Friday, February 25, 2011

चलचित्र लाँङ्घौ रोह

मगर संस्कृतिमा आधारित कथानक चलचित्र 'गाउँको माया' मा टिभीका पत्रकार केबी राना मुख्य भूमिकामा देखिँदैछन् । यसै साता  नवलपरासीको कावासोतीमा विशेष समारोहमार्फत चलचित्रको प्रिमियर शो गरिँदैछ । देवचुली डाँडाको प्रचार-प्रसार गर्नुका साथै मगर  बस्तीमा सांस्कृतिक पर्यटन प्रबर्द्धनमा टेवा पर्‍ुयाउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता चेतन रजालीले बताए । चलचित्रको  छायाङ्कन नवलपरासीको पर्यटकीय क्षेत्र देवचुली डाँडा, राईकोट, धौवादी, जौवारी, भारतीपुर, बुलिङटार, डाँडाझेरी, अर्खला, स्याङ्जा, तनहुँ,  पाल्पा आसपासको क्षेत्रमा गरिएको छ । फिल्मको कथाले नेपाली स्वाभिमान झल्काउन खोजेको छ । चलचित्रको कथा रोजगारीका लागि बिदे सिएका युवाहरूलाई स्वदेशमै रहेर आफ्नो देश र गाउँका निम्ति काम गर्न प्रेरणा जगाउने खालको रहेको बताइन्छ । 'नेपाली युवाहरू बुद्धि,  बल एवं बैंस हुँदासम्म विदेशमा श्रम गर्ने अनि बुढेसकाल वा अशक्त, अपाङ्ग भएपछि स्वदेश र्फकने अवस्था चलचित्रमा झल्काइएको छ', निर्देशक छवि राना मगरले बताए । नायक केबी राना भन्छन्, 'मगर संस्कृति र परिवेशमा आधारित चलचित्रमा सहभागी हुन पाउनुगर्वको कुरा  हो', रानाले थपे, 'त्यसमा यो राष्ट्रियता र संस्कृति समेटिएको पृथक् धारको चलचित्र पनि हो ।' चलचित्रमा नायिकाको भूमिका इन्दिरा  बाकबलले निर्वाह गरेकी छिन् ।

No comments: