Sunday, November 21, 2010

मर्निङवाक

निद्रा राम्रोसँग नलागेर धेरै दिनदेखि भारी महसुस भइरहेको थियो । खानामा पनि रूचि घट्दै गएपछि एकदिन डाक्टरकहाँ जाँदा "साँझ बिहान हिँड्नुस्, पानी पिउनुस्, सोचाइ कम गर्नुस् । औषधि खाइहाल्ने बानी राम्रो होइन, फेरि औषधिले रोग निको पारिहाल्छ भन्ने पनि छैन, एक महिना लगातार दुवै समय हिँड्नुस् त्यसपछि पनि सुधार नभए आउनुस् भनेपछि म औषधि बिना घर फर्किएँ । काम काम मात्र जहिले पनि, सधैं व्यस्त । समय निकालेर त्यसरी हिँड्न कहाँ पाउनु ? फेरि यो धूँवा धूलोको सहर, अव्यवस्थित बसोबास, जताततै फालिएका फोहोरका पहाड, कहाँ हिँड्नु कामको तनाव र अरू अन्य केही कारणहरूले विगत केही महिनादेखि राम्रोसँग निद्रा लागिरहेकेा छैन । केही नजिकका साथीहरूले डाक्टरसँग सल्लाह गर्दा नै उचित हुन्छ, यसरी ननिदाउने हो भने त यसले धेरै अप्ठेरो पार्छ, बेलैमा सचेत हुनु पर्छ भन्ने लागेर जचाउँन गएकी थिएँ एक्लै । म सानो छँदा मेरी आमा राति ननिदाई उठेर बस्दा मैले थाहा पाएपछि सोधेकी थिए "आमा किन नसुत्नु भा अझै ?" आमाको सरल जवाफ हुन्थ्यो "निद्रा नलागेर छोरी, तिमी सुत, ज्ञानी मान्छे "
"हजुर पनि ज्ञानी बन्नु न आमा सुत्नु है अब"
"हुन्छ छोरी"
तर राति ढिलोसम्म आमा टुक्रुक्क बसेर झ्यालबाट बाहिर के के हेर्नु हुन्थ्यो त्यो अँध्यारोमा, म बुझ्दिनथे तर आज आफैँ आमाको त्यो उमेरमा पुगिसकेकी छु म र अनि आमाजस्तै ननिदाउने रोगले समातिसकेको छ मलाई ।
बिहानै ८ बजे कलेज पुगिसक्नु पर्छ मलाई र र्फकदा साँझ हुन्छ । अत्याधिक कामको थकानले पनि निद्रा नलाग्न सक्छ, भोक हराउन सक्छ भनेर कलेजका थरिथरीका मित्रहरूले थरिथरीका सल्लाह दिन्छन् । डाक्टरकहाँ गएर आएको चार-पाँच दिन त म बिहान उठ्नै नसक्ने भएँ, रातभर नसुतेपछि बिहानपख यसो आँखा चिम्लेर निदाउने प्रयास गरे तर पनि न पूर्ण निद्रा लाग्यो न भोक । नयाँ नयाँ किताब किनेर ल्याएँ, पढ्ने धैर्यता पनि भएन ममा मन छट्पटिरहने आत्तिरहने ।
पहिलो दिन
अबेरसम्म सुत्ने बानी मेरो, कसरी बिहानै उठ्न सकुँला भनेर राति पीर पर्‍यो, निद्रा यसै थिएन, झन् बिहानै उठ्ने कुराले थप बिथोल्यो तर घडीमा अर्लाम लगाएर ढुक्क भएर सुत्ने तरखर गरेँ । राति एक-दुई बजेसम्म किताब पढ्दै थिएँ, कतिखेर निदाएँछु पत्तो भएन । बिहान ठीक साढे चार बजे घडीको अलाम बज्यो, गहिरो निद्रा परे कै रहेनछ, जर्‍याक्क उठेँ, मुख धोएँ, ब्रस गरे, दुई गिलास मनतातो पानी पिएँ हलुका लुगा र सजिलो चप्पल लगाएर घरबाट निस्केँ, बाटो सुनसान त थिएन तर अनावश्यक वाधा पनि थिएन, गाडीहरू चलिसकेका थिएनन्, मजस्तै थुप्रै मान्छेहरू हिँडिरहेका थिए, आ-आˆनै तालमा कोही एक्लै मजस्तै, कोही साथीसँग, कोही श्रीमान्- श्रीमती, कोही समूहमा । कसैको वास्ता नगरेर लम्किरहेका आ-आˆनै तालमा मानै ठूलो अभियानमा छन् सबै, कोही हल्का दौडेका कोही छिटो-छिटो हिँडेका कोही मानौं कुरा गर्न नभ्याएर बिहानै उठेर आएजस्ता गफमै मस्त । जेहोस् मलाई यो बिहानको वातावरण मनपर्‍यो । पानीका बोतल लिएर झाडीमा पस्नेहरू, गाडी, मोटरसाइकल सिक्नेहरू, फोहोरमा भविष्य खोज्नेहरू, सडक बढार्नेहरू, दूध बोक्ने मान्छेहरू यी सबैसबै भेटिए आज बाटोमा, लगभग एक घण्टाको हिँडाइपछि फर्किएँ घरमा, थकाइ भने मजाले लागेको छ ।
दोस्रो दिन
हिजोकै समयमा ब्यूँझे आज पनि घरबाट निस्किएँ, वातावरण हिजोकै जस्तो छ तर मौसम अलि फरक छ । चिसो बतासले शरीरलाई चङ्गा बनाएको छ । आकाशमा बादल कम छ । म मोबाइलमा पुराना हिन्दीगीत सुन्दै हिँडिरहेकी छु । बिहानीको समय, गाडीको खासै डिस्टर्व छैन । आफँैमा आनन्द लाग्ने समय । म गीत सुन्दै पाइला छिटोछिटो बढाउँदैछु, कोही आइरहेका छन् कोही फर्किरहेका छन् । थरिथरीका गफ बाटोका छेउ छाउमा कतै कोही रामदेव योग अभ्यासमा देखिन्छन्, पार्कमा कोही नाङ्गै खुट्टाले दुबोमा हिँडिरहेका छन् । कतै अलि फराकिलो ठाउँमा ब्याडमिन्टन खेलिरहेका छन् । म अगाडि बढ्दैछु, धेरैले पछि पादर्ैै अघि बढ्छन् । मन्दिरनेर पुगेपछि म फनक्क र्फकन्छु हिँडिरहन्छु । एउटा पाइला मेरो नजिकै हिँडछ, न अघि बढ्छ न पछि हट्छ । म फटाफट हिँडछु । "मर्निङ वाकमा हिँड्दा गहना, घडी, मोबाइल नलिएरै हिँडेको राम्रो, लुट्न सक्छन् ख्याल गर हैं " मेरो साथी गरिमाले भनेको सम्झें । झन् छिटो पाइला बढाउन थालेँ । खलखली पसिना आयो । हिँडाइले अनि डरले । अहँ त्यो पाइला मेरो समानान्तर भएर हिँडिरहृयो । कपाल बाँध्ने निहुँ गरेर म एक पाइलो पछि सरेँ उसले गति सुस्त पार्‍यो । के गरुँ गरुँ भो । उपाए थिएन, खुरुखुरु हिँड्न थालें । उसले पनि पाइला बढायो । आउने जाने मान्छेहरूलाई भ्रममा पार्दै मानौं ऊ र म लोग्ने स्वास्नी हौं । जोसँगै हिँडिरहेका छौं । अहँ ऊ मसँगसँगै हिँडिरहृयो मेरै हिँडाइको गतिमा । म चुपचाप हिँडिरहे । ऊ पनि मेरो घर आइपुगेपछि म गेटभित्र छिरें । ऊ कता गयो होला भनेर लुकेर हेरेँ । पछाडि नफर्किकन ऊ अघि बढ्दै थियो, म घरभित्र छिरें केही डरसँगै लिएर ।
तेस्रो दिन ः हिजो राति अरू बेला भन्दा केही छिटो निद्रा लाग्यो । यति छिटै सुधार हुन थालेकोमा मलाई बिहानीपखको हिँडाइ साह्रै उपयोगी रहेछ भन्ने लाग्यो । हिजो अस्तिकै समयमा उठेर नित्यकर्म सकेपछि घरबाट निस्किएँ म । उही हिजो जत्तिकै समयमा मान्छे आइरहेका छन्, गइरहेका छन् । बाटोमा कोही कुकुर डोर्‍याउँदै छन् । कोही गाडी सिक्दै, कोही समूहमा, कोही मजस्तै एक्लै । सबै हतारमा भएजस्तो हिँडिरहेछन्, म मुकेशको गीत सुन्दै अघि बढ्दैछु तर कताकता हिजोको मान्छे आउला कि भन्ने पीर छ तर अघि बढेको छु । हिँड्दा शरीरबाट पसिना निक्लेन भने हिँडाइको अर्थ छैन रे । पसिना निकाल्नकै लागि पनि म पाइला अझ बढाउँछु । यो के, त्यो हिजोको मान्छे अनायास मेरै समानान्तरमा हिँड्न थाल्छ । उसको अनुहार मैले हेरेकी छैन तर यकिनसाथ भन्न सक्छु यो मान्छे उही हो । म हल्का दौडन थाल्छु ऊ पनि मसँगसँगै हुन्छ । केही छड्के नजरले उसलाई हेर्छु, ३५-४० भित्रको हुनुपर्छ उमेर । खाइलाग्दो, गोरो अनुहार । अन्दाजी साढे पाँच या केही अरू बढी इन्चको अग्लाइ । ६५-७० भित्रको हुनुपर्छ तौल । म अलि तेजले दौड्न थाल्छु तर खुट्टा फतक्क गल्छन्, ऊ नजानिँदो पाराले मुस्कुराएर मलाई हेर्छ । म पराजित महसुस गर्छु । सधैं मन्दिर पुगेपछि त्यहीँबाट र्फकने म आज पनि त्यहीँबाट र्फकनछु, ऊ पनि र्फकन्छ । मलाई उसँग निक्कै रिस उठ्छ तर केही भन्न सक्तिनँ । अहिले मेरो मोबाइलमा लताको गीत बजिरहेको छ, म निस्पिmक्री बनेर हिँडिरहेजस्तो गर्छु, ऊ मेरै पाइलासँगसँगै हिँड्छ । केही भन्दैन । घर आउने बेलामा ऊ एक्कासि बोल्छ "भोलि पनि भेटिन्छौं हामी ?" म नबोली घरको गेटभित्र छिर्छु Û अचम्म लाग्छ कस्तो बेसोमतको मान्छे । राति खाना थोरै खाएर किताब पढ्न बसें तर किन किन त्यो मान्छेको अनुहार झलझली सम्भिmरहें किन सम्झें थाहा छैन Û पढ्नै सकिन । भोलि त्योसँग कुनै पनि हालतमा नभेट्ने गरी चाँडै हिँड्ने निर्णय मनले गरेर ओछ्यानमा पल्टें ।
नवौं दिन ः बिहानीको हिँडाइले मेरो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, खाना रुच्न थालेको छ । अचेल अलि छिटो हिँड्न थालेकी छु अस्तिदेखि ऊ पनि छिटो आउन थालेको छ तर मैले ऊ आओस् न जाओस् वास्ता गर्न छाडिसकेँ । आˆनै धुनमा जान्छु र्फकन्छु । ऊ पनि जान्छ र्फकन्छ । हिजो म घरतर्फ मोडिने बेलामा भनेको थियो "दुई,चार दिन म आउन्न" । मलाई के वास्ता ऊ आओस् वा नआवोस् । म हिँडिरहेको छु, तर नजानिँदो रूपमा उसको पाइला पर्खिरहेकी छु । अहँ ऊ आएन आज । बाहिरी मनले ढुक्क माने पनि कताकता भित्री मनले आज उसलाई खोजिरहेको छ । कहाँ गयो होला ऊ
आज ? कि म भन्दा अघि नै मन्दिर पुगेर र्फकदै छ कि ? बाटोमा भेट भइहाल्छ
कि ? अहँ मन्दिर पुगेर फर्किदासम्म पनि कतै भेटिन उसलाई । किन आएन होला ऊ
आज ? मनले प्रश्न गर्‍यो । किन अनावश्यक उसलाई खोजिरहेकी छु मैले ? को हो र त्यो ? मर्निङवाकमा बाटामा हिँड्ने एउटा
मान्छे ? किन चाहियो ऊ मलाई ? म मनलाई आश्वस्त पार्न खोज्छु तर आँखाले उसलाई टाढाटाढासम्म खोजिरहन्छन् । अहँ कतै देखिदैन ऊ कतै भेटिँदैन ऊ । म निराश, निराशजस्तो बेमनले पाइला बढाउँछु । बारम्बार उसलाई खोजिरहन्छु ।
बाह्रौ दिन ः ऊ अस्ति पनि आएन, हिजो पनि आएन । कहाँ गयो ? किन आएन
होला ? कि अब त्यो मान्छेसँग कहिल्यै भेट
हुँदैन ? हिजो रातिदेखि हल्का ज्वरो आइरहेको थियो, एक मनले भोलि त नहिँडी सुत्छु बिहानभर भन्ने लागेको थियो तर खाना रुच्दै गएको, निद्रा लाग्दै गरेको र त्यो मान्छेसँग भेट भइहाल्छ कि भन्ने आशाले पनि निस्किएँ म । आज पनि मर्निङवाकमा मोबाइलमा पुराना हिन्दी गीत बजिरहेको । हिजो फेरि रातभर पानी परेकाले बाटो सफा छ, वातावरण पनि त्यस्तै छ । बाटोमा मान्छेहरू हिँडिरहेका छन्, गइरहेका छन् । कोही एक्लै, कोही समूहमा कोही चुपचाप, कोही बाटो नै तर्साउने गरी हाँस्दै, म छिटोछिटो हिँडिरहेकी छु तर मनले उही मान्छे उही पाइला पर्खिरहेकी छु घरीघरी पछि र्फकनछु म, ऊ आयो कि भनेर, अहँ कतै देखिँदैन ऊ । म पाइलाको गति ढिलो गर्छु । मन एक तमासको हुन्छ, कहिले कस्तो ? कहिले कस्तो ? अचम्मको मन छ मान्छेसँग । अघि बढिरहन्छ, म उसलाई हेर्छु, ऊ मलाई हेर्छ, म बोल्दिनँ केही, ऊ पनि केही बोल्दैन । हामी दुवै सरासर अघि बढ्न थाल्छौं, ऊ घरीघरी मतिर हेर्दै अघि बढ्छ, म नदेखेको झैँ गर्छु, एक्कासी ऊ मसँग बोल्छ ।
"दुई चार दिन यसै आउन मिलेन" म नबोली नबोली पाइला अघि बढाउँछु, छिटोछिटो, ऊ पनि मेरै समदूरीमा हिँड्छ, भित्री मनले मलाई ऊसँग बोल भन्छ, बाहिरी मन पटक्कै मान्दैन । आफूलाई बलपूर्वक रोक्छु ।
"सुन्नुभएन, हिजो अस्ति त्यसै आउन मिलेन तपाईंलाई मिस गरेँ मैले ।
म अवाक्क हुन्छु, हैन के भन्छ यो अर्धपागलजस्तो ? कसरी "मिस गर्‍यो उसले मलाई ? म कोहो उसको ? कहिले गफ गरेर बसेँ म उसँग ? कहिले मन खोलें उसलाई मैलेे के भन्दै हुनुहुन्छ ?"
हो तपाईंलाई मर्निङवाकमा एक्लै हिँडेको देखेपछि म किनकिन तपाइर्ंलाई पछ्याइरहे, माफ गर्नुहोला, अन्यथा नसोच्नु । म खराब मान्छे होइन, थाहा छैन सत्य आफँैलाई म किन तपाईंलाई 'मिस' गरिरहन्छु, मर्निङवाकको रुट हाम्रो एउटै छ । म त पाँच-छ महिनादेखि हिँड्दैछु यसरी नै । तपाईं नयाँ हुनुहुन्छ तर सधैं आइरहनुस् है"
"डाक्टरले नै मलाई यसका लागि सुझाव दिएका छन्, म त हिँड्नै पर्छ "
"ती डाक्टरलाई धेरै धन्यवाद "
हामी दुबै पाइला लम्काइरहन्छौं, मेरो मनमा ऊप्रति कुनै पनि खाले भाव अब छैन भन्ने स्थिति रहेन । कताकता ऊ बोलिरहोस् म सुनिरहुँ अनि उसँगै हिँडिरहुँ लागि रह्यो । हामी मन्दिरनेर पुगेपछि फनक्क फक्र्यौं, सधैं भेट्ने आँखाहरू ? पाइलाहरू कोही अघि थिए, कोही पछि, कोही फर्किसकेको
थिए ? सानो मधुर आवाजमा मेरो मोबाइलमा पुराना हिन्दीगीत बजिरहेका छन् तर मलाई ऊ नै बोलेको सुन्ने मन छ यतिबेला । आफूलाई बिस्तारै सहज पार्दै हिँडाइको ताललाई केही कम पछाउँदै म हिँडिरहन्छु ऊ पनि हिँडिरहन्छ ।
"राजीनामा नदिएर ठीकै गरे नेपालले"
"यो पालि ..... पार्टी हारेकै हो"
"हाम्रो देश कहाँ हामीले चलाएका छौं
र ? भारत हाम्रो भाग्य विधाता"
"भारतको कुदृष्टि नै अभिशाप हो हाम्रा लागि, ऊ हामीलाई मिलेको देख्नै सक्दैन फुटाएर आफू हाबी भइरहन्छ ।"
"किन कुरा नबुझेका होलान् नेताहरूले" "यत्रो ६०१ जनालाई भत्ता खुवाएर देशलाई कङ्गाल बनाउनुभन्दा सबै क्षेत्र जात, भाषा, धर्म, वर्ग र लिङ्गका विशिष्ट सय जना मान्छेलाई यति समयसम्म संविधान बनाऊ भनेको भए कुरो अर्कै हुन्थ्यो कि"
"प्रकृतिले साहै्र माया गरेको तर हाम्रा पापी अधर्मी नेताहरूले ठग्नुसम्म ठगेको देश हो नेपाल"
ऊ मलाई हेरर हाँस्छ । ती संवादका पात्रहरू बिस्तारै ओझेलिन्छन् । ऊ र म अघि बढिरहन्छौं, आज पटक्क थकाई छैन । एकदम स्फूर्त अनुभव गरिरहेकी छु । म घरछेऊ पुग्ने आँट्दा उसले मुख खोल्यो "भोलि म यही गेट बाहिर पर्खिरहन्छु "
म नबोली गेटभित्र छिर्छु मन रोमाञ्चित छ, शरीर हलुँगो बनेको छ । नुहाइधुवाइ सकेर खाना खाएपछि म कलेज पुग्छु, खै के भो आज मलाई पटक्क काम गर्न सकिनँ । बारम्बार उसैलाई सभ्भिmरहन्छु म । पूरा दिन बिताउन निकै गाह्रो हुन्छ मलाई । कतिबेला भोलि बिहानको पाँच बज्ला म अधीर हुन्छु । साँझ ५ बजे म घर पुगिसक्छु, खाना छिटै बेडरुममा पस्छु । राति छिटै निद्राले छोप्छ । सपनामा उही मान्छे आउँछ । ऊ मेरो घरबाहिरको गेटमा पर्खिबस्छ । म जाँदै जान्न । अनि ऊ हार मानेर र्फकन्छ, मलाई आनन्द आउँछ, उसलाई सताउँदा तर बिहान ४ बजे ब्यूँझिँदा मेरो टाउको नराम्रोसँग दुखिरहेको हुन्छ, नजाउँ कि आज मर्निङवाकमा जस्तो लाग्छ तर ५ नबज्दै म गेट खोलेर बाहिर निस्कँदा उसलाई ठिङ्ग उभिएको भेटछु, गेट बाहिर ।"
तेह्रौं दिन ः ऊ मेरो घरको गेटमा मलाई पर्खिरहेको थियो । म लाज, डर, उत्सुकता सबै काखी च्यापेर गेटबाहिर निस्किएँ । ऊ मसँगै हिँड्दै थियो या म ऊसँगै हिँड्दै थिएँ, म यकिनसाथ भन्न सक्दिनँ तर हामी दुईसँगै हिँडिरहेका थियौं । "मलाई तपाइर्ंका बारेमा केही थाहा छैन किन मलाई पछ्याइरहनु हुन्छ ?"
"मलाई तपाईं मन पर्‍यो बस, यत्ति"
"यत्रो लामो जीवनमा मनपर्ने अरू कोही भेट्नु भएन ?"
"भेट्न त हजारौँ भेटिएँ होला तर मनले खोजेको बल्ल भेटेँ "
"तपाइर्ंलाई थाहा छ म को हुँ ? म कन्या कलेजमा पढाउँछु, श्रीमान्सँग डिभोर्स भइसकेको छ, छोरा छ १६ वर्षको यसपालि एसएलसी दिएको । म माइती घर आमासँगै बस्छु, "झन् श्रद्धा बढ्यो मेरो तपाईंप्रति"
"किन डिभोर्स भनेर" होइन, म पनि श्रीमती र छोरीबाट टाढा छु, एक्लै"
"दुःख लाग्यो, घाउ त एउटै रहेछ" "घाउ एउटै भए पनि व्यक्तिपिच्छे दुखाइ फरक हुन्छ"
"ठीक हो हजुरको कुरा"
"शायद भोलिबाट म आउँदिन होला मर्निङवाकमा । जिल्ला जानु छ, फर्केर आएपछि अवश्य भेट्नेछु । मलाई थाहा छ तपाईंले मलाई पर्खनुहुनेछ ।" मैले केही जवाफ नदिई घरको गेट खोलेर भित्र पसेँ ।
साधारण चियापानी, नुहाइधुवाइ सकेर खाना खाएर अफिस गएँ । मन आज अलि फरक छ । छ्याङ्ग आकाश, बादलका टुक्रा छैनन् कतै, मौसम पनि सुहाउँदो छ । घरी मनले छोरो सम्झन्छ, घरी डिभोसिङ लोग्ने । सम्बन्ध कसरी पलभरमै टुक्रियो, अझै पनि मलाई अचम्मको दुःख लाग्छ, आफैँले पाएको सन्तान पनि मन भाँचेर छोड्नु पर्दा पीडाको चुली सगरमाथा झैं छ । कहिलेकाँही फोनमा कुरा मात्र गर्न पाउँदा पनि मन फुरुङ्ग हुन्छ । आमा बुबाको आपसी 'इगो' को कारणले कत्ति बच्चाहरू पीडित छन्, कमसेकम सन्तानको लागि अन्तिम प्रयास गरिन पर्ने हो नछुट्टनि । मैले कत्ति कोसिस गरेँ पेपरमा हस्ताक्षर नगर्न, करकापमा छुट्टयिो सम्बन्ध । भइहाल्यो कत्ति सम्झनु आफूलाई पीडा दिने कुराहरू । अफिस बन्द भएपछि घर र्फकन्छु । राति आज अलि बरेरसम्म बस्छु । भोलि बिहान त उही रुटिन छँदै छ तर ऊ आउँदैन भोलि कस्तो कस्तो खल्लो लाग्छ ।
सत्ताइसौं दिन ः मेरो रुटिन उही उस्तै छ । बिहान ५ बजे बिहान हिँड्यो ६ बजे घर फक्यो तर यसबीचमा धेरै फेरिएका छन् । डाक्टरकोमा फेरि जान परेन । शरीरको तौल पनि मज्जाले घटेको छ, निद्रा राम्रो लाग्छ, खाना रुच्छ । एक किसिमले भन्ने हो भने शारीरिक रूपमा तन्दुरुस्त भएकी छु तर मन केही बिचलित छ, सुनसान लाग्छ मलाई ऊ बिनाको यो अहिलेको बिहानीको हिँडाइ । ओहोरदोहोर गर्न मान्छेहरूउस्तै उनै पनि छन्, नयाँ पनि छन्, कहिले भीड हुन्छ, कहिले कम । लगभग सधैं मलाई हिँडेको देख्नेहरू पुलुक्क हेर्छन्, जान्छन् । निश्चित समयमा म हिँड्ने हुनाले कत्ति अनुहार त प्रत्येक दिन भेटिन्छन् उही समयमा, उही ठाउँमा ।
कहिले र्फकन्छ, त्यो पनि थाहा छैन, कहिल्यै ऊसँग भेट नहुन पनि सक्छ, भोलिदेखि नै आउन पनि सक्छ । पछुतो लाग्छ किन उसँग मैले मोबाइल नम्बर मागिन ? किन राम्रोसँग बोलिन ? के जान्थ्यो मेरो ? कतै कुनै उपाय नै छैन ऊसँग सम्पर्क गर्न । चिटचिट पसिना आउँछ, टाउको एक्कासी फुट्लाझैं दुख्छ, एकपाइला अघि बढ्न सक्दिन । बाटोको छेउ लाग्छु, थचक्क घासमा बस्छु, मान्छेहरू हिँडिरहेका छन् । कोही एक्लै, कोही दुईजना, कोही समूहमा । म एक्लै शिथिल, निराश र हैरान बनेर हेरिहन्छु हेरिरहन्छु । तन्द्रामा पुग्छु म, ऊसँगै हिँडिरहेको, म उसलाई उछिन्दै अघि बढ्न खोजेको तर नसकेको हार मानेर उसँगै पाइला बढाउँदै हिँडेको । टाढा धेरै टाढा ऊ र म हिँडिरहेको । सुनसान बाटो, हरिया पार्क, सफा आकाश, शीतल बिहानी म तन्द्रामै रमाउन थाल्छु Û कता कता अनुहारमा बेस्सरी पोलेजस्तो हुन्छ । म तन्द्राबाट ब्यूँझन्छु । घाम माथि आइसकेछन् बाटोमा पैदल यात्रुहरू होइन, गाडीहरू दौडिरहेका छन्, म जुरुक्क उठ्छु, घडी हेेर्छु ८ बजिसकेछ । कलेज जान हतार हुने भो, फटाफट हिँडछु । गाडीको हर्नले मेरो मानसिक एकाग्रतालाई बेस्सरी बिथोल्छ, फेरि यो बाटोमा कहिले लम्कन्छन् उसका पाइला ? कहिले भेट्छु म उसलाई फेरि ? व्यग्रताले नराम्ररी डस्छ । अमिलो मन पारेर घर र्फकन्छु । आज किन ढिला
छोरी ?" आमाको प्रश्नको उत्तर नदिइ बाथरुमभित्र पस्छु । चिसो पानीले शरीर पखाल्छु । पानीले मनको ताप पखालिँदैन, न व्यग्रता र अस्थिरता नै साम्य हुन्छ । नुहाइ सकेपछि बाहिर निस्केर टीभीमा समाचार हेर्दै चिया पिउन थाल्छु । कलेज नजाने विचार एक्कासि मनमा आयो, फोन गरेर भनिदिन्छु । "आमा मलाई सञ्चो छैन, हजुरहरूले खाना खानुस्, म आराम गर्छु" भनेर बेडरुमभित्र छिर्छु, ढोकाको चुकुल लगाएर ओछ्यानमा पल्टन्छु ।
मोबाइलमा पुराना हिन्दीगीत बज्दै छन्, म बेस्सरी उसको सम्झनामा हराउँछु । कहिल्यै नजानेको नचिनेको मान्छेप्रति किन यति आशक्त बनिरहेकी छु, थाहा छैन । जीवनमा कति मान्छे भेटिए कति छुटे, बिहे गरेको लोग्ने त आˆनो भएन, यो मान्छे कसरी आˆनो हुन्छ ? किन व्यर्थ आफूलाई दुखाइरहेकी छु ? किन सताइरहेकी छु ? किन पर्खिरहेछु ? कस्तो सम्बन्धको अपेक्षा गरेकी छु उबाट ? के सोच्दै फर्केला ? भेट होला त मेरो उसँग फेरी ? प्रश्नै प्रश्नको सञ्जालमा बेरिएकी छु म । किन यो छटपटी र अस्थिरता ? किन यो व्यग्रता ? अहँ उत्तर छैन मसँग ।
दुई महिना तीन दिन
उही समय, उही, बाटो तर ऊ अझै आएको छैन । म हिँडिरहेकी छु । बिसञ्चो हुँदा पनि हिँडेकी छु । पानीमा रुझेरै पनि हिँडेकी छु । मलाई मात्र पर्खाइ छ उनको । कतै म नहिँडेको दिन ऊ आयो भने के भन्ला उसले ? बिचरा कति खोज्ला मलाई, यही सोचेर नियमित हिँडिरहेकी छु, हिँडिरहेकी छु, एक्लै एक्लै । सधैं हिँड्नेहरू पनि भेटिन्छन् । कोही कोहीसँग त हल्का मुस्कान पनि साटासाट हुन थालेको छ । प्रत्येक दिनको भेटले तर बोलिएको छैन, कसैसँग, बोल्नु पनि छैन मलाई, कसैसँग चिनिनु पनि छैन मलाई मात्र उसकै पर्खाइमा छु, म ऊसँग फेरि भेट अवश्य हुन्छ भन्ने विश्वासमा हिँडिरहेकी छु, हिँडिरहेकी छु, उही बाटो, उही समय, दूध बोक्ने मानिसहरू, गाडी सिक्नेहरू, व्याडमिन्टन खेल्नेहरू, कुकुर डोर्‍याउँर्दै हिँडनेहरू, मस्तसँग गफ गर्दै सडक निजी ठान्नेहरू ? एक्लै हिँड्नेहरू, जोडीहरू, समूहहरू सबैसबै आ-आˆनै तालमा छन्, रˆतारमा छन्, हतारमा छन् । म सधैंजस्तै उही मन्दिरमा पुगेर र्फकन्छु एक्लैएक्लै पछाडिबाट आउने प्रत्येक पाइलाको आवाजले मलाई ऊ नै हो कि भनेर झस्किन्छ घरीघरी । पछि फर्केर हेर्छु, अहँ ऊ देखिँदैन कतै तर मलाई पक्का विश्वास छ ऊ आउँछ कुनै दिन र हामी फेरि सँगै हिँड्ने छौं । यही बाटोमा यही समयमा मर्निङवाकमा, पुराना हिन्दीगीत सुन्दै, मीठा रमाइला गफ गर्दै । मलाई पर्खाइ छ त्यही पाइलाको ।

No comments: