Friday, November 26, 2010

मोडर्न च्यालेन्जको सामना कसरी गर्ने ?

च्यालेन्ज १

लङ डिस्टेन्स म्यारिज


हिजोआज वर्किङ कपलको जमाना छ । यसलाई परिवारको आवश्यकता वा मोडर्न सोसाइटीको चलन भन्न सकिन्छ । जबसम्म पतिपत्नी एउटै सहरमा नोकरी गर्छन्  तबसम्म सबै ठीक नै रहन्छ तर कुनै कारण यदि दुवैजना अलग भए भने जटिलता उत्पन्न हुन सक्छ । कारण अलग अलग ठाउँमा रहनाले श्रीमान्-श्रीमतीको सम्बन्धमा  टाढापन बढ्छ र संवादहीनता पनि । यस्तो स्थितिमा पति-पत्नीबीच एकअर्काप्रतिको अपेक्षा पूरा हुन पाउँदैन । कारण दुवै कम समयका लागि एकअर्कालाई बुझ्नुको साटो  आ-आफ्नो अपेक्षा पूरा गर्न थाल्छन् र असन्तुष्ट रहन्छन् ।

समाधानको उपाय

रिलेसनसिप एक्सपर्टस्हरूका अनुसार लङ डिस्टेन्स म्यारिजमा अपेक्षाहरू धेरै हुन्छन् । यस्ता कपल्स मात्र छुट्टीका समयमा एकसाथ हुन्छन् । त्यसैले दुवै जनाले मानसिक  रुपबाट बढी परिपक्व हुनुपर्छ । व्यक्तिले आफ्ना समस्यालाई मात्र नभएर आफ्नो पार्टनरका अप्ठ्याराहरूलाई पनि बुझ्नुपर्छ ।

सातामा कमसेकम दुई दिनसँगै बिताउनुपर्छ । सँगै भएका बेला कामको कुरा गर्नुहुँदैन ।

दिउँसो समय भएका बेला आफ्नो जीवनसाथीसित बेला-बेलामा सम्पर्क गर्नुपर्छ ।

छुट्टीको प्लानिङ पहिले नै गरेर जीवनसाथीका लागि समय जोगाउनु राम्रो हुन्छ ।

च्यालेन्ज २

यौनसम्पर्कका लागि समय छैन

मनोवैज्ञानिकहरूका अनुसार यौन वैवाहिक जीवनको प्राण हो । यसबाट पति-पत्नी शारीरिक एवं मानसिक स्तरमा एकअर्कासित जोडिन्छन् । यही लगावले दुवैका बीच  एउटा पुलको काम गर्छ । हिजोआज नोकरीको अलग-अलग समय, लङ डिस्टेन्स म्यारिज, अति व्यस्तता तनाव आदिका कारण पति-पत्नीलाई सेक्सका लागि समय प्राप्त हुँदैन । इच्छा हुँदाहुँदै पनि सेक्सका लागि समय नहुने भएकाले पति-पत्नी दुवैलाई शारीरिक एवं मानसिक समस्याको सम्भावना हुन्छ ।

समाधानको उपाय

श्रीमान्-श्रीमतीले यौन सम्पर्कलाई लिएर संकोच गर्नुहुँदैन ।

जीवनसाथीसित आफ्नो यौनसम्पर्कसम्बन्धी इच्छा र यौनसम्पर्कको समय व्यवस्थापनका विषयमा खुलेर कुरा गर्नुपर्छ ।

दिनमा दुई-तीन घण्टा नभए पनि आपसी अन्तरंगका लागि समयलाई व्यवस्थापन गर्न जान्नुपर्छ ।

यौनसम्पर्कका लागि यौनप्रति इच्छा र समय आवश्यक हुन्छ । यौनसम्पर्कका लागि जहिल्यै प्रेजेन्टेबल रहनुपर्छ र अफिसको तनावलाई आफू र आफ्नो पार्टनरबीच आउन दिनुहुँदैन ।

च्यालेन्ज ३

सन्तानलाई समय दिन नपाउनु

पति-पत्नीको सबैभन्दा ठूलो समस्या हो आफ्नो बालबालिकालाई समय दिन नपाउनु । अधिकांश दम्पती आफ्नो करियर र जबका कारण सन्तानको प्लानिङ गर्न पाउँदै नन् । प्लान गरे पनि आफ्नो सन्तानको लालनपालनका लागि उनीहरूसित समयको अभाव हुन्छ । अभिभावकले आफ्ना बालबालिकालाई समय दिन नसक्नाले कैयन्  समस्या उत्पन्न हुन्छ । ती समस्याबाट जोगिन बालबालिकासित समय बिताउनु जरुरी छ । यो बालबालिकाहरूका लागि मात्र नभएर पूरा परिवारका लागि नै राम्रो हुन्छ ।

समाधानको उपाय

श्रीमान्-श्रीमतीले पूर्ण रूपले तयार भएपछि मात्र शिशुको प्लानिङ गर्नुपर्छ ।

अफिसबाट आएपछि शिशुसित पर्याप्त समय बिताउनुपर्छ ।

बालबालिकासित उनीहरूको दिनचर्याका सम्बन्धमा सोध्नुपर्छ, उनीहरूसित खेल्न, घुम्न जानुपर्छ ।

बालबालिकालाई टेलिभिजन, भिडियो गेम्स वा इन्टरनेटको लतबाट जोगाउनुपर्छ ।

च्यालेन्ज ४

अफिस रोमान्स

पार्टनरसित समय नहुनु, अफिस तनावका कारण हिजोआज अफिस रोमान्स वा विवाहेत्तर  सम्बन्ध स्थापित हुने गरेको पाइन्छ । मनोवैज्ञानिकहरूका अनुसार वर्क प्लेसमा  अफेयर भए व्यक्तिले मानसिक स्तरमा ताजापन महसुस गर्छ, तर त्यो क्षणिक हुन्छ । यसका कारण भविष्यमा गएर मानसिक अवसादको स्थिति उत्पन्न हुने सम्भावना  हुन्छ ।

समाधानको उपाय

आफ्नो वैवाहिक सम्बन्ध जोगाउन चाहने हो भने स्वयं आफूलाई नियन्त्रणमा राख्नुपर्छ ।

आफ्नो जीवनसाथीप्रति इमानदार रहनुपर्छ ।

अफिस रोमान्सलाई रोक्न पार्टनरसित खुलेर कुराकानी गर्नुपर्छ उनको समस्यालाई बुझ्ने प्रयास गर्नुपर्छ ।

अफिसको कामबाट समय निकालेर आफ्नो जीवनसाथीसित फोनमा सम्पर्क राख्नुपर्छ । यसले अफिस रोमान्स रोक्न मद्दत गर्छ ।

च्यालेन्ज ५

मनी म्याटर्स

बढ्दो महँगी र राम्रो जीवनशैली दुवैका लागि रुपैयाँ-पैसाको आवश्यकता पर्छ । त्यसैले कपल्स वर्किङ हुनु जरुरी छ, तर श्रीमान्-श्रीमतीका बीच झगडाको कारण पनि  प्रायः गरी रुपैयाँपैसा नै हुन्छ । जस्तैः घरको बजेट, इन्भेस्टमेन्ट-प्लानिङ आदि । कारण उनीहरूले वर्तमानका साथ भविष्यलाई पनि सुरक्षित राख्नुपर्ने हुन्छ ।

समाधानको उपाय

मनी म्याटरलाई पति-पत्नीको सम्बन्धका बीच आउन दिनुहुँदैन ।

घरको बजेट र महिनाको खर्चलाई दुवैजना सँगै बसेर तय गर्नुपर्छ ।

खर्चको प्राथमिकता तय गर्नुपर्छ र रुपैयाँ-पैसाको कुरा एक-अर्काबाट लुकाउनुहुँदैन ।

No comments: