Sunday, November 21, 2010

गजल

साँझ परोस् र त पिउनुको मजा आउँछ
आँशु झरोस् र त पिउनुको मजा आउँछ
जवानीले भन्दा पनि सराबको नशाले
मन भरोस् र त पिउनुको मजा आउँछ
लत्याएर चोखो माया कसैले दूनियाँमा
घात गरोस् र त पिउनुको मजा आउँछ
संगै यात्रा गर्छु भन्ने किनार पुग्दा एक्लै
खोला तरोस् र त पिउनुको मजा आउँछ
मायाको अमृत पिई जीवन बाच्ने यहाँ
आश मरोस् र त पिउनुको मजा आउँछ


हाँस्दा पनि गजल बन्छ रुँदा पनि गजल
कस्तो रित यी आँशुका बुँदा पनि गजल
दूनियाँको जमातमा मन फुङ्ग उडेपछि
एकान्तमा एक्लो एक्लो हुँदा पनि गजल
गल्ति गर्र्यौ लिफाफामा बन्द गरि चिनो दियौ
सिरानीको तस्विर त्यो छुँदा पनि गजल
बसेरनै मनभित्र अपवित्र पारेपछि
रोएर मनको मैलो धुँदा पनि गजल
हास्दा पनि गजल बन्छ रुँदा पनि गजल
कस्तो रित यी आँशुका बुँदा पनि गजल


मित्रतालाई किन दियौ, नाता प्रेमको ।।
मैले साथि सम्झें, ओढायौ छाता प्रेमको ।।
किन ठान्छौ टाढा हुँदा, सर्बस्वनै डुब्यो
नराख यसमा घाटा नाफा, खाता प्रेमको ।।
असल साथी ठानि, तिम्लाई सबै कहन्थें
कोसिस नगर दिने मलाई, गाता प्रेमको ।
प्रेम त्यसै हुन्न, मिल्नु पर्छ मन मन
पर्खदैछु त्यस्तै दिने, दाता प्रेमको ।। 

No comments: