Sunday, March 13, 2011

हामी पुनहरू मगर हौ, को-को हुन पुनमगरलाई मगर हैन भन्नेहरु

केहि वर्ष यता केहि पुन मगर भन्दा अन्य केहि मगरहरुले र आफुलाई पुनमगर हरुको ठेकेदार ठान्ने केहि व्यक्तिहरुले पुनहरु लाई जबर्जस्त मगर हैन भन्ने हल्ला फिजाय वास्तबमा तिनी हरु मगर हो एकता बिरोधि तत्व तथा शक्ति का रिमोर्ट कन्ट्रोल बाट चल्ने र केहि निहित स्वार्थ बाट अभिप्रेरित भयर त्यो सत्यता बिहिन हल्ला चलाईएको थियो, त्यहिँ भ्रामक हल्लालाई अर्थ हिन आधार बनाएर पुनहरू लाई छुटै सूचीकरण गर्नका लागि आयोग धाईयो, यो आफैमा सरासर गलत थियो, किन कि यो सूचीकरण आयोगमा निवेदन दिने काम राम्ररी जानेर वा बुझेर गरियो वा कसै को लहै लहै मा लगेर गरियो यो कार्य गर्नु पहिला एक पटक राम्ररी सोच्नु पर्दथ्यो / यसरी जानु गम्भीर गैर जिम्मेवार पन कदम थियो, किन भने पुन समाज नेपाल भन्ने संस्थामा वास्तबमा पुनहरुको आदिम भुमि रुकुमका पुनमगर र गुल्मी, रोल्पा, प्युठान र बाग्लुंगका पुनमगर सहभागी छैनन् र त्यहाँका पुनमगर हरुलाई यो बारेमा केहि पनि थाहा थिएँ र "अझै पनि त्यहाँ का पुनमगरहरु ओरिगिनल (खाट्टी) मगर हो भन्छन र हुन पनि " म संग दर्जनौ प्रमाणहरु छ, त्यसैले आफुलाई पुनमगर हरुको ठेकेदार ठान्नेहरुले एकपटक लाखौ पुनमगर हरुलाई सोध्नु पर्ने थियो, त्यसकारण सबै को बिचमा घाम जस्तै छर्लंग छ पुनहरु मगर हुन भन्ने अब पनि कसैले हामी पुनमगरहरुलाई कसैले मगर होइन भन्छ भने त्यसको बिरुद्दमा हामी निरन्तर लागि पर्ने छौ र त्यसलाई मगर बिरोधि तत्वको रुपमा आम मगरहरुको बिचमा सार्बजनिक गर्नेछौ र त्यको बिरुद्दमा सिङ्गो मगर समुदाय उठ्ने छ /
धन्यवाद,

ज्ञानेन्द्र पुनमगर
महासचिव, आदिवासी जनजाती युवा महासंघ नेपाल
केन्द्रीय समिति, काठमाडौँ  

No comments: