Monday, August 29, 2011

हाम्रो कला हाम्रो सङ्स्कृती..................मगर जातिको लोक प्रिय नाच.....................

हाम्रो कला हाम्रो सङ्स्कृती..................मगर जातिको लोक प्रिय नाच.....................

Friday, August 19, 2011

विवाह र सम्बन्ध

वैवाहिक सम्बन्ध कच्चा भएमा सम्बन्ध बिच्छेद हुन्छ। यो हरेक समाज अनुसार फरक फरक रूपबाट गरिन्छ। गुरूङ समाजमा यस प्रक्रियालाई “सिन्को भाँच्ने” भनिन्छ। सिन्को पनि “रानी सिन्को” जुन एकदमै कच्ची हुन्छ। यसपछि दुवै पतिपत्नी स्वतन्त्र रहन्छन् र उनीहरुको सम्बन्ध पति पत्नीबाट दाजुबहिनीको जस्तो हुनेछ भनी गाउँका केही भद्र भलादमीहरुको छलफलबाट निर्णय गरिन्छ। यसमा पति पत्नी दुवै पक्ष मञ्जूर हुनु पर्ने हुन्छ।

विवाह एउटा जटिल समाजिक प्रक्रिया हो। विवाहलाइ जीवनको एउटा महत्वपूर्ण अंगको रुपमा मानिन्छ। जब एउटा नव-जात शिशु जन्मंछ,अनि उसले वातावरण,समाज तथा उसको नाता गोताबाट, विभिन्न समाजिक क्रियाकलाप सिक्ने मौका पाउदछ। दार्शनिक जिन ज्याक रूसोले भनेका छन ” ……………..मानिस जन्मदा स्वतंत्र जन्मन्छ अनि बिस्तारै बंधनमा बाधिंदै जान्छ …….!”
हुन पनि शिशुमा पाप,डर,माया, लोभ मोह केहि हुँदैन, जात पात रीतीरिवाज बाट स्वतंत्र हुन्छ अनि यी तत्वहरुले उसलाई बाध्दै लैजान्छ।

” विवाह” एउटा अनिवार्य सम्बन्ध हो जसले जीवनलाई सार्थकता दिएको हुन्छ। वैवाहिक सम्बन्धलाइ एकदमै कच्चा सम्बन्ध संग तुलना गरिन्छ। यसलाई मजबूत बनाउदै अन्त्य सम्म पुर्याउनु एउटा जटिल र उच्च-आदर्श प्रक्रिया हो। जसमा थुप्रै समस्याहरु ,अड़चनहरुलाई हल गर्न अनगिन्ती संघर्ष,सम्झौता अनि त्याग ……………. गर्नु पर्ने हुन्छ।
कसैले यस सम्बन्धलाई “सिन्को” संग त कसैले यसलाई” कर्कलोको पानी” संग त कसैले “कांचो धागों” संग तुलना गरेको पाइन्छ ।जून रुपमा तुलना गरे पनि या भए पनि मेरो बिचारमा यो अत्यंत सम्बेदनशील सम्बन्ध हो। यस सम्बन्धलाइ बलियो र मजबूत बनाउन धेरै प्रयत्न तथा त्यागको जरुरी हुन्छ ।यो सम्बन्धलाई हुर्काउन प्रेम रूपी पानी, समझदारी रूपी मल र संसर्ग रूपी गोड्मेलको अत्याबस्यक हुन्छ । त्यस्तै समाजमा अनेकन किराहरू पनि हुन्छन् जसले ती कोमल बिरुवालाइ भित्र भित्र चपाउने प्रयत्न गर्दछ। सेक्सपियरको बियोगान्तक नाटकमा जस्तै ती कोमल र सुन्दर बिरुवालाई, किराहरू तहस नहस पार्न प्रयास गरेकै हुन्छ ।सेक्सपियरले विवाहको परिभाषा यसरी दिएका छन ;”………..Marriage is the union of two innocent souls.”अर्थात ,”विवाह दुई निर्दोष आत्माहरुको संगम हो।”

वैवाहिक सम्बन्ध कच्चा भएमा सम्बन्ध बिच्छेद हुन्छ! यो हरेक समाज अनुसार फरक फरक रूपबाट गरिन्छ। गुरूंग समाजमा यस प्रक्रियालाइ “सिन्को भाच्ने” भनिन्छ ।सिन्को पनि “रानी सिन्को” जून एकदमै कच्ची हुन्छ। यसपछि दुवै पति पत्नी स्वतंत्र रहन्छन र उनीहरुको सम्बन्ध पति पत्नीबाट दाजू बहिनीको जस्तो हुनेछ भनी गाऊका केहि भद्र भलादमीहरुको छलफलबाट निर्णय गरिन्छ। यसमा पति पत्नी दुवै पक्ष मंजूर हुनु पर्ने हुन्छ ।सम्बन्ध बिच्छेद हुनका थुप्रै प्रतक्ष्य परोक्ष कारणहरु हुन सक्छन। मेरो बिचारमा ,त्यस मध्य मुख्य कुरा पति पत्नी बिचको असमझदारी र अशिक्षा नै मुख्य कारण हुन सक्छ।अभिभावकको करकाप र जबरजस्ती (दबाव) मा विवाह हुनु पनि एउटा कारण हुन सक्छ ।
समाज र आफ्नो जीवनमा आउने थुप्रै बिचलन र समस्याहरुलाई हल गर्दै ,समझदारी बनाउदै अनि पारिवारिक र सामाजिक दायित्वहरु पूरा गर्दै उच्च बिंदु सम्म पुग्नु नै वैवाहिक जीवनको सफलता हो। यसबाट बिचलित भएर या डरायर विवाह नै गर्दिन भन्नु पनि ठीक हो भन्न सकिन्न। जे.बी.यस. हाल्डेन ले आफ्नो निबन्ध ” MY PHILOSOPHY IN MY LIFE” मा लेख्नु भएको छ !”जब सम्म व्यक्तिले विवाह गर्दैन, उसले जीवनमा आधा पनि सिकेको हुँदैन …………।”अर्थात् जीवन अपूर्ण हुन्छ! त्यसैले जीवन प्रकृतिको एउटा सुन्दर उपमा हो। यसलाई वैवाहिक जीवनमा रुपान्तरण गरौ अनि,यसलाई आदर्श जीवनमा रुपान्तरण गरौ। जीवनलाई सार्थक बनाउँ। अस्तु !!!!!!!!