Monday, April 30, 2012

मगर जाति परिचय र ईतिहास

नेपालको पुर्व देखी पच्छिम ७५ जिल्लामा बसोबास रहेको मगर जाती जनसख्याको हिसाबले तस्रो ठुलो जाती हो र आदिबासी जनजातिको हिसाब मा प्रथम श्रेणीमा पर्ने नेपालको प्रमुख राष्ट्रिय जाति हो। २०५८ सालको जनगणना अनुसार मगर को जनसख्या १६२२४२१ रहेको थियो जस अनुसार नेपालको कुल जनसख्याको ७.१४% हुन आउदछ। नेपाल को खास गरी पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान तिर बसोबास गरेको पाईन्छ । यस बाहेक अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप,म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर लगायत देशको सम्पुर्ण भागमा धेरै थोरै छरिएर रहेका छन।यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएकाथिए, ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसित काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।


केही इतिहासकारहरुले मगर जाति को उत्पत्ति मध्य भारततिर भएको पनि जनाएका छन् । यस भनाइमा त्यस्तो खास कुनै आधार छैन । उनीहरुको भनाइमा वास्तविकता भन्दा कल्पना र राजनीतिका कुराहरु बढी देखिन्छ । जुन सही होइन ।

माथि उल्लेख  गरिएको शारीरिक बनौट, भाषा र संस्कृति का आधारमा मगरहरुको उत्पत्ति उत्तर चीन तिब्बततिर हुनु पर्दछ  भनेर ठोकुवा गर्न सकिने अवस्था हुदाहुदै पनि 'चितौरे', सूर्यवंशी' जस्ता मगरका उपथरहरुले  मात्र उनीहरुको उत्पत्ति भारततिर नै भएको हुनुपर्दछ भन्ने जिकिर गर्नु भनेको कुरो राम्ररी बुझ्न नसक्नु हो। भारतको चित्तौडबाट कुनै सूर्यवंशी मानिस आइ यहाका मगर चेलीबेटीलाई विवाह गरेर जन्मिएको कुनै सन्तानले हिन्दुकृत पितृसत्तात्मक व्यवस्थामा बाबुको जातबाट 'चित्तौरे वा सूर्यवंशी' भनिनु  वा लेखिनुले  सम्पूर्ण मगर जातिको उत्पत्ति चित्तौडतिर भएको भन्ने मान्न सकिदैन ।

सब भन्दा पहिलो 'मगर' कहाँ जन्मे होलान ? यस प्रश्नले मगर जतिको उत्पत्तिको कुराको उठान गर्दछ । मगरहरुले कसरी आफुलाई मगर भन्ने नामाकरण गरे होलान वा यो 'मगर' भन्ने नाम कसले दिए होलान ? 'मगर' भन्नाले 'मगर जाति' विशेष  मात्र बुझिन्थ्यो वा कुनै 'राष्ट्र' पनि बुझिन्थ्यो ? भन्ने प्रश्नहरु पनि उत्तिकै गम्भीर छन् । यी प्रश्नहरुको सजिलो उत्तर हामीसंग छैन । 

कुनै जाति विशेषको उत्पत्तिको विषयमा कुरा चल्दा तीनवटा कुराहरुमाथि ध्यान दिनु  आवस्यक हुन्छ । ति हुन :

१) शारीरिक बनौट,
२) भाषा र,
३) संस्कृति

यी तीन कुराहरुबाट कुनै पनि जातजातिको उत्पत्ति र इतिहासका बारेमा धेरथोर जानकारी पाउन सकिन्छ ।मगर जातिको उत्पत्तिका सम्बन्धमा उल्लेख गरिएका तीन कुराहरुमाथि ध्यान दिंदा के कुरा छर्लंग हुन्छ भने यो जतिको उत्पत्ति चीन, तिब्बत र मंगोलियाका मानिसहरुको उत्पत्ति संग मेल खान्छ । अर्थात् मगरहरुको उत्पत्ति हालको तिब्बततिर हज्जारौ वर्ष पहिले भएको हुनु पर्छ ।

मानव जातिको उत्पत्ति बारे धेरै अध्यन अनुसन्धान भएका छन् र आज पनि हुदैछन् । तर, ठोस् कुरा हालसम्म प्रकाशमा आउन सकेको छैन । हिमाली प्रदेशका मगरहरुको उत्पत्तिको विषयमा पनि हालसम्म एकमत हुन सकेको  छैन । कसैले आजका मगरहरु प्राचीन भारतको 'मगध' राज्यका बासिन्दा हुन भनेका छन । उनीहरुको अनुसार आजभन्दा २६००/२५०० वर्ष अघिको मगध राज्यका बासिन्दा 'मगध' हरु आजको पश्चिम बंगाल वा  दक्षिण विहारबाट क्रमश: नेपालको पहाडतिर पसेका हुन । उनीहरुले 'मगध र मगर' शव्दमा सामीप्यता देखेका छन् । यसै गरी "भारतखंड और नेपाल" भन्ने  पुस्तकमा मगरहरु भारतको मगधबाट  नेपाल प्रवेश गरेकाले यिनीहरु मगधबाट  मगर भएका हुन भन्ने तर्क पनि अघि सारिएको  छ । यी दुई शव्द वीच ध्वनि समानता भएता पनि मगध शव्द भोटवर्मेली  भाषामा कुनै खास अर्थ भेटिएको छैन| 'मगध' शव्दले मात्र मगरहरुलाई प्राचीन  मगध राज्यका वासिन्दा थिए भन्ने प्रमाणित गर्दैन ।
***
केही इतिहासकारहरुले मगर जाति को उत्पत्ति मध्य भारततिर भएको पनि जनाएका छन्  । यस भनाइमा त्यस्तो खास कुनै आधार छैन । उनीहरुको भनाइमा वास्तविकता भन्दा कल्पना र राजनीतिका कुराहरु बढी देखिन्छ ,जुन सही होइन । माथि उल्लेख  गरिएको शारीरिक बनौट, भाषा र संस्कृति का आधारमा मगरहरुको उत्पत्ति उत्तर चीन तिब्बततिर हुनु पर्दछ  भनेर ठोकुवा गर्न सकिने अवस्था हुदाहुदै पनि 'चितौरे', सूर्यवंशी' जस्ता मगरका उपथरहरुले  मात्र उनीहरुको उत्पत्ति भारततिर नै भएको हुनुपर्दछ भन्ने जिकिर गर्नु भनेको कुरो राम्ररी बुझ्न नसक्नु हो । भारतको चित्तौडबाट कुनै सूर्यवंशी मानिस आइ यहाका मगर चेलीबेटीलाई विवाह गरेर जन्मिएको कुनै सन्तानले हिन्दुकृत पितृसत्तात्मक  व्यवस्थामा बाबुको जातबाट 'चित्तौरे वा सूर्यवंशी' भनिनु  वा लेखिनुले  सम्पूर्ण मगर जातिको उत्पत्ति चित्तौडतिर भएको भन्ने मान्न सकिदैन ।

यसैगरी 'मर्कट' शव्दबाट  'मगर' हुन आएको भन्ने पनि उल्लेख गरिएको पाइएको छ । यसमा पनि कुनै अधार छैन । मगरहरुले पूजा गर्ने चण्डी देवीलाई सुँगुरको वली दिइदा  कान्छो भाइले 'म गर्छु" भनेकाले 'मगर' भएको भन्ने भनाइमा पनि कुनै वैज्ञानिक आधार छैन | जेठो भाइ ठकुरी भएकोमा महिलो र संहिलो भाइहरु को के भए वा थिए सोको कुनै उल्लेख नहुनु; मगरको वंशावली "ठकुरीका गाउँमा पसे पत्ता लाग्ने" भन्ने अत्यन्त हचुवा   र गलत कुरा लेखी मगरहरुलाई होच्याउनमा मज्जा मान्ने जमातको जाति निन्दा गरे पनि थोरै नै हुन्छ । यस्ता बेठीक कुरा लेखिंदा मगरहरुको आत्मसम्मानमा चोट पुग्नु स्वभाभिकै हो । सुँगुर काट्ने कामलाई नराम्रो मानी ४ भाइ मद्धे कान्छोले "म काट्छु" अर्थात् "म गर्छु" भनेकाले उनैबाट मगर जातिको उत्पत्ति भएको मान्ने कुरामा झन् कत्ति पनि गतिलो आधार  छैन । त्यसैले यी सब हल्का कुराहरु हुन र यस्ता कुराहरुलाई विश्वास गर्नु हुदैन ।

[हाल पश्चिम क्षेत्रका मगरहरु मध्य बुढा मगरहरु भने उत्तरी तिब्बत, मंगोलिया अथवा रुसको साइबेरियाबाट  आएका हुनसक्ने अनुमान पनि गरिएको छ | यसमा मूलत:यी बुढा मगरहरुको संस्कृति खास गरिकन जटील झांक्रिवादी  संस्कार र शारीरिक बनावटको विश्लेषण गर्दै विद्वानहरुले उनीहरुलाई त्यस  क्षेत्रको सबभन्दा पुरानो उत्त्पतिका मगरहरु मानेका छन्  भने घर्ती, पुन र रोका मगरहरुको सवालमा भने यस्तो खास कुनै कुरा उल्लेख गरिएको छैन । मूलत: डोल्पाका काइके भाषी  मगरहरु लगायत घर्ती र पुन  मगरहरु त्यही नै उत्पत्ति भएको कुरामा विश्वास राख्दछन् ।

मंगोल भाषामा 'मंग' को अर्थ मंगोलियाका 'अर वा आउरी' भनेको 'छोरा वा छोरी' हुन्छ ।मंगोलहरुको सन्तति नै मगर हुन भन्ने भनाइलाई यसले बल दिन्छ । यसकुरामा केही सत्यता  भेटिन्छ । जोहन हिच्ककले मगरहरु हालको मंगोलियातिरबाट  प्राचिनकालमा नै मगराँत क्षेत्रमा प्रवेश गरेका हुन भनेका छन् । अन्य इतिहासकारहरु : ह्यामिल्टन र पर्सिभाल  लेन्दन्ले मगर जातिको उत्पत्ति उत्तर तिब्बततिर भएको भनेका छन् ।अर्का इतिहासकार ब्रयान हग्सनले  नेपालका तमाम हिमाली जातिहरु मगर, गुरुङ, तामांग, शेर्पा लगायत खास छेत्रीहरु र स्वयं  हालका राजा महाराजाहरुको उत्पत्ति भारततिर नभएर  नेपालमानै भएको मानेका छन् । यसमा थप अर्का जापानी विद्वान जिरो कवाकिताले  मगरहरु हिन्दुहरुको सम्पर्कमा परेर पछि हिन्दु बनेका हुन भन्ने उल्लेख गरेका छन् । अर्का कर्नेल इदन भ्याँसितार्टले भारतबाट धपाइएका  कुमाई ब्राह्मणहरुले  मगर चेलीबेटी विवाह गरेर उनीहरुबाट जन्मेका सन्ततिहरु पछि छेत्री वा खस बनेका हुन भन्ने दाबी गरेका छन् । डोर् बहादुर बिष्टले पनि मगरहरुको मूल उत्तरतिर नै हो भनेका छन् ।

अर्को भनाइ अनुसार आजको हंगेरीका 'मग्यारहरु' र नेपालका मगरहरु विच पनि समानता छ । ती मग्यारहरु र मंगोलहरु विच पनि वंशाणुगत  समान गुणहरु भेटिनछन् । नेपालका मगर र हंगेरीका मग्यार बीच दाइभाइको सम्बन्ध छ कि भन्ने अनुमान पनि गरिएको छ | हंगेरीका मग्यारहरु आफ्नो पुर्खा मध्य एशिया हुदै हंगेरी पुगेका कुरामा विश्वास राख्दछन् । आफ्ना   पुर्खाको खोजीमा सान १८४२ मा    हंगेरीका अनुसन्धाता सिकन्दर चोमा दी  कोरस ल्हासा हुदै मंगोलिया जाने सिलसिलामा उनको बाटो  (दार्जीलिंग) मा नै मृत्यू   भयो ।उनले नेपालका मगर र हंगेरीका मगर बीच दाइभाइको सम्बन्ध हुनु पर्दछ भन्ने मानेका थिय तर केही विद्वानहरु यस कुरा मा विश्वास राख्दैनन् ।

नेपालका पश्चिम सीमानामा पर्ने महाकाली नदी भन्दा पश्चिम र भारतको पश्चिम बंग भन्दा उत्तरबाट झरेको चंद्रभंग नदीदेखि उत्तर पूर्वको भू-भाग अर्त्त्हत महाकाली नदी र चन्द्र भंग नदीको वीचको उपत्त्यका लाई 'महर उपत्यका " भनिन्छ । भू-मध्य सागरबाट दक्षिण पुर्व हुदै 'महरहरु  " त्यहाँ आइ बसेकाले सो उपत्त्यकको नाउँ 'महर उपत्यका ' रहन गएको र त्यहा बसोबास गर्ने महर जातिका नाउँ बाट आजको 'मगर'जातिको नाम रहन गएको भन्ने कुरा तर्कसंगत नै देखिए पनि यसमा पनि गम्भीर अध्यनको आवश्यकता छ ।

नेपालका पश्चिम सीमानामा पर्ने महाकाली नदी भन्दा पश्चिम र भारतको पश्चिम बंग भन्दा उत्तरबाट झरेको चंद्रभंग नदीदेखि उत्तर पूर्वको भू-भाग अन्तर्गत महाकाली नदी र चन्द्र भंग नदीको वीचको उपत्त्यका लाई 'महर उपत्यका " भनिन्छ । भू-मध्य सागरबाट दक्षिण पुर्व हुदै 'महरहरु " त्यहाँ आइ बसेकाले सो उपत्त्यकको नाउँ 'महर उपत्त्यका ' रहन गएको र त्यहा बसोबास गर्ने महर जातिका नाउँ बाट आजको 'मगर'जातिको नाम रहन गएको भन्ने कुरा तर्कसंगत नै देखिए पनि यसमा पनि गम्भीर अध्यनको आवश्यकता छ ।

जुम्लेली राजा पुण्य मल्ल को सम्बत १२५८ को कनकपत्र ( सुनको पत्र) मा उल्लेख भएअनुसार हालको गण्डकी प्रदेश वा मगराँतलाई  महार्लोक भनिन्थ्यो  र त्यसमा 'महाराजाजीको महर, महतो, मगर राजाहरु' को उल्लेख भएबाट महरबाट  नै मगर भएको कुरा सही हो भन्ने भनाइमाथि विचार गर्दा पनि भाषागत  समस्या स्पष्ट देखिन आउछ । महर हरु भू-मध्य सागरबाट दक्षिण पुर्व दिशा हुदै हालको मगराँत क्षेत्रमा आएपछि उनीहरको भाषा मा पश्चिमी प्रभाव अर्थात् भारोपेली भाषाको प्रभाव परेको हुनुपर्थ्यो । तर, मगर भाषा भोत्बर्मेली हाँगाको पुर्व वर्मातिर सम्मको भएबाट त्यसमा अझ थप अध्यन हुनु आवश्यक छ ।
भोट-वर्मेली भाषा बोल्ने अत्यन्त प्राचीन मगरहरु उत्तर र पूर्वबाट नेपाल प्रवेश गरेका हुन । मगरहरु मंगोलियातिरबाट  यता आएका हुन पनि भनिन्छ । मगराँत क्षेत्रमा मगरहरुको आफ्नो राजपाठ थियो । पाल्पाका राजा मुकुन्द सेनलाई  पनि मगर भनिएको छ । मुकुन्द सेन  बडा प्रतापी राजा भए ।  पाल्पा राज्यको विस्तार पूर्वमा विजयपुर धरानसम्म पुगेको थियो । काठमान्डौ उपत्यका अर्थात् त्यो बेलाको नेपाल राज्य पनि केही समय पाल्पाको अधिनमा रहेको देखिन्छ ।
हाल पश्चिम क्षेत्रका मगरहरु मध्य बुढा मगरहरु भने उत्तरी तिब्बत, मंगोलिया अथवा रुसको साइबेरियाबाट  आएका हुनसक्ने अनुमान पनि गरिएको छ । यसमा मूलत:यी बुढा मगरहरुको संस्कृति खास गरिकन जटील झांक्रिवादी  संस्कार र शारीरिक बनावटको विश्लेषण गर्दै विद्वानहरुले उनीहरुलाई त्यस  क्षेत्रको सबभन्दा पुरानो उत्त्पतिका मगरहरु मानेका छन्  भने घर्ती, पुन र रोका मगरहरुको सवालमा भने यस्तो खास कुनै कुरा उल्लेख गरिएको छैन । मूलत: डोल्पाका काइके भाषी  मगरहरु लगायत घर्ती र पुन  मगरहरु त्यही नै उत्पत्ति भएको कुरामा विश्वास राख्दछन् ।

मगर जाति र सांस्कृतिक पक्ष


नेपाली समुदाय यस दृष्टिकोणमा धेरै समृद्धशाली छ । कुनै पनि समुदायभित्र यस्तो विविधता पाइनु गौरवशाली हुन्छ । “मगर” त्यही विविध जनजातिभित्रको एक जाति हो । यस जातिको आफ्नै भाषा, भूषा र सांस्कृतिक पक्ष छ । त्यसैले यो जाति आफैंमा समृद्ध छ । सम्पूर्ण मगर जाति खाम परिवारभित्रै पर्दछन् ।

मगर जाति मझौले कदका, डोलो अनुहार भएका, कालो कपाल भएका, दह्रिलो बनोटका हुन्छन् । उनीहरू शान्त, मिजासिला, दयालु, सोझा, बहादुर र साँचो मनका हुन्छन् । मगर जातिमा विविध थर हुन्छन् । सारू, समाल, लायो, पुलामी, माप्छान्, रैका, फेवाली, खपाङ्गी, दर्लामी, आले, बुढाथोकी, राना, थापा, पून, आदि थरहरू मगर जातिमा पाइन्छन् । भनिएको छ मगर जातिमा ७०० थर छन् । परम्परागत मगर जातिको नाच सोरठी, घान्टु, झ्याउरे, दोहोरी, रोदी, काउरा चुट्का, सलैजो, आदि हो । मगर जातिको धर्म उद्गमताको हिसाबले प्राकृतिक धर्म हो । घाम, पानी, पितृ पूजा, नाग नागेनी, सिमे भूमे, भूत, प्रेत, आगो, आदिको पूजा गर्ने चलन प्राकृतिक धर्ममा पर्दछ । पछि आएर, उत्तर नेपालका मगरहरूले बौद्ध धर्मावलम्वीसँगको तारतम्यतामा बौद्ध धर्म अवलम्बन गरेको र दक्षिण भेगका मगरहरू संस्कृतिकरण भई हिन्दू धर्म मान्न थालेको इतिहास पाइन्छ । त्यसो त परिवर्तित समयसँगै ईसाइ धर्म, मानव धर्म, आदि मान्ने मगरहरू पाइन्छन् ।

मगर जातिको परम्परागत व्यवसाय कृषि हो । गाइपालन, सिकर्मी–डकर्मी, शिकार र माछा मार्ने व्यवसाय पनि मगर जातिले गर्ने गर्दछन् । त्यसो त शिक्षाको विकाससँगै डाक्टर, इन्जिनियर, सरकारी जागिर, शिक्षण, सेना, राजनीति, पत्रकारिता र विकासका कार्यक्रमहरूमा प्रशस्तै छन् । यो जातिका मानिसहरू विशेषतः परिवारका सदस्यहरू एकै घरमा बस्ने गर्दछन् । तर विवाह पछि, कतिपय छुट्टिएर आफैं गरि खाने पनि प्रशस्तै हुन्छन् । अन्य जातिको भन्दा यस जातिमा पाइने पृथकता भनेको मामा–भान्जाको सम्बन्ध हो । भान्जालाई यस जातिमा छोरी दिने चलन छ । त्यसैले यस जातिमा मामा चेली, फूपु चेलाको लहरो अधिक बलियो हुन्छ । यस जातिमा जुवाइँलाई “भान्जा” भन्ने चलन छ किन भने आफ्ना छोरीहरूको पहिलो हकदार भनेको नै भान्जो हो । भान्जाले विवाह नगरेर अथवा अन्यसँग मन परापर गरेर चोरी विवाह गर्ने पनि चलन छ । मगर जातिको जन्मदेखि मृत्यु पर्यान्तका विविध सांस्कृतिक पक्षका बारेमा आज चर्चा गर्ने आजको लक्ष्य छ ।

कुनै पनि मगर परिवारमा बच्चा जन्मेको क्षणलाई उल्लासताका रूपमा लिइन्छ । बच्चा जन्मिएको समयलाई सूतक भनिन्छ । सूतक ३ दिनदेखि ७ सम्मको रहन्छ । कसै कसैले ११ दिनसम्म पनि लम्ब्याउँछन् । बच्चा जन्मेको ६ दिनमा छैटी गरिन्छ । यसलाई छैटौं, छैटुङ अथवा छैटौँ पनि भनिन्छ । यस दिनमा भाविले बच्चाको भाग्य लेखन कार्य गर्छन् भन्ने विश्वासमा उत्सव मनाउने काम गरिएको भनिन्छ । यस दिन विभिन्न नाचगान गरेर रातभर जागै बस्तछन् ।

रातभर नाच्ने गाउनेलाई बिहान भए पछि नाङलामा चामल, पैसा, खानेकुरा, रक्सी आदि राखिदिने चलन छ । ३ दिन अथवा ७ दिन अथवा ११ दिनमा उक्त बच्चाको नाम राख्ने गरिन्छ । यसलाई न्वारान भनिन्छ । न्वारानका दिन, भान्जा अथवा जुवाइँले लोहोटामा गहुँत, फूल, चामल र रूपियाँ पैसा हालेर मानिल्याएका पूरोहित अथवा पण्डितका घर जान्छन् । पूरोहित अथवा पण्डितले गायत्री मन्त्रले उक्त गहुँत मन्त्रिने काम गर्दछन् । बच्चा जन्मिएको समय सोधेर, तिथि, नक्षत्र पहिल्याइ, नाम जुराउने काम पनि गर्दछन् । यसरी पूरोहित अथवा पण्डितले मन्त्रिएको गहुँत लगेर सूतक लागेको घरमा छर्किएर चोख्याउने गर्दछन् । न्वारान्का दिन घर रातो माटो र गोबरले लिप पोत गरी चोख्याएको हुन्छ । आँगन, सिकुवा सबै बडारकुँडार गरिएको हुन्छ । घरमा गहुँत छर्किए पछि, सम्पूर्ण सूतक लागेका सन्तानलाई पनि खान दिइन्छ । नयाँ जन्मिएको बच्चालाई आँगनमा गोबरको कुण्ड बनाइ दूधको अर्घ दिई, त्यस कुण्डमा कुल्चाइन्छ । यसलाई सूर्यको दर्शन गराएको भनिन्छ । न्वारान्मा चेलीबेटी, कूलकुटुम्ब, नातागोता, इष्टमित्र र छरछिमेकीहरूलाई निमन्त्रणा गरिएको हुन्छ । न्वारानमा आउँदा निम्तारूले चामल, पैसा, सक्नेले कुखुरा, जाँड, रक्सी, आदि ल्याउने गर्दछन् । समयको परिवर्तनसँगै आज भोलि बच्चालाई खेलाउने सामान, लुगा फाटा पनि दिइन्छ । चलन अनुसार सुत्केरीले महिना दिनमा मात्र पानी छुने गर्दछन् । यो कडी नै चाहिँ होइन, आवश्यकता अनुसार अगाडिनै पनि पानी छुन भने सक्तछन् ।

बच्चा ६ महिनाको भएपछि भात खुवाउने चलन छ । यसलाई पास्नी अथवा “ज्याट् खुलाइ” भनिन्छ । यस दिन बच्चालाई सून पानीमा नुहाएर नयाँ लुगा लगाइ दिने गरिन्छ । त्यसपछि चाँदिका सिक्काले भात खुवाउने चलन छ । कसैकसैले कुथुर्का नामको चराको टाउकाले पनि भात खुवाउने गर्दछन् । यसरी भात खुवाउने काम सबै भन्दा पाको उमेर भएका बाट सुरू गरिन्छ । भात खुवाए पछि पनि पाको उमेर भएकाले बच्चा र दाल चामलको पोको पिठिउँमा बोकी, जोर लौरो टेकेर “परदेश डुलाएको” भन्दै घर डुलाउने चलन छ । यसो गर्नाले बच्चाको आयु लामो हुन्छ भन्ने मान्यता छ । यसरी डुलेर आए पछि दूध अथवा दहीको सगुन खुवाउने चलन छ । बेलुकी भए पछि परदेशका लागि भनेर पोकामा राखि दिउँसो बच्चासँगै बोकीएको दाल चामलको खिच्चडी पकाएर बच्चालाई खुवाउने गरिन्छ । कतिपय घरमा पास्नीको दिनमा पनि नाचगान गरेर खुबै रमाइलो गर्दछन् ।

Voice 3.....................

परिवारमा जन्मिएको बच्चा छोरा भए ३ देखि ५ वर्षभित्रमा कपाल काटिदिने चलन छ । दोस्रो सन्तान छोरी भए ३ अथवा ४ वर्षमा पनि काट्न मिल्छ तर दोस्रो सन्तान छोरा भए, पहिलोको कपाल काट्न ५ वर्षको भइन्जेल पर्खनै पर्दछ । कपाल काट्दा “आमा कि मामाले” भन्ने चलन छ । आमाले काटिदिने भए झुक्याएर अथवा चोरेर काटिदिनु पर्दछ भने मामाले काटिदिंदा विधिवतरूपमा काटिदिने चलन छ । पहिलो चोटी केस काट्ने विधिलाई छेवर भनिन्छ । छेवरको केस काट्दा दाम्लाले घाँटीमा बाँधी कपाल काटिदिने चलन छ । कपाल काट्दा टुप्पी राखेर काट्ने गरिन्छ । कपाल काटि सकेपछि मामाले भान्जालाई टोपी लगाइदिने गर्दछन् । यस दिनलाई पनि उत्सवका रूपमा नै मनाइन्छ । कसै कसैको घरमा युवा तन्नेरीहरू रातको समयमा नाच गान गरेर खुबै रामाउने गर्दछन् । चेली बेटी, आफन्त, कूल कुटुम्ब, छरछिमेकीलाई गच्छे अनुसार निम्त्याइन्छ । सेलरोटी अथवा बाबरका साथमा मीठो मसिनोको बन्दोबस्त मिलाइएको हुन्छ । सबैलाई खान पान गराइन्छ, गरिन्छ । छोरी जातिको छेवर गरिंदैन । छोरी चेलीलाई शुभ दिन ठह¥याएर गुन्यु चोली र मजेत्रो दिइन्छ ।

छोरा छोरी वयस्क भएपछि विवाहको कुरा आउँछ । विवाह चोरी र मागी गरी दुई किसिमले गरिन्छ । मागी विवाह हिन्दू धर्मको विधि अनुसार नै गरिन्छ । यस बारेमा आगामि प्रकासनमा प्रस्तुत गरिने छ । चोरी विवाहमा विवाह गरिने केटीलाई केटाले भगाएर लगेको हुन्छ । हुन त चोरी भनिए पनि घरायसी सल्लाहबाटै भगाइएको हुन्छ । आर्थिक अवस्था अनुसार चोरी विवाह अथवा मागी विवाहको निर्णय गरिन्छ । खर्च धान्न नसके चोरेर लैजानु भनेर केटीका बाबु आमाले भने पछि केटी राजु गराए पछि मात्र भगाएर लगिन्छ । परम्परागत रूपमा भान्जाले छोरी विवाह गर्ने चलन छ । केटाले आफ्नो घर लगेर सिंदुर पोते गर्दछन् । यसरी सिंदुर पोते गरेको भोलिपल्टै चोरको स्वर फर्काउने चलन छ । यदि भोलिपल्टै नआए केटी पक्षकाले छोरी खोज्ने चलन छ । जब जुवाइँ रीत फर्काउन आउँछ, त्यस समयमा जति ढिलो रीत फर्काइएको छ, त्यति धेरै छोरी खोजेको खर्च आदि भन्दै डाँड्ने चलन छ । यसरी डाँड्दा, चामल, सुँगुर, खसी, कुखुरा, जाँड, रक्सी र पेरूङ्गामा तोरीको साग, दूना टपरी गाँस्ने पातको मूठो, सिन्का, माछा, सिद्रा, मर्चा, सेलरोटी सहित तिर्ने चलन छ । पेरूङ्गो बाँसको चोयाले बनेको हुन्छ । यी सामानहरू विवाहको अघिल्लो दिन नै बेहुलीको घर ल्याइन्छ । यसलाई ढक बोक्नु भनिन्छ । विवाहको तिथिमिति, र रीत बुझाउने दिनमा नै तोकिएको हुन्छ । रित बुझाउने दिन मावलीका लागि छुट्टै एक बोलत रक्सी, एउटा चल्ला अथवा भाले र सम्पूर्ण चीज बिज राखिन्छ ।

विवाहको दिन बेहुली पनि बेहुलासँगै बेहुली घर आउने चलन छ । यसलाई सिंदरको धर्को र जन्तीको लर्को भनिन्छ । बेहुला र बेहुलीलाई परम्परागत लुगामा सिंगारिन्छ । बेहुलाले दौरा सुरूवाल, फेटा, पछ्यौरा लगाउने र तरवार भिर्ने चलन छ । बेहुलीले साडी, चौबन्दी चोलो, मजेत्रो, र सेतो÷रातो मिलाएर घुम्टो, चुरा, पोते, आदि लगाइएको हुन्छ । भए घोडामा नभए हिँडेरै जन्ति जाने चलन छ । जन्तिसँग नौमती बाजा बजाइन्छ । नौमती बाजामा नरसिङ्गा दुईवटा, सहनाइ दुईवटा, दमाहा, बाउँतल, ढोलक, झ्याम्टा र ट्याम्को पर्दछन् । यी बाजा दमाइ जातिका मानिसले मात्र बजाउने चलन छ । नर्सिङ्गा फुकेका बेला गच्छे अनुसारको नाल बन्दुक पड्काइन्छ । देउरालीमा धजापताका चढाइन्छ । जन्तिले बन्दुक लगेको भए, घर पक्षकाले पनि बन्दुक लिएर बाटो छेक्ने चलन छ र बेहुलाबाट पैसा डाँड्ने चलन छ । जन्ति बेहुली घर पुग्ने बेलामा भत्खौरो पठाउने चलन छ । भत्खउरो बेहुलाको आगमनको सूचना हो । भत्खउरोको कुरा गर्दा यो बढा रमाइलो विधि पनि छ । जब भत्खउरो बेहुली घर पुग्दछन् नाना भाँतीका मालाहरू लगाइदिने चलन छ । कसैलाई पातको, कसैलाई जुत्ताको, कसैलाई फलफूल र सागपातको लगाइन्छ । कसैकसैलाई त खोर्सानीको धुवाँ पनि लगाइदिने चलन छ । कसैकसैलाई भत्खौरो बसाउने गुन्द्री अथवा पिरामुनि तोरी विछ्याएर बस्ता लड्ने बनाइदिने चलन छ । जे गर्दा ठट्टयौली र मजाकिलो क्षण हुन्छ, त्यसै गरिन्छ । जन्ति बेहुली घर पुगे पछि जन्ति पर्छने चलन छ । त्यसपछि सोझै बेहुला बेहुलीलाई भतेरमा लैजाने चलन छ । भतेरमा एकातिर खसीको र अर्कातिर सुँगुरको परिकार पकाइन्छ । बेहुला बेहुलीलाई जोर भाग दिईने गरिन्छ ।

भतेर सकेर माइती मावली सबै मिलेर टीका लगाइदिने चलन छ । टीका लगाइ सके पछि दूधौली–बिसौली भनेर जुवाइँ छोरीले नै आमालाई दश धारा दूधको भारा काटेको भन्दै सौगात राखेर ढोग्ने चलन छ । टीका लगाएर दूधौली बिसौली गरे पछि विवाह सकिन्छ । कसै कसैले रातै राख्तछन् भने कसैले तुरून्तै बेहुला बेहुली अन्माउँछन् ।


बेहुली घरबाट फर्किँदा बाटामा पर्ने खोला अथवा खोल्सीमा माहुर चढाउने चलन छ । बेहुलाको घर पुगेर चेलीवेटीले ढोकामा कपडाले ढाकेर भाग माग्ने गर्दछन् । जब चेलीहरूले भाग पाउँछन् तबमात्र ढोका छोडिदिन्छन् । त्यसपछि बेहुलीलाई अघि लगाएर बेहुलो भित्र पस्तछन् । यसलाई बेहुली भित्र्याउने भनिन्छ । बेहुली भित्रिएपछि सासु बुहारीले पाथी भर्ने गर्दछन् । यसरी पाथी भर्दा धान भर्ने गरिन्छ । पैसा पनि धानमा राखिएको हुन्छ । त्यो पैसा कसले छिटो भेट्ने भन्ने हुन्छ । जसले भेटे पनि बुहारीलाई नै दिने चलन छ ।

No comments: