Tuesday, November 30, 2010

ट्याक्सीवालाको छवि

'चलाख बन्नुहोस् तर, ठग्न नखोज्नुहोस् । इमान्दारी र पारदर्शिताले तपाईं र तपाईंको सहरलाई सहयोग गर्छ ।'



रोमको सबैभन्दा ठूलो ट्याक्सी सहकारी संस्थाले आफ्नो छवि सुधार्ने भएको छ । रोमका ट्याक्सीचालकको छवि विश्वमै नराम्रो छ ।



रोमको विमानस्थलबाट सहरको मध्यक्षेत्रमा जान पर्यटकलाई ट्याक्सीहरूले दोब्बर पैसा लिन्छन् । स्थानीय मानिसलाई ट्याक्सी चढ्न नदिन ट्याक्सीचालकले अनेकौं बहाना बनाउने गरेका छन् ।



अब ट्याक्सीचालकका आनीबानी परिवर्तन हुने भएको छ । रेडियो ट्याक्सी ३५७० ले रोमका ट्याक्सीचालकको छवि परिवर्तन गर्न नयाँ व्यवस्था ल्याएको छ । यस व्यवस्थाअनुसार पर्यटकले घरबाट निस्कनुअगाडि नै अनलाइन ट्याक्सी भाडा तिर्न सक्छन् ।



'रोमका ट्याक्सीचालकप्रतिका मानिसका सोचाइमा हामी परिवर्तन ल्याउन चाहन्छौँ,' रेडियो ट्याक्सी ३५७० का अध्यक्ष लोरेनो बिटारेलीले भने । अनलाइन ट्याक्सीको भाडा तिर्ने व्यवस्था इटालीका अन्य सहरमा पनि अपनाइने उनले बताए ।



अनलाइन व्यवस्थामार्फत पर्यटकहरूले अंग्रेजी, प
mेन्च, स्पेनिस वा जर्मन भाषा बोल्न सक्ने ट्याक्सीड्राइभर पनि अर्डर गर्न सक्छन् । अर्का एक स्किमअनुसार ग्राहकहरूले टेलिफोन टेक्स्ट म्यासेजमार्फत ट्याक्सी अर्डर गर्न र भाडा तिर्न सक्छन् ।



भर्खरै टाउन काउन्सिलले राखेको बिलबोर्डमा लेखिएको छ, 'रोम पर्यटकलाई प्रेम गर्छ ।'



यस नारामुनि ड्राइभर, ट्याक्सीड्राइभर, होटलवाला, पसलेका लागि सल्लाह लेखिएको छ, 'चलाख बन्नुहोस् तर, ठग्न नखोज्नुहोस् । इमान्दारी र पारदर्शिताले तपाईं र तपाईंको सहरलाई सहयोग गर्छ ।'

No comments: