Wednesday, November 17, 2010

तिमी त्यो मान्छेलाई माया गर्न सक्दैनौ जो स्वतन्त्र छैन किनकि माया तब मात्र सुन्दर हुन जब यो स्वतन्त्र रुपमा दिइन्छ न कि बलपूर्वक मागिन्छ वा लिइन्छ। तर पहिला तिमी सुरक्षाका उपायहरु अपनाउछौं। त्यसो गर्दा त्यो मान्छे मृत हुन्छ, एउटा वस्तु समान हुन्छ। एउटा प्रेमी मान्छे हुन सक्छ तर एउटा श्रीमान वस्तु हुन्छ, एउटी प्रेमिका मान्छे हुन सक्छे तर एउटी श्रीमती वस्तु हुन्छे जसलाई सुरक्षा दिनुपर्छ, नियन्त्रण गर्नुपर्छ अनि आफ्नो केवल आफ्नो बनाउनु पर्छ। जति बढी तिमी नियन्त्रण गर्न थाल्नेछौ उति बढी तिमी मारिरहेका हुनेछौ मायालाई किनकि त्यहां स्वतन्त्रता गुम्दछ। तिमी कसरी त्यो मान्छेलाई माया गर्न सक्छौ जो तिमी माथि हावी हुन्छ? ऊ एउटा दुश्मन जस्तो पो प्रतित हुन्छ। यदि तिमी एउटा मान्छेलाई माया गर्छौ भने त्यही माया नै काफी छ सुरक्षित हुनको निम्ति। यदि तिमी कोही मान्छेलाई माया गर्छौ भने तिमीलाई थाहा छ कि ऊ अर्को मान्छेसंग लाग्दैन। अनि फेरि ऊ गयो भने त गयो, तिमी केही गर्न सक्दैनौ। तिमी के गर्न सक्छौ? तिमी त्यो मान्छेलाई मार्न सक्छौ बढीमा तर मरेको मान्छेको अरु केही प्रयोग हुन सक्दैन। यदि तिमी कसैलाई माया गर्छौ अनि तिम्रो गहिराइले अर्को मान्छेको गहिराइसंग कुरा गर्छ भने तिमीहरुको भेटघाट जीवन्त हुनेछ, यो ठिक छ, सुन्दर छ। यदि त्यसो भैरहेको छैन भने अलग बन। तर कुनै किसिमका संघर्ष, लडाईं वा तनावको सृजना नगर यसको निम्ति किनकि लडाईंबाट हासिल गरिने कुरा होइन यो। अनि फेरि समय गुम्ने छ, समय मात्र होइन तिम्रो क्षमता पनि ध्वस्त हुनेछ। तिमी फेरि अर्को मान्छेसंग यही सबै प्रकृया सुरु गर्न सक्नेछौ। यदि त्यहां विश्वास छैन भने अलग्गिऊ, जति छिटो हुन सक्छ उति राम्रो। त्यसो हुन सक्यो भने तिमी नासिने छैनौं, अरुलाई माया गर्न सक्ने क्षमता तिमीमा जिवित नै रहने छ, तिमी अरु कसैलाई माया गर्न सक्नेछौ फेरि पनि। यो तिम्रो निम्ति उपयुक्त स्थान होइन, यो तिम्रो तिम्ति उपयुक्त पुरुष होइन, यो तिम्रो निम्ति उपयुक्त महिला होइन। अघि बढ तर एक अर्कालाई ध्वस्त नबनाऊ। जहां सम्म मायाको कुरा छ, हरेकको निम्ति गर्नुपर्ने यति धेरै कुरा छन् तर त्यो सबै गर्नको निम्ति यति कम समय छ। लडाईंमा, इर्ष्यामा, तनावमा आफ्नो शक्ति क्षय नगर। अघि बढ, आत्मिय रुपमा अघि बढ। अरु कुनै ठाऊंमा अर्को मान्छेको खोजी गर जसले तिमीलाई माया गर्नेछ। गलत मान्छेसंग टांस्सिएर नबस, जबर्जस्ती। त्यो मान्छे जो तिम्रो निम्ति होइन ऊसंग नबस। नरिसाऊ, रिसाउनुको कुनै अर्थ छैन, अनि विश्वासको निम्ति दवाव पनि नदेऊ। कसैले पनि दबाब दिन सक्दैन यो कुरामा, यो हुनै सक्दैन। तिमीले आफ्नो समय र शक्ति दुवै गुमाउने छौ अनि केही पनि गर्न नसकिने अवस्थामा पुगपछि मात्र तिमी जागरुक हुन पनि सक्छौ। अघि बढ। कि त विश्वास गर कि अघि बढ।

मायाले जहिले पनि विश्वास गर्छ। अथवा यसले विश्वास गर्न नसकिने थाहा पाये भने सहज तरिकाले यो अघि बढ्छ। त्यहां कुनै किसिमको तनाव वा लडाईं हुदैन। आफू भित्र रहेको माया पत्ता लगाउंदै अघि बढ। अनि यदि तिमी माया गर्छौ भने ढिलो या चांडो तिमीले उपयुक्त व्यक्ति भेट्टाउने छौ किनकि एउटा मायालु मनले अर्को मायालु मनलाई ढिलो चांडो खोज्ने नै छ, यो पक्का हो। तिमीले सही व्यक्ति भेट्टाउने छौ। तर यदि तिमी इर्ष्यालु बन्यौ भने तिमीले पाउने छैनौ। यदि तिमीले यौनको निम्ति मात्र खोजेका हौ भने तिमीले पाउने छैनौ, यदि तिमी सुरक्षाको निम्ति मात्र खोज्छौ भने तिमीले पाउने छैनौ। माया भनेको जाखिमपूर्ण बाटो हो अनि साहस भएका व्यक्तिले मात्र यो पथमा यात्रा गर्न सक्दछन्। तिमीलाई माया चाहिन्छ। तिमीलाई मायालु चाहिन्छ। अनि तिमीलाई साहस पनि चाहिन्छ यसमा डुब्नको निम्ति। मायामा अघि बढ्न गाह्रो हुन्छ, त्यहां विभिन्न किसिमका लुकेका डरहरु रहेका हुन्छन्। मायाले अरु कुनै पनि कुराले भन्दा बढी डर जन्माउंछ किनकि जब तिमी अरु कसै तर्फ अघि बढ्न थाल्दछौ तब तिमी आफ्नो सीमा भन्दा बाहिर निस्कनु पर्ने हुन्छ। अनि कसलाई थाहा छ? अर्को मान्छेले तिमीलाई स्वीकार गर्न पनि सक्छ अनि अस्वीकार गर्न पनि सक्छ। डर उत्पन्न हुन्छ। तिमी असहज महसुस गर्न थाल्नेछौ अघि बढ्ने वा नबढ्ने भनेर, त्यो मान्छेको सामुन्ने पर्ने वा नपर्ने भनेर।

No comments: