Tuesday, November 30, 2010

किशोरावस्थामा प्रेमको औचित्य

संसारमा सम्बन्धको सुरुवात हाम्रो आगमन वा उत्पति सागै भएको मान्यता रहिआएको छ । समाजमा विभिन्न सम्बन्धहरु हुन्छन् हाम्रा लागि सबै सम्बन्धहरु महत्वपुर्ण हुन्छन्। यस्ता सम्बन्धहरुमा आ आप्नै महत्व हुन्छ । तर माया प्रेम एक यस्तो सम्बन्ध हो जसलाई हामी स्वयं चुन्छौ । माया प्रेमको उमङ्ग जब हामी किशोरावस्थामा पाइला टेक्छौ त्यो बाटै नै परिवर्तन हुन्छ । यसको कारण जब हामी किशोरावस्थामा पुग्छौ, हाम्रो विपरित लिङ्गप्रति आकर्षण बढ्न जान्छ र विपरित लिङ्गको साथ राम्रो लाग्न थाल्छ । उसका बारेमा हामी धेरै जान्न चाहन्छौ । सम्झन्छौ हामी आफैले खोजेको नजिक पुग्दैछौ । यो हुनुको कारण किशोरावस्थामा पाइला टेक्दा हाम्रो शरिरमा हर्माेनको परिवर्तन हुन्छ । यस्तो अवस्थामा हामीले एक अर्कालाई बुझ्नु जरुरी छ । त्यसको लागि केही उपायहरु इस प्रकार छन् ।







एक अर्कालाई बुझ्नेः






१) दुबैले एक अर्कालाई बुझ्नको लागि डेटिङग वा घुम्न जाने ।


२) तपाईको साथीले गरेका टिका टिप्पणीहरुलाई राम्ररी मनन् गर्ने ।


३) एक अर्कासाग मिल्ने र गफ गर्ने यस्तो गर्दा दुबैमा धेरै कुरा स्वस्फुर्त रुपमा आउँछ।


४) एक अर्काका भावनाहरुलाई कदर गर्ने कोशिश गर्ने ।


५) एकान्तमा आनन्दसंग आफ्नो प्रेमी वा प्रेमीकाका कुरा ध्यान पुर्वक सुन्ने र उसलाई बुझ्ने कोशिश गर्ने ।






सम्बन्धको आँकलन गर्नेः






किशोरावस्थामा सही र गलत छुट्याउन गाह्रो हुन्छ । तपाईको सम्बन्धमा प्रेम हो कि आकर्षण मात्र हो, पहिला तपाईले त्यस कुरालाई मनन् गर्ने अनि मात्र कदम चाल्ने । यहाँ केही प्रश्नहरु दिएका छन्, तपाईको सम्बन्धमा प्रेम छ कि आकर्षण मात्र हो त्यसको निक्र्योल यसबाट पनि हुन सक्छ । त्यसैले यसको जवाफ तपाई स्वयमले दिनु पर्छ ।






१) के तपाईको जोडीले तपाई केही कुरा गरिरहेको समयमा ध्यान पुर्वक सुनिरहेको हुन्छ ?


२) के तपाई एक अर्का संग समानताको व्यवहार गर्नुहुन्छ ?


३) के तपाई एक अर्का प्रति स्नेहको भाव प्रकट गर्नुहुन्छ ? (यौन सम्बन्ध बाहेक)


४) के तपाई आप्नो जोडी प्रति विश्वास र बफादार हुनुहुन्छ ?


५) के तपाई एक अर्काको बाचा निभाउनु हुन्छ ?


६) के तपाई एक अर्काका भावनालाई सम्झने र कदर गर्ने गर्नुहुन्छ ?


७) के तपाई एक अर्का संग सहज र सुरक्षित महशुस गर्नुहुन्छ ?


८) के तपाई एक अर्का संग मिल्दा खुसी हुनुहुन्छ ?


९) के तपाई आफ्नो पार्टनरको साथीसंग मिल्दा इष्र्या गर्नुहुन्छ ?


१०) के तपाई आफ्नो पार्टनर प्रति गर्वको महशुस गर्नुहुन्छ ?






यी र यस्ता यावत प्रश्नहरुको जवाफ स्वयम तपाईले महशुस गर्नुभयो भने तपाई आंकलन गर्नुहोस कि तपाई माया प्रेममा परिसक्नुभएको छ । यस्तो सम्बन्ध माया प्रेम र किशोरावस्थामा हुने एक प्रकारको आकर्षण हो ।






आकर्षणलाई तुरुन्त माया प्रेममा बदल्नेः






१) जब एक आपसमा मिल्नुहुन्छ मुस्कुराउनुहोस् ।


२) आफ्नो साथी वा पार्टनर प्रति विश्वास गर्नुहोस ।


३) सुख र दुखमा साथ दिनुहोस् । अस्वस्थताको समयमा उसको साथ नछोड्नुहोस् ।


४) झिना मसिना कुरामा झगडा नगर्ने ।


५) आफ्नो साथी वा जोडीलाई दुखित हुने काम नगर्ने ।


६) एक अर्कासाग गरिएका वाचा पुरा गर्ने कोशिस गर्ने ।


७) स सना कुरामा ध्यान राख्ने जस्तो साथी विरामी भएको अवस्थामा उसले औषधी खाए नखाएको विचार गर्ने ।


८) यदि तपाईको साथीमा कुनै नराम्रा बानीहरु छन भने त्यस्ता बानी माया प्रेमका साथ विस्तारै छुटाउन सक्नुहुनेछ ।


९) एक आपसका भावनालाई कदर गर्ने कोशिस गर्ने ।


१०) साथीले कहिले कांही नभनेर पनि भन्न खोजेको कुरा के भन्न खोज्दैछ बुझ्ने कोशिस गर्ने ।






यदि तपाईले यी र यस्ता उपायहरुलाई मनन गर्नु भयो भने बिस्तारै बिस्तारै तपाई आफ्नो साथी वा पार्टनरको दिल वा हृदयमा ठाँउ बनाउन सफल हुनुहुनेछ र तपाई आफ्नो किशोरावस्थाको आकर्षणलाई सही रुपमा माया वा प्रेममा बदल्न सक्नुहुनेछ ।

No comments: