Tuesday, November 30, 2010

के हो ? माया प्रेम जीवन र जगत अनि चेतना

माया अथवा प्रेम यही नै हो भनी निक्र्योलित एउटै मात्र परिभाषा अहिलेसम्म कुनै पनि दार्शनीकहरुले, बैज्ञानिकहरुले, कविहरुले, उपन्यासकारहरुले, कथाकारहरुले दिएका छैनन् । त्यी सबैका आ–आफ्नै खालका आ–आफ्नै विचारमा मायाका परिभाषाहरु दिएका छन । यहाँपनि मैले विभिन्न साथीभाईहरुले दिएका विचारहरु हेर्ने मौका पाए माया सम्बन्धमा । यहाँ प्रश्न कर्ता साथी दिपुजीले के कसैले माया गर्दैमा उसलाई पाउनै पर्छ भन्ने छ र ? के पाउनु मात्रै माया हो ? भनि जिज्ञासा राख्नु भएको छ ।

     मेरो विचारमाचै माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, आफ्नो प्रियसीलाई गरिने माया, शन्तानलाई गरिने माया इत्यादि । जहाँसम्म माया गर्दैमा पाउनै पर्छर ? भन्ने सवाल छ त्यसमा यदि तपाईले वा अरु जो कसैले यदि साच्चिकै माया हृदयदेखिनै माया साँचो र चोखो माया गरेको छ भने पाउनु र गुमाउनुमा केहि फरक पर्दैन । पाउनै पर्छ भन्ने पनि छैन र गुमाउदा पनि केहि फरक पर्दैन फेरि घुमाउनु नै पर्छ भन्ने पनि छैन । किनकि तपाईले उसलाई साँचो र चोखो माया गरेको हुन्छ । जबसम्म यो जगतमा तपाईले माया गरेको चीजको अस्तित्व रहिरहेको हुन्छ तबसम्म उसप्रति तपाईको माया प्रेम रहिरहन्छ । त्यसैले त भन्ने गरिन्छ अमर, साँचो र चोखो माया मिलनमा मात्रै होइन विछोडमा पनि टुगिन्छ । तबमात्र तपाईले माया प्रेम गरेको पुष्टि हुन्छ नत्र भने केवल आकर्षक र वासना मात्रै भन्न सक्छ त्यसलाई माया प्रेम जस्तो पवित्र शब्दद्घारा पुकारिन मिल्दैन । तपाई हामीले सुनेको र पढेको पनि हुन पर्छ राष्ट्रिय अन्तराष्ट्रिय साहित्यकार लेखकहरुको कथा उपन्यास कविताका माया प्रेम गर्ने पात्राहरुको कथा “मुना र मदन” को माया प्रेमको कथा, “लैला र मजनु”, “रोमियो एड जुलियट” आदिका प्रेम कथा जुन अमर प्रेमको रुपमा विश्वमा नै चर्चित छन् । यदि त्यी माया प्रेमको जोडीले पाउनु मात्रै माया भनेको भए के तीनीहरुको माया प्रेमले विश्वमा यतिधेरै चर्चा पाउथ्यो होला अनि विश्वले नै माया प्रेमको परिभाषामा उनीहरुको कथा जोडिथ्यो र ? त्यसैले दीपुजी पाउनु मात्रै कदावि माया होइन । त्यो त केवल ३ घण्टे हिलीउड, वलिउड, कलिउडे फिल्मी माया प्रेमको कथालाई आधार मानेर सोचेको सोचमामात्रै संभावना बढी हुन्छ जसको पुरै आधारसिला र रिमोट कन्ट्रोल निर्माता र निर्देशकको हातमा हुन्छ अनि त्यहि अनुरुप निर्देशित हुदैजान्छ र कलकारले त्यही अनुरुप अभिनय गरिन्छ तर यर्थात वास्तविक जीवन र जगतमा त्यो सम्भावना छैन र हुदैन । त्यो कसैको बहसको कुरा हुदैन अनि साथमा रिमोट कन्ट्रोल पनि हुदैन ।






त्यसैले मेरो विचारमा माया प्रेम भनेको “जीवन र जगतमा रहेका चेतनाशिल प्राणीले सजिब अथवा चेतनाशिल प्राणी तथा निर्जीब पदार्थलाई आत्मिय सामिप्यता कामय गर्ने भावनात्मक समप्र्रण हो” । माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वाभाव हो त्यो स्वाभाव पनि सबैमा हुन्छ तर घृण हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ ।






भनिन्छ नी खुकुरीको पीर अचानोलाई थाहाँ हुन्छ भनेझै माया प्रेमको ब्यथा माया प्रेम गर्नेहरुलाई थाहा हुन्छ तर माया प्रेम सबै चेतनाशिल प्राणीहरुमा हुन्छ विशेष गरि हामी मानवमा । मरुभूमिमा यदि पानीको कुवा छ भने नसुकुन्जेल सम्म पानीको मूल्य थाहा हुदैन जब पानी सुक्छ अनि त्यसपछि मात्रै थाहा हुन्छ पानीको मूल्य कति हुदोरहेछ भनेर त्यसैले माया प्रेम भनेको चेतना सहितको जीवन र जगत हो । यदि जीवन र जगत नै छैन भने के हो माया प्रेम ?






त्यसो त माया प्रेम सिर्जनाको पनि द्योतक हो । माया प्रेमले मान्छेलाई सिर्जनशील पनि बनाएका हुन्छन् चाहे त्यो नकारात्मक तरिकाले होस चाहे त्यो सकारात्मक तरिकाले जसरी पनि । माया प्रेमबाटै नै साहित्यको सिर्जना भएको हुन्छ । जसरी स्वर्गीय गीतकार चाँदनी शाह र स्वर्गीय गायककार नारायण गोपालसँगको माया प्रेम सम्बन्धका कारण गीत रचनाकार र गीत गायककारको साहित्य सिर्जन भएको थियो । साच्चिनै माया प्रेमले एउटा मान्छेको जीन्दगीमा धेरै फरक पार्दछ त्यसैले यी दुई ले रचना र गाएका गीतका यी हरफहरु हेनुस् त “एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा..........।” त्यसैले माया प्रेमसँग साहित्य जोडिनै रहेको हुन्छ कुनैन कुनै रुपमा । भनिन्छ नी हरेक मान्छे जीवनमा एकपल्ट कवि हन्छ कि त प्रेममा पर्दा कि विछोडमा । साहित्यकारहरु आफ्ना कृतिले जति चर्चित हुन्छन् उनीहरुको माया प्रेमको प्रसंग पनि कम रोचक हुँदैन । विश्व प्रसिद्घ साहित्यकार अर्नेस्ट हेमिङ्वे, चार चार वटा माया प्रेम असफलता भोगेका रुसी साहित्यकार एन्टोन चेखबा, नेपाली साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, विष्णुकुमारी वाइबा (पारिजात)का साहित्यक कृतिका पछाडि पनि विभिन्न सुखद र दुःखत माया प्रेम प्रसंग जोडिएका छन् । माया प्रेमले खुसी मात्र दिंदैन, पीडा पनि दिन्छ अनि त्यही पीडाले सिजना लागि प्रेरणा मिल्छ ।






प्राय माया प्रेम मनबाट शुरु हुन्छ । शरीरिक आकर्षण प्रेम वा माया होइन तर कहिलेकाही शरीरक आकर्षणबाट शुरु भएको माया यानीकि प्रेम मनसम्म पुगेको प्रसंग पनि छ । त्यही शिलशिलामा एउटा भावनात्मक कथा प्रस्तुट छ प्राचीन विहार राज्यको बैशाली नगरमा एक अद्भुत सुन्दरी बस्थिन् । त्यहाँ उनको ठूलो इज्जत थियो । एक दिन उनको महलको बाटो हुँदै एक अत्यन्त तेजस्वी बौद्घ भिक्षु कतै जाँदै थिए । भिक्षुको आकर्षक शरीर देखेर सुनदरीलाई उनीसँग शारीरिक सम्पर्कको इच्छा भयो । केहि दिनपछि भिक्षु त्यही बाटो भएर फर्कदा उनले आफ्नो इच्छा भिक्षुलाई बताइन् । युवक भिक्षु भएकाले सुन्दरीको इच्छा पुरा गर्न सक्ने कुरा त भएन तर फेरि आउने बचन दिए । लामो समय वित्यो तर भिक्षु आएनन् । भिक्षुलाई पर्खिदा पर्खिदा सुन्दरी बूढी र रोगी भइन । उनले कमाएको सम्पत्ति पनि सकिदै गयो । उनी एक्ली भइन् । यो थाहा पाएर भिक्षु उनको सेवा गर्न आए । उनलाई साँचो प्रेम गरे । अन्त्यमा तिनले भिक्षुकै काखमा देहत्याग गरिनन् । यहाँ शारीरिक आकर्षणबाट शुरु भएको माया प्रेम मनसम्म पुग्यो । कैयन ब्यक्ति मनको नाता जोड्ने बाटोमा शरीरलाई व्यवधान मान्छन भने कोही शरीर नै मनसम्म पुग्ने माध्यम हो भन्छन् ।






अन्त्यमा के भन्न सकिन्छ भने माया प्रेमलाई पाउनु र गुमाउनु, मिलन र विछोडमा दाजेर यसलाई कलंक पार्न सकिन्दैन यो त अमर कन्चन सर्मप्रण भन्न सकिन्छ । त्यसैले त मैले भनेको छु नी “जीवन र जगतमा रहेका चेतनाशिल प्राणीले सजिब वा चेतनाशिल प्राणीका साथै निर्जीब पदार्थलाई आत्मिय सामिप्यता कामय गर्ने भावनात्मक समप्र्रण हो” । Tags:










Share Twitter Facebook


No comments: