Friday, September 30, 2011

जीवन ——-परिभाषा

जीवन ——-परिभाषा
मानिसको जीवनलाई कसरि अनि के संग तुलना गरौ म ? एक प्रकार ले सोच्दा हजारौ मिल लामो मरुभूमिमा रुमलिएको यौटा पंक्षी को जीवनसँग मेल खाने जीवनको मात्र ज्ञात छ मलाई | जसमा कुनै मानिसले उपयुक्त र सरल बाटो पाएर सफलता र कुशलता पुर्वक जीवनको यात्रा गर्दा रहेछन भने म जस्ता अनगिन्ति मानिसहरु अझै पनि यहि मरुभुमिरुपी संसारमा कुनै बाटोको खोजीमा त्यसरी नै भौतारी रहेका छन् जसरि एक घुट्की पानीको अभावमा प्यास ले आतिएर तड्पिएर कुनै पन्छी छटपटाइरहेको हुन्छ | मनमा असंख्य सपना र आँखामा आफ्नो परिवार को खुसि खोज्न हिडेको मैले कैले पनि यो सोचिन कि त्यहि आँखामा आसुका भेलले ढाकेर बाटो नै देख्न नसक्ने अवस्था मा आइपुग्नुपर्ला | कति बिबस छन् यी मेरा हातहरु जसले सकुसल नै वयेरा पनि पनि मेरा र मेरो परिवारका सपना हरुलाई समुन्द्रमा डुब्न आटेको डुंगालाई बचाउने असफल जस्तै प्रयास मात्र गर्न बाध्य छन्| कति मासुम छन् यी मेरा आँखाहरु जसले मेरा सुखद जीवनको काल्पनिक सपना देख्ने गर्थे तिनै २ वटा आँखा हरु आज सस्ता २ थोपा आँसु मात्र खसाल्न बाध्य छन् |

एउटा सामान्य परिवारमा जन्मेर पनि ठुलाठुला सपना बुन्ने मेरा सोचाई हरु आज एउटा खाली कागज मा कोरिएका सजावटी रंगहरुमा मात्र सिमित छन्| कसरि जीवनलाई पार लगाउने, कुन बाटो खोज्नु पर्ने हो यहि दोधारे भएर “बुढो गोरुले हलो जुन चालमा तानिरहेको हुन्छ” त्यहि चालमा मेरो जिन्दगी को यात्रा चलिरहेको छ| कसलाई पोखु, कसको आँखामा हेरी मेरा आँखाका आसु मेटाउ, मेरो साथमा बसी मेरा २ थोपा आसु पुछिदिने, मेरा दुख सुनिदिने पनि कोइ छैनन्| छन् त मात्र मेरो दुख लाई एउटा हासोको रुपमा लिएर उडाइदिने तुच्छ प्रवृतिका २ खुट्टे जनावर वन्ने कि मानिस मात्रै छन् तर पनि यो संसार को बनावटी रंग मा मुटुमाथि ढुंगा राखी हासेसरी जीवन जिउन बाध्य छु म| छन् त मेरा परिवार मेरा साथमा छन् जो म माथि पुरा विश्वास गर्छन तर सोच्छु म जसका आँखामा भएको खुसि र सपना पार्ने बचनका साथ यो अवस्थामा छु उनैलाई नै म मेरा आसु दिएर अन्याय कसरि गर्न सक्छु र ? कसलाई थाहा छ र मेरो पिडा अनि मेरो व्यथाहरु जुन व्यथाले गर्दा जिन्दगीको केवल एक चौथाई यात्रा अर्थात् २३ औ बसन्तमा नै पुर्णरुपमा टुटिसकेको छु , मेरा सोचाईहरु मृत भैसकेका छन् साथै मेरा रक्ताकेसिकहरु सिथिल भैसकेका छन्, सायद लाग्छ अब अरु पिडा बहन गर्न सक्दैनन्|

कैलेकाही सोच्छु मानिस भएपछि धैर्य गर्नुपर्छ तर छोटो समयमा नै सांकेतिक रुपमा धैर्यको बाँध टुटेको महसुस हुन्छ मलाई| जुन जिन्दगीको खोजीमा मेरा पाइलाहरु अगाडी बढिरहेका थिए लाग्छ अचानक बिचमा नै कतै पुर्णबिराम लागेर रोकिएका छन् | थाहा छैन मलाई सुख के हो? केवल मानिसले २ छाक खान र २ निद्रा सुत्न पाए त्यहि सुख हो भन्ने सोच्लान तर जुन २ छाक र २ निद्रा छ यदि त्यसमा अनिश्चित भोलिको बारेमा कुनै पनि चिन्ता छ भने त्यो कसरि सुखी हुन सक्छ र बिना कुनै अनिश्चितता को सुख को मैले आजसम अनुभूति गर्न पाएको छैन | के मेरा सोचाई हरु असाधारण छन् त? मैला यस्ता सपना देख्नु गलत हो त ? खै मेरा अनेकौ प्रस्नहरुको उत्तर कसले दिने? सायद यी प्रस्नहरु पनि उत्तरको खोजीमा नै हराउने छन्, बिलिन हुनेछन, अपूर्ण हुनेछन र उत्तरको अभावमा नै समाप्त हुनेछन| मानिसहरु समाजले भन्छ ” मानिस भएपछि आफुसंग जे छ त्यसमा नै सन्तुस्ट हुनुपर्छ|” यदि यो कुरालाई साचो मान्ने हो भने मानिस किन जन्गलि युगमा नै सन्तुस्ट भएर किन बच्न सकेनन? किन आजको २१औ शताब्दीको निर्माण भयो? यसको जवाफ पनि सायदै कसैलाई ज्ञात होला ?

जिन्दगीका धेरै तिता मिठा, उकाली ओरालिहरुको यात्रा भोगिसकेको मलाई जिन्दगीले यति पाठ सिकाईसकेको छ कि अब म जिन्दगीको बारेमा एक पल पनि सोच्न चाहन्न| म बाच्न चाहन्छु तर मरेतुल्य भएर होइन, मेरा सपनाहरुको सर्थकताहरु संग जिउन चाहन्छु तर खै हजारौ सपनाहरुको माझमा मेरो यो सपना पनि सममा मात्रै सिमित रहनेछ जसमा निद्रा खुल्दा तितो संसार पाइन्छ , त्यसरी नै मेरो सपनाले जति प्रयत्न गरे पनि उ हराईरहेको छ, थिचिएको छ, नस्ट हुदै छ र मेरो सपनाको अन्त्यस्ठी संगै मेरो जिन्दगीको अस्तित्व पनि बिस्तारै माटोमा बिलिन हुदै छ, हराउदैछ , हराउदैछ, हराउदैछ……….

” सम्हालिंछ कहिले मन कहिले तेसै अतालीदिन्छ ”
” साच्न खोज्छु आँखामा सपना आसुले नै पखालीदिन्छ “