Sunday, January 30, 2011

खाने बानी, व्यायाम तथा मोटोपन

मानव शरीर सञ्चालनका लागि क्यालोरीको आवश्यकता पर्छ। क्यालोरी शरीरलाई चाहिने एक प्रकारको पदार्थ हो जसले शरीरलाई शक्ति प्रदान गर्छ। आवश्यकताभन्दा धेरै क्यालोरी शरीरमा जम्मा भयो भने त्यसले मोटोपन बढाउँछ। मोटाइले सुन्दरतालाई मात्र होइन स्वास्थ्यलाई पनि असर पुर्‍याउँछ। मोटाउनु राम्रो होइन भन्दै आफूलाई मन लागेको खानेकुरा खान छोड्ने कुरा पनि राम्रो होइन। सन्तुलित भोजनले शरीरलाई ठीक अवस्थामा राख्छ भन्ने तथ्यलाई धेरैले नबुझेका कारण अहिले कतिपय मोडल तथा कलाकारले थोरै खाएर आफ्नो जीवनलाई खतरामा पार्ने गरेका छन्। 

बढ्दो सहरीकरण, भौतिक आविष्कार तथा सुविधाबाट मानिसको दैनिकी सरल बन्दै गएको  छ। ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा मोटोपन बढेको तथा त्यही मोटोपनका कारण रोग बढेको पाइन्छ। उच्चस्तरको खानपान तथा न्यून शारीरकि व्यायाम मोटोपन बढ्ने प्रमुख कारण हो। कसै-कसैले यसलाई वंशानुगत गुणका रूपमा व्याख्या गरेका छन्। केही हदसम्म मोटोपनको कारण वंशानुगत पनि हुनसक्छ तर शरीरलाई चाहिनेभन्दा बढी खाने अनि दोष अरूलाई दिने बानीले आफूलाई नै असर गररिहेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। हामीले घरभित्र गर्ने नियमित कार्य तथा केही व्यायामले मात्र पनि शरीरलाई सन्तुलित राख्छ। अर्कातर्फ मोटोपन शरीरको पाचन प्रणालीमा पनि भर पर्छ। एउटै प्रकारको खाना खाने तथा एउटै दैनिकीमा चल्ने दुई जना मानिस दाँज्दा पनि एउटाको शरीर मोटो तथा अर्काको शरीर पातलो एवं फुर्तिलो हुनसक्छ।

हाम्रो शरीरमा बढी भएको क्यालोरी खर्च गर्नु नै मोटोपनबाट बच्ने उपाय हो। यसका लागि भारी शारीरकि व्यायाम नै गर्नुपर्छ भन्ने छैन। सकारात्मक सोच, दृढ एवं आत्मअनुशासनका साथै उचित व्यायाम गर्ने बानी बसाल्नुपर्छ। हिँजोआज युवतीहरू दुब्लाउने प्रयासमा कठोर डायटिङ गर्छन्। यसको दीर्घकालीन प्रभाव हानिकारक हुन्छ। कठिन डायटिङ गर्ने युवतीहरूबाट जन्मने शिशु विकलाङ्ग, सुस्तमनस्थिति, कमजोर, रोगी तथा प्रतिरोध क्षमताका कमी हुने सम्भावना हुन्छ। त्यसकारण प्रत्येक व्यक्तिले आफ्नो शरीरको तौल, उचाइ तथा स्वास्थ्यस्थिति सुधार गर्न खाना खाने विधि तथा व्यायाम गर्ने विधिको निश्चित नियम बनाउनुपर्छ।

व्यायाम सुरु गर्नुअघि शरीरलाई तताउनुपर्छ। यसको उद्देश्य शरीरलाई चोटपटक लाग्न नदिनु, अघिको व्यायामका लागि शरीरका मांसपेशीहरूलाई खुकुलो पार्नु हो।

नाकबाट लामो श्वास लिने र मुखबाट बाहिर फाल्ने। 

दौड सुरु गर्नुअघि एक दुई सय पाइला हिँड्ने वा जगिङ गर्ने बानी बसाल्नुपर्छ।

वार्मिङ अपपछि ३० मिनेटसम्म निरन्तर अथवा १०/१० मिनेट गरी तीन चरणमा व्यायाम गर्नुपर्छ।

खाली पेटमा अथवा धेरै खाएर कहिल्यै व्यायाम गर्नु हुँदैन।

व्यायाम गर्दा शरीरको धेरै पानी खर्च हुन्छ। यसका लागि अधिकतम पानी पिउनुपर्छ।

व्यायामलाई नियमितता दिनुपर्छ। उमेर सुहाउँदो व्यायाम गर्नु राम्रो हुन्छ। यसले शरीरमा लचकता ल्याउँछ भने दैनिक गतिविधिका काममा चुस्तता महसुस गर्न सकिन्छ। 

अफिसमा लिफ्ट छ भने त्यसको प्रयोग नगरेर भर्‍याङ नै प्रयोग गर्नु उपयुक्त हुन्छ।

गाडीलाई आफ्नो अफिसभन्दा केही टाढा पार्क गर्नु राम्रो मानिन्छ।

टीभी च्यानललाई रिमोटले परविर्तन गर्नुभन्दा आफैं उठेर परविर्तन गर्नु राम्रो हुन्छ।

घर सफा गर्ने, ओछ्यान बदल्ने, सिरक पट्याउने काम पनि व्यायाम हो। यसले पैसा खर्च गरेर व्यायाम गरिरहनुपर्ने आवश्यकता रहँदैन।

शरीरको व्यायमका लागि नृत्य गर्नु अथवा पौडी खेल्नु राम्रो मानिन्छ।

बिहानको खाजा तथा रातमा पनि कम खाना खानुपर्छ।

रातिको भोजभतेरमा जाँदा स्न्याक्स बढी खाएको अवस्थामा दाल-भात एकदमै कम खानु राम्रो हुन्छ।

ल एक गिलास तातोपानीमा मह, कागती तथा अदुवाको रस मिसाएर बिहानै खाली पेटमा खादा मोटोपन नियन्त्रण  हुन्छ। 

लिस्ट बनाएर सपिङ गर्दा अनावश्यक सामग्री खरदि गरिँदैन। यसले अनावश्यक खानेकुरा खानुपर्ने बाध्यताबाट बच्न सकिन्छ।

सफ्ट डि्रङ्कको सट्टा सादा पानी पिउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ।

बोसोयुक्त मासु तथा रातो मासु खानुभन्दा माछा खानु उपयुक्त हुन्छ। माछाको तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले हृदयाघातको सम्भावनालाई घटाउँछ।

खाना पकाउने तरिका परविर्तन गर्नु राम्रो हुन्छ। खानेकुरा फ्राई गर्नुभन्दा उसिनेर पकाउनुपर्छ।

खाना मज्जासँग चपाएर खानुपर्छ। लामो समय लगाएर खानाको आनन्द लिनु नै स्वास्थ्य र स्वादका लागि राम्रो मानिन्छ। 

आफ्नो खानाको मात्रा घटाउन सानो भाँडाको प्रयोग गर्नुपर्छ। डिनर प्लेटको सट्टा सलाद प्लेट प्रयोग गर्दा खानाको मात्रा कम हुन्छ।

दहीको सेवन प्रशस्त गर्नुपर्छ। यसले प्रोटिनलाई घटाउन सहयोग पुर्‍याउँछ।

आत्ममिलनको साइनो विवाह

विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको व्यक्तित्वको खोजी  गर्नका लागि हुनुपर्छ। आपसी निकटता र विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो राम्रो ! त्यसो हुँदा  विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता र समझदारी विकास भैसकेको हुन्छ।

विवाह पार्टीमा जान खासै रुचि नभए पनि केही दिनअघि एउटा विवाह कार्यक्रममा सरिक हुनुपर्ने भयो, 'छोरीको विवाहमा जानैपर्छ,' भन्ने  बुझाइले । पहिले-पहिले विवाहको धार्मिक कार्य सम्पन्न गर्न भररात लाग्थ्यो, जन्ती जाने आउने समय गन्दा त दुई दिनै लाग्ने ! अचेल  जमाना सर्टकर्टको छ । ४ घन्टा पार्टी प्यालेस बुक गरे विवाहको सबै काम तमाम हुन्छ । दुईवटा हस्ताक्षर गरेर दुई मिनेटमा हुने विवाहको  अभ्यास पनि बढ्दै गएको छ । विवाहलाई दुई आत्माको मेल मान्दै, कुनै पनि औपचारिक कानुनी प्रक्रिया वा सामाजिक-धार्मिक स्वीकृतिको  आवश्यकता बोध नगर्ने जोडीको संख्या पनि बढ्दैछ । जीवनमा एकपल्ट हुने विवाह, स्थापित प्रक्रिया एवं सामाजिक तामझामसाथ गर्नुपर्छ  भन्ने धारणा कतिपयको छ । कतिले प्रक्रियाभन्दा सम्बन्धमा जोड दिन्छन् । बुझाइको विविधताले नै वैवाहिक सम्बन्धमा बाँधिने शैलीमा  फरकपन आएको हो ।

विवाह र प्रेम

'विवाहपूर्व प्रेम अनिवार्य छ' भन्ने सुन्दा, सातआठ वर्षको उमेरमा विवाह गरेका हजुरबा-हजुरआमालाई अचम्म लागे पनि हाल यो अनिवायर् जस्तै भएको छ । लभलाई एरेञ्जको रुप दिएर विवाह गर्ने हुन् वा एरेञ्जमा लभको खोजी गर्नेहरू हुन्, दुवैथरीले प्रेमको अनिवार्यता स्वीकार  गरेका छन् । विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको  व्यक्तित्वको खोजी गर्नका लागि हुनुपर्छ । आपसी निकटता र विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो  राम्रो ! त्यसो हुँदा विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता र समझदारी विकास भैसकेको हुन्छ । यस्ता जोडीका लागि विवाह न  फलामको ढोका हुन्छ, न विवाहपछिको घरव्यवहार फलामको च्यूरा ! विवाहपूर्व प्रेम हुनु दीर्घ सम्बन्धको आधार हो । तथापि, सफल जीवनका  लागि प्रेम मात्र पर्याप्त हँुदैन ।

विवाह र आत्मनिर्भरता

विवाह प्रेमको अवतरणका लागि मात्र हुनुहुँदैन । विवाह शारीरिक आवश्यकता पूरा गर्ने बहाना मात्र हुनुहुँदैन । विवाह घरमा बुहारीको  आवश्यकता पर्दा गरिने संस्कार मात्र हुनुहुँदैन । विवाहमा यी सबै कुरा हुनु त पर्छ, साथै दुई पक्षको शारीरिक परिपक्वता, आर्थिक आत्मनिभर् रता एवं मानसिक तत्परता पनि जरुरी हुन्छ । विवाहपूर्व शारीरिक परिपक्वता हुनुपर्ने प्रश्नमा नेपाली समाज धेरै अघि बढिसकेको छ । उमेर  नपुगी विवाह हुने समस्या पछाडि परेका समुदायमा नगण्य मात्रामा छ । आत्मनिर्भरताको प्रश्नमा उमेरदार युवायुवतीहरू कन्फ्युजनमा रहेको  पाइन्छ । एक्लो छँदासमेत आवश्यक हुने आर्थिक सबलता विवाहपछि अपेक्षा, आवश्यकता र जिम्मेवारी दोब्बर हुँदा थप अनिवार्य हुन्छ ।  आत्मनिर्भरताका सम्बन्धमा युवामा जति संवेदनशीलता युवतीमा पाइँदैन । कतिपय युवती हुनेखाने केटा भए पुगिहाल्ने भ्रममा हुन्छन् । यस्तो  सोच भएकाहरूले बुझ्नुपर्छ- आत्मनिर्भरता केवल दुईछाकका लागि होइन, घरभित्र बाहिरको संसारमा सम्मानित भएर बाँच्नका लागि पनि  हो ।

विवाह र दाइजो

विवाहजस्तो महान साइनोलाई कसैले दूषित गर्दैछ भने, दाइजोले गर्दैछ । दाइजोप्रथाका संरक्षकहरू मानवीय सम्बन्धलाई हाटबजारको मो लमोलाइ मान्दैछन् । उनीहरू छोराको शिक्षादिक्षा, उपचारमा लागेको खर्च उठाउन भन्दै छोरी पक्षसँग दाइजोको खुलेआम बार्गेनिङ गर्छन् ।  यता छोरी पक्ष छोरी जन्मिएको दिनलाई कालो दिनका रूपमा बुझ्न विवश छ । यो चलन नेपालको तराईमा बढी छ । पूर्व होस् वा पश्चिम,  दाइजोप्रथा सामाजिक भार बनेको छ, भलै यसलाई स्वेच्छासँग जोडेर किन नहेरियोस् ? दाइजोप्रथा कानुनमा बन्देज गरेर नभई सामाजिक  जागरणबाट मात्र उन्मूलन हुन सक्छ । कुरा दाइजो दिने वा लिने एक पक्षको मात्र होइन । छोरातर्फबाट दाइजो लिनेले छोरीको विवाहमा  दाइजो दिनुपर्ने यथार्थतालाई विर्सनुहुँदैन । विवाहमा सकिनसकी दाइजो दिनेभन्दा छोरीलाई उपयुक्त शिक्षादिक्षाको व्यवस्था गर्नु राम्रो हुन्छ ।  बुहारी भित्र्याउनेमा बुहारीको शिक्षादिक्षा र ज्ञानलाई दाइजोका रूपमा स्वीकार गर्ने विवेक अपेक्षित छ । विशेषतः केटा (दुलाहा) बाट दाइजो प्रथा दुरुत्साहन गर्नेतर्फ पहल हुनु प्रभावकारी हुनसक्छ । 'मलाई दाइजो होइन, विवेकी जीवनसाथीको खाँचो छ' भन्न सक्ने आँट आजका  युवामा आउन सके दाइजो उन्मूलन प्रयास सार्थक हुने थियो ।

विवाह र समझदारी

विवाहलाई धेरैले सम्झौता मान्छन् । यथार्थमा विवाह बाध्यताको सम्झौता नभै समझदारीमा जीवन जिउने कला हो । शब्दको पछि नलागेर  विवाहलाई सम्झौता नै मान्ने हो भने पनि 'सम्झौता' आफैमा नराम्रो हुँदैन । एक्लाएक्लै बाँचेका अधुरा दुई पक्ष एक भै पूर्णताको अभ्यासमा  लागिपर्छन् भने त्यसमा नराम्रो के छ ? सबै काम, दायित्व र निर्णय हिजोसम्म एक्लाएक्लै गर्ने दुई पक्ष विवाहपछि आपसी सहमति, सल्लाह र  समझदारीमा काम गर्छन् भने त्यसमा नराम्रो के भयो र ? विवाहपछि स्वतन्त्रता गुम्छ भनिन्छ । विवाहसँगै गुम्ने कुराको समीक्षा गर्नुपूर्व योसँगै प्राप्त उपलब्धिको पनि सम्झने कि ? विवाहपछि हामी नयाँ जीवन पाउँछौं । जीवनभरको साथी पाउँछौं । विश्वास, माया र भरोसा पाउँछौं । विवाहपछि केही जिम्मेवारी बढ्लान्, सँगै जिम्मेवारी पूरा गर्न आधा भूमिका खेल्ने सहयात्री पनि पाएका हुन्छौं । विवाहलाई 'दलदल' भन्छन्  कतिपयले, सही हो । स्मरणरहोस्, कमल दलदलमै फुल्छ । कमल फुलाउन सक्नु-नसक्नु अर्को कुरा !

मायालुको आगमनको कल्पना मात्रले पछ्यौरी वा साडीको सप्को लहराउने, रिमझिम वषर्ा हुने कुरा वास्तविक जीवनमा त नहोला । एरेञ्ज  वा लभ, जुनसुकै तरिकाले विवाह गरेका जोडीहरूले पूरा समझदारीमा काम गरे जीवन कल्पना गरिएभन्दा सुन्दर, आकर्षक र व्यवस्थित हुन  सक्छ । 'सोचेजस्तो हुन्न जीवन' भन्नु सत्य हो । जीवन धेरै विगि्रएर 'सोचेजस्तो हुन्न जीवन' भन्नुभन्दा जीवन धेरै सपि्रएर 'सोचेजस्तो हुन्न  जीवन' भन्नुमा आनन्द छ । यसैतर्फ हाम्रा प्रयास केन्दि्रत हुनुपर्छ । मंसिर सकियो, माघ, वैशाख आउँदै छन् । एक्लाहरूलाई विवाहको निर्णय  लिँदा मन र मस्तिष्कको सन्तुलन मिलाउने पूरा अवसर छ । राम्रो काम गर्न ढिला हुँदैन । विवाहबन्धनमा बाँधिइसकेका जोडीहरूका लागि  पनि सम्बन्धलाई पुनव्र्यवस्थित गर्ने पूरा हक, अवसर र स्वतन्त्रता छ । आवश्यक छ, इच्छाशक्ति र जागरुकताको !

इन्जिनियर कसरी बन्ने ?

इन्जिनियर' भन्नाले निर्माण विद्याको स्नातक, वास्तुकला विशेषज्ञ, यन्त्र वा कल अर्थात् इन्जिनसम्बन्धी स्नातक, यन्त्रविद्या विशेषज्ञ भन्ने बुझिन्छ । 'इन्जिनियरिङ' ले कलपुर्जासम्बन्धी विद्या, वास्तुकला, इन्जिनियरको काम वा पेसा भन्ने अर्थ दिन्छ । हामीले बुझ्ने गरेको कुनै पनि कामलाई प्राविधिक रूपमा पूरा गर्ने व्यक्ति इन्जिनियर हो जसले स्नातक र त्योभन्दा बढी तहको इन्जिनियरिङ शिक्षा हासिल गरेको हुन्छ ।
विशेष गरी सहरमा बनेका भव्य महल, पुल, सडकहरू, हामीले चढ्ने गरेको मोटर गाडीहरू, साइकल, बिजुली, बिजुलीका सामग्रीहरू, कम्प्युटर, टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता सबै सामग्रीहरूको आविष्कार तथा निर्माण, पुनर्निर्माण, सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति नै इन्जिनियर हुन् ।
विकसितमात्र होइन विकासोन्मुख मुलुकका लागि इन्जिनियरहरूको महत्त्व दिनानु दिन बढ्दो छ । एसएलसीमा कम्तीमा दोस्रो श्रेणी हासिलले विज्ञान विषय पढ्न पाउने भएपछि इन्जिनियर बन्ने सपना जो कोही विद्यार्थीका निम्ति अहिले सहज बनेको छ । सरकारले १२ कक्षासम्म विज्ञान विषय पढाउन उच्च माविहरूको व्यवस्था गरिदिएको
छ । कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी, अंग्रेजी र गणित पढ्नुपर्छ । त्यसैगरी १२ मा यी सबै विषयहरूमा बायोलोजी या गणित दुईमध्ये एउटा छाडेर नेपाली विषय पढ्नुपर्छ । आईएस्सी पढेकाले भने भर्ना हुने बेलामै बायोलोजी या गणित छान्नुपर्दछ । बीई -ब्याचलर इन इन्जिनियरिङ) पढ्न १२ कक्षा होस् या आईएस्सी कम्तीमा ५० प्रतिशत अंक हासिल गरेकै हुनुपर्छ । यसो त एसएलसीपछि ओभरसियर पढ्न पनि सकिन्छ । ओभरसियरमात्र लक्ष्य राख्नेका निम्ति तीनवर्षे कोर्सको पढ्न सकिन्छ । ओभरसियर पढेकाले पनि बीई पढ्न पाउँछ ।
यति गरिसकेपछि स्नातक बीई पढ्ने बाटो खुल्छ । बीई पढ्नका निम्ति विश्वविद्यालयले लिने प्रवेश परीक्षामा प्रतिस्पर्धा गरेर नाम निकाल्न सक्नुपर्ने काठमाडौं विश्वविद्यालयको हालै सम्पन्न १६ औं दीक्षान्तबाट दीक्षित भावुक कोइराला बताउँछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत लिइने प्रवेश परीक्षामा उच्च अंक हासिल गर्नेले छात्रवृत्तिसमेत पाउँछ ।
बीई आर्किटेक्ट इन्जियनियरिङ पाँचवर्षे कोर्स पढ्नुपर्छ भने अन्य चारवर्षे कोर्स । चारवर्षे कोर्सअन्तर्गत मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्टि्रकल, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ पढ्न सकिन्छ ।
कुन विषय कस्तो ?
मेकानिकल इन्जिनियरिङ पढ्ने हो भने मेसिनसम्बन्धी अध्ययन गर्नुपर्ने हुन्छ । मेसिनरी काम यो विषयको अन्तिम उद्देश्य रहन्छ । इलेक्टि्रकल/इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्नेले बिजुलीसम्बन्धी अध्ययन गर्नुपर्ने हुन्छ । यसका दुई हाँगा छन्- पावर -भोल्टेज) र कम्युनिकेसन । पावर पढ्नेले विद्युत्सम्बन्धी काम जस्तै- ग्रामीण विद्युतीकरण, हाइड्रोपावर, माइक्रो हाइड्रोपावरको सूक्ष्म ज्ञान
राख्छ । इलोक्ट्रोनिक्स या इलेक्टि्रकल कम्युनिकेसनले एयरपोर्टको कन्ट्रोल टावर र हवाईजहाजबीचको कुराकानीसम्बन्धी अध्ययन गर्छ । मोबाइल वा टेलिफोन तथा सञ्चारका सम्पूर्ण पक्षको अध्ययन गर्ने व्यक्ति नै इलेक्ट्रोनिक्स इन्जियर हो ।
हामीले तर्दै आएका पुलपुलेसा र बस्दै आएका अग्ला भवनहरू बनाउने काम सिभिल इन्जियरको हो । यी सबैखाले निर्माण कार्यको नक्सा बनाउनेदेखि निर्माणमा लाग्ने लागत खर्चसमेत यकिन गर्न सक्ने दक्ष व्यक्तिलाई सिभिल इन्जिनियर भन्छौं । घर, पुल, राजमार्ग, रेलमार्ग, हवाई मैदान सबै निर्माण कार्य यसमा पर्दछ ।
मोटर गाडीको इन्जिन, टर्वाइन, विद्युत् उत्पादन मेसिनको निर्माण र लेखाजोखा गर्ने व्यक्तिलाई मेकानिकल इन्जिनियर भन्दछौं । जुनसुकै विकास, निर्माण गर्दा वातावरणलाई न्यून असर पुग्ने पक्षमा अध्ययन गर्ने व्यक्तिलाई वातावरण इन्जिनियर भनिन्छ । जग्गाको नक्साङ्कन तथा नापीसम्बन्धी काम जिओमेटिक्स इन्जिनियरले गर्दछ । कम्प्युटरसम्बन्धी सम्पूर्ण अध्ययन गर्ने व्यक्ति कम्प्युटर इन्जिनियर हो । बीई पूरा गर्न ३ लाखदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ । त्रिविमा विद्यार्थीले हासिल गरेको अंक मेरिटअनुसार छात्रवृत्ति दिन भएकाले खर्च कम पनि हुन सक्छ ।
बीईपछिको विकल्प ?
चार/पाँचवर्षे बीई अध्ययनपछि दुई वटा बाटो खुला हुन्छ । थप उच्च अध्ययन र जागिर । बीई उत्तीर्णले आफ्नो शैक्षिक प्रमाणपत्रलाई नेपाल इन्जिनियरिङ परिषद्बाट प्रमाणित गर्नुपर्छ । परिषद् इन्जिनियरहरूको प्रमाणपत्र प्रमाणित गर्ने एकमात्र सरकारी निकाय हो । स्नातकोत्तर इन्जिनियरिङ पढ्नका निम्ति स्वदेशमै व्यवस्था छ । नत्र विदेश अध्ययन गर्न जान पनि सकिन्छ । त्रिविअन्तर्गत सिभिल, मेकानिकल, आर्किटेक्ट पढ्ने व्यवस्था छ ।
 

Saturday, January 1, 2011

बिचरा पत्नीपीडितहरु !

झट्ट हेर्दा उनीसँग कुनै कुराको कमी छजस्तो लाग्दैन। राणा खलक। पैतृक सम्पत्तिका दृष्टिले काठमाडौँका औँलामा गन्न सकिने सम्पन्नमध्ये पर्छ उनको परविार। महँगा गाडीको व्यापार। 'क' श्रेणीका बैँक तथा अन्य वित्तीय संस्थाहरूमा करोड हाराहारीको सेयर लगानी। श्रीमती नाम चलेको अन्तर्राष्ट्रिय संस्थामा जागिरे। एकात्मक परविार भएकाले अन्य सदस्यको बोझ वा झमेला छैन। श्रीमान्/श्रीमतीका अलगअलग निजी गाडी छन्। तर, उमेरले ३० नकाटेका राणा नरोएको दिन नै हुँदैन। कारण, उनले प्रेम गरेर भित्र्याएकी श्रीमतीको व्यवहारले हैरान छन्। मानसिक रूपमा विक्षिप्तजस्तै बनेका उनी अहिले मनोपरामर्शकर्ताको सहायताले मन स्िथर राख्ने प्रयासमा छन्।

पढालेखा, देशदुनियाँ बझेकी, सामाजसेवीको परचिय भएकी उनकी श्रीमती रूपसौन्दर्यमा पनि कम छैनन्। तर, उनको दैनिकी श्रीमान्सँग कुनै दृष्टिले मेल खाँदैन। २८ वषर्ीया श्रीमती रक्सी नपिएर घर आएको दिनै हुन्न। डान्स बार, डिस्को थेक, राती अबेलासम्मको पार्टी उनको दैनिकी हो। कुलपूजा, भोजभतेर वा यस्तै पारविारकि जमघटमा सपत्नी जान सक्दैनन् राणा। रक्सी पिएर दिनदिनै आलोचना गर्ने र 'कुहिएका' भन्दै आफ्ना पितापुर्खासमेतलाई गाली गर्ने उनको स्वभावबाट राणा दिक्क छन्। भन्छन्, "हरेक कुरामा आलोचना र आक्षेपका शब्द बर्साउँछिन्। हरेक कदममा नकारात्मक टिप्पणीबाट कुरा सुरु गर्छिन्।"

स्नातकोत्तरसम्म अध्ययन गरेकी श्रीमती श्रीमान्को मोबाइलमा 'मेसेज' वा फोन आएको सुनेकै भरमा 'गर्लप|mेन्ड' भन्दै आक्षेप लगाउने, रूप-सौन्दर्यको घमण्ड गर्ने, देशविदेश घुम्ने क्रममा लामो समय सम्पर्कविहीन बस्ने, खर्च गर्न पैसा मागिरहने कारणले राणा हैरान भएका हुन्। श्रीमती राजनीति, प्रशासन र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग परििचत भएकाले राणा अड्डा-अदालत पुगे पनि आफ्नो पक्षमा कसैले बोल्ने वा निर्णय दिनेमा आशावादी छैनन्। "म भने चर्को स्वरमा बोल्नसमेत सक्दिनँ। बढी कुरा गरे मुद्दा हालिदिने धम्की पाइन्छ," उनी हैरानी सुनाउँछन्।

दुई वर्षसम्म दाम्पत्य जीवन राम्रै चलाएका राणा अहिले पारविारकि समस्याकै कारण व्यापारमा पूरै ध्यान लगाउन नसकेको बताउँछन्। समाधानको खोजीमा उनी मनोचिकित्सककहाँ पनि पुगे। तर, एक्लै गएर के गर्नू ? श्रीमतीलाई चिकित्सकसम्म पुर्‍याउन सक्दैनन्। भन्छन्, "अंश माग्ने र छुट्टएिर बस्छु भन्ने, सम्बन्ध सुधारका कुरा गर्नै नचाहने। दुःख दिनुको पनि हद हुन्छ !"

राणा एक प्रतिनिधि पात्र हुन्, जसले आजीवन सुखदुःखमा साथ दिने कसमका साथ भित्र्याएकी जीवनसंगिनीबाटै यातनापूर्ण व्यवहार झेल्नुपरेको छ। उनीजस्ता धेरै पुरुषहरू सहरमा भेटिन्छन्, जो न आफ्नो पीडा कुनै अड्डा-अदालतमा राख्न सक्छन्, न श्रीमतीलाई फकाउन नै। सहरका उच्च घरानियाँ, शिक्षित र आधुनिक जीवनशैली अपनाएका मध्यमवर्गीय घरमा यो समस्या बढ्दो छ। पुरुषले आफ्ना दुःख अरूसामु नभन्ने सामाजिक प्रचलन, प्रतिष्ठा गिर्ने डरलगायतका कारण यो समस्या जस्ताको तस्तै सतहमा आउन भने सकेको छैन।

हुन त पुरुषप्रधान नेपाली समाजमा पुरुषबाट पीडित हुने महिलाको संख्या नै धेरै छ। अझ श्रीमान्को हिंसाबाट पीडित श्रीमतीको संख्या कम हुन नसकेका तथ्यांकहरू बढेकै भेटिन्छन्। तर, केही समययता पुरुषहरू पनि आफ्नै श्रीमतीबाट हिंसा र यातना सहेर बस्न बाध्य छन्। यसलाई न राज्यले सम्बोधनको विषय ठानेको छ, न त अध्यननको विषय नै बनाइएको छ।

दिनदिनै श्रीमतीले पिट्ने, सार्वजनिक ठाउँमा बेइज्जती गर्ने, रक्सी पिएर राती अबेर आउने, घरपरविारको दायित्व नलिने, मुद्दा हाल्ने धम्की दिने, बाहिर अर्कै केटा साथी राख्ने, श्रीमान्लाई असहयोग मात्र गर्ने, परविारका अरू सदस्यबाट छुट्टनि दबाब दिनेलगायतका यातनापूर्ण व्यवहारका कारण धेरै पुरुषहरू घरभित्रै पीडित भइरहेका छन्, जसले उनीहरूलाई मानसिक विचलनको अवस्थासम्म पुर्‍याएको छ।



यौन विचलनको भारी

अधिकृतस्तरको सरकारी जागिर। श्रीमती नाम चलेको वित्तीय संस्थामा उपप्रमुख। दुई वर्षकी एक छोरी। अपार्टमेन्टको बसाइ। योजति सुखी परविार अरू कुन होला ? तर, परविारको कथा उधिन्दै जाँदा फेला पर्छ, जटिल द्वन्द्वको आयाम। श्रीमती श्रीमान्लाई देखी सहन्नन्। श्रीमान्को जागिर उपत्यकाबाहिर भएकाले चाँडो गइहाल्न दबाब दिन्छिन्। महिना-दुई महिनामा श्रीमती-छोरीलाई भेट्न आउँदा पनि राम्रो व्यवहार नपाउँदा श्रीमान् हैरान छन्। बिनाकारण जथाभावी गाली गर्ने, पार्टी, मिटिङ्, अफिसको काम भन्दै शनिबारसमेत बिहानै हिँडेर आधा रातमा घर आउने श्रीमतीको व्यवहारबाट आजित कार्की थरका यी पुरुष अहिले काठमाडौँ आउन खासै हतारँिदैनन्। छोरीको मायाले दुई-तीन महिनाको एकपटक आउँछन्, छोरीसँगै केही समय बिताउँछन् र फर्किन्छन्।

एकदिन खबरै नगरी साँझ ४ बजेको उडानमा काठमाडौँ झर्दा आफू बसेको अपार्टमेन्टमा भेटिए, श्रीमतीका हाकिम। त्यसपछि श्रीमतीले आफूलाई बेवास्ता र घृणा गर्नुको कारण थाहा पाए उनले। अहिले उनलाई दुई वर्षकी निर्दोष छोरीको भविष्य र दुःख गरी कमाएको सम्पत्तिको चिन्ताले पिरोल्न थालेको छ। तर, श्रीमतीलाई भने श्रीमान्को कुनै मतलब छैन। आफ्नै धुनमा अफिस, घुमघाम गर्छिन्। छोरीलाई शिशु स्याहार केन्द्रमा राखेकी छन्। श्रीमान्ले सम्झाउने प्रयास वा गुनासो गर्दा 'म जेसुकै गरूँ, तिमी आफ्नो सुर गर' भन्छिन्।

मनोपरामर्शकर्ता गंगा पाठकका अनुसार, यसरी परपुरुषसँग सम्बन्ध राख्नेको संख्यामा पनि वृद्धि भइरहेको छ। बाहिर सम्बन्ध भएपछि घरमा श्रीमान्लाई बेवास्ता र घृणा गर्न थाल्छन्। पाठक भन्छिन्, "वैवाहिक जीवनको द्वन्द्व सुरु हुने क्रममा समाधान खोज्न विभिन्न परामर्श केन्द्र पुग्ने जोडीमध्ये यसरी पुरुषहरू महिलाबाट पीडित भएका घटनाहरू उल्लेख्य मात्रामा देखिन थालेका छन्।" त्यहाँ पुग्ने जोडीका एकअर्काविरुद्ध गुनासा र बयान सुन्दै जाँदा थाहा हुन्छ, पुरुष पनि महिला हिंसाको सिकार भइरहेका छन्।

मनोविद् पाठकका अनुसार, पुरुषलाई सताउनेमा शिक्षित, कामकाजी, जागिरे महिला बढी देखिएका छन्। यौनलाई उदार रूपमा हेर्ने समुदायमा यो समस्या अझ चर्को छ। नयाँ विवाहित महिलाहरूमध्ये कतिपयमा पूर्वप्रेमीसँगको सम्बन्ध छुटेको हुँदैन। कतिपयले बाबुआमा वा समाजलाई देखाउनका लागि सरल पुरुषसँग बिहे गर्ने र थपनाजस्तै राख्ने तर सम्पूर्ण लगावचाहिँ अन्यत्रै हुने कारण पनि श्रीमतीपीडित पुरुषहरूको संख्या बढ्दै छ।

कार्यालयकै सहकर्मीसँग पूर्वसम्बन्ध भएका महिलाका श्रीमान्हरू पनि पीडित हुन्छन्। नयाँसँग सम्पूर्ण रूपमा समर्पित हुन सकिरहेको हुँदैन, पूर्वप्रेमी बारम्बार आँखाअघि हुँदा, धेरै समय सँगै रहँदा सन्तुलन कायम राख्नै गाह्रो हुन्छ। मनोवैज्ञानिकहरूका अनुसार, बाहिर प्रेमी हुने महिलाले व्यक्त वा अव्यक्त रूपमा उसलाई आफ्नो श्रीमान्सँग तुलना गर्छन्। "प्रेमीले घुमाउन लैजान्छ, रेस्टुराँमा खान बोलाउँछ, गिफ्ट दिन्छ तर श्रीमान्ले यति नगर्न सक्छ," पाठक भन्छिन्, "आफ्नै त हो नि भनेर श्रीमतीलाई रभिmाइरहनुपरेन। अनि, आफ्नो श्रीमान्लाई हरेक शब्दमा अपमानित गर्ने, झर्किने, आलोचना गर्ने, असहयोग गर्ने हुन्छ।"

कतिपय केसमा महिलामा पुरूष फेर्ने रोगका कारण पनि श्रीमान्हरू पीडित भइरहेका छन्। यस्ता रोगबाट ग्रस्त महिलामा मोजमस्तीमा बढी रुचि देखाउने, धेरैतिर बरालिने, एउटासँग पाँच-सातपटकभन्दा बढी सम्पर्क भएपछि नयाँको खोजी गर्न थाल्ने प्रवृत्ति हुन्छ। मनोचिकित्सकहरूका अनुसार, यो नराम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि आफूलाई नियन्त्रण गर्न सक्दैनन् र पुरुषसमेतको प्रतिष्ठा र पारविारकि जीवन दुर्घटनामा पर्छ। चिकित्सा क्षेत्रमा यस रोगलाई एक प्रकारको हिस्टेरयिा भनिन्छ। यस्तो समस्या भएका महिलामा सुरुमा भोग गरेको पुरुषप्रति वितृष्णा बढ्न थालेपछि देख्नेबित्तिकै अनुहार बिगार्ने, रसिाउने, देखी नसहने, टोक्ने, चिथोर्ने, श्रीमान् नजिक आउनै नदिने लक्षण देखिन्छन्।



हत्या र आत्महत्यासम्म

श्रीमतीबाट प्रताडित हुने पुरुषहरूका दुःख मानसिक-शारीरकि यातनामा मात्रै सीमित छैनन्। आफैँ वा अन्य व्यक्तिलाई प्रयोग गरेर श्रीमान्को हत्या गर्नेसम्मका घटना पनि देखिएका छन्। गत ८ साउनमा काठमाडौँको मासां गल्लीमा ग्राहकका रूपमा आएका युवकहरूले व्यापारी कृष्ण श्रेष्ठको हत्या गरे भने श्रीमती सीता सामान्य घाइते भइन्। पछि प्रहरी अनुसन्धानबाट खुल्यो, श्रीमतीकै योजनामा उक्त घटना भएको। प्रहरीले हत्यामा श्रीमतीको हात रहेको दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

गरेको छ।

सामान्य घरायसी विवाददेखि परपुरुषसँगको सम्बन्ध, सम्पत्ति हत्याउने योजना अन्तर्गत आफ्नै श्रीमतीबाट कतिपय घटनामा पुरुषको ज्यान गएको छ। कृष्ण श्रेष्ठको हत्या भएको दुई दिनअघि मात्रै सतुंगलमा प्रेमीसँग बस्नका लागि श्रीमान्को हत्या गरेको प्रहरीसामु स्वीकारेकी थिइन्, समिना तामाङले। समिनाका श्रीमान् हर्षबहादुर थापाको हत्या भएकै दिन ६ साउनमा रूपन्देहीमा माओवादीको चौथो डिभिजन अन्तर्गत सैनामैना शिविरमा यस्तै घटना भएको थियो। माओवादी लडाकू विष्णु न्यौपानेको हत्यामा श्रीमती सम्झना क्षेत्री र मोहन घिमिरेबीचको प्रेमसम्बन्ध कारक देखिएको प्रहरी अनुसन्धानपछि देखिएको थियो।

श्रीमतीबाट झेल्नुपरेको सास्तीबाट मुक्ति पाउन कतिपय घटनामा पुरुषले आत्महत्याको बाटोसमेत रोज्ने गरेका छन्। एक तथ्यांक अनुसार, आत्महत्या गर्ने पुरुषमध्ये ७० प्रतिशतले श्रीमतीसँगको असहज सम्बन्धका कारण त्यस्तो निर्णयमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय झापालाई उद्धृत गर्दै १८ असोज ०६६ को कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार, ०६५ साउनदेखि ०६६ साउनको अवधिमा २ सय १ जनाले त्यस जिल्लामा आत्महत्या गरेका थिए। तीमध्ये १ सय ६५ विवाहित थिए, जसमा ६२ महिला र १ सय ३ पुरुष छन्।

नेपाल प्रहरीको अपराधसम्बन्धी तथ्यांकमा यस प्रकृतिको तथ्यांक स्पष्टसँग राखिएको छैन। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, आर्थिक वर्ष ०६६/६७ को अवधिमा ३ हजार ३ सय ८२ जनाले आत्महत्या गरेका छन्। त्यसमा आधा हिस्सा वयस्क पुरुषको छ। त्यस अवधिमा १ हजार ६ सय ५० वयस्क पुरुष, १ हजार ४ सय ४६ प्रौढ महिला, १ सय ६३ बालक र १ सय २३ बालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाउँछ। यस तथ्यांकलाई माथि उल्लिखित झापा जिल्लाको प्रवृत्तिको सापेक्षमा विश्लेषण गर्ने हो भने १ हजार १ सय ५५ पुरुषले श्रीमान्-श्रीमतीबीचको सम्बन्धका कारण आत्महत्या गरेको निष्कर्षमा पुगिन्छ। पुरुषले आफ्ना समस्या हत्पति अरूलाई नसुनाउने, कुण्ठित बन्ने, प्रतिष्ठा वा अहम्मा चोट परेपछि पलायनको बाटो रोज्ने समाजशास्त्री एवं मनोवैज्ञानिकहरूको तर्क छ।

पुरुषमाथिको हिंसाले पुरुषलाई मात्रै हानि गर्दैन। परण्िाामस्वरूप महिलासमेत प्रतिहिंसाका सिकार भएका छन्। श्रीमान्/श्रीमतीबीचको सम्बन्धमा खटपट हुँदा दुवैलाई केही न केही चोट पर्छ नै। तर, केही समययता बनेका महिलालाई विशेषाधिकार दिने कानुन, त्यस अन्तर्गत बनेका संरचना र महिलापक्षीय संस्थामा पुरुषप्रति गरनिे व्यवहारले पनि केही समस्या निम्त्याएका छन्। कुनै पनि महिलाले पोलेकै आधारमा बिनाअनुसन्धान र पर्याप्त प्रमाणबिना नै पुरुषमाथि दुव्र्यवहार अभ्यास थालिएको र यसले पनि सामाजिक न्याय र सन्तुलनमा आघात परेको बताउँछन्, पुरूषमाथि हुने महिला हिंसाका विरुद्ध क्रियाशील अधिवक्ता केशवराज अर्याल। उनका भनाइमा, ६५ प्रतिशत महिला पुरुषबाट पीडित छन् भने ३५ प्रतिशत पुरुष महिलाबाट पीडित छन्। भन्छन्, "संख्याका आधारमा महिला धेरै पीडित भए पनि त्यही आधारमा ३५ प्रतिशत पुरुषका समस्याप्रति मौन बस्नु थप अन्याय थोपर्नुसरह हुन्छ।"

घरेलु हिंसा अन्तर्गत श्रीमतीले श्रीमान्माथि गर्ने हिंसाबारे स्पष्ट अध्ययन भएको छैन। दक्षिण एसियाको तथ्यांक हेर्ने हो भने अधिवक्ता अर्यालकै दाबी आसपासमा पुरुषहरू महिलाद्वारा गरनिे हिंसाका सिकार भइरहेका छन्। भारतमा दुई वर्षअघि सोसियल मुभमेन्ट नामक संस्थाले गरेको अध्ययन अनुसार कुल घरेलु हिंसामध्ये ३४ प्रतिशत हिंसा पुरुषमाथि भइरहेको छ। अध्ययनमा श्रीमतीले श्रीमान्लगायत उसका नातेदार, साथीभाइ, इष्टमित्रलाई गर्ने अनादर र अशिष्ट व्यवहारलाई समेत हिंसाको कोटिमा राखिएको थियो। श्रीमान् रहेको ठाउँ, बाटोघाटो वा कार्यालयमा गएर अपशब्द प्रयोग गर्ने, कुटपिट गर्ने, सञ्चारमाध्यम वा कुनै प्रकारले सताउने, मानसिक तनाव दिने, श्रीमान्लाई भेटघाटमा रोक लगाउने, अनादरपूर्वक नाम लिनेजस्ता व्यवहार पनि पुरुष हिंसाभित्र राखेर हेरएिको थियो।



वैदेशिक रोजगारका बाछिटा

वैदेशिक रोजगारीले रेमिट्यान्स मात्रै भित्र्याएको छैन, सँगसँगै पारविारकि विखण्डन पनि गररिहेको छ। पुरूषहरू विदेशमा दुःख गरी कमाएको रकम श्रीमतीका नाममा नेपाल पठाउँछन्। केही घटना यस्ता पनि फेला परेका छन् कि लामो समयपछि र्फकंदा उनीहरूसँग न श्रीमती हुन्छिन् न श्रीसम्पत्ति। मलेसियाबाट चार वर्षपछि स्वदेश फर्केका रानु मगर, २८, यसका ताजा उदाहरण हुन्। उनी विदेश गएपछि उनकी श्रीमती हेटौँडाबाट कीर्तिपुर आएर बसिन्। चार वर्षको अवधिमा श्रीमतीका नाममा ८ लाख ५० हजार रुपियाँ पठाए उनले। छोरा र श्रीमतीसँग काठमाडौँ सुखशान्तिले बस्ने र यतै बन्द व्यापार गर्ने सपना साँचेर काठमाडौँ आउँदा उनकी श्रीमतीले अर्कैसँग बिहे गरसिकेकी रहिछन्। आफूले पठाएको पैसा पनि सबै नयाँ श्रीमान्लाई बुझाइसकिछन्। अहिले उनी प्रहरीसँग आफ्नो सम्पत्ति फिर्ताका लागि हारगुहार गर्दै छन्। तर, प्रहरीसँग यसको कुनै उपाय छैन। दुवै पक्षलाई राखेर अहिलेसम्मको घरखर्च, छोराको पालनपोषण खर्च कटाएर बाँकी रहने रकममध्ये तीन भागको एक भाग उनलाई दिलाउन सकिने प्रहरीले बताएको छ। यो रकम उनको एक महिनाको तलबबराबर पनि हुँदैन।

काठमाडौँ जिल्ला प्रशासन, प्रहरी महिला सेल तथा प्रहरीकै विभिन्न प्रभाग, वृत्त र परसिरमा यस्ता उजुरी पुग्ने गरेका छन्, जसको एकमुष्ट आँकडा कुनै निकायसँग छैन। ललितपुर प्रहरी महिला सेलमा पुगेका घटना विवरण अनुसार, वर्षौं विदेश बसेर आएका पुरुषले जति दाबी गरे पनि अहिलेसम्म एक लाख रुपियाँभन्दा बढी रकम फिर्ता गराउन प्रहरीले सकेको छैन। विदेशमा रोजगारीमा रहेका नेपाली आठ-नौ वर्षपछि आउँदा भएभरको सम्पत्ति लिएर श्रीमती बेपत्ता भएका कैयौँ घटना छन्। उनीहरूमध्ये कतिले एक रुपियाँसमेत फिर्ता पाएका छैनन्। काठमाडौँ महानगरपालिकाको कानुन महाशाखाको अभिलेख अनुसार, वाषिर्क औसत ५० मुद्दा सम्बन्धविच्छेदका लागि आउँछन्। यीमध्ये सबैजसोमा श्रीमतीको आचरणमा प्रश्न उठाउँदै पुरुषले गरेका हुन्छन्। यसमा वैदेशिक रोजगारीमा गएका पुरुषहरूको संख्या अत्यधिक छ। महिलाले भने सम्बन्धविच्छेदका लागि सीधै अदालतमा मुद्दा दिन सक्छन्। पुरुषले मात्रै स्थानीय निकाय हुँदै अदालत पुग्नुपर्छ। विदेश गएका श्रीमतीका कारण प्रताडित पुरुषका कथा बेग्लै छन्। एकपटक विदेश गएपछि सम्पर्कहीन भइदिने, फर्केर आएपछि राम्रोसँग बोल्दै नबोली छुट्टै घरजम गर्ने, दुःखजिलो गरी विदेश पठाउन सहयोग गर्ने श्रीमान् र परविारलाई बेवास्ता गर्ने महिलाका कारण पनि पुरुष पीडित भएका घटना छन्।

नेपालस्िथत अमेरकिी दूताबासको उच्च तहमा काम गर्ने एक पुरुष अहिले यस्तै अवस्थामा पुगेका छन्। ती पुरुषले चार वर्ष इजरायल बसेर केही समयअघि आएकी श्रीमतीसँग चार दिन पनि राम्रोसँग बिताउन पाएनन्। "यसरी टाढाटाढा कति दिन बस्नू ? दूताबासले मलाई दिने तलब पनि राम्रै छ। यतै काम खोजौँला," उनले भने। तर, श्रीमती बस्न मानिनन्। अब श्रीमती नफर्किने संकेत उनले पाएका छन्। श्रीमतीका नाममा रहेको जग्गा रोक्काका लागि उनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका छन्। "कति दिन आशैआशमा बस्नू ? हाम्रो दाम्पत्यको के अर्थ रह्यो र !," उनी भन्छन्, "उनले छाडेर गएकी सात वर्षकी छोरी १२ वर्षकी भई। साँझबिहान आमाआमा भन्छे।" असहाय बाल्यकाल बिताएका उनी आफ्नो सुखदुःखमा साथ दिने आशमा आफूजस्तै टुहुरीसँग बिहे गरेका थिए। तर, उनी श्रीमतीबाट उपेक्षा, मानसिक यातनाबाहेक केही नपाएको भन्दै दुःख सुनाउँछन्।

अर्को रोचक पाटो के भने उजुरीका आधारमा धेरै आम्दानी हुने घरमा पुरुषहरू महिलाबाट बढी पीडित देखिएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी -भर्खरै सरुवा) तेजप्रसाद पौडेल आफूकहाँ आएका उजुरीमध्ये धेरैजसो उच्च आम्दानी भएका घरमा महिलाले पुरुषलाई मानसिक आघात पार्ने घटना बढी देखिएको बताउँछन्।



यस्तो पनि हिंसा


नेपाल टेलिकमका कांग्रेसनिकट कर्मचारीहरूको संगठनका एक पदाधिकारीले भोगेको पीडा यहाँ सान्दर्भिक देखिन्छ। उनकी श्रीमती काठमाडौँका एक साधु, जसले आफूलाई 'गुरुबा' भनेर चिनाउँथे, कहाँ अधिकांश समय बिताउन थालिन्। कतिसम्म भने घरमा सासू बितेर श्रीमान् काजकिरयिामा बस्दासमेत श्रीमतीले घरव्यवहार हेरनिन्। गुरुबाले 'तेरो श्रीमान्ले बाहिर अर्कै श्रीमती राखेको' भनेकै भरमा चार वर्षदेखि आफूलाई प्रताडित बनाएको काठमाडौँ प्रशासनमा दिएको उजुरीमा उल्लेख छ। मानसिक पीडा, छोराछोरीको भविष्य र श्रीमतीका नाममा रहेको अचल सम्पत्ति गुम्ने डरले हैरान भएपछि प्रशासनको शरणमा पुगेको उनको उजुरीमा उल्लेख छ।

श्रीमतीबाट पीडित पुरुषहरू आफ्ना समस्या समाधानका लागि खुलेर अड्डा-अदालत पुग्न नसके पनि श्रीमतीका नाममा रहेको घरजग्गा रोक्का गर्न निवेदन दिने क्रम भने बढ्न थालेको छ। गएको भदौदेखि मंसिरको अवधिमा सातवटा यस्ता निवेदन काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरएिका छन्। प्रशासनले निवेदकको माग जायज ठाने सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गर्छ। घरसम्पत्ति आफ्नो नाममा बनाएर श्रीमान्सँगको सम्बन्ध तोड्ने कारणले पनि धेरै पुरुषहरू अलपत्र परेका छन्। स्थानीय निकायमा श्रीमान्को नक्कली मृत्यु दर्ता, नाता प्रमाणित गराउने र सम्पत्ति बोकेर हिँड्ने घटना पनि कम छैनन्।

समाजशास्त्रीहरूका अनुसार, महिला सशक्तीकरण, पुरुष हैकमविरोधी विश्वव्यापी अभियान, राजनीतिक प्रणालीको फेरबदललगायतका कारणले पुरुषप्रधान समाजमा शक्ति सन्तुलन खल्बलिँदै गएको छ। यसले महिलालगायत हिजोका थुप्रै शक्तिहीन समूह/वर्गका हातमा शक्ति पुगेको छ र त्यसको दुरूपयोग पनि सँगसँगै देखिन थालेको छ। यही क्रममा महिलाले पुरुषलाई सताउने, यातना दिने र हिंसापूर्ण व्यवहार गर्ने प्रवृत्ति देखिएको समाजशास्त्रीहरू बताउँछन्। लैंगिक समानतासम्बन्धी कार्यक्रममा परामर्शदातृका रूपमा लामो समय काम गरेकी होमा थकाली भन्छिन्, "शक्ति आगोजस्तै हो। ठीक्क भए न्यानो हुन्छ, बढी भए पोल्न थाल्छ।" कसैलाई नपोल्ने गरी शक्तिको वितरण गर्नका लागि सन्तुलित नारा, नीति र कार्यक्रम आवश्यक रहेको उनी बताउँछिन्। तर, के त्यस्तो नारा, नीति र कार्यक्रम सम्भव छ, जसबाट सुरुमा उल्लेख गरएिका काठमाडौँका राणा थरका युवकजस्ता महिला हिंसाका सिकार भएकाहरूले न्याय पाउन सकून् ?

बालबालिकालाई यी छ कुरा कहिल्यै नभनौं

भिभावकले बालबालिकासँग व्यवहार गर्दा निकै सतर्क रहनुपर्छ। बालमस्तिष्कमा कुनै पनि कुराको गहिरो छाप पर्छ। बालबालिकासँग नराम्रो व्यवहार  गरियो भने भविष्यमा त्यसको परिणाम नकारात्मक हुनसक्छ। त्यसकारण अभिभावकले सचेत भएर बालबालिकासँग प्रस्तुत हुनुपर्छ। एकैछिनको  असावधानीले भविष्यमा पछुताउनुभन्दा बेलैमा बुद्धि पुर्‍याउनु उपयुक्त हुन्छ। वास्तविक कुरा नबुझी बालबालिकाहरूलाई हप्काउनु हुँदैन। यसले उनीहरूमा  नकारात्मक प्रभाव पर्छ। छोराछोरी बिग्रनु र सप्रनुमा आमाबुवाको विशेष भूमिका हुन्छ। त्यसकारण छोराछोरीलाई यी कुरा कहिल्यै नभनौं।

तँ नजन्मिएको भए हुन्थ्यो

धेरैजसो अभिभावक रिसाएका बेला छोराछोरीलाई यही भनेर गाली गर्छन्। क्षणिक आवेगमा बोलिएको यस्तो वाक्यले बालबालिकाको मनमा निकै  उथलपुथल ल्याउँछ। आमाबुवाले त बोलिसकेपछि बिर्सेलान् तर छोराछोरीले कहिल्यै बिर्संदैनन्। यस्तो वाक्यबाट उनीहरू आफूलाई उपेक्षित महसुस गर्छन्।  त्यसैले जस्तै रिस उठे पनि अभिभावकले यस्तो कुरा भन्नु हुँदैन।

आफ्नो भाइबाट केही सिक

सबै बालबालिकाको आ-आफ्नै क्षमता हुन्छ। त्यसैले अभिभावकको इच्छाअनुसार उनीहरू अघि बढ्न सक्दैनन्। छोराछोरीलाई अरूसित तुलना गरेर सम्झाउन खोज्नु उनीहरूको अवमूल्यन गर्नु हो। अझ हुर्किसकेका छोराछोरीलाई साना भाइ-बहिनीबाट केही सिक भनेर सम्झाउनु हुँदैन। आफूभन्दा सानाका अगाडि बेइज्जत हुनुपर्दा उनीहरूमा हीनताबोध हुन्छ। फलस्वरूप उनीहरू हुर्कने क्रमसँगै आमाबुवासित टाढिँदै जान्छन्। यसबाट कालान्तरमा  अभिभावकलाई नराम्रो हुन्छ। त्यसैले अरूसँग तुलना गर्दा बालबालिकाको आत्मसम्मानमा नकारात्मक परिणाम आउँछ।

तिमी परिश्रम गर्दिनौ  अभिभावकहरू बालबालिकाहरूबाट क्षमताभन्दा बढी सफलताको आशा गर्छन्। अपेक्षाअनुरूपको परिणाम नपाउँदा उनीहरू बालबालिका अल्छी भएको  आरोप लगाउँछन्। बालबालिकाहरूका स-साना उपलब्धिमा पनि खुसी हुनुपर्छ। बालबालिकालाई धेरै मानसिक दबाब दिनु हुँदैन। उनीहरूको क्षमता  पहिचान गरी व्यवहार गर्नुपर्छ। कहिलेकाहीँ अभिभावकलाई खुसी राख्न बालबालिकाहरू क्षमताभन्दा बढी गर्न खोज्छन्। यस्तो अवस्थामा तिमी परिश्रम गदैर् नौ भनियो भने नकारात्मक परिणाम आउन सक्छ। बढी श्रम गराएर बालबालिकाबाट उनीहरूको बालापन खोस्नु हुँदैन। उनीहरूको इच्छा एवं रुचिमा  ध्यान दिएर व्यवहार गर्नुपर्छ।

तिम्रो संगत ठीक छैन

अभिभावकहरू छोराछोरीका साथीभाइका विषयमा प्रहरीले झैं सोधपुछ गर्छन्। कोसँग खेल्ने कोसँग नखेल्ने आदि कुराको निर्धारण पनि उनीहरू आफै गछर् न्। छोराछोरीका साथीहरूको मूल्याङ्कन पनि उनीहरू नै गर्छन्। बालबालिकाहरू साथीका मामिलामा निकै भावुक हुन्छन्। उनीहरू आफ्ना साथीका बारेमा  नकारात्मक कुरा सुन्न रुचाउँदैनन्। बालबालिकाहरूलाई कुबाटोमा जान दिनु हुँदैन तर त्यसो भन्दैमा उनीहरूलाई हरेक समय तिम्रो संगत ठीक छैन  भनेर चिढाउनु पनि हुँदैन।

यस्तो पहिरन लगाऊ त्यस्तो नलगाऊ 

बाल्यावस्थामा विशेषगरी छोरीहरू पहिरन लगाउने कुरामा निकै सतर्क हुन्छन्। उनीहरू इच्छाअनुसारका पहिरनमा ठाँटिन मन पराउँछन् तर  अभिभावकहरू आफ्नो इच्छा बालबालिकामाथि थोपर्न खोज्छन्। यसको परिणाम राम्रो हुँदैन। उनीहरू पहिरनका विषयमा गरिने नकारात्मक टीका-टिप्पणी  मन पराउँदैनन्। त्यसकारण यस्तो पहिरन लगाऊ उस्तो नलगाऊ भन्नु हुँदैन। यस्तो पहिरन तिमीलाई सुहाउँछ भनेर सल्लाह भने दिन सकिन्छ।

तिमीले मलाई लज्जित बनायौ

अभिभावकले बालबालिकाहरूसित तिमीले गरेको गल्तीले मलाई लज्जित बनायौ भनेर ठाडै भन्नु राम्रो मानिँदैन। यसो गर्दा उनीहरू आफ्नो गल्ती लुकाउन थाल्छन्। त्यसैले बालबालिकाहरूले गल्ती गरे भने उनीहरूलाई 'गल्ती मानवीय स्वभाव हो, अबदेखि यसो गरे राम्रो हुन्छ' भनेर गल्ती सुधार्ने  अवसर दिनुपर्छ। यसो गर्दा उनीहरूको आत्मविश्वास बढ्छ। अभिभावकको साथ पाए उनीहरू गल्ती महसुस गरी त्यसलाई स्वीकार गर्न पछि हट्दैनन्।

तिमी टेलिभिजनका कीरा हौ

बालबालिकाहरू कम्प्यटुरमा गेम खेल्न, टेलिभिजन हेर्न तथा साथीभाइहरूसँग फोनमा गफ गर्न रमाइलो मान्छन्। स्कुलबाट घर फर्किएपछि धेरैजसो  बालबालिका यसै गर्छन्। यसमा उनीहरू तिमी टेलिभिजनका कीरा हौ' भनेर हप्काउनु हुँदैन। टेलिभिजन बन्द गरी पढ्न दबाब दिनु हुँदैन। बरु उनीहरू लाई सबै कुराको महत्व बताउनुपर्छ, प्रेमपूर्वक सम्झाउनुपर्छ। उनीहरूलाई टेलिभिजन हेर्दा पढाइमा असर पर्छ, आँखा बिग्रन्छ भनेर सम्झाउन सकिन्छ।  कहिलेकाहीँ बालबालिकालाई उनीहरूले मन पराउने कार्यक्रम हेर्न बोलाउनुपर्छ। यसो गर्दा उनीहरूलाई अभिभावकले आफ्नो ख्याल राखेको महसुस हुन्छ।