Friday, November 26, 2010

सानो देशमा ठूलो घटना

संसारकै सानो देशमध्ये एक पापुवा न्यूगिनीमा यौनको सबैभन्दा ठूलो घटना घटेको  छ । समाचारअनुसार १८ वर्षीय एक युवकलाई स्थानीय १० महिलाले सामूहिक  बलात्कार गरेका छन् । गत मंगलबार साँझ कलेजबाट फर्किरहेका ती युवकमाथि अचानक १० महिलाले हमला गरेर उनीसँग जबरजस्ती यौन सम्पर्क गरेका थिए ।  उनीहरुरूले चक्कु तथा घरेलु हतियार देखाएर उनलाई बलात्कार गरेका हुन् । ज्यान जाने डरले चार महिलासँग सम्पर्क गरेपछि ती युवक बेहोस भएका थिए । युवक बे होस भएपछि महिलाहरू भागेका थिए । अज्ञात व्यक्तिको फोनपछि प्रहरीले बेहोस युवकलाई अस्पतालमा भर्ना गरेको छ । 

नाम गोप्य राखिएका ती युवक आफूमा एचआईभी पोजेटिभ सर्ने भयले आक्रान्त छन् । उनी आफ्नो उपचारलाई भन्दा रगत जाँच्न कर गरिरहेका छन् । न्यूगिनी विश्वका  एचआईभी संक्रमित हुने देशहरूमध्ये माथिल्लो सूचीमा पर्छ । युनिसेफका अनुसार केही समययता उक्त देशमा पुरुषमाथि महिलाले बलात्कार गर्ने घटना बढ्न थालेको छ ।  दुई महिनाअघि पनि तीन किशोरी मिलेर आफ्नै स्कुलका एक सहपाठीसँग जबरजस्ती यौन सम्पर्क राखेका थिए । करिब ६७ लाख जनसंख्या भएको उक्त देश अस्ट्रेलियाको  छिमेकी हो ।

No comments: