Monday, July 4, 2011

किन बनाईयो स्वयंवरको परम्परा ?

स्वयंवर प्राचीनकाल देखि नै प्रचलित एक हिन्दु परम्परा हो जस्मा कन्या स्वयं आफ्नो वर चुन्थे र उसैका साथ विवाह हुन्थ्यो अर्थात महिलाहरु आफुले मनपराएको पति चुन्दथे । ऋग्वेदका अनुसार कस्लाई आफ्नो भावी सन्तानको पिता बनाउने भन्ने अधिकार स्त्रीलाई छ । त्यसैले वर चुन्ने अधिकारपनि स्त्रीलाई हुन्छ । वैदिककालमा यो प्रथा समाजका चारै वर्णमा प्रचलित थियो र यहि नै विवाहको प्रारुप थियो । रामायण र महाभारतकालमा पनि यो प्रथा राजन्य वर्गमा प्रचलित थियो ।
स्वयंवर कुनै चानचुने अधिकार होईन । यहि अधिकारलाई पाएर नै स्त्री पतिको आज्ञाकारिणी बन्छन् । अन्यथा एकापसमा विचार नमिलेर गृहस्थी चलाउन धेरै गाह्रो पर्छ । वेदहरुमा भनिएको छकि पतिपत्नी प्रेमबाट नै विवाह वन्धनलाई एकता सूत्रमा बांधिराख्न सक्छन् जस्को लागि गृहस्थ आश्रम बनाईएको हो । त्यस समय यस्तो मान्यता थियो कि प्रारम्भमा नै यदि चुनाव ठीक नभए जीवन शान्तिले बित्न सक्तैन । तसर्थ विवाहमा वर वधुको चुनाव एक आवश्यक कुरा हो जुन वेदहरुका अनुसार पतिलाई होईन पत्नीलाई वर चुन्ने अधिकार दिईएको हो ।
यसको कारण के हो भने गृहस्थाश्रमको वास्तविक भार पत्नीमाथी हुन्छ । पत्नीलाई सन्तानोत्पत्तिको समयमापनि धेरै किसिमको कष्ट झेल्नु पर्छ । पत्नीलाई यतिमात्रै होईन जीवनभर अरुपनि धेरै जिम्मेवारी निर्वाह गर्नुपर्छ । यसैकारण स्वयंवरको प्रथा बनाईयो र महिलाहरुलाई वरको चयन (स्वयंवर) गर्ने अधिकार दिईएको थियो ।

No comments: