Monday, April 18, 2011

२०६८ को जनगणनामा मगरले किन लेखाउने बुद्ध धर्म (गोरेबहादुर खपागीं मगर)

मगर जाति नेपालमा लामो समयदेखि बस्दै आएको आदिवासी हो । जन्मदेखि मृत्युसम्म यो समूदायको आफ्नै परम्परा छ । मौलिक संस्कार छ । विसं २०३९ सालमा यसले आफ्नो जातीय संगठन पायो । हाल यो संगठन नेपाल मगर संघको नामबाट चिनिन्छ । यसले २०५५ साल असोज १, २ र ३ गतेका दिन झापाको बिर्तामोडमा मगर जातिको धर्म सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गराएर एक स्वरले ‘मगर जातिको धर्म हिजो बुद्ध धर्म नै थियो र आउँदा दिनमा पनि बुद्ध धर्म नै अंगीकार गर्दै जानेछ’ भन्ने ठहर गर्यो। यो निर्णय प्रखर इतिहासकार र बिद्धानहरुको गहन अध्ययन र बिशद मन्थन पश्चात गरिएकोथियो । धर्मको सम्बन्धमा मगर जातिको लागि यो सम्मेलन ऐतिहासिक नै रह्यो ।
यसैलाई मध्यनजर राखेर नेपाल मगर संघले विसं २०५८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा भाग लियो र ३, ९७०३७ मगरहरूले आफुलाई बुद्ध धर्मसँग आबद्ध गराए । यसअघि गरिएको जनगणनामा बुद्ध धर्मावलम्बी मगरहरूको संख्या २२,१७४ मात्र थियो । मगर समूदायमा धर्मप्रति आएको चेतनाको यो क्रान्ति नै थियो । यसले “संघम् शरणं गच्छामी” चरितार्थ भएको छ । आजको मितिसम्म नेपाली आदिवासी समुदायहरूमध्ये थारु जातिमा पनि उनीहरू बुद्धकै सन्तान हुन् भन्ने कुरा विश्वसनीयताका साथ आइराखेको छ । यसको पुष्टिका लागि थारु कल्याणकारिणी सभाले विसं २०६५ कार्तिक ५ गतेका दिन बुद्धको जन्मस्थल लुम्बिनीबाटै थारु जाति बुद्धिष्ट हुन् भनी घोषणा गरिसकेको छ ।
मगर संघको निर्णयलाई पछ्याउदै विसं २०५३ सालमा नेपाल मगर बौद्ध सेवा समाज स्थापना भयो । यस अघिको जनगणनामा यसले प्रत्यक्ष रूपमा भाग लिएन । यो शैसवकालमै थियो । आज यो संस्थाले सक्रियताका साथ भाग लिदैछ । नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघको संयुक्त प्रयासमा आजको अन्तरक्रियामा आफ्नो अवधारणा निम्नलिखित बुँदाहरूद्वारा प्रष्ट्याउन पाउँदा खुशी लागेको छ ।
१- नेपाल एउटा कृषि प्रधान देश हो । यहाँ जातिकै आधारमा हलो नजोत्ने जात पनि रहँदै आएको छ र जमीन तिनकै धेरै छैन् । प्राकृतिक विविधतताको मात्र हैन नेपाल जातीय विविधताले पनि भरिपूर्ण छ । भौतिक विकासमा दम्भ गर्न सक्ने अवस्था नेपालीमा नभए तापनि आध्यात्मिक विकासको चाहि उद्गमस्थल नै हो भनी गर्व गर्न सकिन्छ ।
२- नेपालमा चोमोलुङ्मा (सगरमाथा) छ भने अर्कोतर्फ भगवान बुद्ध पनि । चोमोलुङ्मा आरोहणको लागि आउने संख्या बुद्धको जन्मथलो लुम्बिनीमा आउनेहरू भन्दा थोरै छ । तर विडम्बना विश्वमा नेपाललाई बुद्ध जन्मेको देशभन्दा चोमोलुङमा (सगरमाथा) रहेको भनेर चिनिन्छ । तथापि आध्यात्मिक महत्वको दृष्टिकोणले विश्वका राष्ट्राध्यक्ष, सरकार प्रमुखहरू लगायत विविध क्षेत्रका व्यक्तित्वहरू स्वयं चोमोलुङमा आरोहीहरू पनि जीवनमा एकपल्ट भए पनि लुम्बिनीमा गई बुद्ध जन्मस्थल दर्शन गरी आपूmलाई कृतार्थ पार्छन् । यसको अर्थ यो होइन कि चोमोलुङ्माको महत्व कम छ । विश्वकै प्राकृतिक विविधतामा चोमोलुङमा सर्वश्रेष्ठ छ ।
राजकुमार सिद्धार्थ मगर कूलकै थिए भनी दावी गर्नुहुने श्री एमएस थापा मगरद्वारा लिखित “प्राचीन मगर र अख्खा लिपि” को भूमिका मगर समाजलाई बुद्ध धर्मावलम्बी बनाउन सराहनीय छ । त्यसैगरी हिरासिंह थापा (सामेसेन मगर) द्वारा सम्पादित मगर–खस–अंग्रेजी शब्दकोषमा उल्लेखित “नालन् डा” (कमलको पूmल राख्यो) शब्द मगर भाषा कै हो भन्ने ठहर छ । यसै नाउँबाट विश्वमा सबैभन्दा पहिले “नालन् डा” विश्वविद्यालय जो बौद्ध दर्शन सम्बन्धी शिक्षा दिनकै लागि स्थापना भएको थियो, पनि ले यही जनाउ दिन्छ कि मगरहरू बुद्ध धर्मावलम्बी नै थिए ।
३- भाषा, संस्कृति, समग्रमा सामाजिक तथा भौगोलिक वातावरण आदि पटक्कै नमिल्ने देशहरूले राज्य धर्मको रूपमा बुद्ध धर्मलाई ग्रहण गरेका छन् । भगवान बुद्ध जन्मेकै देश नेपालले भने आपूmलाई राज्य धर्मको रूपमा बुद्ध धर्म लाई विश्व सामु घोषणा गर्न अझ पनि पछि परेकोछ । यद्यपि नेपाल सरकारले भगवान बुद्धको नाममा विश्वसँग आर्थिक सहयोग माग्न भने छाडेको छैन ।
४- नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघले संयुक्त रूपमा प्रस्तुत गरेको अवधारणापत्र विशेष गरी विसं २०६८ जेठ महिनामा हुन गइरहेको राष्ट्रिय जनगणनालाई उपयोग गर्ने उद्देश्य नै रहेको छ । आज विश्व युद्धको विभिषिका र आतंकवादको आक्रमण र त्यसले दिएको पीडाबाट थकित भइसकेको छ । यसबाट मुक्त हुन भगवान बुद्धले आफ्नो जीवनकालमा दिनुभएको शान्तिको सन्देश नै एक मात्र अचुक औषधिको रूपमा ग्रहण गर्न विश्व लालायित देखिएको छ भने नेपाल र नेपालभित्रै रहेको मगर समाज यसबाट कहिलेसम्म टाढिएर बस्न सक्ला र ?
५- नेपालको सन्दर्भमा अमूक जातिले मात्रै बुद्ध धर्म ग्रहण गर्नुभन्दा सामाजिक, राजनैतिक र आर्थिक रूपले पछि पारिएका सम्पूर्ण समुदायले नै ग्रहण गर्दा वेश हुन्छ । हिन्दूस्तानका डा। भीम राव अम्बेडकरद्वारा महाराष्ट्रका सात लाख जति दलित (अछूत) लाई बुद्ध धर्ममा प्रवेश गराइएको प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु । उनले हिन्दुधर्मको बर्णाश्रमरुपी कठोर यातनाबाट दलित समूदायलाई मुक्त पार्न र आर्थिक समुन्नतिको बाटोमा लैजान त्यसो गरेको उदघोष गरेकाथिए । तर विडम्बना नै मान्नुपर्छ, नेपालका दलितहरू अम्बेडकरलाई आफ्नो मसिहाको रूपमा त स्वीकार्छन् तर बुद्ध धर्म ग्रहण गर्न सक्दैनन् ।
६- तीन हजार वर्ष अघि जन्मनु भएका भगवान बुद्धको “बहुजन हितायः, बहुजन सुखाय्ः” बाट आजको बहुलवादी राजनीति अछूत रहन सक्ला रु जुन बेला यो भनाई आएको थियो । त्यस बखत मलाई लाग्छ, आजका सभ्य, सु–संस्कृति र प्रजातन्त्रका जननी भनिने राष्ट्रहरू बर्बर युगकै प्रारम्भमा थिए । नर्वेलीका लेखक प्रा। डा। जाँन गाल्टुङले “बुद्धवाद र एकता” बुद्ध दर्शनभित्रबाट बुद्धका पाँच अकाट्य वचनहरू हाम्रो अगाडि राख्नुभएको छ ।
क. मानिसको उद्देश्य— संज्ञान
ख. समाजको उद्देश्य— विकास
ग. प्रकृतिको उद्देश्य— दिगोपना
घ. धर्म र संस्कृतिको उद्देश्य— औचित्यता
ङ. विश्वको उद्देश्य— शान्ति
कार्ल माक्र्ससले यस सम्बन्धमा दुई शताब्दी अगावै बुद्ध दर्शनबाट प्रभावित भई प्रत्येक मानवले आफ्नो आवश्यकता अनुसार मात्र प्राप्त गर्ने चेष्टा गर्नुपर्छ भन्नुभएको छ । हिन्दू धर्मले उत्पादन गरेको जातपात, छुवाछुत, स्वर्गनर्कबाट व्याप्त अन्धविश्वासको जमानामा यिनको विरुद्ध जेहाद छेड्ने भगवान बुद्ध साँच्चै भन्नुपर्दा मानव समाजका महान क्रान्तिकारी नै थिए । सामाजिक, राजनीतिक र आर्थिक रूपबाट सिंगो प्राणी जगतको मुक्तिका लागि “बुद्धम् शरणं गच्छामी” को बाटो अवलम्बन गर्दा श्रेयस्कर हुनेछ ।
७- विसं २०५८ सालको राष्ट्रिय जनगणनामा खास गरी नेपालका आदिवासी-जनजातिहरूकै लागि गठित नेपाल आदिवासी-जनजाति महासंघद्वारा देशव्यापी रूपमा वितरण गरिएको पोष्टर धार्मिक रूपमा उपयोगी देखिएन । कारण यो पोष्टरमा “परम्परागत रूपमा मान्दै आएको धर्म जनगणनाको धार्मिक महलमा लेख्नु” भन्ने थियो । यद्यपि महासंघको विधानमा आदिवासी जनजातिहरू हिन्दू वर्णाश्रम भित्र नपर्ने समुदाय हुन् भन्ने उल्लेख छ र यसै गरी अन्य जातिका (धार्मिक) संगठनहरूले पनि महासंघभन्दा फरक काम गर्न सकेको थिएन । खासमा बुद्ध धर्मकै लागि गठित पुरानो संस्था धर्मोदय सभाले हालै वितरण गरिएको पर्चामा बुद्ध धर्म मान्दै आएकाहरूको लागि मात्र निर्देश जारी गरेको जस्तो छ ।
बुद्ध धर्मको संख्यामा वृद्धि गराउने कार्यको लागि समय अहिले पनि घर्केको छैन् । यसमा माथि उल्लेखित संघ–संस्थाले पुनर्विचार गर्दा बेसै होला ।
८- लिखित इतिहासको अभावमा मानव समुदायमा श्रुति परम्परा रहँदै आयो । यसैलाई आधार मान्दा मगरहरू वर्तमान नेपालमा घटीमा पनि पाँच हजार वर्ष अघिदेखि आगमन हुन थालेको बुझिन्छ । विश्वमा बुद्ध, जैन, जिसस, मोहम्मद, कन्फ्यूसियस आदिको जन्म हुनु अघि मानव समाजमा कल्पना गरेर मानिसहरू प्रकृतिको पूजा गर्थे र वर्तमानमा पनि यो परम्परा छँदैछ । जन्मदेखि मृत्युसम्मगर्दै आउने काम कुरा निश्चय पनि धर्म नभई संस्कार नै हो । तर कसै कसैले यहि संस्कारलार्इ धर्मको रुपमा ब्याख्या गरिरहेकाछन् । यसैलाई आधार मानेर विशेष गरेर मगर समाजलाई बुद्ध धर्म ग्रहण गर्ने कार्यमा बाधा पु¥याईदै छ । यसले मानिसको जीवन पद्धती पूर्ण रूपले निक्र्यौल गर्न सक्दैन ।
९- विसं २०५८ को राष्ट्रिय जनगणनासम्म आउँदा जनगणनाको महत्वबारे विशेष गरी मगर समाजलाई पूर्ण जानकारी नभएको हुन सक्छ अर्थात् यसबारे सचेतनाको अभावै थियो । यसैको नाजायज फाइदा यस कामकै लागि खटिएका गणकहरूले उठाउँदै आएका थिए र छन् पनि । गणनाको फाराम सिसाकलमद्वारा भरिनु आपैmमा शंकास्पद रहेको दृष्टान्त २०५८ सालमा देखा प¥यो । मगरमा थापा, रोका, बुढा, बुढाथोकी घर्ती, लामिछाने, खड्का र भुसाल आदि थरहरू मगर नलेखिएर अन्य हुन गएको देखिन्छ । यसैगरी धर्मको सवालमा पनि हिन्दू वा मुस्लिम भन्ने प्रश्न मात्र अगाडि राखेर अर्को विकल्प समाप्त गरिएको पाइन्छ । राज्यद्वारा निर्देशित हो वा खटिएका गणकहरूको आफ्नै विवेकबाट यसो भइरहेको छ । यसले आपैmमा एउटा प्रश्न खडा गरेको पाइन्छ । यसो गरेर राज्यले विशेष के फाइदा उपलब्ध गरेको छ ?
आउने दिनमा यसको जवाफ माग्न मगर जातिको नाउँमा निर्माण भएको संघ–संस्थाले अग्रसरता देखाउनु पर्छ । राष्ट्रिय जनगणना आयोगलाई एउटा सुझाव छ । भाषाको महलमा मातृभाषाको सट्टा जातीय भाषा उल्लेख गरिनु वैज्ञानिक छ । भाषा मासिएका जातीय समुदायहरूबाट सरकारसँग भाषिक विद्यालयको माग बढ्दो छ । राज्य यसमा अनुदार देखिए तापनि भाषा मासिएका जातीय समुदायले आपूm र आफ्नो सन्तानको लागि ठाउँ–ठाउँमा आफ्नै पहलमा भाषा शिक्षण गराउदै आएकाछन् ।
१०- नेपाली माटोमा महिलाको जनसंख्या पुरुषभन्दा धेरै छ । तर राज्यको संयन्त्रमा यत्रो संख्याको भूमिका गौण छ । नेपोलियन बोनापार्ट पहिलोको “मलाई एउटा आदर्श आमा देऊ, म तिमीलाई राष्ट्र दिन्छु ।” भनाईलाई मध्यनजर राख्दा नेपाली महिलाहरू सशक्त हुन नसके नेपाल एउटा सबल राष्ट्र बन्न सक्दैन । यस्तो अवस्थामा जहिले पनि बाह्य शक्तिहरूको अघिल्तिर मुलुकले घुडा टेकिरहेकै हुन्छ । त्यसैगरि मगर महिलाहरुले जनगणनामा महत्वपूर्ण रोल अदा गर्न सक्छन् ।
आउँदो राष्ट्रिय जनगणनामा महिलाहरूले बुद्ध धर्म ग्रहण गर्नेहरूको संख्यामा वृद्धि गर्न खेल्नुपर्ने भूमिका साँच्चै नै चुनौतिपूर्ण छ । यसैगरी बुद्ध धर्मको पक्षमा नेपाली विद्यार्थीको भूमिकालाई कम आँक्न सकिंदैन । बुद्ध धर्मावलम्बी समाजले घर–घरमा रहेको विद्यार्थीबाट नियुक्त गणकको काम गरेर हरेक विद्यार्थीले २०६८ को राष्ट्रिय जनगणनामा धर्मको महलमा बुद्धिष्ट लेखाएर हाम्रो यो अभियानमा यथेष्ट सहयोग पु¥याउन सक्छन् ।
११- एक दशक अघि जन्मेको नेपाल मगर बौद्ध सेवा समाजद्वारा मगर जातिलाइ बुद्ध धर्म सम्बन्धि चेतना बृद्धि गर्ने कार्य भइरहेको छ । योभन्दा पुराना संघ–संस्थाले पनि सक्रियताकासाथ यस कार्यमा अझ बढी योगदान पु¥याउने अपेक्षा गरिन्छ ।
अहिले जातीय संगठनहरू विभिन्न राजनैतिक दलहरूका भातृ संगठनको रूपमा सक्रिय भएका जस्ता देखिन्छन् । ती संस्थाका नेतृत्वले धर्मको सम्बन्धमा मौनता साँध्नुले यसो भन्न सन्किछ । तिनले साँधेको यस्तो मौनताले कसको स्वार्थपूर्ति गर्छ भन्ने हामीले केलाउनु जरुरी छ । आशा र विश्वास छ, आउँदो निर्णायक दिनमा यो मौनताको संस्कार टुट्ने नै छ । अनि यसले यो अभियानलाई सहयोग पुग्नेछ ।
भवतु सब्ब: मंगलम्
(नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघ केन्द्रिय समितिले ११ मंसीरमा विश्वशान्ति विहारमा गरेको कार्यक्रममा नेपाल मगर संघका पूर्व अध्यक्ष खपागींले प्रस्तुत गरेको कार्यपत्र)

Sunday, April 10, 2011

छायो गोर्खाली

बेलायती गोर्खा सैनिकको बहादुरी चानचुने छैन। विगतमा होस् या वर्तमानमा, गोर्खा सैनिकले देखाएको साहस र समर्पणकै कारण उनीहरूको परचिय पनि गर्विलो बनेको छ। त्यसैले त बेलायत सरकारलाई पनि बेलाबेलामा गोर्खा सैनिकको साहसको कदर गर्न कर लाग्छ। यसै सिलसिलामा ११ चैतको साँझ लन्डनमा बेलायत सरकारले दुई युवा गोर्खा सैनिकलाई विशिष्ट सम्मान गर्‍यो।

बेलायती गोर्खा सैनिकमा कार्यरत दोलखाका राइफलम्यान मनिराज गुरुङ, २३, र म्याग्दीका सर्जेन्ट दीप पुन, ३२, ले अफगानिस्तानमा देखाएको बहादुरीको कदरस्वरूप बेलायती सेनाबाट उच्च सम्मान पाएका हुन्। गुरुङलाई 'मेन्सन इन डिस्प्याचिङ्' -एमआईडी) अवार्ड दिइएको हो भने पुनलाई उच्च साहसिक पुरस्कार 'कन्स्िपसियस ग्यालन्ट्री क्रस' -सीजीसी) अवार्ड। पुनले अफगानिस्तानमा १२ जना विद्रोहीलाई मारेर आफ्ना तीन जना सहकर्मीको ज्यान कुलशतापूर्वक बचाएका थिए।

त्यसैगरी, राइफलम्यान गुरुङले अफगानिस्तानमा विद्रोहीद्वारा सिर्जित खतरनाक परििस्थतिमा कम क्षतिसहित सफलता प्राप्त गरेका थिए। भएको के थियो भने, अफगानिस्तानमा विस्फोटक वस्तु बिछ्याएको क्षेत्र नियन्त्रणमा लिनुपर्ने थियो। विद्रोहीले विस्फोटक पदार्थ हटाउन आउनेमाथि धेरै दिनदेखि घातक हतियारले लगातार प्रहार गररिहेेका थिए। गस्ती सकेको गुरुङको टोलीमाथि विद्रोहीले अचानक गरेको 'फायर'ले एक जना बेलायती सैनिकको मृत्यु भयो। विद्रोहीका गोलीको पर्वाह नगरी गुरुङले आफूसँग भएको गोलीको उच्चतम सदुपयोग गर्दै विद्रोहीलाई निसाना बनाइरहे। यसैबीच, विद्रोहीको प्रहारबाट अर्को टोलीका कमान्डर सख्त घाइते भए। त्यसपछि गुरुङले दुवै टोलीको नेतृत्व गरेर सबै सैनिकलाई बचाए। र, घाइते साथीहरूको तत्काल उद्धार गरे। यस घटनालाई बेलायती सेनाले अफगानी भूमिमा भएको बिर्सन नसक्ने घटनाका रूपमा लिएको छ।

सर्जेन्ट पुनले एक सय मिटर टाढाबाट घिसि्रँदै अघि बढेर १२ जना विद्रोही मारेको घटनालाई पनि बेलायती सरकारले उच्च साहसको रूपमा लिएको छ। रकेट, गि्रनेट, प्रोपलर र अन्य साना हतियारसहित दुईतिरबाट आएका विद्रोहीसँग पुनले जुन शैलीले लडे, त्यसले अरू सैनिकलाईसमेत पाठ पढाएको छ।

वीरताको प्रदर्शन गर्दै गोर्खाली सेनाले ४६ वर्षपछि यति विशिष्ट अन्तर्राष्ट्रिय सम्मान पाएको यो पहिलोपटक हो। सन् १९६५ मा बोर्नियोको लडाइँमा रामबहादुर लिम्बूले 'भिसी' पाए, यता सर्जेन्ट पुनले पाएको 'सीजीसी' सबैभन्दा ठूलो सम्मान हो। त्यसैगरी, गुरुङले पाएको 'एमआईडी' अवार्ड बेलायती सुरक्षा फौजमा सबैभन्दा पुरानो अवार्डका रूपमा चिनिन्छ।

Saturday, April 9, 2011

स्विमिङ खेल्दा केटी गर्भवती

एक जवान युवती गर्भवती हुन के हुनु वा गर्नुपर्छ भन्ने तपाईहामी अधिकांशलाई थाहा भएकै कुरा हो । प्राकृतिक यौनसम्पर्कबाट गर्भवती नभएकाहरु आजभोली टेष्टट्युव बेवी पनि जन्माउन थालेका छन् ।
तर पोल्याण्डकी एक युवती भने तारे होटलमा स्वीमिङ खेल्दा गर्भवती भएकी छन, कुनै पुरुषसंगको संसर्गबिनै ।
फुर्सदको समयमा इजिप्ट घुम्न आएकी पोल्याण्डकी माग्डालेना क्विटकोस्का नाम गरेकी १३ वषिर्य युवती एक स्विमिङ पुलमा पौडी खेलेपछि गर्भवती भएको उनकी आमाले दावी गरेकी छन् ।
आफ्नी आमासँग इजिप्ट घुम्न आएकी क्विटकोस्का स्विमिङ पुलमा तैरिएर रहेको पुरुषको विर्यका कारण गर्भबती भएको बुझिएको छ । कुनचाहिं पुरुषले पाँच तारे होटलको पौडी पोखरीमा बिर्य छाडे भन्ने खुलेको छैन् । होटेलको नाम पनि खुलाइएको छैन । केहि दिनको घुमघामपछि घर फर्किएकी क्विटकोस्का अब चाँडै आमा बन्ने भएकी छिन् ।
भ्रमणका क्रममा आफ्नी छोरीले कुनै पुरुष नभेटेको बताउँदै आमाले उक्त होटेलविरुद्व क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् । छोरीले क्षतिपूर्ती त पाउलिन, तर नबशिशुको पिता कसलाई बनाउने हो यो भने अन्यौल भएको छ । आमाको रिटलाई वार्साको पर्यटक अधिकारीहरुले कानुनी कारबाहिको लागि अगाडि बढाइएको बताइएको छ ।

शिक्षिकाको नग्न तस्विरले विद्यार्थीमा तहल्का

विद्यार्थीहरुलाई आफ्नो शिक्षकको हरेक कुराले आकषिर्त गरेको हुन्छ । आफूलाई पढाउने शिक्षक/शिक्षिकाको बोल्ने, हिड्ने, खानेदेखि लिएर अन्य धेरै कुराले विद्यार्थीहरुको ध्यान खिचेको हुन्छ । भनिन्छ धेरै विद्यार्थीले त आफ्नो शिक्षक/शिक्षिकाको दुरुस्त नक्कल गर्छन्, विशेष गरी साना केटाकेटीहरुले ।
शरिरको माथिल्लो भाग नाङ्गो रहेको आफ्नो शिक्षिकाको निकै कामुक र सेक्सी तस्विर भेट्टाएपछि स्कुलका विद्यार्थीहरुलाई अरु के चाहिन्थ्यो र ! बेलायतको एक नामी स्कुलमा आर्ट पढाउदै आएकी एक शिक्षिकाको अर्धनग्न तस्विर विद्यार्थीहरुले फेला पारेपछि तहल्का मच्चिएको छ । 
स्कुलकै चौर र आर्टरुममा सहकर्मी साथी वा ब्यवसायिक फोटोग्राफरले उक्त तस्विर खिचेको बुझिएको छ । स्कुलको फोटोग्राफी ल्याबमा फेलापरेको तस्विर विद्यार्थीहरुले आफ्नो मोबाइलमा मात्र राखेनन्, साथीहरुको मोबाइलमा समेत पठाइ दिएका छन् । स्कुलका किचन स्टाफदेखि प्रिन्सिपलसम्मले उक्त नग्न तस्विर देखेपछि घटनाबारे छानबिन सुरु भएको छ ।
विद्यार्थीहरुलाई तस्विर मोबाइलबाट डिलिट गर्न विद्यालय प्रशासनले सुचना दिएको छ भने कसैलाई म्यासेज गरी पठाइएको थाहा पाइएमा दोषी विद्यार्थीलाई निष्कासन समेत गरिने चेतावनी दिएको छ । नाङ्गो तस्विर खिचाँउदा लाज नमानेकी तर विद्यार्थीले गोप्य कुरा थाहा पाएपछि आफ्नो प्रतिष्ठामा आँच आएको महसुस गरेकी शिक्षिकाले उक्त स्कुलमा आर्ट नपढाउने बताएकी छिन् । 
आर्ट टिचरको तस्विरमा फोटोग्राफरको पूरा कपीराइट (प्रतिलिपी अधिकार) रहेको र यसलाई सुटुक्क चोरी गरिएको भन्दै पि्रन्सिपलले शिक्षिकाको समर्थनमा उभिएका छन् । यसले अरु शंका उब्जाएको छ । कतै पि्रन्सिपलले नै उक्त फोटो त खिच्न लगाएनन् ? यो त छानबिनपछि थाहा हुनेछ ।
अपराध जसले गरेको भए पनि एक असल शिक्षिकाको यस्तो नग्न तस्विर बाहिर आउनुले विद्यार्थीहरुमा नकारात्मक सन्देस गएको छ ।