छ । पोखरा तालहरूले सुसज्जित छ । तालैताल देखेपछि नामअनुसारकै पोखरा रहेछ भन्ने भाव गीतमा आएको छ तर ताल र पोखरीमा केही फरक छ । यही कारण पोखराको सौन्दर्यलाई 'पोखरा नै रै' छ भन्ने भनाइले सङ्केत गरेको छ । यस गीतमा पनि फेवा र माछापुच्छ्रे जोडिएरै आएका छन् । प्रेमइतर प्रकृतिको वस्तुपरक वर्णन गीतमा छ । पौडीको सन्दर्भको फेवा ताल गीतमा रहस्यमय र सौन्दर्यको भण्डारका रूपमा आएको छ ।
फेवातालमा साइली, ढुङ्गा सरर
सम्झनामा तिम्रो तस्बिरै झलल Û
माझी दाइको जीविकोपार्जनको माध्यमका रूपमा फेवा आएको छ, मायालुको मायाको झझल्को दिलाउने वस्तु पनि फेवा बनेको छ । आˆनी पि्रयसीसँग बिछोडिएको युवक फेवामा डुङ्गा चलाउँदै छ । आˆनी पि्रयसीको सम्झनामा डुब्दा उसले तालैभरि मायालु नै मायालु देखेको छ । आˆनी मायालुसँग बिछोडिनुपर्ने, पानीको छायाँमा आˆनी मायालुलाई हेर्नुपर्ने सन्दर्भले नेपालका प्रेमी प्रेमिकाका बाध्यता, विवशता र जीवनको सङ्घर्षशीलतालाई पनि स्पष्ट्याएको छ ।
माझी दाइ पोखरा फेवा तालको
लाऊ माया साँच्चैको नलाऊ भो ख्याल ख्यालको
मनमा जमेर बसेको माया फेवातालमा गएपछि पग्लिन्छ । सुकेको माया पलाउने र लुकेको माया देखिने ठाउँ फेवा हो । एउटी तरुनी ठिटीको माझी दाइप्रतिको अनुराग गीतको टुक्रोमा व्यक्त भएको छ । ख्याल, ख्यालको माया नलाऊ लाउँछौँ भने साँच्चिकै लाऊ भन्ने भाव गीतमा छ तर भित्री मर्म तिमीलाई मैले साह्रै मन पराएँ, तिमीले पनि मलाई अमर माया लगाऊ भन्ने नै हो । जातिगत पहिचान मायाप्रीतिको सन्दर्भ र व्यावसायिक विशिष्टतालाई देखाउन फेवा आएको छ,
लायो मोहनी लायो
केले फेवातालको पानीले
चञ्चले नानीले
यो गीतमा पनि मोहनी लगाउन सक्ने तìवका रूपमा फेवाताल आएको छ । एउटी युवतीले युवकलाई जसरी मोहनी जालमा फसाउन सक्छे त्यस्तै फेवाले पनि सक्छे भन्दै फेवाको प्राकृतिक शक्तिको महिमा गाइएको छ ।

No comments: