Saturday, March 12, 2011

स्याउ खानुस् उमेर बढाउनुस्

स्याउको गुण कसैसँग लुगेको छैन । तर चिनियाँ विश्वविद्यालयका वैज्ञानिकहरूले यसको गुणको अझ फराकिलो अध्ययन गरेका छन् । अनुसन्धानकर्ता झेन यु चेनका अनुसार स्याउले एन्टिएजिङको काम मात्र गर्दैन यसले उमेरसमेत लम्ब्याउँछ । स्याउमा भएको एन्टिआक्सिडेन्टले बुढ्यौलीको गतिमा मात्र लगाम लगाउँदैन क्यान्सर र मुटु रोगजस्ता बिमारीबाट समेत जोगाउँछ ।

दिनहुँ यसको सेवनले औसत आयु १० प्रतिशत बढ्छ । अनुसन्धानकर्ताका अनुसार स्याउ यस्तो फल हो, जसमा पाइने एन्टिआक्सिडेन्ट शरीरमा प|mी रेडिकल्सले हुने दुष्प्रभावलाई कम गर्छ ।

No comments: