Tuesday, November 30, 2010

नयाँ काम सुरु गर्न जाँदै हुनुहुन्छ ?

तपाईंले आवेदन दिइसकेपछि भर्ना छनोट प्रक्रियाका विभिन्न चरणहरू पूरा गरेर नियुक्तिपत्र पाउनुहुन्छ । त्यसपछि तपाईंले आफू काम गर्ने संस्थाका बारेमा सम्पूर्ण कुराहरू बुझेर, मनन् गरेर आफूलाई संस्था सुहाउँदो वातावरणअनुरूप तयारी गर्नुपर्छ । हरेक संस्थाका आफ्ना नियम र प्रावधान हुन्छन् । संस्थामा समाजका विभिन्न क्षेत्रहरूबाट आएका मानिसहरूको संगालो हुन्छ । कर्मचारीका बीच सुमधुर सम्बन्ध कायम गर्दै संस्थाका उद्देश्यहरू प्राप्त गर्नका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।











धेरै संस्थाले आफ्ना नयाँ कर्मचारीहरूलाई ‘ओरियन्टेसन’ अर्थात् काम सुरु गर्नुभन्दा पूर्व संस्थाको प्रवृत्ति, कर्मचारी, इतिहास, उद्देश्य, कार्यप्रणाली, कार्य तालिका, योजना आदिका बारेमा विस्तृत जानकारी दिन्छन् ।






तपाईंले पनि सफल हुनका लागि निम्न कुराहरूको ध्यान राख्नुपर्छ ः






(क) संस्थाका बारेमा जानकारी ः






तपाईंले उपभोक्ताका माझ जानुपर्ने हुनसक्छ । फोनको माध्यमबाट जानकारी लिन खोज्ने व्यक्तिहरूलाई पनि सूचना दिनुपर्ने हुनसक्छ । संस्थामा बुझ्न आउने व्यक्तिहरूलाई पनि धेरै कुराका बारेमा भन्नुपर्ने हुनसक्छ । त्यसका लागि तपाईंले संस्थाका बारेमा कुराहरूको जानकारी लिनुहोस् । तपाईंलाई काम गर्न पनि सजिलो हुनेछ ।










(ख) समयमा उपस्थिति ः






समयमा अफिस पुग्नुहोस् । संस्थाको कार्यतालिका हेरेर समयभन्दा ५–१० मिनेट अगाडि पुग्नुहोस् । बाटोमा पर्नसक्ने ढिला सुस्तीका लागि आफू पहिले नै तयार हुनुपर्छ । समयमा अफिस पुग्न नसकेमा के कारणले ढिलो भएको हो सो कुराको खबर गर्नुहोस् । नियमित रूपमा समयमा अफिस पुग्नुभयो भने त्यहाँका कर्मचारी र हाकिम पनि प्रसन्न हुन्छन् । नियमित ढिलो आउने कर्मचारीलाई दण्ड सजायको व्यवस्था हुनसक्छ ।










(ग) संस्थाको गोपनियतामा ध्यान पु¥याउनुहोस् ः






हरेक संस्थाका महत्वपूर्ण खबर, योजना र कागजपत्र हुन्छन् । कर्मचारीले महत्वपूर्ण सूचना, कागजपत्र, उपभोक्ता विवरण, व्यापार योजना आदिका बारेमा अन्य संस्था वा व्यक्तिलाई खबर गर्नुहुँदैन । आफ्नो संस्थाभित्र हुने गतिविधिलाई संस्थाभन्दा बाहिर पु¥याउनु हुँदैन । अन्य कर्मचारीहरूलाई पनि यो कुरा मन नपर्ने हुनाले तपाईंले बोल्दा वा काम गर्दा विचार पु¥याउनुहोस् ।






(घ) औपचारिकता ः






संस्थामा औपचारिक वातावरण हुनाले तपाईंले आफ्नो बोली, व्यवहार, पहिरन र काम गर्ने शैलीमा औपचारिकता देखाउनुपर्छ । औपचारिकता देखाउन तपाईंले बोली व्यवहारमा परिपक्वता र विश्वासनीयता देखाउनुपर्छ । तपाईंले काम गर्ने संस्थाको नियम बुझेर आफूले यस्ता कार्य गर्दै हुनुहुन्छ र कस्ता कार्य गर्नु हुँदैन भन्ने कुराको जानकारी पहिला नै लिनुपर्छ ।










(ङ) संयमता अपनाउनुहोस् ः






संस्थाका आफ्नै नियम र कार्य प्रणाली हुनाले सम्पूर्ण कार्यहरू समयमा नै नहुन पनि सक्छन् । तपाईंले गर्नुभएको कामको श्रेय अरूले लिन पनि सक्छन् । पुरस्कार र दण्ड दुवैको व्यवस्था पनि हुनसक्छ । अन्य कर्मचारी र आफूलाई गरेको व्यवहारमा फरक पाउनसक्नु हुनेछ । तपाईंले सोचेअनुरूप नहुन पनि सक्छ । धैर्य गर्नुहोस् र सही समयका लागि पर्खनुहोस् ।






(च) अफिस र व्यक्तिगत जीवनलाई फरक राख्नुहोस् ः






तपाईंका घर परिवारमा भएका समस्या, मनमुटाव र दुःखहरूलाई घरभित्रै सीमित राख्नुहोस् । अफिस र अन्य कर्मचारीहरूलाई सो कुराले असर नपुगोस् भन्ने कुराको ख्याल राख्नुहोस् । आफ्ना व्यक्तिगत जीवनमा भएका उतारचढावले तपाईंको काममा असर नहोस् र व्यक्तिगत गफमा अफिसको समय खेर नफाल्नुहोस् ।






यी माथि उल्लेखित कुराको मनन गर्नुभएमा सामाजिक जीवन र व्यक्तिगत जीवन पनि सफल हुन्छ ।


No comments: