Tuesday, November 30, 2010

के हो ? माया प्रेम जीवन र जगत अनि चेतना

माया अथवा प्रेम यही नै हो भनी निक्र्योलित एउटै मात्र परिभाषा अहिलेसम्म कुनै पनि दार्शनीकहरुले, बैज्ञानिकहरुले, कविहरुले, उपन्यासकारहरुले, कथाकारहरुले दिएका छैनन् । त्यी सबैका आ–आफ्नै खालका आ–आफ्नै विचारमा मायाका परिभाषाहरु दिएका छन । यहाँपनि मैले विभिन्न साथीभाईहरुले दिएका विचारहरु हेर्ने मौका पाए माया सम्बन्धमा । यहाँ प्रश्न कर्ता साथी दिपुजीले के कसैले माया गर्दैमा उसलाई पाउनै पर्छ भन्ने छ र ? के पाउनु मात्रै माया हो ? भनि जिज्ञासा राख्नु भएको छ ।

     मेरो विचारमाचै माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, आफ्नो प्रियसीलाई गरिने माया, शन्तानलाई गरिने माया इत्यादि । जहाँसम्म माया गर्दैमा पाउनै पर्छर ? भन्ने सवाल छ त्यसमा यदि तपाईले वा अरु जो कसैले यदि साच्चिकै माया हृदयदेखिनै माया साँचो र चोखो माया गरेको छ भने पाउनु र गुमाउनुमा केहि फरक पर्दैन । पाउनै पर्छ भन्ने पनि छैन र गुमाउदा पनि केहि फरक पर्दैन फेरि घुमाउनु नै पर्छ भन्ने पनि छैन । किनकि तपाईले उसलाई साँचो र चोखो माया गरेको हुन्छ । जबसम्म यो जगतमा तपाईले माया गरेको चीजको अस्तित्व रहिरहेको हुन्छ तबसम्म उसप्रति तपाईको माया प्रेम रहिरहन्छ । त्यसैले त भन्ने गरिन्छ अमर, साँचो र चोखो माया मिलनमा मात्रै होइन विछोडमा पनि टुगिन्छ । तबमात्र तपाईले माया प्रेम गरेको पुष्टि हुन्छ नत्र भने केवल आकर्षक र वासना मात्रै भन्न सक्छ त्यसलाई माया प्रेम जस्तो पवित्र शब्दद्घारा पुकारिन मिल्दैन । तपाई हामीले सुनेको र पढेको पनि हुन पर्छ राष्ट्रिय अन्तराष्ट्रिय साहित्यकार लेखकहरुको कथा उपन्यास कविताका माया प्रेम गर्ने पात्राहरुको कथा “मुना र मदन” को माया प्रेमको कथा, “लैला र मजनु”, “रोमियो एड जुलियट” आदिका प्रेम कथा जुन अमर प्रेमको रुपमा विश्वमा नै चर्चित छन् । यदि त्यी माया प्रेमको जोडीले पाउनु मात्रै माया भनेको भए के तीनीहरुको माया प्रेमले विश्वमा यतिधेरै चर्चा पाउथ्यो होला अनि विश्वले नै माया प्रेमको परिभाषामा उनीहरुको कथा जोडिथ्यो र ? त्यसैले दीपुजी पाउनु मात्रै कदावि माया होइन । त्यो त केवल ३ घण्टे हिलीउड, वलिउड, कलिउडे फिल्मी माया प्रेमको कथालाई आधार मानेर सोचेको सोचमामात्रै संभावना बढी हुन्छ जसको पुरै आधारसिला र रिमोट कन्ट्रोल निर्माता र निर्देशकको हातमा हुन्छ अनि त्यहि अनुरुप निर्देशित हुदैजान्छ र कलकारले त्यही अनुरुप अभिनय गरिन्छ तर यर्थात वास्तविक जीवन र जगतमा त्यो सम्भावना छैन र हुदैन । त्यो कसैको बहसको कुरा हुदैन अनि साथमा रिमोट कन्ट्रोल पनि हुदैन ।






त्यसैले मेरो विचारमा माया प्रेम भनेको “जीवन र जगतमा रहेका चेतनाशिल प्राणीले सजिब अथवा चेतनाशिल प्राणी तथा निर्जीब पदार्थलाई आत्मिय सामिप्यता कामय गर्ने भावनात्मक समप्र्रण हो” । माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वाभाव हो त्यो स्वाभाव पनि सबैमा हुन्छ तर घृण हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ ।






भनिन्छ नी खुकुरीको पीर अचानोलाई थाहाँ हुन्छ भनेझै माया प्रेमको ब्यथा माया प्रेम गर्नेहरुलाई थाहा हुन्छ तर माया प्रेम सबै चेतनाशिल प्राणीहरुमा हुन्छ विशेष गरि हामी मानवमा । मरुभूमिमा यदि पानीको कुवा छ भने नसुकुन्जेल सम्म पानीको मूल्य थाहा हुदैन जब पानी सुक्छ अनि त्यसपछि मात्रै थाहा हुन्छ पानीको मूल्य कति हुदोरहेछ भनेर त्यसैले माया प्रेम भनेको चेतना सहितको जीवन र जगत हो । यदि जीवन र जगत नै छैन भने के हो माया प्रेम ?






त्यसो त माया प्रेम सिर्जनाको पनि द्योतक हो । माया प्रेमले मान्छेलाई सिर्जनशील पनि बनाएका हुन्छन् चाहे त्यो नकारात्मक तरिकाले होस चाहे त्यो सकारात्मक तरिकाले जसरी पनि । माया प्रेमबाटै नै साहित्यको सिर्जना भएको हुन्छ । जसरी स्वर्गीय गीतकार चाँदनी शाह र स्वर्गीय गायककार नारायण गोपालसँगको माया प्रेम सम्बन्धका कारण गीत रचनाकार र गीत गायककारको साहित्य सिर्जन भएको थियो । साच्चिनै माया प्रेमले एउटा मान्छेको जीन्दगीमा धेरै फरक पार्दछ त्यसैले यी दुई ले रचना र गाएका गीतका यी हरफहरु हेनुस् त “एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा..........।” त्यसैले माया प्रेमसँग साहित्य जोडिनै रहेको हुन्छ कुनैन कुनै रुपमा । भनिन्छ नी हरेक मान्छे जीवनमा एकपल्ट कवि हन्छ कि त प्रेममा पर्दा कि विछोडमा । साहित्यकारहरु आफ्ना कृतिले जति चर्चित हुन्छन् उनीहरुको माया प्रेमको प्रसंग पनि कम रोचक हुँदैन । विश्व प्रसिद्घ साहित्यकार अर्नेस्ट हेमिङ्वे, चार चार वटा माया प्रेम असफलता भोगेका रुसी साहित्यकार एन्टोन चेखबा, नेपाली साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, विष्णुकुमारी वाइबा (पारिजात)का साहित्यक कृतिका पछाडि पनि विभिन्न सुखद र दुःखत माया प्रेम प्रसंग जोडिएका छन् । माया प्रेमले खुसी मात्र दिंदैन, पीडा पनि दिन्छ अनि त्यही पीडाले सिजना लागि प्रेरणा मिल्छ ।






प्राय माया प्रेम मनबाट शुरु हुन्छ । शरीरिक आकर्षण प्रेम वा माया होइन तर कहिलेकाही शरीरक आकर्षणबाट शुरु भएको माया यानीकि प्रेम मनसम्म पुगेको प्रसंग पनि छ । त्यही शिलशिलामा एउटा भावनात्मक कथा प्रस्तुट छ प्राचीन विहार राज्यको बैशाली नगरमा एक अद्भुत सुन्दरी बस्थिन् । त्यहाँ उनको ठूलो इज्जत थियो । एक दिन उनको महलको बाटो हुँदै एक अत्यन्त तेजस्वी बौद्घ भिक्षु कतै जाँदै थिए । भिक्षुको आकर्षक शरीर देखेर सुनदरीलाई उनीसँग शारीरिक सम्पर्कको इच्छा भयो । केहि दिनपछि भिक्षु त्यही बाटो भएर फर्कदा उनले आफ्नो इच्छा भिक्षुलाई बताइन् । युवक भिक्षु भएकाले सुन्दरीको इच्छा पुरा गर्न सक्ने कुरा त भएन तर फेरि आउने बचन दिए । लामो समय वित्यो तर भिक्षु आएनन् । भिक्षुलाई पर्खिदा पर्खिदा सुन्दरी बूढी र रोगी भइन । उनले कमाएको सम्पत्ति पनि सकिदै गयो । उनी एक्ली भइन् । यो थाहा पाएर भिक्षु उनको सेवा गर्न आए । उनलाई साँचो प्रेम गरे । अन्त्यमा तिनले भिक्षुकै काखमा देहत्याग गरिनन् । यहाँ शारीरिक आकर्षणबाट शुरु भएको माया प्रेम मनसम्म पुग्यो । कैयन ब्यक्ति मनको नाता जोड्ने बाटोमा शरीरलाई व्यवधान मान्छन भने कोही शरीर नै मनसम्म पुग्ने माध्यम हो भन्छन् ।






अन्त्यमा के भन्न सकिन्छ भने माया प्रेमलाई पाउनु र गुमाउनु, मिलन र विछोडमा दाजेर यसलाई कलंक पार्न सकिन्दैन यो त अमर कन्चन सर्मप्रण भन्न सकिन्छ । त्यसैले त मैले भनेको छु नी “जीवन र जगतमा रहेका चेतनाशिल प्राणीले सजिब वा चेतनाशिल प्राणीका साथै निर्जीब पदार्थलाई आत्मिय सामिप्यता कामय गर्ने भावनात्मक समप्र्रण हो” । Tags:










Share Twitter Facebook


किशोरावस्थामा प्रेमको औचित्य

संसारमा सम्बन्धको सुरुवात हाम्रो आगमन वा उत्पति सागै भएको मान्यता रहिआएको छ । समाजमा विभिन्न सम्बन्धहरु हुन्छन् हाम्रा लागि सबै सम्बन्धहरु महत्वपुर्ण हुन्छन्। यस्ता सम्बन्धहरुमा आ आप्नै महत्व हुन्छ । तर माया प्रेम एक यस्तो सम्बन्ध हो जसलाई हामी स्वयं चुन्छौ । माया प्रेमको उमङ्ग जब हामी किशोरावस्थामा पाइला टेक्छौ त्यो बाटै नै परिवर्तन हुन्छ । यसको कारण जब हामी किशोरावस्थामा पुग्छौ, हाम्रो विपरित लिङ्गप्रति आकर्षण बढ्न जान्छ र विपरित लिङ्गको साथ राम्रो लाग्न थाल्छ । उसका बारेमा हामी धेरै जान्न चाहन्छौ । सम्झन्छौ हामी आफैले खोजेको नजिक पुग्दैछौ । यो हुनुको कारण किशोरावस्थामा पाइला टेक्दा हाम्रो शरिरमा हर्माेनको परिवर्तन हुन्छ । यस्तो अवस्थामा हामीले एक अर्कालाई बुझ्नु जरुरी छ । त्यसको लागि केही उपायहरु इस प्रकार छन् ।







एक अर्कालाई बुझ्नेः






१) दुबैले एक अर्कालाई बुझ्नको लागि डेटिङग वा घुम्न जाने ।


२) तपाईको साथीले गरेका टिका टिप्पणीहरुलाई राम्ररी मनन् गर्ने ।


३) एक अर्कासाग मिल्ने र गफ गर्ने यस्तो गर्दा दुबैमा धेरै कुरा स्वस्फुर्त रुपमा आउँछ।


४) एक अर्काका भावनाहरुलाई कदर गर्ने कोशिश गर्ने ।


५) एकान्तमा आनन्दसंग आफ्नो प्रेमी वा प्रेमीकाका कुरा ध्यान पुर्वक सुन्ने र उसलाई बुझ्ने कोशिश गर्ने ।






सम्बन्धको आँकलन गर्नेः






किशोरावस्थामा सही र गलत छुट्याउन गाह्रो हुन्छ । तपाईको सम्बन्धमा प्रेम हो कि आकर्षण मात्र हो, पहिला तपाईले त्यस कुरालाई मनन् गर्ने अनि मात्र कदम चाल्ने । यहाँ केही प्रश्नहरु दिएका छन्, तपाईको सम्बन्धमा प्रेम छ कि आकर्षण मात्र हो त्यसको निक्र्योल यसबाट पनि हुन सक्छ । त्यसैले यसको जवाफ तपाई स्वयमले दिनु पर्छ ।






१) के तपाईको जोडीले तपाई केही कुरा गरिरहेको समयमा ध्यान पुर्वक सुनिरहेको हुन्छ ?


२) के तपाई एक अर्का संग समानताको व्यवहार गर्नुहुन्छ ?


३) के तपाई एक अर्का प्रति स्नेहको भाव प्रकट गर्नुहुन्छ ? (यौन सम्बन्ध बाहेक)


४) के तपाई आप्नो जोडी प्रति विश्वास र बफादार हुनुहुन्छ ?


५) के तपाई एक अर्काको बाचा निभाउनु हुन्छ ?


६) के तपाई एक अर्काका भावनालाई सम्झने र कदर गर्ने गर्नुहुन्छ ?


७) के तपाई एक अर्का संग सहज र सुरक्षित महशुस गर्नुहुन्छ ?


८) के तपाई एक अर्का संग मिल्दा खुसी हुनुहुन्छ ?


९) के तपाई आफ्नो पार्टनरको साथीसंग मिल्दा इष्र्या गर्नुहुन्छ ?


१०) के तपाई आफ्नो पार्टनर प्रति गर्वको महशुस गर्नुहुन्छ ?






यी र यस्ता यावत प्रश्नहरुको जवाफ स्वयम तपाईले महशुस गर्नुभयो भने तपाई आंकलन गर्नुहोस कि तपाई माया प्रेममा परिसक्नुभएको छ । यस्तो सम्बन्ध माया प्रेम र किशोरावस्थामा हुने एक प्रकारको आकर्षण हो ।






आकर्षणलाई तुरुन्त माया प्रेममा बदल्नेः






१) जब एक आपसमा मिल्नुहुन्छ मुस्कुराउनुहोस् ।


२) आफ्नो साथी वा पार्टनर प्रति विश्वास गर्नुहोस ।


३) सुख र दुखमा साथ दिनुहोस् । अस्वस्थताको समयमा उसको साथ नछोड्नुहोस् ।


४) झिना मसिना कुरामा झगडा नगर्ने ।


५) आफ्नो साथी वा जोडीलाई दुखित हुने काम नगर्ने ।


६) एक अर्कासाग गरिएका वाचा पुरा गर्ने कोशिस गर्ने ।


७) स सना कुरामा ध्यान राख्ने जस्तो साथी विरामी भएको अवस्थामा उसले औषधी खाए नखाएको विचार गर्ने ।


८) यदि तपाईको साथीमा कुनै नराम्रा बानीहरु छन भने त्यस्ता बानी माया प्रेमका साथ विस्तारै छुटाउन सक्नुहुनेछ ।


९) एक आपसका भावनालाई कदर गर्ने कोशिस गर्ने ।


१०) साथीले कहिले कांही नभनेर पनि भन्न खोजेको कुरा के भन्न खोज्दैछ बुझ्ने कोशिस गर्ने ।






यदि तपाईले यी र यस्ता उपायहरुलाई मनन गर्नु भयो भने बिस्तारै बिस्तारै तपाई आफ्नो साथी वा पार्टनरको दिल वा हृदयमा ठाँउ बनाउन सफल हुनुहुनेछ र तपाई आफ्नो किशोरावस्थाको आकर्षणलाई सही रुपमा माया वा प्रेममा बदल्न सक्नुहुनेछ ।

बढाउदै छु माया मा त, सक्छौ भने रोकी हेर

बढाउदै छु माया मा त, सक्छौ भने रोकी हेर!!



गर्छौ व्यापार माया प्रेम को, मेरो मन नि जोखि हेर!!






घाटा हुन्न तिमीलाई नाफै हुन्छ पकै पनि,


टुक्रा टुक्रा पारी मुटु, मोल भाउ तोकी हेर!!






कति सुन्छौ सुनाउछौ, महल का कथा तिमि,


कहिले काँही त झुपडी को, पिडा पनि बोकी हेर!!






कस्तो हुन्छ माया बिना रित्तिएर जिउन याँहा,


आफ्नै ठानी, पराइ सामु, मनको कुरा पोखी हेर!!






के थाहा र खुकुरी लाई अचानो को चोट याँहा,


बिछोड को किला हरु, आफ्नै मन मा ठोकी हेर,,,,!!!






तपाईं कस्तो खालको कर्मचारी हुनुहुन्छ?

क) तपाईंको कार्यतालिकाः



१. मेरो कार्यतालिका हरेक दिन निर्धारित हुन्छ ।


२. समयसँग बाँधिएको हुँदैन । हरेक दिन नयाँ कार्यतालिका हुन्छ ।


३. काममा निर्भर हुन्छ । काम छिटो सकियो भने म घर छिटो जान्छु ।


ख) तपाईंको अफिस जाने बेलाको लुगा ः


१. म आफ्नो दैनिक काम र अफिसपछिको कार्यतालिका हेरेर लुगा लगाउँछु ।


२. म औचचारिक लुगा लगाएर जान्छु ।


३. मलाई अफिस जान हतार हुने हुँदा जे पाउँछु, त्यही लगाएर जान्छु ।














ग) काममा नयाँ साथी आएमा, तपाईं–


१. औपचारिक भेटघाट भएपछि अफिसका कुरा सुरु गर्नुहुन्छ ।


२. नयाँ साथी आउने र काममा सहयोग हुने कुराले विश्वस्त र खुसी हुनुहुन्छ ।


३. नयाँ साथीलाई स्वागत गर्न खासै रुचाउनुहुन्न ।














घ) तपाईंका कागजाती कार्यहरु १. सफा र संगठित हुन्छु ।


२. संगठित गर्ने प्रयास गर्छु ।


३. संगठित गर्ने प्रयास गर्दागर्दै पनि हुँदैन ।














ङ) तपाईंको लन्च ब्रेक ः


१. सधैं एउटै खाजा एउटै समयमा खान्छु ।


२. म काम हेरेर आफ्नो समय मिलाएर खान्छु ।


३. म काम भ्याए खान्छु, काम धेरै भएर भ्याउन सकिनँ भने खाँदिनँ ।














च) तपाईंको अफिसमा हुने जमघट र कार्यक्रम ः


१. सबै कामको जिम्मा लिनुहुन्छ ।


२. रमाइलो गर्न मन पराउनुहुन्छ ।


३. रमाइलो गर्ने मन भए पनि समय र तलबले भ्याउँदैन ।














छ) तपाईंका साथीहरुले कसरी मद्दत गर्छन् ?


१. चाहिएको बेलामा मद्दत गर्छन् ।


२. काम धेरै भएको बेलामा मलाई होइन, कामलाई सघाउँछन् ।


३. म आफ्नो काम जति धेरै भए पनि, गाह्रो भए पनि आफै गर्छु ।














ज) तपाईंलाई छुट्टीको दिन अफिसको काममा जानुपरे ः


१. म खुसीसाथ जान्छु ।


२. काम छ भने मात्र जान्छु ।


३. काम भए पनि, नभए पनि म जाँदिनँ ।










झ) तपाईंलाई हाकिमले गाली गरेमा ः


१. चित्त दुःखाउनुहुन्छ तर पनि काम गर्नुहुन्छ ।


२. रिसाउनुहुन्छ ।


३. बानी सुधार्नुहुन्छ र भविष्यमा दोहो¥याउनुहुँदैन ।


ञ) अफिसको सफलतालाई–


१. आफ्नो सफलता मान्नुहुन्छ ।


३. सबै कर्मचारीको सफलता मान्नुहुन्छ ।


















क) २ १ ३


घ) १ २ ३


ङ) ३ १ २


च) १ २ ३


छ) २ ३ १


ज) १ २ ३


झ) २ ३ १


ञ) १ ३ २


१५ भन्दा मुनि ः














तपाईं अफिसलाई जीवनको महत्वपूर्ण अंग मान्नुहुन्छ । तपाईं काममा उत्प्रेरित हुनुहुन्छ । आफ्ना अफिसका कार्यक्रमहरुमा भाग लिन इच्छुक हुनुहुन्छ । नयाँ कर्मचारीलाई मद्दत गर्नुहुन्छ र नयाँ जोश–जाँगरले नयाँ कुरा सिक्नुहुन्छ ।














१५–२४ सम्म


तपाईंलाई कामप्रति लगाव छ । बिहान ९ देखि बेलुका ५ बजेसम्मको समय भनेको अफिसको लागि हो भन्ने सम्झनुहुन्छ । अफिसपछिको समय भनेको तपाईंको आफ्नो हो । तपाईं नया–पुराना साथीहरुसँग एकै प्रकारको सौहार्दपूर्ण सम्बन्ध राख्न चाहनुहुन्छ ।














२५ भन्दा माथि


तपाईं आफ्नो कामसँग खुसी हुनुहुन्छ तर अफिस प्राथमिकतामा पर्दैन । आफ्नो समयमा आउनुहुन्छ र जानुहुन्छ । साथीलाई मद्दत चाहिएको बेलामा मात्र दिनुहुन्छ । तपाईंलाई कसैसँग सरोकार छैन, लगाव पनि छैन ।














जिज्ञासा २ रोलिङ प्लान्स


व्यक्तित्व विकास, रोजगारी, व्यवसाय तथा कुनै पनि मानव स्रोत–संसाधनसम्बन्धी जिज्ञासा वा समस्या भए हामीलाई वष्नथबकब२चयििष्लनउबिलक।अयm मा पत्राचार गर्न सक्नुहुनेछ–


तपाईंको जिज्ञासाको जवाफ सोही क्षेत्रको दक्ष व्यक्तित्वबाट अर्को साताको अंकमा दिनेछौं ।


अन्तर्वार्ता दिन जाँदाका तयारी

कुनै पनि संस्थाले भर्ना तथा छनौट प्रक्रियामा अन्तर्वार्तालाई महत्वपूर्ण प्रक्रिया मान्दछन् । रोजगारीको अवसर खोजी गर्नुभन्दा अगाडि अन्तर्वार्ताको तयारी गर्नुपर्छ किनभने– कुनै पनि संस्थाको भर्ना तथा छनौट प्रक्रियाको निर्णय अन्तर्वार्ता लिएपछि मात्र गर्छन् । अन्तर्वार्ता लिनुको उद्देश्य व्यक्तिको व्यक्तित्व, बोलीचालीको शैली, आत्मविश्वासका साथै उक्त पदको लागि योग्य छ वा छैन भनी अन्तिम निर्णय गर्ने माध्यम नै अन्तर्वार्ता हो ।







अन्तर्वार्ताका तयारी






तपार्इं अन्तर्वार्ताको छनौट भएपछि निम्न कुराहरूको तयारी गर्नुपर्छ ः
१. तयारी र आत्मविश्वास ः
राम्रो तयारीले सधैं आत्मविश्वास जगाउँछ । त्यसकारण सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूमा विश्वास हुनु हो । यसका लागि दुइटा कुराको ख्याल राख्नुपर्छ







अन्तर्वार्ताको अभ्यास






अन्तर्वार्ताका लागि महत्वपूर्ण सूचना र खबर संकलन गर्ने ।






२. चेक लिस्ट






अन्तर्वार्ताका लागि चाहिने कुराहरू यसप्रकार छन्






जानुपर्ने ठाउँ, समय, मिति र भेट्नुपर्ने व्यक्तिको नाउँ






समयभन्दा अघि पुग्ने व्यवस्था






औपचारिक पोसाक






पेस गर्नुपर्ने महत्वपूर्ण कागजातहरू






संस्थाको खबर र विवरण






३. समय






अन्तर्वार्ताको समयभन्दा १५–२० मिनेट अगाडि आएर रिसेप्सनिस्टलाई जनाउ दिनुपर्छ । केही गरेर ढिलो भएमा अफिसमा फोन गरेर खबर गरिदिनुपर्छ ।






४. सूचना






संस्थाका सम्पूर्ण खबर, सूचना र महत्वपूर्ण कुराहरू विभिन्न पत्रपत्रिका र वेबपोर्टल साइटबाट निकालेर मनन गर्नुपर्छ । अन्तर्वार्ता संस्थाका बारेमा विभिन्न प्रश्नहरू सोधिन सकिनेछ ।






५. प्रश्न तयारी






अन्तर्वार्तामा आउन सक्ने र सोधिने प्रश्नहरूको लेखेर तयारी गरेमा अन्तर्वार्तामा उत्तर दिन धेरै सजिलो हुन्छ । यो रोजगारीको अवसर तपाईंको हो भन्ने सोचेर तयारी गर्नुहोस् । जस्तैः हामीले तपाईंलाई यो अवसर प्रदान ग¥यौं भने हामीलाई के फाइदा हुन्छ ? तपाईंलाई हाम्रो संस्थाको बारेमा के थाहा छ ?






६. अनावश्यक नबोल्नुहोस्






आफूलाई सोधिएका प्रश्नहरूको उत्तर अनावश्यक लामो नबनाउनुहोस् । पहिला काम गरेको अफिस र त्यहाँका कर्मचारीहरूको बारेमा नराम्रा कुरा गर्नुहुँदैन ।






७. सुन्नुहोस्






अन्तर्वार्ता लिने व्यक्तिको कुरा राम्ररी सुन्नुहोस् । प्रश्न पूरा सुनेर मात्र उत्तर दिनुहोस् नत्र भने कुराको अर्थ अर्कै लाग्नसक्छ ।






८. विचार पु¥याउनुहोस्






अन्तर्वार्तामा जानु अगाडि आफ्नो पहिरन औपचारिक र साधारण भए नभएको हेर्नुपर्छ । कागजपत्र पूर्ण भए नभएको हेर्नुपर्छ । कसैको सिफारिस छ भने त्यो सिफारिसले कत्तिको सहायता गर्छ हेर्नुपर्छ । धेरै कडा बास्नादार अत्तरहरूको प्रयोग गर्नुहुँदैन । अनावश्यक श्रृंगारको प्रयोग गर्नुहुँदैन ।






९. कुरा गर्ने शैली






अन्तर्वार्ताको बेलामा आँखामा हेरेर कुरा गर्नुपर्छ । धेरै हाउभाउ देखाउनु हुँदैन र यताउति हेर्नुहुँदैन । प्रश्नका उत्तर दिँदा लामो हुनुहुँदैन ।






१०. सफलताका कुरा गर्नुहोस्






आफूले प्राप्त गर्नुभएको सफलताका कुरा गर्नुहोस् । तपाईंले कसरी विभिन्न समयमा, विभिन्न खालका घटना घट्दा आफूले कस्तो भूमिका निर्वाह गर्नुभयो, कसरी आफूले संस्थालाई घाटामा जानबाट जोगाउनुभयो र कसरी कुन कुराको थालनी गर्नुभयो, सो कुराको जानकारी दिनुहोस् ।






११. पहिलो अवसर महत्वपूर्ण






अन्तर्वार्ताको पहिलो अवसर नै तपाईंको लागि महत्वपूर्ण छ । तपाईंले पहिलो भेटमा नै आकर्षित गर्न सक्नुपर्ने हुन्छ । तपाईंको पहिलो अवसर जस्तो दोस्रो अवसर हुँदैन ।






१२. धन्यवाद भन्न नर्बिसिनुहोस्






अन्तर्वार्ताको अन्त्यमा अन्तर्वार्ता लिने व्यक्तिहरूलाई धन्यवाद भन्न नर्बिसिनुहोस् । सकारात्मक कुरा गरेर अन्तर्वार्तालाई टुंग्याउनुहोस् र अन्तर्वार्ता पछि पनि संस्थासँग सम्पर्कमा रहनुहोस् ।


रोजगारीका अवसर खोज्नुअघि गर्नुपर्ने तयारी :

हरेक आवश्यकता परिपूर्ति गर्न मानिसका लागि रोजगारी प्राथमिक आवश्यकता हो । हरेक मानिसका रोजगारीका बाटा फरक–फरक हुनसक्छन् । कतिपय मानिस आफ्नो व्यवसाय सञ्चालन गरेर स्वरोजगार भएका हुन्छन् भने कतिपय विभिन्न संघसस्था, व्यवसायमा आबद्ध भएका हुन्छन् । हरेक मानिसको निश्चित उद्देश्य हुन्छ– राम्रोसँग पढ्ने र त्यसपछि रोगजारीमा लाग्ने । कतिपय व्यक्ति पढाइ सकेपछि स्वरोजगारतिर लाग्छन् भने कतिपय रोजगारीका अवसर खोज्छन् ।







रोजगारीका अवसर खोज्नुअघि विभिन्न तयारी गर्नुपर्छ । धेरैजसो मानिसले पढाइ सकेर रोजगारका लागि आवेदन त दिन्छन् तर त्यसअघि गर्नुपर्ने तयारी गर्दैनन्, जस्तै ः रोजगारीका अवसर खोज्ने माध्यम, व्यक्तिगत विवरणका साथै कुरा गर्ने शैली, व्यक्तिविकास, अन्तर्वार्ताको तयारी आदि ।






रोजगारीका लागि आवेदन दिनुअघि गर्नुपर्ने तयारी ः






१) अवसर खोज्ने माध्यम






अवसर खोज्नुपूर्व माध्यमहरूका बारेमा जानकारी लिनुपर्दछ । यसका लागि विभिन्न माध्यम हुन्छन्, जस्तै ः पत्रपत्रिका, आउट सोर्सिङ कम्पनी, जब पोर्टल साइट आदि । साथै, प्रत्यक्षरुपमा रोजगार प्रदान गर्ने संघसंस्थाहरूमा आफ्नो व्यक्तिगत विवरणका साथै आवेदन फारम बुझाएर पनि रोजगारीका अवसर खोज्न सकिन्छ ।






२) व्यक्तिगत विवरण र आवेदन राम्रो बनाउने






माध्यमबारे अध्ययन गरिसकेपछि आफ्नो व्यक्तिगत विवरण र आवेदन फारम कसरी बनाउने भन्ने कुराको बारेमा जानकारी लिनुपर्दछ । जस्तै ः व्यक्तिगत विवरण कति प्रकारका हुन्छन्, विवरणमा राख्नुपर्ने र नराख्नुपर्ने कुराहरू के–के हुन्छन्, छुटाउन नहुने कुराहरू के–के हुन्, ढाँचा कस्तो हुनुपर्दछ आदि । यी कुराबारे विस्तृत जानकारी लिएर मात्र व्यक्तिगत विवरण र आवेदनपत्र बनाउँदा उपयुक्त हुन्छ ।






३) लिखित परीक्षाको तयारी






हामीले देखिरहेका छौं– अहिलेको समयमा हरेक संघसंस्थाहरूले भर्ना प्रक्रियामा लिखित परीक्षा लिने गर्छन् । त्यसैले, आफ्नो रुचिको क्षेत्र (जस्तै ः बैंकिङ, बिमा, विकास आदि) छनोट गरेर त्यससम्बन्धी लिखित परीक्षाको तयारी गर्नुपर्ने हुन्छ । त्यस्ता परीक्षामा प्रश्नहरू कस्ता खालका हुन्छन्, प्रश्न कहाँबाट समावेश गरिएका हुन्छन् र आफूले तयारी गर्दा कस्ता खालका किताब पढ्ने र प्रश्नका स्रोत के–के हुनसक्छन् भने निर्धारण गर्नुपर्छ ।






४) कुरा गर्ने शैली र व्यक्तित्व विकास






विभिन्न व्यक्तिका कुरा गर्ने शैली र व्यक्तित्व फरक–फरक हुन्छन् । कतिव्यक्ति नराम्रो शैलीका कारण विभिन्न ठाउँमा असफल पनि भएका हुन्छन् । अन्तर्वार्ता दिने क्रममा कुरा गर्ने शैली र व्यक्तित्वले प्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसैले, अन्तर्वार्ताका बेला कसरी प्रस्तुत हुने, कुरा गर्दा कस्ता कुरामा ध्यान दिने र शारीरिक प्रस्तुति कस्तो हुने भन्नेमा ध्यान दिनु जरुरी हुन्छ । तालिम तथा परामर्श लिएर पनि आफूलाई दख्खल बनाउन सकिन्छ ।






५) अन्तर्वार्ताको तयारी






हिजोआज रोजगारीका लागि अन्तर्वार्ता महत्वपूर्ण पक्षको रुपमा स्थापित भएको छ । संघसंस्था या व्यापार–व्यवसायमा आवश्यक जनशक्ति छनोटको अन्तिम प्रक्रिया अन्तर्वार्ता नै हो । त्यसैले अन्तर्वार्ता दिन जानुअघि धेरै पक्षमा विचार पु¥याउनु आवश्यक हुन्छ । अन्तर्वार्ता के हो, कसरी दिने, प्रश्नहरू कस्ता–कस्ता हुन्छन्, उत्तर कसरी दिने, कोठाभित्र कसरी प्रवेश गर्ने, प्रवेश गरिसकेपछि के गर्ने, शारीरिक हाउभाउ, बस्ने तरिका, अन्तर्वार्ता लिने व्यक्तिसँगको शिष्टाचार र धन्यवाद दिने तरिकाको बारेमा जानकारी राख्नु अति आवश्यक छ ।






यदि तपाईं रोजगारीको खोजी गर्दै हुनुहुन्छ भने यी विभिन्न कुराको बारेमा राम्रोसँग अध्ययन गरी सक्षम हुनुभएमा अवश्य सफलता पाउनुहुनेछ । तयारी गर्दा विभिन्न किताब र इन्टरनेटको सहायता पनि लिन सकिन्छ । विभिन्न तालिम दिने संस्थाबाट पनितालिम लिन सकिन्छ ।


नयाँ काम सुरु गर्न जाँदै हुनुहुन्छ ?

तपाईंले आवेदन दिइसकेपछि भर्ना छनोट प्रक्रियाका विभिन्न चरणहरू पूरा गरेर नियुक्तिपत्र पाउनुहुन्छ । त्यसपछि तपाईंले आफू काम गर्ने संस्थाका बारेमा सम्पूर्ण कुराहरू बुझेर, मनन् गरेर आफूलाई संस्था सुहाउँदो वातावरणअनुरूप तयारी गर्नुपर्छ । हरेक संस्थाका आफ्ना नियम र प्रावधान हुन्छन् । संस्थामा समाजका विभिन्न क्षेत्रहरूबाट आएका मानिसहरूको संगालो हुन्छ । कर्मचारीका बीच सुमधुर सम्बन्ध कायम गर्दै संस्थाका उद्देश्यहरू प्राप्त गर्नका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।











धेरै संस्थाले आफ्ना नयाँ कर्मचारीहरूलाई ‘ओरियन्टेसन’ अर्थात् काम सुरु गर्नुभन्दा पूर्व संस्थाको प्रवृत्ति, कर्मचारी, इतिहास, उद्देश्य, कार्यप्रणाली, कार्य तालिका, योजना आदिका बारेमा विस्तृत जानकारी दिन्छन् ।






तपाईंले पनि सफल हुनका लागि निम्न कुराहरूको ध्यान राख्नुपर्छ ः






(क) संस्थाका बारेमा जानकारी ः






तपाईंले उपभोक्ताका माझ जानुपर्ने हुनसक्छ । फोनको माध्यमबाट जानकारी लिन खोज्ने व्यक्तिहरूलाई पनि सूचना दिनुपर्ने हुनसक्छ । संस्थामा बुझ्न आउने व्यक्तिहरूलाई पनि धेरै कुराका बारेमा भन्नुपर्ने हुनसक्छ । त्यसका लागि तपाईंले संस्थाका बारेमा कुराहरूको जानकारी लिनुहोस् । तपाईंलाई काम गर्न पनि सजिलो हुनेछ ।










(ख) समयमा उपस्थिति ः






समयमा अफिस पुग्नुहोस् । संस्थाको कार्यतालिका हेरेर समयभन्दा ५–१० मिनेट अगाडि पुग्नुहोस् । बाटोमा पर्नसक्ने ढिला सुस्तीका लागि आफू पहिले नै तयार हुनुपर्छ । समयमा अफिस पुग्न नसकेमा के कारणले ढिलो भएको हो सो कुराको खबर गर्नुहोस् । नियमित रूपमा समयमा अफिस पुग्नुभयो भने त्यहाँका कर्मचारी र हाकिम पनि प्रसन्न हुन्छन् । नियमित ढिलो आउने कर्मचारीलाई दण्ड सजायको व्यवस्था हुनसक्छ ।










(ग) संस्थाको गोपनियतामा ध्यान पु¥याउनुहोस् ः






हरेक संस्थाका महत्वपूर्ण खबर, योजना र कागजपत्र हुन्छन् । कर्मचारीले महत्वपूर्ण सूचना, कागजपत्र, उपभोक्ता विवरण, व्यापार योजना आदिका बारेमा अन्य संस्था वा व्यक्तिलाई खबर गर्नुहुँदैन । आफ्नो संस्थाभित्र हुने गतिविधिलाई संस्थाभन्दा बाहिर पु¥याउनु हुँदैन । अन्य कर्मचारीहरूलाई पनि यो कुरा मन नपर्ने हुनाले तपाईंले बोल्दा वा काम गर्दा विचार पु¥याउनुहोस् ।






(घ) औपचारिकता ः






संस्थामा औपचारिक वातावरण हुनाले तपाईंले आफ्नो बोली, व्यवहार, पहिरन र काम गर्ने शैलीमा औपचारिकता देखाउनुपर्छ । औपचारिकता देखाउन तपाईंले बोली व्यवहारमा परिपक्वता र विश्वासनीयता देखाउनुपर्छ । तपाईंले काम गर्ने संस्थाको नियम बुझेर आफूले यस्ता कार्य गर्दै हुनुहुन्छ र कस्ता कार्य गर्नु हुँदैन भन्ने कुराको जानकारी पहिला नै लिनुपर्छ ।










(ङ) संयमता अपनाउनुहोस् ः






संस्थाका आफ्नै नियम र कार्य प्रणाली हुनाले सम्पूर्ण कार्यहरू समयमा नै नहुन पनि सक्छन् । तपाईंले गर्नुभएको कामको श्रेय अरूले लिन पनि सक्छन् । पुरस्कार र दण्ड दुवैको व्यवस्था पनि हुनसक्छ । अन्य कर्मचारी र आफूलाई गरेको व्यवहारमा फरक पाउनसक्नु हुनेछ । तपाईंले सोचेअनुरूप नहुन पनि सक्छ । धैर्य गर्नुहोस् र सही समयका लागि पर्खनुहोस् ।






(च) अफिस र व्यक्तिगत जीवनलाई फरक राख्नुहोस् ः






तपाईंका घर परिवारमा भएका समस्या, मनमुटाव र दुःखहरूलाई घरभित्रै सीमित राख्नुहोस् । अफिस र अन्य कर्मचारीहरूलाई सो कुराले असर नपुगोस् भन्ने कुराको ख्याल राख्नुहोस् । आफ्ना व्यक्तिगत जीवनमा भएका उतारचढावले तपाईंको काममा असर नहोस् र व्यक्तिगत गफमा अफिसको समय खेर नफाल्नुहोस् ।






यी माथि उल्लेखित कुराको मनन गर्नुभएमा सामाजिक जीवन र व्यक्तिगत जीवन पनि सफल हुन्छ ।


चोरको यो साधुपन



अस्टे्रलियाका एकजना चोरले आफूले झन्डै चोरी गरेको पसलका मालिकसँग पत्रमार्फत क्षमा माग्दै साथमा ५० डलर पठाएका छन् ।

यस वर्षको मे महिनामा पसलमा चोर्न लाग्दा मोहम्मद सोहेलले चोरलाई समातेका थिए । चोरले आफू बाध्यतामा परेकाले चोर्न लागेको मोहम्मदलाई बताए । घरमा खाना नभएको, छोराछोरीलाई खुवाउने केही नभएको चोरले बताएकाले मोहम्मदले चोरलाई ४० डलर र रोटी दिएका थिए । उनले ती चोरलाई कहिल्यै चोरी नगर्ने सर्तमा छोडेका थिए । चोरले अहिले आफूले काम पाएको, नयाँ सन्तान जन्माएको पनि चिठीमा लेखेका छन् । चिठीसँगै आएको ५० डलर च्यारिटीलाई दिने मोेहम्मदले बताए ।


ट्याक्सीवालाको छवि

'चलाख बन्नुहोस् तर, ठग्न नखोज्नुहोस् । इमान्दारी र पारदर्शिताले तपाईं र तपाईंको सहरलाई सहयोग गर्छ ।'



रोमको सबैभन्दा ठूलो ट्याक्सी सहकारी संस्थाले आफ्नो छवि सुधार्ने भएको छ । रोमका ट्याक्सीचालकको छवि विश्वमै नराम्रो छ ।



रोमको विमानस्थलबाट सहरको मध्यक्षेत्रमा जान पर्यटकलाई ट्याक्सीहरूले दोब्बर पैसा लिन्छन् । स्थानीय मानिसलाई ट्याक्सी चढ्न नदिन ट्याक्सीचालकले अनेकौं बहाना बनाउने गरेका छन् ।



अब ट्याक्सीचालकका आनीबानी परिवर्तन हुने भएको छ । रेडियो ट्याक्सी ३५७० ले रोमका ट्याक्सीचालकको छवि परिवर्तन गर्न नयाँ व्यवस्था ल्याएको छ । यस व्यवस्थाअनुसार पर्यटकले घरबाट निस्कनुअगाडि नै अनलाइन ट्याक्सी भाडा तिर्न सक्छन् ।



'रोमका ट्याक्सीचालकप्रतिका मानिसका सोचाइमा हामी परिवर्तन ल्याउन चाहन्छौँ,' रेडियो ट्याक्सी ३५७० का अध्यक्ष लोरेनो बिटारेलीले भने । अनलाइन ट्याक्सीको भाडा तिर्ने व्यवस्था इटालीका अन्य सहरमा पनि अपनाइने उनले बताए ।



अनलाइन व्यवस्थामार्फत पर्यटकहरूले अंग्रेजी, प
mेन्च, स्पेनिस वा जर्मन भाषा बोल्न सक्ने ट्याक्सीड्राइभर पनि अर्डर गर्न सक्छन् । अर्का एक स्किमअनुसार ग्राहकहरूले टेलिफोन टेक्स्ट म्यासेजमार्फत ट्याक्सी अर्डर गर्न र भाडा तिर्न सक्छन् ।



भर्खरै टाउन काउन्सिलले राखेको बिलबोर्डमा लेखिएको छ, 'रोम पर्यटकलाई प्रेम गर्छ ।'



यस नारामुनि ड्राइभर, ट्याक्सीड्राइभर, होटलवाला, पसलेका लागि सल्लाह लेखिएको छ, 'चलाख बन्नुहोस् तर, ठग्न नखोज्नुहोस् । इमान्दारी र पारदर्शिताले तपाईं र तपाईंको सहरलाई सहयोग गर्छ ।'

Monday, November 29, 2010

फेसबुक स्टाटस अपडेट गर्न नपाए युवतीलाई तनाव

अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणले फेसबुक अपडेट गर्न नपाए युवतीहरु तनावमा रहने देखाएको छ जवकी युवाहरु यसलाई सहज लिन्छन्। ४ सय २० अस्ट्रेलियनसँग गरिएको सर्वेक्षणमा ६९ प्रतिशत युवतीले फेसबुक अपडेट गर्न नपाए तनाव हुने स्विकारेका छन्।



तर ३९ प्रतिशत पुरुषलेमात्रै यस्तो तनाव हुने बताएका छन्।


ग्यालेक्सी रिसर्चले गरेको 'दी सेन्भिस चिल पिल सर्भे'ले सोसल नेटवर्किङले यसका प्रयोगकर्तामा तनावको मात्रा बढाएको देखिएको छ।


६३ प्रतिशतले सोसल नेटवर्किङ साइटका कारण तनावको मात्रा बढ्ने स्विकारेका छन्।


'युनिक स्टाटस बनाउन र त्यसमा मानिसहरुले लाइक गरेको पाउनु खुशीको कुरा हो यसले केही तनाव त दिन्छ नि,' ला टर्वो युनिभर्सिटीमा कानुनको विद्यार्थी रहेकी निकिता भेनविलेले भनिन्। फेसबुक निरन्तर हेर्न पाइएन भने झन तनावमा रहने उनले बताइन्।






प्रतिक्रियाहरू (0)

Sunday, November 28, 2010

डाक्टरी नपढेका डाक्टरहरु

एकपटक रामबहादुरको भैँसी बिरामी भएछ। उसलाई झलक्क भएछ, केही समयअघि श्यामबहादुरको पनि भैँसी बिरामी भएको थियो। त्यस अर्थमा भैँसीका रोगका बारेमा रामबहादुरलाई श्यामबहादुर आफूभन्दा बढी विज्ञ ठहर भयो। रामबहादुर दौडेर हस्याङ्फस्याङ गर्दै श्यामबहादुरको घरमा पुगेछ। भैँसी बिरामी भएका बेलामा रामबहादुरले के गरेको थियो भनेर उसले सोधेछ। श्यामबहादुरले भैँसीलाई पाँच लिटर मट्टीतेल खुवाएको जानकारी दिनासाथ रामबहादुर दौडेर घर फर्केछ र आफ्नो भैँसीलाई पनि मारसँग पाँच लिटर मट्टीतेल खुवाइदिएछ। भोलिपल्ट बिहान उसको भैँसी मरेछ। क्रूद्ध रामबहादुर श्यामबहादुरकहाँ गएर रसिले दाह्रा किट्दै कुर्लेछ, "मेरो भैँसी त मर्‍यो !"

श्यामबहादुरले भनेछ, "मेरो पनि त मरेको थियो नि !"

यो त भयो भैँसीको कुरा। हामीमध्ये धेरैजसोमा पनि रामबहादुर बसेको हुन्छ। त्यति मात्र कहाँ हो र ! हामी त भैँसी होइन, आफ्नै स्वास्थ्यको कुरामा पनि धेरै हदसम्म रामबहादुरजस्तै हुन्छौँ।

हुन त सानातिना स्वास्थ्यसम्बन्धी समस्यामा घरेलु उपायहरूको भर पर्ने, जानकार र विज्ञ चिकित्सकको सल्लाहबिना नै औषधी खाएर च्याँखे हान्ने हामीकहाँ मात्र नभई अन्य अल्पविकसित देशहरूमा पनि चलन हुन्छ भन्ने कुरा त्यससम्बन्धी सर्वेक्षणहरूले बताउँछन्। हामी अरूको सल्लाह पनि सुन्छौँ र आफू पनि अघि सरेर सल्लाह दिन्छौँ। लौ त भन्ने हो भने यो एक किसिमले हाम्रो राष्ट्रिय चरत्रि नै बनिसकेको छ। कुनै पनि रोग वा समस्याका बारेमा कतै चर्चा भयो भने अर्को मान्छेले घरेलु, आध्यात्मिक, तान्त्रिक, पौराणिक, आयुर्वेदिक वा एलोप्याथिक गरेर केही न केही उपाय र औषधी बताउँछ। त्यति मात्र कहाँ हो र थरीथरी मान्छेले हामीलाई विभिन्न उपायहरू बताउँछन्। हामी त्यसमध्ये कतिवटालाई त प्रयोग गरेर पनि हेर्छौं। एकदमै गम्भीर परििस्थति नभई हत्पति डाक्टर वा अस्पताल जान हामीलाई मन लाग्दैन। समस्यालाई सानो रूपमा लिने बानी, पहिले आफ्नो वा अरूको मिल्दोजुल्दो समस्याको निराकरणको अनुभवजस्ता कुराहरू त्यसको पछाडिका कारणहरू हुने गर्छन्। त्यसले गर्दा भित्रभित्र केही डरलाग्दा लक्षणहरू पालेर हामी बसिरहेका हुन सक्छौँ। केही समयअघि एक जना परििचत आफ्नो नियमित बिहानीको दौड गर्दागर्दै बाटोमा पुक्लुक्क ढले र उनको त्यहीँ निधन भयो। पोस्टमार्टम गर्दा थाहा भयो, उनको मुटुको आकार सामान्य मान्छेको भन्दा चार गुना बढी फुलेको रहेछ। उनी स्वस्थ देखिन्थे र साधारण जीवन बाँचिरहेका थिए। उनमा मुटुसम्बन्धी केही समस्या थियो भन्ने कुरा साथीभाइ त छोडौँ, उनको घरपरविारलाई पनि अत्तोपत्तो रहेनछ।

डाक्टरकहाँ जानु भनेको अनावश्यक खर्च बेहार्नु हो भन्ने मान्यताले हाम्रो मनमा गहिरो जरो गाडेको हुन्छ। हुन त सरकारी अस्पतालको झारो टार्ने मानसिकता, दयनीय स्िथति र प्राइभेट नर्सिङ् होमका खर्चालु उपचारले गर्दा आममानिसले एक हजारपटक सोच्नुपर्ने हुन्छ। त्यसैले होला, अध्ययनहरूले भने अनुसार, ३० मिनेटको दूरीमा अस्पताल वा उपचार केन्द्र भए पनि मान्छे सकेसम्म आफ्नै र अरूका विवेकले नै रोगव्याध निको पार्ने प्रयास गर्छ, अल्पज्ञानीले झ्याम्मै एन्टिबायोटिक खाने, खुवाउने गर्छ। त्यतिले नभए औषधी पसलेहरूको भर पर्छ र औषधी पसलेहरू पनि त्यस्तो बेलामा आफ्नो उच्च मूल्यांकन भएको अनुभूतिले होला, डाक्टर बन्ने प्रयत्न गर्नबाट पछि पर्दैनन्। हुन त औषधी पसल चलाउनेहरूका लागि पनि एक प्रकारको निश्चित तालिम हुनुपर्छ भन्ने तोकिएको छ र मात्र उनीहरूलाई अनुमति दिइन्छ। तर, ऊ खाना खान गएको बेला वा अरू कामले पसल छोडेर गएको बेला त्यहाँ बस्ने उसकी श्रीमती वा अरू कोहीले पनि आएको ग्राहकलाई फर्काउँदैनन्। कुनै बेला औषधी पसलमा गएको बेला ध्यान दिएर हेर्नुहोला, सामान्य समस्याका लागि कोही त्यहाँ सल्लाह गर्न आयो भने त्यो पसलेले कसरी आफ्नो गर्धन अह्ररो पारेर, दुई-चारवटा जटिल प्राविधिक शब्दहरू प्रयोग गरेर आफ्नो बुद्धिमत्ताको प्रदर्शन गर्छ ? अस्पताल जानु वा डाक्टरलाई देखाउन पर्ला कि भन्ने जिज्ञासा गर्दा कतिपयले त भएको तपाईंलाई यही नै हो, तिनले दिने औषधी पनि यही हो, बेकारमा अनेकौँ परीक्षण गरेर किन पैसा खर्च गर्नुहुन्छ भनेर मुडेको पनि कहिलेकाहीँ देख्न पाउनुहुन्छ।

हामी किन स्वास्थ्यजस्तो संवेदनशील कुरामा अरूलाई यति धेरै सल्लाह दिन्छौँ र अरूको यति धेरै सल्लाह लिन्छौँ ! अरू कुरामा आफूलाई ज्ञान नभएको विषयमा नबोले पनि औषधीका कुरामा हामीमध्ये अधिकांश चुप लागेर बस्दैनौँ। कहिले हेक्का गर्नुभएको छ भने त्वचा कसरी राम्रो बनाउने भन्ने कुरामा कुनै पनि स्वास्नीमान्छेलाई कसैले पनि केही भन्यो भने त आँखा चिम्लेर उनीहरूले त्यो सब प्रयत्न गर्छन्। बजारमा त्यही मानसिकतालाई भजाउनका लागि आएका उत्पादनहरू प्रयोग गर्नेदेखि ट्युबलाइटले छाला बिगार्छ भनेर पहेँलो चीम बाल्नसमेत उनीहरू पछि पर्दैनन्।

नियमित स्वास्थ्य परीक्षण गर्ने भन्ने कुरा हाम्रा लागि दुर्लभ हो। भौगोलिक विकटता, आर्थिक अवस्था र खर्चिलो उपचार पद्धतिका कारण पनि सायद यसो भएको हुनसक्छ। मानिसको शरीर यति जटिल संरचना हो, हेर्दा सामान्य लाग्ने आँखा झिम्क्याउने कामका लागि पनि भित्रभित्रै सयौँ क्रियाहरूको तालमेल भइरहेको हुन्छ। तसर्थ, कुनै पनि समस्यालाई हलुका रूपमा लिनु हाम्रा लागि दीर्घकालीन रूपमा नराम्रो हुनसक्छ। आफू स्वास्थ्यको कुरामा विज्ञ भएको भ्रम पालेर उपचार विधि सिकाउने वा अरू त्यस्तै मान्छेको सल्लाह सुन्ने प्रवृत्ति हामीले सुधार्नैपर्ने बानी हो। नत्र कुनै पनि बेला हामी रामबहादुर वा श्यामबहादुर बन्न सक्छौँ।