Monday, April 30, 2012

संयमता, सदासयता आजको मूल खाँचो हो ।

राष्ट्र राष्ट्रबीचको आपसी सम्बन्ध जतिसुकै बिगि्रए पनि जातीय गालीगलौज गर्ने जस्तो अति गम्भीर भूल प्रायः अहिले विश्वमा कतै हुने गरेको छैन । तर दुर्भाग्यको कुरा जुन कुकार्यदेखि सारा विश्व सचेत छ, त्यही दुष्कर्म यस देशमा जथाभावी भइराखेको छ । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तर हाम्रा देशका कतिपय नेता तथा ठालूहरू भने जातीय गालीगलौज गरेर सोझासाझाको भावनामा चोट पुर्‍याउनमै मस्त छन् । यस्तो टीकाटिप्पणीले कसैलाई पनि फाइदा पुर्‍याइरहेको छैन ।

नेपाल विश्वमा त्यस्तो एक मात्र राष्ट्र हो जहाँ एक सय तीनभन्दा बढी जाति मिलेर बस्दै आएका छन् तर कतिपय राष्ट्रविरोधी तत्वलाई हामीबीचको यो मिलाप मन परेको छैन । यसैले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा हामीबीच फाटो ल्याउन यस्ता तत्व हरसम्भव प्रयास गरिराखेका छन् । कसैलाई थचारेर अनि कसैलाई उचालेरै भए पनि फुट ल्याउन सकिन्छ कि भनेर भरमग्दुर प्रयत्न गरिराखेका छन् । जुन दुष्प्रयासलाई सबै मिलेर परास्त गर्नु आवश्यक छ । अन्यथा देश ठूलो सङ्कटमा पर्नेछ ।

संविधान निर्माणको क्रममा राज्य पुनः संरचना र राज्य शक्तिको बाँडफाँट बारे अहिले व्यापक रूपमा बहस चलिरहेको छ । देश सङ्घीयतामा जाने नै निधो गरिसकेपछि यस किसिमको गम्भीर चिन्तन आवश्यक होइन । अनिवार्य नै थियो । जुन खाँचोलाई मनन गरी अघि बढ्नुलाई अति उचित हो भन्दा फरक पर्दैन । हाम्रो देश बहुजातीय, बहुभाषीय तथा बहुसांस्कृतिक खानी भएको मुलुक हो । यस राष्ट्रको मूल आकर्षण पनि यही हो । यसलाई युगौंयुगौंसम्म बचाइराख्ने हो भने हामी मिलेर सँगसँगै अघि बढ्नुको विकल्प छैन । एक जातिले अर्को जातिलाई अपमान गर्ने वा पछाडि पार्ने कुचेष्टाले अगाडि कोही पनि पुग्दैन बरु राष्ट्र नै बाँकी नरहन सक्छ । यसप्रति सबै सचेत हुन जरुरी छ । सङ्घीयतामा जनता नै सम्प्रभु हुने भएकाले शक्ति तथा अधिकार बाँडफाँट निष्पक्ष रूपमा हुनुपर्दछ । यस कार्यलाई समानताको आधारमा पूरा गरिएन भने राष्ट्रलाई लिनुको सट्टा दिनुको अवस्था आउने निश्चित छ ।

अहिले अग्राधिकारको कुराले व्यापकता पाएको छ । सयौँ वर्षदेखि केन्द्रीकृत एकात्मक शासन व्यवस्था भएको मुलुकमा उपेक्षित जातजाति तथा समूहबाट यस्तो माग उठ्नु अस्वाभाविक होइन । उपेक्षित तथा बहिष्कृत समूहको भावनालाई पूरै पन्छाउनु उचित होइन तर अग्राधिकारका नाममा कुनै निश्चित जातजातिले मात्र सम्बन्धित राज्यमा राजनीतिक अधिकारको उपभोग गर्न पाउने जस्ता विभेदपूर्ण कानुन कसैका लागि पनि स्वीकार्य हुनसक्दैन । एकातिर हामी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेका छौँ अर्कोतिर त्यही असमानपूर्ण राजनीतिक कानुन लाद्न खोजिन्छ भने यो कसैका लागि पनि मान्य हुने देखिन्न । एक्काइसौं शताब्दीमा राज्यमा बस्ने निश्चित जातिले मात्र त्यस राज्यको मुख्यमन्त्री वा प्रमुख भएर शासन गर्न पाउने भन्ने जस्ता विभेदपूर्ण कानुन बन्छ भने त्यो लोकतान्त्रिक युगमा कसरी स्वीकार्य हुन सक्छ <

अग्राधिकारका नाममा हामी फेरि सयौँ वर्ष पहिलेकै स्थितिमा फर्किने  फेरि हामी राजारजौटाका बेलाको जस्तो राज्यसत्तामा ती तथा तिनैका परिवारको मात्र हालिमुहाली हुने परिस्थितिमा बाँच्न थाल्ने < अहिलेको स्थितिमा यस्तो विभेदपूर्ण नियमकानुन कसैका लागि पनि स्वीकार्य हुन सक्दैन । विगतमा पछाडि परेका वा विभिन्न कारणले माथि उठ्न नसकेकालाई समावेशीका आधारमा अघि बढाउनुपर्दछ । तर यसो गर्दा कुनै पनि जातजाति वा समुदायको हक, अधिकार खोसिनु हुँदैन । त्यसो भएमा संविधान बनेको सेकेन्डमै व्यापक विरोध हुनसक्छ । २०४७ सालमा दरबारले जारी गरेको संविधानझैँ तुरुन्त च्यातिन सक्छ र यसो गर्दा राज्यले कुनै कारबाही गर्न सक्दैन । प्रजातन्त्रमा सबैलाई विरोध गर्ने अधिकार छ । चित्त नबुझेको कुरालाई सडकमा वा अन्य ठाउँमा गएर पाखुरा सुर्काउन पाउने छुट प्रजातन्त्र आएको मुलुकमा नभए कहाँ हुन्छ <

यत्तिका धेरै जातजाति सँगसँगै मिलेर बसेको देशमा जातीय कलह त्यहाँबाट सुरु हुनसक्छ, जब कुनै जातजातिले राज्यले आफूमाथि अन्याय गरेको महसुस गर्दछ । यदि सबै जातजातिलाई सम्बन्धित राज्यमा राजनीतिक लगायत सम्पूर्ण अधिकार समान रूपमा वितरण गर्ने हो भने त्यस स्थितिमा कुनै समस्या सिर्जना हुनेछैन । एउटा दलित, मधेसी, नेवार, किराँत, बाहुन, क्षेत्री तथा कुनै पनि जातजातिले आˆना राज्यमा मुख्यमन्त्री बन्ने वा सत्ताको नेतृत्व गर्ने अधिकार समान रूपमा पाउनुपर्दछ । योग्यता, क्षमता वा प्रतिस्पर्धा आधारमा कोही नम्बर एक सावित हुन्छ भने उसले अवश्य कुनै पनि अवसर समान रूपमा पाउनुपर्दछ । अग्राधिकार भन्दैमा सम्बन्धित राज्यमा बस्ने निश्चित जातजातिलाई मात्र सत्ताको नेतृत्व गर्न पाउने अधिकार सुनिश्चित गरिन्छ भने त्यसबेला बाँकी चुप लागेर बस्लान् < यस बारे अहिले नै गम्भीर भएर सोच्नु उचित हुन्छ ।

संयमता, सदासयता आजको मूल खाँचो हो । समयमै संविधान निर्माण यस बिना सम्भव छैन । तर कतिपय जिम्मेवार व्यक्तिसमेत जात विशेषविरुद्ध अति उग्र टीकाटिप्पणी गरिरहेका छन् । प्रजातन्त्रमा सबै नागरिकको अधिकार समान हुनुपर्दछ । यसमा रौं बराबर पनि तलमाथि भयो भने सहेर बस्नेबाला कोही छैन । जातीय आधारमै आफू राज्यबाट घाटामा परेको आभास कसैमा आउन दिनुहुन्न । यसका लागि संविधान निर्माणमा लागेकाहरू निष्पक्ष, विवेकशील तथा धैर्यवान् हुनुपर्दछ । नत्र यसैका कारण राष्ट्रको अस्तित्व खतरामा पर्न सक्छ । आˆm\नो जातिको हकहितबारे सोच्दा अन्य जातजातिको अधिकारप्रति पनि शतप्रतिशत पक्ष लिएर काम गर्नु संविधान निर्माणकर्ताका लागि अनिवार्य छ ।

यथार्थप्रति दृष्टि दिने हो भने शोषण प्रत्येक जातजातिमा छ । निर्धालाई बलियोले तथा गरिबलाई धनीले पेल्ने काम हाम्रो सामन्ती समाजमा अझै विद्यमान छ । क्षेत्री, बाहुन, मधेसी, दलित, किराँत मात्र होइन यस देशका कुनै पनि जातजाति अगामी संविधानमा समानरूपमा अधिकारसम्पन्न हुनुपर्दछ । यसमा छ - देश, प्रजातन्त्र तथा तीन करोड नेपाली जनताको कल्याण । यसैले संविधान निर्माणकर्ताहरूले संविधान बनाउँदा हलुका रूपमा लिने मुख्र्याइँ कसैबाट पनि नहोस् । अति शान्त, सुखी, सम्पन्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रजातान्त्रिक लक्ष्य अनि मात्र पूर्ण साकार हुनेछ ।

मगर जाति परिचय र ईतिहास

नेपालको पुर्व देखी पच्छिम ७५ जिल्लामा बसोबास रहेको मगर जाती जनसख्याको हिसाबले तस्रो ठुलो जाती हो र आदिबासी जनजातिको हिसाब मा प्रथम श्रेणीमा पर्ने नेपालको प्रमुख राष्ट्रिय जाति हो। २०५८ सालको जनगणना अनुसार मगर को जनसख्या १६२२४२१ रहेको थियो जस अनुसार नेपालको कुल जनसख्याको ७.१४% हुन आउदछ। नेपाल को खास गरी पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान तिर बसोबास गरेको पाईन्छ । यस बाहेक अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप,म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर लगायत देशको सम्पुर्ण भागमा धेरै थोरै छरिएर रहेका छन।यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएकाथिए, ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसित काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।


केही इतिहासकारहरुले मगर जाति को उत्पत्ति मध्य भारततिर भएको पनि जनाएका छन् । यस भनाइमा त्यस्तो खास कुनै आधार छैन । उनीहरुको भनाइमा वास्तविकता भन्दा कल्पना र राजनीतिका कुराहरु बढी देखिन्छ । जुन सही होइन ।

माथि उल्लेख  गरिएको शारीरिक बनौट, भाषा र संस्कृति का आधारमा मगरहरुको उत्पत्ति उत्तर चीन तिब्बततिर हुनु पर्दछ  भनेर ठोकुवा गर्न सकिने अवस्था हुदाहुदै पनि 'चितौरे', सूर्यवंशी' जस्ता मगरका उपथरहरुले  मात्र उनीहरुको उत्पत्ति भारततिर नै भएको हुनुपर्दछ भन्ने जिकिर गर्नु भनेको कुरो राम्ररी बुझ्न नसक्नु हो। भारतको चित्तौडबाट कुनै सूर्यवंशी मानिस आइ यहाका मगर चेलीबेटीलाई विवाह गरेर जन्मिएको कुनै सन्तानले हिन्दुकृत पितृसत्तात्मक व्यवस्थामा बाबुको जातबाट 'चित्तौरे वा सूर्यवंशी' भनिनु  वा लेखिनुले  सम्पूर्ण मगर जातिको उत्पत्ति चित्तौडतिर भएको भन्ने मान्न सकिदैन ।

सब भन्दा पहिलो 'मगर' कहाँ जन्मे होलान ? यस प्रश्नले मगर जतिको उत्पत्तिको कुराको उठान गर्दछ । मगरहरुले कसरी आफुलाई मगर भन्ने नामाकरण गरे होलान वा यो 'मगर' भन्ने नाम कसले दिए होलान ? 'मगर' भन्नाले 'मगर जाति' विशेष  मात्र बुझिन्थ्यो वा कुनै 'राष्ट्र' पनि बुझिन्थ्यो ? भन्ने प्रश्नहरु पनि उत्तिकै गम्भीर छन् । यी प्रश्नहरुको सजिलो उत्तर हामीसंग छैन । 

कुनै जाति विशेषको उत्पत्तिको विषयमा कुरा चल्दा तीनवटा कुराहरुमाथि ध्यान दिनु  आवस्यक हुन्छ । ति हुन :

१) शारीरिक बनौट,
२) भाषा र,
३) संस्कृति

यी तीन कुराहरुबाट कुनै पनि जातजातिको उत्पत्ति र इतिहासका बारेमा धेरथोर जानकारी पाउन सकिन्छ ।मगर जातिको उत्पत्तिका सम्बन्धमा उल्लेख गरिएका तीन कुराहरुमाथि ध्यान दिंदा के कुरा छर्लंग हुन्छ भने यो जतिको उत्पत्ति चीन, तिब्बत र मंगोलियाका मानिसहरुको उत्पत्ति संग मेल खान्छ । अर्थात् मगरहरुको उत्पत्ति हालको तिब्बततिर हज्जारौ वर्ष पहिले भएको हुनु पर्छ ।

मानव जातिको उत्पत्ति बारे धेरै अध्यन अनुसन्धान भएका छन् र आज पनि हुदैछन् । तर, ठोस् कुरा हालसम्म प्रकाशमा आउन सकेको छैन । हिमाली प्रदेशका मगरहरुको उत्पत्तिको विषयमा पनि हालसम्म एकमत हुन सकेको  छैन । कसैले आजका मगरहरु प्राचीन भारतको 'मगध' राज्यका बासिन्दा हुन भनेका छन । उनीहरुको अनुसार आजभन्दा २६००/२५०० वर्ष अघिको मगध राज्यका बासिन्दा 'मगध' हरु आजको पश्चिम बंगाल वा  दक्षिण विहारबाट क्रमश: नेपालको पहाडतिर पसेका हुन । उनीहरुले 'मगध र मगर' शव्दमा सामीप्यता देखेका छन् । यसै गरी "भारतखंड और नेपाल" भन्ने  पुस्तकमा मगरहरु भारतको मगधबाट  नेपाल प्रवेश गरेकाले यिनीहरु मगधबाट  मगर भएका हुन भन्ने तर्क पनि अघि सारिएको  छ । यी दुई शव्द वीच ध्वनि समानता भएता पनि मगध शव्द भोटवर्मेली  भाषामा कुनै खास अर्थ भेटिएको छैन| 'मगध' शव्दले मात्र मगरहरुलाई प्राचीन  मगध राज्यका वासिन्दा थिए भन्ने प्रमाणित गर्दैन ।
***
केही इतिहासकारहरुले मगर जाति को उत्पत्ति मध्य भारततिर भएको पनि जनाएका छन्  । यस भनाइमा त्यस्तो खास कुनै आधार छैन । उनीहरुको भनाइमा वास्तविकता भन्दा कल्पना र राजनीतिका कुराहरु बढी देखिन्छ ,जुन सही होइन । माथि उल्लेख  गरिएको शारीरिक बनौट, भाषा र संस्कृति का आधारमा मगरहरुको उत्पत्ति उत्तर चीन तिब्बततिर हुनु पर्दछ  भनेर ठोकुवा गर्न सकिने अवस्था हुदाहुदै पनि 'चितौरे', सूर्यवंशी' जस्ता मगरका उपथरहरुले  मात्र उनीहरुको उत्पत्ति भारततिर नै भएको हुनुपर्दछ भन्ने जिकिर गर्नु भनेको कुरो राम्ररी बुझ्न नसक्नु हो । भारतको चित्तौडबाट कुनै सूर्यवंशी मानिस आइ यहाका मगर चेलीबेटीलाई विवाह गरेर जन्मिएको कुनै सन्तानले हिन्दुकृत पितृसत्तात्मक  व्यवस्थामा बाबुको जातबाट 'चित्तौरे वा सूर्यवंशी' भनिनु  वा लेखिनुले  सम्पूर्ण मगर जातिको उत्पत्ति चित्तौडतिर भएको भन्ने मान्न सकिदैन ।

यसैगरी 'मर्कट' शव्दबाट  'मगर' हुन आएको भन्ने पनि उल्लेख गरिएको पाइएको छ । यसमा पनि कुनै अधार छैन । मगरहरुले पूजा गर्ने चण्डी देवीलाई सुँगुरको वली दिइदा  कान्छो भाइले 'म गर्छु" भनेकाले 'मगर' भएको भन्ने भनाइमा पनि कुनै वैज्ञानिक आधार छैन | जेठो भाइ ठकुरी भएकोमा महिलो र संहिलो भाइहरु को के भए वा थिए सोको कुनै उल्लेख नहुनु; मगरको वंशावली "ठकुरीका गाउँमा पसे पत्ता लाग्ने" भन्ने अत्यन्त हचुवा   र गलत कुरा लेखी मगरहरुलाई होच्याउनमा मज्जा मान्ने जमातको जाति निन्दा गरे पनि थोरै नै हुन्छ । यस्ता बेठीक कुरा लेखिंदा मगरहरुको आत्मसम्मानमा चोट पुग्नु स्वभाभिकै हो । सुँगुर काट्ने कामलाई नराम्रो मानी ४ भाइ मद्धे कान्छोले "म काट्छु" अर्थात् "म गर्छु" भनेकाले उनैबाट मगर जातिको उत्पत्ति भएको मान्ने कुरामा झन् कत्ति पनि गतिलो आधार  छैन । त्यसैले यी सब हल्का कुराहरु हुन र यस्ता कुराहरुलाई विश्वास गर्नु हुदैन ।

[हाल पश्चिम क्षेत्रका मगरहरु मध्य बुढा मगरहरु भने उत्तरी तिब्बत, मंगोलिया अथवा रुसको साइबेरियाबाट  आएका हुनसक्ने अनुमान पनि गरिएको छ | यसमा मूलत:यी बुढा मगरहरुको संस्कृति खास गरिकन जटील झांक्रिवादी  संस्कार र शारीरिक बनावटको विश्लेषण गर्दै विद्वानहरुले उनीहरुलाई त्यस  क्षेत्रको सबभन्दा पुरानो उत्त्पतिका मगरहरु मानेका छन्  भने घर्ती, पुन र रोका मगरहरुको सवालमा भने यस्तो खास कुनै कुरा उल्लेख गरिएको छैन । मूलत: डोल्पाका काइके भाषी  मगरहरु लगायत घर्ती र पुन  मगरहरु त्यही नै उत्पत्ति भएको कुरामा विश्वास राख्दछन् ।

मंगोल भाषामा 'मंग' को अर्थ मंगोलियाका 'अर वा आउरी' भनेको 'छोरा वा छोरी' हुन्छ ।मंगोलहरुको सन्तति नै मगर हुन भन्ने भनाइलाई यसले बल दिन्छ । यसकुरामा केही सत्यता  भेटिन्छ । जोहन हिच्ककले मगरहरु हालको मंगोलियातिरबाट  प्राचिनकालमा नै मगराँत क्षेत्रमा प्रवेश गरेका हुन भनेका छन् । अन्य इतिहासकारहरु : ह्यामिल्टन र पर्सिभाल  लेन्दन्ले मगर जातिको उत्पत्ति उत्तर तिब्बततिर भएको भनेका छन् ।अर्का इतिहासकार ब्रयान हग्सनले  नेपालका तमाम हिमाली जातिहरु मगर, गुरुङ, तामांग, शेर्पा लगायत खास छेत्रीहरु र स्वयं  हालका राजा महाराजाहरुको उत्पत्ति भारततिर नभएर  नेपालमानै भएको मानेका छन् । यसमा थप अर्का जापानी विद्वान जिरो कवाकिताले  मगरहरु हिन्दुहरुको सम्पर्कमा परेर पछि हिन्दु बनेका हुन भन्ने उल्लेख गरेका छन् । अर्का कर्नेल इदन भ्याँसितार्टले भारतबाट धपाइएका  कुमाई ब्राह्मणहरुले  मगर चेलीबेटी विवाह गरेर उनीहरुबाट जन्मेका सन्ततिहरु पछि छेत्री वा खस बनेका हुन भन्ने दाबी गरेका छन् । डोर् बहादुर बिष्टले पनि मगरहरुको मूल उत्तरतिर नै हो भनेका छन् ।

अर्को भनाइ अनुसार आजको हंगेरीका 'मग्यारहरु' र नेपालका मगरहरु विच पनि समानता छ । ती मग्यारहरु र मंगोलहरु विच पनि वंशाणुगत  समान गुणहरु भेटिनछन् । नेपालका मगर र हंगेरीका मग्यार बीच दाइभाइको सम्बन्ध छ कि भन्ने अनुमान पनि गरिएको छ | हंगेरीका मग्यारहरु आफ्नो पुर्खा मध्य एशिया हुदै हंगेरी पुगेका कुरामा विश्वास राख्दछन् । आफ्ना   पुर्खाको खोजीमा सान १८४२ मा    हंगेरीका अनुसन्धाता सिकन्दर चोमा दी  कोरस ल्हासा हुदै मंगोलिया जाने सिलसिलामा उनको बाटो  (दार्जीलिंग) मा नै मृत्यू   भयो ।उनले नेपालका मगर र हंगेरीका मगर बीच दाइभाइको सम्बन्ध हुनु पर्दछ भन्ने मानेका थिय तर केही विद्वानहरु यस कुरा मा विश्वास राख्दैनन् ।

नेपालका पश्चिम सीमानामा पर्ने महाकाली नदी भन्दा पश्चिम र भारतको पश्चिम बंग भन्दा उत्तरबाट झरेको चंद्रभंग नदीदेखि उत्तर पूर्वको भू-भाग अर्त्त्हत महाकाली नदी र चन्द्र भंग नदीको वीचको उपत्त्यका लाई 'महर उपत्यका " भनिन्छ । भू-मध्य सागरबाट दक्षिण पुर्व हुदै 'महरहरु  " त्यहाँ आइ बसेकाले सो उपत्त्यकको नाउँ 'महर उपत्यका ' रहन गएको र त्यहा बसोबास गर्ने महर जातिका नाउँ बाट आजको 'मगर'जातिको नाम रहन गएको भन्ने कुरा तर्कसंगत नै देखिए पनि यसमा पनि गम्भीर अध्यनको आवश्यकता छ ।

नेपालका पश्चिम सीमानामा पर्ने महाकाली नदी भन्दा पश्चिम र भारतको पश्चिम बंग भन्दा उत्तरबाट झरेको चंद्रभंग नदीदेखि उत्तर पूर्वको भू-भाग अन्तर्गत महाकाली नदी र चन्द्र भंग नदीको वीचको उपत्त्यका लाई 'महर उपत्यका " भनिन्छ । भू-मध्य सागरबाट दक्षिण पुर्व हुदै 'महरहरु " त्यहाँ आइ बसेकाले सो उपत्त्यकको नाउँ 'महर उपत्त्यका ' रहन गएको र त्यहा बसोबास गर्ने महर जातिका नाउँ बाट आजको 'मगर'जातिको नाम रहन गएको भन्ने कुरा तर्कसंगत नै देखिए पनि यसमा पनि गम्भीर अध्यनको आवश्यकता छ ।

जुम्लेली राजा पुण्य मल्ल को सम्बत १२५८ को कनकपत्र ( सुनको पत्र) मा उल्लेख भएअनुसार हालको गण्डकी प्रदेश वा मगराँतलाई  महार्लोक भनिन्थ्यो  र त्यसमा 'महाराजाजीको महर, महतो, मगर राजाहरु' को उल्लेख भएबाट महरबाट  नै मगर भएको कुरा सही हो भन्ने भनाइमाथि विचार गर्दा पनि भाषागत  समस्या स्पष्ट देखिन आउछ । महर हरु भू-मध्य सागरबाट दक्षिण पुर्व दिशा हुदै हालको मगराँत क्षेत्रमा आएपछि उनीहरको भाषा मा पश्चिमी प्रभाव अर्थात् भारोपेली भाषाको प्रभाव परेको हुनुपर्थ्यो । तर, मगर भाषा भोत्बर्मेली हाँगाको पुर्व वर्मातिर सम्मको भएबाट त्यसमा अझ थप अध्यन हुनु आवश्यक छ ।
भोट-वर्मेली भाषा बोल्ने अत्यन्त प्राचीन मगरहरु उत्तर र पूर्वबाट नेपाल प्रवेश गरेका हुन । मगरहरु मंगोलियातिरबाट  यता आएका हुन पनि भनिन्छ । मगराँत क्षेत्रमा मगरहरुको आफ्नो राजपाठ थियो । पाल्पाका राजा मुकुन्द सेनलाई  पनि मगर भनिएको छ । मुकुन्द सेन  बडा प्रतापी राजा भए ।  पाल्पा राज्यको विस्तार पूर्वमा विजयपुर धरानसम्म पुगेको थियो । काठमान्डौ उपत्यका अर्थात् त्यो बेलाको नेपाल राज्य पनि केही समय पाल्पाको अधिनमा रहेको देखिन्छ ।
हाल पश्चिम क्षेत्रका मगरहरु मध्य बुढा मगरहरु भने उत्तरी तिब्बत, मंगोलिया अथवा रुसको साइबेरियाबाट  आएका हुनसक्ने अनुमान पनि गरिएको छ । यसमा मूलत:यी बुढा मगरहरुको संस्कृति खास गरिकन जटील झांक्रिवादी  संस्कार र शारीरिक बनावटको विश्लेषण गर्दै विद्वानहरुले उनीहरुलाई त्यस  क्षेत्रको सबभन्दा पुरानो उत्त्पतिका मगरहरु मानेका छन्  भने घर्ती, पुन र रोका मगरहरुको सवालमा भने यस्तो खास कुनै कुरा उल्लेख गरिएको छैन । मूलत: डोल्पाका काइके भाषी  मगरहरु लगायत घर्ती र पुन  मगरहरु त्यही नै उत्पत्ति भएको कुरामा विश्वास राख्दछन् ।

मगर जाति र सांस्कृतिक पक्ष


नेपाली समुदाय यस दृष्टिकोणमा धेरै समृद्धशाली छ । कुनै पनि समुदायभित्र यस्तो विविधता पाइनु गौरवशाली हुन्छ । “मगर” त्यही विविध जनजातिभित्रको एक जाति हो । यस जातिको आफ्नै भाषा, भूषा र सांस्कृतिक पक्ष छ । त्यसैले यो जाति आफैंमा समृद्ध छ । सम्पूर्ण मगर जाति खाम परिवारभित्रै पर्दछन् ।

मगर जाति मझौले कदका, डोलो अनुहार भएका, कालो कपाल भएका, दह्रिलो बनोटका हुन्छन् । उनीहरू शान्त, मिजासिला, दयालु, सोझा, बहादुर र साँचो मनका हुन्छन् । मगर जातिमा विविध थर हुन्छन् । सारू, समाल, लायो, पुलामी, माप्छान्, रैका, फेवाली, खपाङ्गी, दर्लामी, आले, बुढाथोकी, राना, थापा, पून, आदि थरहरू मगर जातिमा पाइन्छन् । भनिएको छ मगर जातिमा ७०० थर छन् । परम्परागत मगर जातिको नाच सोरठी, घान्टु, झ्याउरे, दोहोरी, रोदी, काउरा चुट्का, सलैजो, आदि हो । मगर जातिको धर्म उद्गमताको हिसाबले प्राकृतिक धर्म हो । घाम, पानी, पितृ पूजा, नाग नागेनी, सिमे भूमे, भूत, प्रेत, आगो, आदिको पूजा गर्ने चलन प्राकृतिक धर्ममा पर्दछ । पछि आएर, उत्तर नेपालका मगरहरूले बौद्ध धर्मावलम्वीसँगको तारतम्यतामा बौद्ध धर्म अवलम्बन गरेको र दक्षिण भेगका मगरहरू संस्कृतिकरण भई हिन्दू धर्म मान्न थालेको इतिहास पाइन्छ । त्यसो त परिवर्तित समयसँगै ईसाइ धर्म, मानव धर्म, आदि मान्ने मगरहरू पाइन्छन् ।

मगर जातिको परम्परागत व्यवसाय कृषि हो । गाइपालन, सिकर्मी–डकर्मी, शिकार र माछा मार्ने व्यवसाय पनि मगर जातिले गर्ने गर्दछन् । त्यसो त शिक्षाको विकाससँगै डाक्टर, इन्जिनियर, सरकारी जागिर, शिक्षण, सेना, राजनीति, पत्रकारिता र विकासका कार्यक्रमहरूमा प्रशस्तै छन् । यो जातिका मानिसहरू विशेषतः परिवारका सदस्यहरू एकै घरमा बस्ने गर्दछन् । तर विवाह पछि, कतिपय छुट्टिएर आफैं गरि खाने पनि प्रशस्तै हुन्छन् । अन्य जातिको भन्दा यस जातिमा पाइने पृथकता भनेको मामा–भान्जाको सम्बन्ध हो । भान्जालाई यस जातिमा छोरी दिने चलन छ । त्यसैले यस जातिमा मामा चेली, फूपु चेलाको लहरो अधिक बलियो हुन्छ । यस जातिमा जुवाइँलाई “भान्जा” भन्ने चलन छ किन भने आफ्ना छोरीहरूको पहिलो हकदार भनेको नै भान्जो हो । भान्जाले विवाह नगरेर अथवा अन्यसँग मन परापर गरेर चोरी विवाह गर्ने पनि चलन छ । मगर जातिको जन्मदेखि मृत्यु पर्यान्तका विविध सांस्कृतिक पक्षका बारेमा आज चर्चा गर्ने आजको लक्ष्य छ ।

कुनै पनि मगर परिवारमा बच्चा जन्मेको क्षणलाई उल्लासताका रूपमा लिइन्छ । बच्चा जन्मिएको समयलाई सूतक भनिन्छ । सूतक ३ दिनदेखि ७ सम्मको रहन्छ । कसै कसैले ११ दिनसम्म पनि लम्ब्याउँछन् । बच्चा जन्मेको ६ दिनमा छैटी गरिन्छ । यसलाई छैटौं, छैटुङ अथवा छैटौँ पनि भनिन्छ । यस दिनमा भाविले बच्चाको भाग्य लेखन कार्य गर्छन् भन्ने विश्वासमा उत्सव मनाउने काम गरिएको भनिन्छ । यस दिन विभिन्न नाचगान गरेर रातभर जागै बस्तछन् ।

रातभर नाच्ने गाउनेलाई बिहान भए पछि नाङलामा चामल, पैसा, खानेकुरा, रक्सी आदि राखिदिने चलन छ । ३ दिन अथवा ७ दिन अथवा ११ दिनमा उक्त बच्चाको नाम राख्ने गरिन्छ । यसलाई न्वारान भनिन्छ । न्वारानका दिन, भान्जा अथवा जुवाइँले लोहोटामा गहुँत, फूल, चामल र रूपियाँ पैसा हालेर मानिल्याएका पूरोहित अथवा पण्डितका घर जान्छन् । पूरोहित अथवा पण्डितले गायत्री मन्त्रले उक्त गहुँत मन्त्रिने काम गर्दछन् । बच्चा जन्मिएको समय सोधेर, तिथि, नक्षत्र पहिल्याइ, नाम जुराउने काम पनि गर्दछन् । यसरी पूरोहित अथवा पण्डितले मन्त्रिएको गहुँत लगेर सूतक लागेको घरमा छर्किएर चोख्याउने गर्दछन् । न्वारान्का दिन घर रातो माटो र गोबरले लिप पोत गरी चोख्याएको हुन्छ । आँगन, सिकुवा सबै बडारकुँडार गरिएको हुन्छ । घरमा गहुँत छर्किए पछि, सम्पूर्ण सूतक लागेका सन्तानलाई पनि खान दिइन्छ । नयाँ जन्मिएको बच्चालाई आँगनमा गोबरको कुण्ड बनाइ दूधको अर्घ दिई, त्यस कुण्डमा कुल्चाइन्छ । यसलाई सूर्यको दर्शन गराएको भनिन्छ । न्वारान्मा चेलीबेटी, कूलकुटुम्ब, नातागोता, इष्टमित्र र छरछिमेकीहरूलाई निमन्त्रणा गरिएको हुन्छ । न्वारानमा आउँदा निम्तारूले चामल, पैसा, सक्नेले कुखुरा, जाँड, रक्सी, आदि ल्याउने गर्दछन् । समयको परिवर्तनसँगै आज भोलि बच्चालाई खेलाउने सामान, लुगा फाटा पनि दिइन्छ । चलन अनुसार सुत्केरीले महिना दिनमा मात्र पानी छुने गर्दछन् । यो कडी नै चाहिँ होइन, आवश्यकता अनुसार अगाडिनै पनि पानी छुन भने सक्तछन् ।

बच्चा ६ महिनाको भएपछि भात खुवाउने चलन छ । यसलाई पास्नी अथवा “ज्याट् खुलाइ” भनिन्छ । यस दिन बच्चालाई सून पानीमा नुहाएर नयाँ लुगा लगाइ दिने गरिन्छ । त्यसपछि चाँदिका सिक्काले भात खुवाउने चलन छ । कसैकसैले कुथुर्का नामको चराको टाउकाले पनि भात खुवाउने गर्दछन् । यसरी भात खुवाउने काम सबै भन्दा पाको उमेर भएका बाट सुरू गरिन्छ । भात खुवाए पछि पनि पाको उमेर भएकाले बच्चा र दाल चामलको पोको पिठिउँमा बोकी, जोर लौरो टेकेर “परदेश डुलाएको” भन्दै घर डुलाउने चलन छ । यसो गर्नाले बच्चाको आयु लामो हुन्छ भन्ने मान्यता छ । यसरी डुलेर आए पछि दूध अथवा दहीको सगुन खुवाउने चलन छ । बेलुकी भए पछि परदेशका लागि भनेर पोकामा राखि दिउँसो बच्चासँगै बोकीएको दाल चामलको खिच्चडी पकाएर बच्चालाई खुवाउने गरिन्छ । कतिपय घरमा पास्नीको दिनमा पनि नाचगान गरेर खुबै रमाइलो गर्दछन् ।

Voice 3.....................

परिवारमा जन्मिएको बच्चा छोरा भए ३ देखि ५ वर्षभित्रमा कपाल काटिदिने चलन छ । दोस्रो सन्तान छोरी भए ३ अथवा ४ वर्षमा पनि काट्न मिल्छ तर दोस्रो सन्तान छोरा भए, पहिलोको कपाल काट्न ५ वर्षको भइन्जेल पर्खनै पर्दछ । कपाल काट्दा “आमा कि मामाले” भन्ने चलन छ । आमाले काटिदिने भए झुक्याएर अथवा चोरेर काटिदिनु पर्दछ भने मामाले काटिदिंदा विधिवतरूपमा काटिदिने चलन छ । पहिलो चोटी केस काट्ने विधिलाई छेवर भनिन्छ । छेवरको केस काट्दा दाम्लाले घाँटीमा बाँधी कपाल काटिदिने चलन छ । कपाल काट्दा टुप्पी राखेर काट्ने गरिन्छ । कपाल काटि सकेपछि मामाले भान्जालाई टोपी लगाइदिने गर्दछन् । यस दिनलाई पनि उत्सवका रूपमा नै मनाइन्छ । कसै कसैको घरमा युवा तन्नेरीहरू रातको समयमा नाच गान गरेर खुबै रामाउने गर्दछन् । चेली बेटी, आफन्त, कूल कुटुम्ब, छरछिमेकीलाई गच्छे अनुसार निम्त्याइन्छ । सेलरोटी अथवा बाबरका साथमा मीठो मसिनोको बन्दोबस्त मिलाइएको हुन्छ । सबैलाई खान पान गराइन्छ, गरिन्छ । छोरी जातिको छेवर गरिंदैन । छोरी चेलीलाई शुभ दिन ठह¥याएर गुन्यु चोली र मजेत्रो दिइन्छ ।

छोरा छोरी वयस्क भएपछि विवाहको कुरा आउँछ । विवाह चोरी र मागी गरी दुई किसिमले गरिन्छ । मागी विवाह हिन्दू धर्मको विधि अनुसार नै गरिन्छ । यस बारेमा आगामि प्रकासनमा प्रस्तुत गरिने छ । चोरी विवाहमा विवाह गरिने केटीलाई केटाले भगाएर लगेको हुन्छ । हुन त चोरी भनिए पनि घरायसी सल्लाहबाटै भगाइएको हुन्छ । आर्थिक अवस्था अनुसार चोरी विवाह अथवा मागी विवाहको निर्णय गरिन्छ । खर्च धान्न नसके चोरेर लैजानु भनेर केटीका बाबु आमाले भने पछि केटी राजु गराए पछि मात्र भगाएर लगिन्छ । परम्परागत रूपमा भान्जाले छोरी विवाह गर्ने चलन छ । केटाले आफ्नो घर लगेर सिंदुर पोते गर्दछन् । यसरी सिंदुर पोते गरेको भोलिपल्टै चोरको स्वर फर्काउने चलन छ । यदि भोलिपल्टै नआए केटी पक्षकाले छोरी खोज्ने चलन छ । जब जुवाइँ रीत फर्काउन आउँछ, त्यस समयमा जति ढिलो रीत फर्काइएको छ, त्यति धेरै छोरी खोजेको खर्च आदि भन्दै डाँड्ने चलन छ । यसरी डाँड्दा, चामल, सुँगुर, खसी, कुखुरा, जाँड, रक्सी र पेरूङ्गामा तोरीको साग, दूना टपरी गाँस्ने पातको मूठो, सिन्का, माछा, सिद्रा, मर्चा, सेलरोटी सहित तिर्ने चलन छ । पेरूङ्गो बाँसको चोयाले बनेको हुन्छ । यी सामानहरू विवाहको अघिल्लो दिन नै बेहुलीको घर ल्याइन्छ । यसलाई ढक बोक्नु भनिन्छ । विवाहको तिथिमिति, र रीत बुझाउने दिनमा नै तोकिएको हुन्छ । रित बुझाउने दिन मावलीका लागि छुट्टै एक बोलत रक्सी, एउटा चल्ला अथवा भाले र सम्पूर्ण चीज बिज राखिन्छ ।

विवाहको दिन बेहुली पनि बेहुलासँगै बेहुली घर आउने चलन छ । यसलाई सिंदरको धर्को र जन्तीको लर्को भनिन्छ । बेहुला र बेहुलीलाई परम्परागत लुगामा सिंगारिन्छ । बेहुलाले दौरा सुरूवाल, फेटा, पछ्यौरा लगाउने र तरवार भिर्ने चलन छ । बेहुलीले साडी, चौबन्दी चोलो, मजेत्रो, र सेतो÷रातो मिलाएर घुम्टो, चुरा, पोते, आदि लगाइएको हुन्छ । भए घोडामा नभए हिँडेरै जन्ति जाने चलन छ । जन्तिसँग नौमती बाजा बजाइन्छ । नौमती बाजामा नरसिङ्गा दुईवटा, सहनाइ दुईवटा, दमाहा, बाउँतल, ढोलक, झ्याम्टा र ट्याम्को पर्दछन् । यी बाजा दमाइ जातिका मानिसले मात्र बजाउने चलन छ । नर्सिङ्गा फुकेका बेला गच्छे अनुसारको नाल बन्दुक पड्काइन्छ । देउरालीमा धजापताका चढाइन्छ । जन्तिले बन्दुक लगेको भए, घर पक्षकाले पनि बन्दुक लिएर बाटो छेक्ने चलन छ र बेहुलाबाट पैसा डाँड्ने चलन छ । जन्ति बेहुली घर पुग्ने बेलामा भत्खौरो पठाउने चलन छ । भत्खउरो बेहुलाको आगमनको सूचना हो । भत्खउरोको कुरा गर्दा यो बढा रमाइलो विधि पनि छ । जब भत्खउरो बेहुली घर पुग्दछन् नाना भाँतीका मालाहरू लगाइदिने चलन छ । कसैलाई पातको, कसैलाई जुत्ताको, कसैलाई फलफूल र सागपातको लगाइन्छ । कसैकसैलाई त खोर्सानीको धुवाँ पनि लगाइदिने चलन छ । कसैकसैलाई भत्खौरो बसाउने गुन्द्री अथवा पिरामुनि तोरी विछ्याएर बस्ता लड्ने बनाइदिने चलन छ । जे गर्दा ठट्टयौली र मजाकिलो क्षण हुन्छ, त्यसै गरिन्छ । जन्ति बेहुली घर पुगे पछि जन्ति पर्छने चलन छ । त्यसपछि सोझै बेहुला बेहुलीलाई भतेरमा लैजाने चलन छ । भतेरमा एकातिर खसीको र अर्कातिर सुँगुरको परिकार पकाइन्छ । बेहुला बेहुलीलाई जोर भाग दिईने गरिन्छ ।

भतेर सकेर माइती मावली सबै मिलेर टीका लगाइदिने चलन छ । टीका लगाइ सके पछि दूधौली–बिसौली भनेर जुवाइँ छोरीले नै आमालाई दश धारा दूधको भारा काटेको भन्दै सौगात राखेर ढोग्ने चलन छ । टीका लगाएर दूधौली बिसौली गरे पछि विवाह सकिन्छ । कसै कसैले रातै राख्तछन् भने कसैले तुरून्तै बेहुला बेहुली अन्माउँछन् ।


बेहुली घरबाट फर्किँदा बाटामा पर्ने खोला अथवा खोल्सीमा माहुर चढाउने चलन छ । बेहुलाको घर पुगेर चेलीवेटीले ढोकामा कपडाले ढाकेर भाग माग्ने गर्दछन् । जब चेलीहरूले भाग पाउँछन् तबमात्र ढोका छोडिदिन्छन् । त्यसपछि बेहुलीलाई अघि लगाएर बेहुलो भित्र पस्तछन् । यसलाई बेहुली भित्र्याउने भनिन्छ । बेहुली भित्रिएपछि सासु बुहारीले पाथी भर्ने गर्दछन् । यसरी पाथी भर्दा धान भर्ने गरिन्छ । पैसा पनि धानमा राखिएको हुन्छ । त्यो पैसा कसले छिटो भेट्ने भन्ने हुन्छ । जसले भेटे पनि बुहारीलाई नै दिने चलन छ ।

राउटे जातिको कला संस्कृति, दैनिक व्यवहार, रहनसहन

 राउटे जातिको कला संस्कृति, दैनिक व्यवहार, रहनसहन


लोपोन्मुख, घुमन्ते, आदिवासी जनजातिको रुपमा रहेको राउटे जातिको कला संस्कृति, दैनिक व्यवहार, रहनसहनमा परिवर्तन भैरहेका छन्‍ । राउटे जाति पहिलेको तुलनामा विस्तारै रुपैयाँ, पैसा, आधुनिक सामागि्रमा बढी प्रभावित हुने गरेको राउटेका विष्यमा जानकार व्यत्तmिहरुको प्रतित्रिmया रहेको छ ।

विगतका बर्ष्ाहरुमा पशुपालन गर्दा राम्रो नहुँने भन्दै पशुपालनलाइ तिरस्कार गने राउटे समुदायका व्यत्तmिहरु पछिल्लो समयमा वनजंगल विस्तारै विनास भएकाले वनमा गुना, बाँदर नपार्इने भएपछि व्यवसायीक बाख्रापालन सुरु गरेका छन्‍ ।

 सरकारले दिएको भत्ताबाट प्रतिपरिवार ४ वटादेखि ८ वटा सम्म बाख्रापालन गरेका छन्‍ । देउताको पुजा गर्दा होस वा अन्य परिवारममै मासुको प्रयोग गर्दा बाख्राकोनै मासु खाने गरेका छन्‍ ।

 सामुदायिक वन र राष्टि्रय वनमा प्रवेश गर्दा कुनै(कुनै ठाउँमा जंगलपनि संरक्ष्ण् गने भन्दै अवरोध सृजना गनेगरिएको बताउँदै राउटेका मुखिया एैनबहादुरले सरकार, सामुदायिक वन, जिल्ला वन, प्रशासनलार्इ वनमा प्रवेश गने वातावराण् मिलाइदिन पटक पटक आग्रह गर्दै आर्इरहेका छन्‍ ।

वन जंगल विनाससँगै राउटेको मुख्य आहार जंगली जनावारको लोप भैरहेको छ भने काठका सामागि्र निर्माण् गरी वित्रिmवाट खाद्यन जुटाउने उनीहरुको पेशा संकटनमा पने सम्भावना रहेको छ ।


 राउटे जातिले पहिले नयाँ व्यत्तmि देख्दा डराउने बोल्न नचाहने, फोटो खिच्न नदिने, आफ्‍ना महिला प्रतिनिधिलार्इसंगै नहिडाउने, मुखियाले भनेका सवै कुरा पालना गनर्े गथे तर पछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन्‍ ।

महिलाहरुपनि सार्वजनिक कार्यत्रmमहरुमा देखिन थालेका छन्‍ । बाहय मानिसहरुसंग पनि कुरा गर्न थालेका छन्‍ । कसैले बोल्ने इच्छा जागेर प्रयास गरेमा पहिलो उनीहरुको माग रुपैयाँ वा जुरोट, विडि मध्यका एक वस्तु हुने गरेका छन्‍ ।खुलेरै आफ्‍ना समस्या राख्ने गर्छन, पत्रकारलार्इ धेरै सम्भmीने गर्छन, महिला प्रतिनिधिलाइसंगै हिडाउँछन, मुखियाले भनेपनि चित्त नबुभmेमा आन्तरीक संघर्ष् गने गरेको राउटेका विष्यमा अनुसन्धान गरिरहेका प्राध्यापकले बताए ।

 राउटे जातिको कला संस्कृति, भाष्, दैनिकि, रितिरीवाजका बारेमा अध्ययन गरी रहेका प्राध्यापक भने(युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित रहेको छ । उनीहरु विस्तारै आफ्‍नो दैनिक जिवनलार्इ आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन्‍, जंगल विनास हुँदै जानु, जंगलमा बाँदर र गुना पार्इन छोड्‍दा बाख्रापालन गर्न थालेका छन्‍ ।”राउटेको दैनिक जिवनशैलि सकारात्मक र नकारात्मक दुर्इ किसिमले परिवर्तन भैरहेको र विस्तारै राउटेहरु सामाजिकरण्तफ उन्मुख भैरहेको बताइएको छ ।

 उनीहरु लागुआष्ध प्रयोगकर्ता (अम्मली), पैसामूखि भएका छन्‍, विस्तारै पशुपालन गर्न थालेका छन्‍, सरसफार्इलार्इ ख्याल गर्न थालेका छन्‍, भाष्ण्ा गर्नमा सिपालु भएका छन्‍, पत्रकार र सिडियो राउटेको पहिलो सम्वोधन हुने गरेको छ, आफ्‍ना समस्याहरु खुलेर राख्न थालेका छन्‍ ।स्थायी रुपमा बस्न नचाहने, वन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्‍नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातफ मोडिएको बताउँछन्‍ राउटेका विष्ायमा अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनाली ।

 राउटे जातिको वास्तविक तथ्याङ्‍क कति रहेको छ भन्ने कुरा उनीहरु बताउन चाहँदैनन्‍ राउटेका विष्ायमा जानकारहरुका अनुसार राउटे जाति एक सय ६५ को संख्यामा रहेको अनुमान गरिएको छ ।राउटेको प्रमुख बास स्थान सुखर्ेत, दैलेख, जाजरकोट, कालिकोट, बभाङ, बाजुरा, अछाम, रोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ ।

उनीहरु एक स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन्‍ । आफ्‍ना सदस्यको मृत्यु भएमा लासलार्इ त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति साने गर्छन । उनीहरु विरामी भएमा, चोटपटक लागेमा, शरिरमा घाउँ भएमा जडिबुटिको प्रयोग गने गर्छन्‍ ।राउटे समुदायका बालबालिका कुपोष्को सिकार भैरहेकाले उनीहरुलार्इ पौष्टिक युत्तm आहारको व्यवस्था गनुपने, हात खुट्‍टामा घाउ खटीरा भएकाले स्वास्थ्य विविरमाफत स्वास्थ्य उपचारको व्यवस्था गनुपने, उनीहरुलार्इ सामाजिकिरण् गर्न मानोविमर्श अनुसार सहयोग गर्दै जानुपने राउटेका विष्यमा जानकार व्यिहरुको भनार्इ रहेको छ ।

 राउटे जाति लगायतका लोपउन्मुख जातिको संरक्ष्ण्का लागि सरकारले भत्ता, आवासको कार्यत्रम ल्याएको छ । राउटेलाइ सामाजिकरण् गने वा यसरीनै जंगली घुमन्ते रुपमै रहने दिने भन्नेमा विवाद रहेको छ ।हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा केटाले केटीलार्इ फकाउने, मागी विवाह गने, नभए मुखियाको सहयोगमा विवाह गने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिन सम्म जुठो बाने, नुन नखाने तर मासु नियमित खाने गर्छन । उनीहरुको मुख्य जाति कल्याल, रासकोटी, राजवंशी हुन्छ । उनीहरुको कुलदेवता दारेमस्टो हो ।

राउटे जातिभित्र नेतृत्वका लागि पनि ठुलै विवाह हुने गरेको छ ।राउटे जातिको उत्थानका लागि मासिक भत्तामा सरकारले बृद्धि गनुपर्ने रकम नगद दिँदा दुरुयोग हुने गरेकाले सामागि्र सहयोग गने तफ ख्याल गनुपने, स्वास्थ्य उपचारका लागि महिना(महिनामा घुम्टी शिविरको प्रवन्ध गनुपने, जातिको संरक्ष्ण् गर्ने वा स्थायी रुपमा बसोबार गराउँने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपने, बालबालिकाका लागि बैकल्पिक शिक्ष्को प्रवन्ध गनुपने, महिलाहरुलार्इ व्यवसायीक सिपमूलक रुचि अनुसारका तालिमहरु सञ्चालन गनुपने देखिन्छ ।


राउटेहरुको उत्पत्तकि सम्बन्धमा किंवदन्ती : कल्याल ठकुरी र रास्कोटी ठकुरी गरी राउटेमा दुर्इ जाति रहेका छन्‍ । कल्याल ठकुरीको सख्या बढी रहेको छ । राउटेबारे एक किंवदन्ती : संसारमा चार जातका मानिस छन्‍ । ब्रहमाका सन्तान ब्राहमण् ।

 विष्ण्का सन्तान ठकुरी । महेशका सन्तान मगर (मंगोल) र विश्वकर्मका सन्तान लोहर । यीमध्ये विष्ण्का सन्तान ठकुरीहरु फकोटमा बस्थे । उनीहरु सात भार्इ थिए । एक दिन ती सातभार्इ र बाबु समेत भर्इ भात खान बसेका थिए । ८ वटा थालमा भात पस्किएको थियो । खानेबेलामा माइलो भार्इ अचानक सन्कियो र बाबुको थालको भात समेत आफ्‍नो थालमा खन्याएर खान थाल्यो । आफु भोकै बस्नुपने भएपछी बाबु रिसायो र मेरो भाग किन खाइस्‍। मलाइ किन भोकै पारिस भन्दै भम्टीयो । अन्य ६ भाइले छुट्‍याए । त्यसपछी माइलो भाइ डरायो र भन्यो भैगो मलाइ नमार । मलाइ छाडी देउ । म बरु अन्तै गएर बसुँला । त्यसपछी उ भागेर फुकोटको ओरालो भmर्दाभmर्दा धेरै पर जंगलमा गइ काठको काम गरेर घुमन्ते जीबन बिताउन थाल्यो । त्यही माइलो ठकुरीका सन्तान राउटेहरु हुन्‍। त्यसरी फुकोट लाइ राउटहरुको मुलथलो मानिएको हो ।नेपालको महत्वपूर्ण् घुमन्ते जाति मध्यको राउटे आफुलाइ वनको राजा भएको दावि गर्छन्‍ । भारतको मध्य प्रदेशमा रावत, हिमाञ्चल प्रदेशमा रंका नामका वन मानिस पाइए भै नेपालमा राउटे नामका वन मानिस पाइन्छन । कुसुन्डाजस्तै यो जाति पनि जंगली र घुमन्ते जाति हो । यो अभैसम्म कृष्ि र पशुपालन पेशा अपनाइ‍ नसकेको जंगली जाति हो । यो अभmैसम्म कृष्ि र पशुपालन पेसा अपनार्इ नसकेको महत्पूर्ण् जनजाति पनि हो । यो जातिका बारेमा नेपालीलाइनै राउटेका बारेमा थाहा छैन्‍ र यो जाति पनि नेपाली हो भन्न्‍ ज्ञानसमेत छैन । राउटेलाइ मान्छे हो भनौं भने गाउँमा बस्दैन, मान्छे होइन भनौं भने मान्छे हो । राउटेलाइ कसै कसैले त नरभक्ष्ी पनि भनेर लेखेका छन्‍ । राउटेहरुले आफ्‍नो उत्पत्तस्थल पश्चिम नेपालको फुकोट क्ष्ोत्र हालको सेती अञ्चालको सेती नदि र पूर्वमा प्यूठानको माडि नदीको बिचको क्ष्ोत्रलाइ बताउँछन्‍ । पूर्वमा प्यूठान र जाजरकोट, पश्चिममा अछाम र डोटी, उत्तरमा जुम्ला, डोल्पा र दक्ष्िण्मा दाड, बाँके, सुखेत, कालिकोट, दैलेख जिल्लाका नदि किनार जंगली क्ष्ोत्रमा तिनीहरुको प्रमुख बास स्थान हुन्‍ । जातिपातिका दृष्टिले खेतीपाती गरी राजाको तिरो तिरी खाने र स्वतन्त्रपूर्वक जंगलमा घुम्ने राउटे गरी जम्मा दुइ जातमात्र छन्‍ भन्ने गरिन्छ । उनीहरु कहिलेदेखि उत्तm क्ष्ोत्रमा छन भन्ने कुराको पुष्टि भर्इनसके तापनि हजारौं बर्ष्देखि बस्दै आएको अनुमा गरिन्छ । राउटे शब्दको व्यत्पत्तकि  राउटे शब्दबाट राजपुत्र राअउत(राउत(राउते हुँदै राउटे शब्द बनेको अनुमान गरेका छन्‍ । र यिनीहरु आफुलाइ राजाका हेपिएका भार्इका सन्तान बताउँछन्‍ भनेर लेखेका छन्‍ ।

खानपान :


राउटेहरुले आफुलाइ बनराजाका रुपमा प्रस्तुत गर्दछन्‍ र बँादर, ढेडुवाको सिकार गर्छन्‍ । वनका कन्दमुल खान्छन्‍ । गोरस खाँदैनन्‍ । लोग्ने मान्छेहरु सिकार गने, काठका भाँडा बनाउने गर्छन्‍ भने आइमाइहरु दाउरा बटुल्ने कन्दमुल खोज्ने र खाना बनाउने गर्दछन्‍ । राउटेहरु चोट लागे खोटो टाँस्छन्‍ । टाउको दुखे भmारपात खान्छन्‍ । घस्नुपर्दा खरानी घस्छन्‍ । भmरफुक पनि त्यतीकै गर्छन्‍ । विरामी परेमा स्वास्थ्य उपचार भन्दापनि उनीहरु थामी भाँत्रि बसालेर ग्रह काटने, भुतको भाग फाल्ने गर्छन । यिनीहरु स्याउलाका अस्थायी छाप्रामा बस्छन्‍ तर गाँउमा कहिल्यै बस्दैनन्‍ । एक ठाउँमा १५(२० दिन या एक महिना भन्दा बढी पनि बस्दैनन्‍ र एक पटक बसेर छोडेको स्थानमा १२ देखी १४ बर्ष्को भन्दा अगाडी फर्किदैनन्‍ । यिनीहरु खोलाको बग्ने पानी खाँदैनन्‍ र मूलको पानी मात्र खान्छन्‍ । यिनीहरु रुपियाँ पैसाको संग्रह गर्दैनन्‍ । बन्चरो बछुला भने जहिले पनी साथै लिएर हिड्‍छन्‍ । यिनीहरु अरुजस्तो गफ ठट्‍टा गरेर समय बिताउदैनन्‍ बरु खाली समयमा टुनी, खिर्रो, सिमल आदिका काठका आरी, सन्दुस जस्ता भाँडा बनाइरहन्छन्‍ । एक ठाउँबाट उठेर हिडे भने पछाडी फकेर हेर्दा पनि हेर्दैनन्‍ । कसैको सित्तैमा लिने, भmुठो बोल्ने र ठग्ने कहिल्यै गर्दैनन्‍ कसैले ठग्न खोजे रिसाउँछन्‍ । चाडपर्वमा हिन्दु धर्म संस्कारका अन्य जातिका मानिसहरुले जस्तै गरी सेल रोटी बनाउने, माशुको जोडजाम गने र रमार्इलोसंग खानपिन गने गरेका छन्‍ ।

 भेष्भुष् :


 जुत्ता, चप्पल समेत लगाउँन हिचकिचाउँने राउटे जाति अहिले परिवर्तन तफ उन्मुख भएको छ । उनीहरु खुट्‍टाको सुरक्ष्ाका लागि भन्दै जुत्ता, चप्पल लगाउन थालेका छन्‍ । आफैले स्थानीय स्तरमा उत्पादन हुने कपडाको मात्रै प्रयोग गने उनीहरुले आजभोली बजारमा पाइने आधुनिक कपडाको प्रयोग तफ विस्तारै आत्रशित हुन थालेका छन्‍ । राउटेका लोग्ने मानिसहरुले लगाउने पोसाक पिठ्‍युँमा गादो, शिरमा टोपी या फेटा र लँगौटी मात्र हो भने महिलाहरु बुट्‍टा भएको खस्रो कपडाको घुँडाघुँडाको फरिया र छोटो चोलो लगाउँछन्‍ । जोडोको सयममा ठेटुवाका रुमाल ओडने गर्छन्‍ ।

गहना गहना :


अन्य जातिका महिलाहरुमा सुनको मोह धेरै हुने भएपनि राउटे जातिमा भने सुनलाइ महत्वदिर्इदैन्‍ । धेरै मूल्य पने भएर होइन पहिले देखिने सुनको प्रयोगलाइ राम्रो नमान्ने संस्कारका कारण्ा सुनको प्रयोग नभएको हो । गरगहनामा राउटेहरुमा फलाम, पित्तल, आल्मुनियम बाट बनेका गहना कान, घाँटी र नारीमा लगाउँछन्‍ ।

शारीरिक बनोट :


 सरसफार्इमा खासै ख्याल नराख्ने राउटे जाति अहिले परिवर्तन हुँदै गएको छ । यिनीहरुको शरीरको बनोट होचो कद, चोडाछाती छोटा हात खुट्‍टा बाटीएका पिडौला । पातला दाह्री जुगां, खस्रा केश, शरीरमा कम रौं राउटेको शारिरीक पहीचान हो । राउटेहरुको शारीरिक बनोटमा बारेमा योगी नरहरिनाथ कोमत अनुसार अग्लो कद, रातो बर्ण्, सुगठित मांसपेशी, सुदृढ हाड भएका हुन्छन्‍ । शारिरीक बनोटका बिष्यमा यात्री र योगी र अन्य कुरामा मिल्दो जुल्दो नै बताए पनि कदका बिष्यमा भने बिरोधाभाष् छ । एउटाले छोटो कद र अर्काले अग्लो कद बताइनु सायद आ(आफ्‍नै कदका राउटे भेटाएछन्‍ । शारिरीक सरसफार्इमा खासै ख्याल नराख्ने उनीहरु पछिल्लो समयमा सावुनको प्रयोग गरेर नुहाउन्‍, दारी, जुँगा काटने र सरसफार्इलार्इ महत्वका साथ गने गरेका छन्‍ ।

भाष्ाशैली :


 आफ्‍नो मातृ भाष्ा के हो भन्ने बारेमा अहिलेका राउटेहरुलार्इ जानकारीनै छैन्‍ । इतिहास विद्धका अनुसार राउटेहरुले बोलने भाष्ा खाम्ची भाष्ा हो । यिनीहरु पनि कुसुन्डाहरुले भै दुध खाँदैनन्‍ । हरेक पूण्िमामा अक्ष्ता र फलपातीले मष्टाको पुजा गर्छन । मष्टा बाहेक भुयाँर र सुर्यको पनि पुजा गर्छन । यो जातिको अनुवांशीक नाता अस्टेलोइट परिवारसंग निकटष्थ रहेको अनुमान समेत गरिएको छ ।

जनसंख्या :


सुखर्ेत, दैलेख, दाङ, कालिकोट, जाजरकोट जिल्लाका भेरी नदि किनारमा बसोबास गने राउटे जातिको एकिन तथ्याङक भने कसैसंग रहेको छैन्‍ । आफ्‍नो नाम र जनसंख्या लुकाउने उनीहरुले सरकारले दिएको मासिक भत्ता बुभmदा समेत बास्तविक तथ्याङक दिने गरेका छैनन्‍ । जनसंख्या बताउँनु धार्मीक रुपमानै बन्देज रहेको राउटेका मुखियाले बताउँछन्‍ । यस क्ष्ोत्रका जंगली क्ष्ोत्रमा पार्इने राउटेको संख्या हाल डेढ सयदेखि दुर्इ सयको संख्यामा हुन सक्ने अनुमान गरिएको छ । बालबालिका पनि ४० जनाको संख्यामा हुन सक्ने राउटेका क्ष्ोत्रमा काम गने संस्थाको तथ्याङकले देखाएको छ ।यिनिहरुको संख्या अधिराज्यभर जम्मा जम्मी २ सयको संख्यामा रहेको मानव शास्त्रिहरुको एक मत रहेको छ । रार्इनहार्डले चाहि १०५ देखि १४० जना सम्म हुन सक्ने अनुमान गरेका छन्‍ । मेचीदेखि महाकालिको राउटेसम्वन्धी विवरण्मा पनि राउटेको संख्या १०४ देखि १४० सम्ममात्र भनिएको छ । २०४८ सालको जनगण्ानामा भने राउटेको संख्या ९५५ पुरुष्ा र २१२३ महिला गरी २८७८ उल्लेख भएको छ । जसलार्इ सवै मानव शास्त्रिहरुले गम्भीर त्रुटि भनेका छन्‍ । २०५८ सालको जनगण्नाअनुसार यस जातिको जनसंख्या ६५८ जना रहेको छ ।

विवाह प्रथा :


हिन्दु धर्म मान्ने यो जातिको विवाह प्रथा अन्य जातिको जस्तै रहेको छ । केटाको तफबाट केटी माग्न केटाको बुबा र मुखियालार्इ लिएर जाने गरिन्छ । तर पहिलेको जस्तो मागेर विवाह गने संस्कार हटदै गएको राउटेका बताए । उनका अनुसार हाल केटा र केटीको मायापि्रति बसेमा भागेर विवाह गने गरेका छन्‍ । भाजुसंग यिनिहरुको हेलमेल हुने गर्दछ । रास्कोटी र कल्याला ठकुरी गरी दुर्इ जाति भएकाले एक जातिमा नभएरे अन्तरजातिय विवाह गने गरेका छन्‍ । राउटेहरुले विवाह गर्दा बंशान्तर विवाह गने गर्दछन्‍ । एउटै बंशभित्र विवाह गनुलाइ पाप कर्म ठान्दछन्‍ । विवाह परम्परामा उनीहरुले ब्राहमण् तोकेर त्यहि व्यत्तmि माफत कर्मकाण्ड गने गर्दछन्‍ । १५(१६ बर्ष्कै उमेरमा यो जातिमा बालविवाह हुनेगरेको छ । बाल विवाहका कारण्ा बालबालिकाहरु अस्वस्थकर जन्मने, कुपोष्ित हुने, आमा कम्जोर हुने, आमा र बच्चाको ज्यान समेत जोखिममा पने गरेको छ ।

धर्म संस्कृति :
साउने संत्रान्ति, दशै, पुष्ो, माघे संत्रान्ति, चैत दशै जस्ता चाडपर्व मान्ने गर्दछन्‍ । दशैमा मान्यजन संग हिन्दु परम्परा जस्तै गरी टीका लगाउँछन्‍ । खसी, कुखुरा, भेडाको बली चडाउँछन्‍ । जाँड रक्सी, मासु खान्छन्‍ । नाच गान गरेर रमार्इसंग पर्वहरु मनाउने गर्दछन्‍ । खानामा भात, पुवा खान मन पराउँछन्‍ । अरुले मारेको वा अरुले मारेको जनावर वा आफै मरेको जनावारको माशु खाँदैनन्‍ । बाँदर र गुनाको मासु काचै पनि खान्छन पोलेर पनि खान्छन्‍ । आफैले देखेको जिचमा मात्रै विश्वास गर्दछन्‍ । आफुले बनाएका काठका भाँडा गाउँ गाउँमा पुगि अन्न संग साटेर अन्न लिएर जंगल फर्किन गर्दछन्‍ । आफुले जानेका उखान टुक्कालार्इ सुनाउने सिकाउने गर्दछन्‍ । जमिनमा अनय परम्परा जस्तै गरी खेती गर्न मन पराउँदैनन्‍ । लोग्ने मानिस नाचछन्‍ तर महिलालार्इ नाचन दिँदैनन्‍ । आफ्‍नो घर राउटे भन्दा बाहिर वस्न मन पराउँदैनन र अरुलार्इ पनि वस्ती, घरमा पस्न र वस्न दिँदैनन्‍ । लोग्न मानिस र विदुवा आर्इमार्इ बाहेर अरुलार्इ गाउँ प्रवेश गर्दैनन्‍ ।

अन्तीम संस्कार :


 राउटेहरु मान्छे मर्दा गाडने गर्छन । गाडदा मृतकका भाँडा, कुँडा कपडा उसले सिकारमा लैजाने जाल, बन्चराको विड, सवै लाससंगै राखेर माटाले पुरिन्छ र माटाले ढुँगाले थिच्ने काम गरिन्छ । मान्छे मरेको १३ दिनमा चोखिने काम हुन्छ । साना बालबालिका मरेमा ९ दिनमै चोखिन्छन्‍ । किरिया वस्दा नुन खाँदैनन्‍ । अरुको घरमा जाँदैनन्‍ । टोपी फेटा लगाउँदैनन्‍ । भात मात्रै खान्छन्‍ । आफ्‍नै जातिमा एक जनालाइ ब्राहमण् तोकेर त्यही व्यत्तmिमाफत कर्मकाण्ड गने गर्दछन्‍ ।