Sunday, November 21, 2010

पाइल्स भएमा के गर्ने ?

नेपालीमा अल्काई भनिने पाइल्सलाई कतिपय बिरामीहरूले बेर्नो भनेको पाइन्छ । चिकित्साशास्त्रमा हेमोरोइड -ज्बझयचचजयष्मक) भनेर पढिने र पढाइने यो समस्या नेपालका प्रायः सबै क्षेत्रमा पाइन्छ । सामान्यतया ुज्बझबु भन्नाले रगत र ुचचजयभबु भन्नाले अत्यधिक प्रवाह भन्ने बुझिन्छ । त्यसैले मलद्वारबाट दिसा गरिसकेपछि वा सुरुमा हुने अत्यधिक रगतको प्रवाह नै हेमोरोइड अर्थात् पाइल्स हो । रोगको अवस्थाअनुसार रगतको प्रवाह फरक हुन्छ । समस्यालाई लुकाएर राखेको खण्डमा पछि गएर मलद्वारबाट मासुको डल्लोसमेत खस्न पुग्दछ ।
मुख्यतया ३ प्रकारको हुन्छ ।
१. भित्री अल्काइ ः मलद्वारको मुखभन्दा थोरैमाथि रहेको पेक्टिनेट लाइन धर्कोले पाइल्स कुन प्रकारको हो भनेर छुट्याउन मद्दत गर्दछ । त्यो पेक्टिनेट लाइन भन्दा माथि रहेकोलाई भित्री पाइल्स भनिन्छ ।
२. बाहिरी ः पेक्टिनेट लाइन भन्दा मुनि रहेको मासुको डल्लोलाई बाहिरी पाइल्स भनिन्छ ।
३. मिश्रति ः भित्री र बाहिरी दुबै मिसिएर रहेको अवस्थामा त्यसलाई मिश्रति पाइल्स भनिन्छ ।
यसरी पाइल्सलाई पेक्टिनेट लाइनको आधारमा वर्गीकरण गर्नुको कारण उपचारमा अपनाउनुपर्ने फरक विधि हो ।
मलद्वारको मुख गोलाकारको हुन्छ । यदि त्यहाँ मलद्वारमा रहेका मासुका डल्ला घडीको ३,७ र ११ बजेको अवस्थामा रहन्छन् भने त्यसलाई प्राथमिक हेमोरोइड भनिन्छ ।
यी प्राथमिक हेमोरोइड रहेको क्षेत्रमा बाहेक अरू क्षेत्रमा मासुको डल्लोहरू देखा परेमा तिनीहरूलाई सेकेण्डरी हेमोरोइड भनिन्छ ।
रोगको प्रकार र अवस्थाका आधारमा रोगलाई चार तहमा छुट्टाइएको छ ।
पहिलो ः मलद्वारबाट रगत मात्र आउँछ, मासुको डल्लो आउँदैन ।
दोस्रो ः मलद्वारबाट रगतका साथसाथै दिसा गर्ने बेलामा मासुको डल्लो पनि आउँछ तर दिसा गरिसकेपछि आफैँ माथि छिर्छ ।
तेस्रो ः मलद्वारबाट रगतका साथसाथै दिसा गर्ने बेलामा मासुको डल्लो पनि आउँछ जुन आफैँमाथि जाँदैन । हातले पसाए मात्र भित्र छिर्छ ।
चौथो ः मलद्वारबाट निस्किएको मासुको डल्लो सधैँ झुण्डिरहन्छ । केही गरे पनि माथि जाँदैन र भित्र पसाएमा पनि बाहिर आइहाल्छ ।
कारणहरू
१. वंशानुगत ः यो रोग आमा, बाबाट छोराछोरीमा जन्मजात सर्ने रोगमध्ये पर्दछ ।
२. कब्जियत हुँदा अत्यधिक कन्नु परेमा
३. गर्भावस्थाको बेलामा ।
४. रेक्टम -दिसा जम्मा भएर बस्ने ठूलो आन्द्राको एक भाग) को क्यान्सर ।
५. मलद्वारमा रहेका 'भल्भ' नहुने रक्त नलीहरूमा रगत जम्मा भएर चाप बढ्दछ । मलद्वारमा रहेका क्उजष्लअतभच हरू जुन आफैँ खुल्ने बन्द हुने गर्दछन् ः तिनीहरूले रगत जम्मा भएर बसेका रक्तनलीहरू फुटाउने भएकोले रगत आउँदछ ।
६. कम फाइबर भएका खाना खानाले तथा पानी कम पिउनाले
लक्षणहरू
१. अत्यधिक रगत बग्नु- रक्तनलीहरू फुटेर -कब्जियतका बिरामीले कन्दा) रगत आउने हुनाले रातो र आलो रगत बग्दछ । अनि रगत प्यानमा छरिएर लाग्दछ ।
२. मलद्वारबाट मासुको डल्लो जस्तो केही वस्तु बाहिर आउनु । यी मासुका डल्लाहरू तल झर्दा दुखाउने गर्दछ, बरु रगत बग्दा दुख्दैन ।
३. मलद्वारबाट बाक्लो, चिप्लो तरल पदार्थ निस्कनु
४. अत्यधिक मात्रामा मलद्वार चिलाउनु
यी लक्षणहरू देखा परेमा तत्काल गएर जचाउँनु पर्दछ । लाज मानेर, समस्या लुकाएर बसेमा मलद्वारबाट तल झर्ने मासुको डल्लोको बारम्बार भित्री कट्टुलाई छोइरहेमा घाउ हुन्छ । पछि गएर अल्सर हुन्छ अनि मासुको डल्लो कुहिएर अरू समस्या
निम्त्याउँछ । बारम्बार रगत बगिरहँदा एनिमिया पनि हुन सक्छ ।
उपचार
शल्यक्रिया नै हेमोरोइडको अन्तिम उपचार भए तापनि बिना शल्यक्रिया केही उपचारका विधि अपनाउन सकिन्छ ।
सिट्ज वाथ
बिरामीलाई दिनको दुईदेखि तीनपटकसम्म अलि तातो पानीमा कम्मर मुनिको भागलाई आधा घण्टासम्म ठूलो बाटामा डुबाएर राख्ने प्रविधि नै सिट्ज वाथ हो । यसले थप इन्फेक्सन हुनबाट बचाउनका साथै दुखाइ कम गर्न पनि निकै सहयोग पुर्‍याउँदछ । उपचारको यो विधि हेमोरोइडका बिरामीहरूलाई मात्र नभएर सुत्केरी भएको २-३ दिन पुगेका आमाहरूमा पनि प्रयोग गरिने गरिएको छ ।
२. दुखाइ कम गर्ने औषधि तथा मलमहरूको प्रयोगले पनि बिरामीलाई केही राहत मिल्दछ ।
३. थप इन्फेक्सन -संक्रमण) नहोस् भनेर बिरामीहरूमा 'एन्टिवायोटिक'को पनि प्रयोग गरिन्छ ।
४. बिरामीलाई फाइबर -रेसा धेरै भएको खाना, सागपातहरू खान लगाउने, अत्यधिक मात्रामा पानी पिउन लगाउने ।
५. कब्जियतका रोगीहरूमा पनि दिसा खुकुलो बनाउने औषधिको प्रयोगले धेरै राहत दिलाएको पाइएको छ ।
यी सबै विधिहरू रोगको सुरु सुरुको अवस्था भएका बिरामीहरूमा मात्र उपयुक्त छ जसमा मलद्वारबाट रगत त आउँछ तर मासुको डल्लो भने झरिसकेको छैन ।
मासुको डल्लो झरिसकेको अवस्थामा पुगेका बिरामीहरूमा भने यी उपचारका अरू उपाय त्यति फलदायी हुँदैन र शल्यक्रिया नै गर्नुपर्दछ ।
हेमोरोइड गराउने कारक तत्व रहिरहेमा शल्यक्रिया स्थायी समाधान हुन सक्दैन । पहिला कारक तत्वमा पत्ता लगाएर त्यसको पनि समाधान खोज्नु राम्रो हुन्छ ।

No comments: