Monday, March 28, 2011

फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् ।

मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।
मोडल बजारमा नाङ्गै घुम्छे, पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, त्यो पनि निष्पिmक्री अनि त्यसका पछिपछि हुन्छन् एउटा क्यामेराम्यान । पर्सियन मोडल इरिका सिमोनले आफूलाई सबैका सामु नाङ्गो बनाउँदै न्युयोर्कको शहरमा निष्पिmक्री धुमेकी छन्, त्यो पनि न्युयोर्कको व्यस्त सडकमा ।
२५ वर्षकी मोडल इरिका सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी गरेकी छन्, तर त्यो सबै दैनिकीका लागि
उनले कुनै पनि कपडा लगाएकी छैनन् । पर्सियन मोडल इरिका सिमोनले आफ्नो नयाँ फोटो प्रदर्शनी न्यू योर्कमा एउटी शहरीया युवतीको दैनिकी देखाउँदैछिन् ।
दुई वर्ष अघि जब उनी फेशन सप्ताहाका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन, त्यतिवेला उनलाई यस्तो योजना फुरेको थियो । त्यसकै एक भाग स्वरुप उनी स्थानीय सुपरमार्केटमा एक प्याकेट चुरोट किन्न छिरिन्, त्यो पनि नाङ्गै । सैधं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ता पनि जिल खाएर उनलाई हेरिरहे ।
उनले बेलायती समाचार संस्थालाई भनेकी छन्, सुरुमा मलाई यस्तो योजना दिमागमा आयो तब मैले सोंचे के मैले यस्तो गर्न सकुंला ? फेरी निर्णय लिएँ, सोंचि त सकें, अब किन नगर्ने । र यो सबै मैले पहिलो दिनमै गर्न सकें । न्युयोर्कको पश्चिमी गाउँमा जब मैले नाङ्गै फोटो सुट गरें त्यतिवेला प्रहरीले मलाई गिरˆतार पनि गरेन । यो सबै समय र भाग्यको खेल हो ।
यो कुनै यौन होइन, नाङ्गो हुनु कुनै पागल पनि होइन, तर मलाई थाहा छ यो कानूनी भने होइन । तर यो सबै प्रक्रियाले मलाई निक्कै स्वतन्त्र, खुला र आनन्द प्रदान गर्‍यो । फोटोसुटको पहिलो दिन इरिकाले पश्चिमी न्युयोर्कमा पाँचवटा सट दिएकी थिइन । जब इरिकाको दिमागमा यो योजना आएको थियो, त्यसपछि उनले आफूलाई नाङ्गो बनाएर घर भित्रै दर्जनौं पटक फोटो सुट गरेकी थिइन । कतिपटक त उनले गहना मात्र लगाएकी थिइन ।
सिमोनको न्यु योर्क प्रदर्शनीमा २० वटा तस्वीरहरु हुनेछ, अर्को महिना सुरु हुने यो प्रदर्शनी त्रिवेकाको दास ग्यालेरीमा हुनेछ ।
सिमोनाले भनेकी छन्, मलाई दैनिकी गरेका अरु थुप्रैको नाङ्गो तस्वीर खिच्ने धोको छ । किनकी मोडेल बनेकी इरिका पहिले फोटोग्राफर पनि थिइन । फोटोसुटका क्रममा इरिकाले सबवेमा हिंडेकी छन्, पुस्तकालयमा किताव चेक गरेकी छन्, हिउँले पुरिएको बाटोमा सावेल चलाएर हिउँ फालेकी छन्, बस्ने घरबाहिर र भित्र उनले नाङ्गै हिंडेकी छन् ।




 

No comments: