Saturday, March 5, 2011

एफएमका बिजेतालाई महिला उपहार

बिश्वमा भइरहने बिभिन्न प्रतियोगितामा बिजेतालाई अनौठा अनौठा उपहार दिने प्रचलन छ । त्यस्ता उपहार सामान्यतया बस्तु र कहिलेकाही जीवजन्तुसम्म हुने गर्छन् ।
तर, न्यूजिल्याण्डको ‘रक’ एफएमले आयोजना गरेको एक प्रतियोगिता विजेतालाई युक्रेनकी एक महिला उपहार दिइनेछ । हालै भएको सो प्रतियोगिताको विजेता ग्रेग नामक व्यक्ति भएको घोषणा गरिएको छ । उनलाई मार्च २३ मा १२ दिनका लागि युक्रेन पठाइने एफएमले बताएको छ ।
ती पुरुषले युक्रेनमा पुगेर कुनै एक युक्रेनी युवतीसंग बिबाह गर्न पाउनेछन् । यस्तो अनौठो उपहारबारे एफएमका निर्देशक व्राण्ड किङ्गले भने-’विवाह गर्ने नगर्ने तथा न्यूजिल्याण्ड आउने नआउने विजेतामा भर पर्छ’ हामी कसैको विवाह गरिदिने वा कुनै युक्रेनी महिलालाई न्युजिल्याण्ड ल्याउने एजेन्सीको काम गर्न लागेका छैनौं ।’
एमएमको सर्तअनुसार विजेता युक्रेनी महिलासँग अब हुने निर्वाचनअघि नै विवाह गर्न सक्नेछन्, त्यसका लागि इन्डलेस लव डेटिङ एजेन्सीले मदत गर्नेछ । यता युक्रेनका महिला कार्यकर्ताले सो पुरस्कार महिला अधिकार बिरोधी भएको भन्दै विरोध प्रर्दशन गरेका छन् । उनीहरुले विवाह पञ्जिकरण कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।

No comments: