Sunday, April 10, 2011

छायो गोर्खाली

बेलायती गोर्खा सैनिकको बहादुरी चानचुने छैन। विगतमा होस् या वर्तमानमा, गोर्खा सैनिकले देखाएको साहस र समर्पणकै कारण उनीहरूको परचिय पनि गर्विलो बनेको छ। त्यसैले त बेलायत सरकारलाई पनि बेलाबेलामा गोर्खा सैनिकको साहसको कदर गर्न कर लाग्छ। यसै सिलसिलामा ११ चैतको साँझ लन्डनमा बेलायत सरकारले दुई युवा गोर्खा सैनिकलाई विशिष्ट सम्मान गर्‍यो।

बेलायती गोर्खा सैनिकमा कार्यरत दोलखाका राइफलम्यान मनिराज गुरुङ, २३, र म्याग्दीका सर्जेन्ट दीप पुन, ३२, ले अफगानिस्तानमा देखाएको बहादुरीको कदरस्वरूप बेलायती सेनाबाट उच्च सम्मान पाएका हुन्। गुरुङलाई 'मेन्सन इन डिस्प्याचिङ्' -एमआईडी) अवार्ड दिइएको हो भने पुनलाई उच्च साहसिक पुरस्कार 'कन्स्िपसियस ग्यालन्ट्री क्रस' -सीजीसी) अवार्ड। पुनले अफगानिस्तानमा १२ जना विद्रोहीलाई मारेर आफ्ना तीन जना सहकर्मीको ज्यान कुलशतापूर्वक बचाएका थिए।

त्यसैगरी, राइफलम्यान गुरुङले अफगानिस्तानमा विद्रोहीद्वारा सिर्जित खतरनाक परििस्थतिमा कम क्षतिसहित सफलता प्राप्त गरेका थिए। भएको के थियो भने, अफगानिस्तानमा विस्फोटक वस्तु बिछ्याएको क्षेत्र नियन्त्रणमा लिनुपर्ने थियो। विद्रोहीले विस्फोटक पदार्थ हटाउन आउनेमाथि धेरै दिनदेखि घातक हतियारले लगातार प्रहार गररिहेेका थिए। गस्ती सकेको गुरुङको टोलीमाथि विद्रोहीले अचानक गरेको 'फायर'ले एक जना बेलायती सैनिकको मृत्यु भयो। विद्रोहीका गोलीको पर्वाह नगरी गुरुङले आफूसँग भएको गोलीको उच्चतम सदुपयोग गर्दै विद्रोहीलाई निसाना बनाइरहे। यसैबीच, विद्रोहीको प्रहारबाट अर्को टोलीका कमान्डर सख्त घाइते भए। त्यसपछि गुरुङले दुवै टोलीको नेतृत्व गरेर सबै सैनिकलाई बचाए। र, घाइते साथीहरूको तत्काल उद्धार गरे। यस घटनालाई बेलायती सेनाले अफगानी भूमिमा भएको बिर्सन नसक्ने घटनाका रूपमा लिएको छ।

सर्जेन्ट पुनले एक सय मिटर टाढाबाट घिसि्रँदै अघि बढेर १२ जना विद्रोही मारेको घटनालाई पनि बेलायती सरकारले उच्च साहसको रूपमा लिएको छ। रकेट, गि्रनेट, प्रोपलर र अन्य साना हतियारसहित दुईतिरबाट आएका विद्रोहीसँग पुनले जुन शैलीले लडे, त्यसले अरू सैनिकलाईसमेत पाठ पढाएको छ।

वीरताको प्रदर्शन गर्दै गोर्खाली सेनाले ४६ वर्षपछि यति विशिष्ट अन्तर्राष्ट्रिय सम्मान पाएको यो पहिलोपटक हो। सन् १९६५ मा बोर्नियोको लडाइँमा रामबहादुर लिम्बूले 'भिसी' पाए, यता सर्जेन्ट पुनले पाएको 'सीजीसी' सबैभन्दा ठूलो सम्मान हो। त्यसैगरी, गुरुङले पाएको 'एमआईडी' अवार्ड बेलायती सुरक्षा फौजमा सबैभन्दा पुरानो अवार्डका रूपमा चिनिन्छ।

No comments: