Sunday, February 27, 2011

जन्मँदै हत्या

२०६५ र ०६६ का २४ महिनामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ७० वटा बेवारसिे शव फेला परे। ती सबै भर्खरै जन्मेका शिशुका थिए। लिंग पत्ता लागेका ६६ वटामध्ये ६५ प्रतिशत छोरी थिए। त्यसैगरी, यस वर्ष मंसिरयताका चार महिनामा उपत्यकाभित्र १७ वटा त्यस्ता शव फेला परेका छन्, जसमध्ये ११ स्त्रीलिंगीय छन्।

यस तथ्यांकले सभ्य र सुसंस्कृत भनिएको सहरी समाजमा समेत छोरीप्रतिको दृष्टिकोण र भित्रभित्रै हुकिर्ंदो नवजात शिशुको हत्या गर्ने प्रवृत्तिको झलक दिन्छ। छोरी हँुदैमा जन्मनेबित्तिकै आफैँले जन्माएको सन्तानको कसरी निर्मम ढंगले हत्या गर्न सक्छन् आमाबुबा ? तर, राजधानीमा बर्सेनि हुने यस्ता हत्याका सयौँ प्रकरणले शिक्षित भनिएको सहरी समाजको खिल्ली मात्र होइन, मानवीयताकै धज्जी उडाइरहेको छ। गर्भपतनले कानुनी मान्यता पाएपछिका वर्षमा पनि ६२.२ प्रतिशत महिला साक्षर रहेको उपत्यकामा नवजात बालिका हत्या मौलाइरहेको छ। नवजात बालिका हत्याका अधिकांश प्रकृतिहरू क्रूर र पाशविक देखिन्छन्।

२ जेठमा जोरपाटीको पुलमुनि मृत अवस्थामा भेटिएकी नवजात शिशुको मुखमा पान कोचिएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागमा कार्यरत डा मनोज श्रेष्ठ भन्छन्, "अधिकांश नवजात बालिकाको हत्या क्रूर ढंगले गरएिको पाइन्छ।" फोक्सोमा हावा छिरेको छ वा छैन भन्ने प्रमाणका आधारमा चिकित्सकले बालिका जीवित जन्मिएको हो वा मृत भन्ने पत्ता लगाउँछन्। त्रिवि श्ािक्षण अस्पतालमा पोस्टमार्टका लागि आउने अधिकांश मृत शिशुहरूको जानीजानी हत्या भएको प्रमाणित हुने गरेको छ।

पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमा ल्याइएका नवजात शिशुका शव



रडि नेपाल नामक एक गैरसरकारी संस्थाले सन् २००९ मा गरेको उपत्यकाव्यापी सर्वेक्षणमा १७.३ प्रतिशत महिलाले छोरा चाहने र २.८ प्रतिशतले मात्रै छोरी चाहेको देखाएको छ। यसबाट छोराप्रतिको चाह त झल्कन्छ नै, नवजात बालिका हत्याको कारक पनि यही चाहना रहेको प्रस्ट हुन्छ। महिला स्वास्थ्यको क्षेत्रमा कार्यरत डा अरुणा उप्रेती पनि यस्तो प्रक्षेपणलाई स्वीकार्छिन्। भन्छिन्, "नवजात शिशुको हत्याको मूल कारण पनि छोराकै चाहना हो।"


नेटवर्क फर एड्रेसिङ् ओमेन्स रिप्रडक्टिभ राइट्स इन नेपाल -एनएडब्ल्यूआरएन)ले ०६६ मा गरेको गर्भपतनसम्बन्धी एक सर्वेक्षणमा ५६ प्रतिशतले यसलाई हिन्दु धर्मविपरीतको अपराध भएको बताएका थिए। यसले गर्भपतन नगर्ने तर अनिच्छुक शिशुको जिम्मेवारी पनि सम्हाल्न तयार नहुने सामाजिक तथ्यको उजागर गरेको छ। नवजात शिशुको हत्याका पछाडि यो कारण पनि जिम्मेवार छ।

गत वर्ष १ वैशाखदेखि ३० चैतसम्म त्रिवि शिक्षण अस्पतालमा मात्रै ७० वटा मृत शिशुको पोस्टमार्टम भयो। डा मनोज श्रेष्ठले गरेको अध्ययन अनुसार, तीमध्ये ३९ शिशुको हत्या गरेर फालिएको प्रमाणित भयो। यसरी हत्या हुनेमा ६५ प्रतिशत अर्थात् २५ जना छोरी थिए। डा श्रेष्ठ भन्छन्, "छोरी भएकै कारण पनि नाबालक शिशुको हत्या भएको आशंकालाई बल मिल्छ।" हत्या गरेर फालिएको लामो समयपछि कुहिएको अवस्थामा फेला परेका कारण सो अध्ययनमा चार शिशुको लिंग खुलेको थिएन। डा श्रेष्ठको अध्ययन अनुसार, ३९ मध्ये १० शिशुको मात्रै हत्या कसरी भयो भन्ने कारण खुलेको थियो। कारण खुलेकामध्ये दुई शिशुको घाँटी थिचेर, एकको टाउकोमा हानेर, तीनको मुखमा सामान कोचेर र बाँकी चारको घाँटी छिनालेर हत्या भएको देखियो।

पोस्टमार्टमका लागि आउने अधिकांश मृत शिशुको नाबी बाँधिएको हुँदैन। यस्ता शिशुहरू अवैध सम्पर्कबाट जन्मिएका हुनसक्ने चिकित्सकहरूको दाबी छ। नाबी नबाँधिएका कारण अत्यधिक रक्तश्रावका कारण पनि शिशुको मृत्यु हुने गरेको पाइन्छ। चिकित्सकहरूका अनुसार, शिशुको हत्या गर्ने नियतले शिशुको नाबी नबाँधीकन छोड्ने गरन्िछ।

नवजात बालिकाको हत्यापछाडि जेसुकै कारण भए पनि यस्तो हत्यालाई कानुनमा ज्यानसम्बन्धी महल अन्तर्गत राखेर हेर्ने गरन्िछ। यस महल अन्तर्गत शिशु हत्याको अभियोग प्रमाणित भएमा २० वर्षसम्मको कैद सजायको कानुनी प्रावधान छ। डा मनोज श्रेष्ठ भन्छन्, "यस्ता हत्याका थुप्रै तथ्यहरू बाहिर आउँदैनन्।" नवजात शिशु हत्याको भयावह आँकडा सार्वजनिक भए पनि शिशु हत्याकै कारण पक्राउ पर्नेको संख्या औँलामै गन्न सकिन्छ। हत्या गरेर खोलाका तीर वा फोहरका थुप्रामा फालिएका शिशुहरू त भेटिन्छन् तर त्यस्ता हत्याका जिम्मेवारहरू पक्राउ पर्दैनन्।

अपराध अनुसन्धान महाशाखामा वैशाखयता हत्या गरेर फालिएका छ शिशुको शव फेला परेको रेकर्ड छ। तर, हत्याको अभियोगमा कोही पनि पक्राउ परेको उदाहरण छैन। काठमाडौँ प्रहरी परसिर मुद्दा फाँटका प्रहरी नायब उपरीक्षक लालमणि आचार्य हत्या गरेको लामो समयपछि मात्रै मृत शिशु फेला पर्ने भएका कारण सम्भावित हत्याराहरू पक्राउ पर्दैनन्। बर्सेनि ७० भन्दा बढी शिशुको हत्या हुने काठमाडौँ उपत्यकामा यस्तो हत्याको अभियोगमा पक्राउ परेका कमै मात्र उदाहरण छन्। नवजात हत्याको आरोपमा ६ माघमा पक्राउ परेर अनुसन्धानमा रहेकी आयुषा वैद्य एक मात्रै अपवाद हुन्। प्रहरी नायव उपरीक्षक आचार्य प्रमाण नष्ट गरेर खोलामा फाल्ने प्रवृत्तिका कारण हत्याराहरू पत्ता लाग्न नसकेको बताउँछन्।

नवजात बालिकाहरूलाई अलपत्र पारेर छोड्ने घटनाहरू पनि राजधानीमा उत्तिकै हुने गरेका छन्। इन्द्रराज्यलक्ष्मी प्रसूति गृहमा मात्रै बर्सेनि आधा दर्जन नवजात छोडिन्छन्। प्रसूति गृहका प्रशासन विभागका कर्मचारी सानुबाबु मघैयाका अनुसार, अनिच्छुक गर्भधारण गरेका वा अवैध गर्भधारण गरेकाहरूले शिशुलाई अस्पतालमै छोडेर जाने गरेका छन्। यसरी छोडिनेहरूमध्ये छोरीको संख्या नै बढी हुने गरेको छ। गलत परचिय र ठेगाना टिपाएर अस्पतालमा भर्ना भएका अभिभावकको खोजी सम्भव हुँदैन। प्रसूति गृहले अलपत्र पर्ने शिशुहरूलाई संरक्षणका लागि बाल गृहहरूमा पठाउने गरेको छ। प्रसूति गृहका डा धनराज अर्याल छोरी र छोरालाई हेर्ने भेदभावयुक्त सामाजिक दृष्टिकोणका कारण नवजात बालिका अस्पतालमा छोडिएका हुनसक्ने बताउँछन्।

अमेरकिामा सन् १९६६ मा १० हजार ९ सय २० शिशु हत्याका घटनाहरू भएका थिए। त्यो समय अमेरकिामा प्रत्येक २२ मध्ये एक शिशु आफ्नै अभिभावकको हातबाट मारन्िथे। डा श्रेष्ठ भन्छन्, "४४ वर्षअघिको अमेरकिामा रहेको नवजात शिशु हत्याको प्रवृत्ति यतिखेर काठमाडौँ उपत्यकामा देखिँदैछ। आजभन्दा ३० वर्ष पहिले भारतको राजस्थानमा छोरी भएकै कारण नवजात सन्तानलाई यसैगरी मार्ने प्रचलन थियो। यतिसम्म कि आमाहरूले आफ्नो सन्तान मार्न दूधमा अफिम मिलाएर पिलाउँथे।"

लैँगिक असमानता सूचकांकमा नेपाल १ सय १०औँ स्थानमा छ। प्रति १ लाख जीवित जन्ममा ८ सय ३० नेपालीको मृत्यु हुने गरेको छ। सन् २०१० को मानव विकास प्रतिवेदनले १७.९ प्रतिशत मात्र २५ वर्षमाथिका नेपाली महिलाले माध्यमिक तहको शिक्षा लिएको देखाएको छ भने मात्र १९ प्रतिशत नेपाली बालबालिकाको जन्म दक्ष स्वास्थ्यकर्मीको रेखदेखमा हुने गरेको छ।



किन मारिन्छन् नवजात ?


आमाबुबाबाटै मारनिे नवजात शिशुहरूमध्ये बालिकाको संख्या दोब्बर भए पनि यसका कारणहरू भने अनेकन छन्। कृपा नामक गैरसरकारी संस्थाका अनुसार, प्रति एक हजार जीवित जन्ममा ९७ नवजात शिशुको मृत्यु हुन्छ। त्यसमा पुरुष शिशुभन्दा महिला बढी छन्। प्रति एक हजार बालकमा ९४ को मृत्यु हुन्छ भने त्यति नै बालिकामा १ सय १ को मृत्यु हुन्छ। छोराको चाहनामा नवजात बालिका मार्ने प्रवृत्तिसँग अवैध र अनिच्छित गर्भधारण पनि नवजात शिशु हत्याका थप कारण हुन्।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको राष्ट्रिय मानव बेचबिखनविरुद्धको राष्ट्रिय समितिका वरष्िठ सल्लाहकार डा गोविन्दप्रसाद थापा पुरुषप्रधान सामाज नै नवजात बालिका हत्याको प्रधान कारण भएको बताउँछन्। थापाको तथ्यलाई मारनिे बालिकाहरूको संख्याले बल पुर्‍याउँछ। मनोचिकित्सक सुष्मा रेग्मी प्रतिकूल अवस्थामा पनि छोरा भएका कारण हत्या गरहिाल्ने अवस्थामा पुग्दैनन्। भन्छिन्, "छोराप्रतिको बलियो सामाजिक दृष्टिकोणले पनि यसलाई मद्धत पुर्‍याएको छ।" सघन जनघनत्व र कमजोर सामाजिक सम्बन्धका कारण काठमाडौँ उपत्यका नवजातहरूको हत्या गरेर फाल्नेहरूका निम्ति सुरक्षित स्थान बनेको छ। अल्ट्रासाउन्ड गर्दा छोरी भएकै कारण गर्भपतन गराउने तथ्यले बालिका हत्याको तस्िबर प्रस्ट पार्छ, जसलाई मौन कानुनी व्यवस्थाले थप मलजल गररिहेको छ।

पोस्टमार्टम तथ्यांकमा बालिका हत्याको ठूलो तथ्यांक रहे पनि गर्भमै रहेको बच्चाको हत्या गरेकै कारण मुद्दा चलेका धेरै उदाहरणहरू छन्। तर, नवजात शिशुको हत्याको अभियोगमा पक्राउ परेका घटना भने औँलामै गन्न सकिन्छन्। अपराध अनुसन्धान महाशाखा हनुमानढोकाको मुद्दा फाँटका आचार्य प्रमाण नष्ट गरेर खोलामा फाल्ने प्रवृत्तिका कारण हत्याराहरू पत्ता लाग्न नसकेको बताउँछन्।

डा अरुणा उपे्रती गर्भपतनले कानुनी मान्यता पाइसकेको अवस्थामा पनि काठमाडौँ उपत्यकामा रहेको बालिका हत्याको तथ्यांक अपत्यारलिो सत्य भएको बताउँछिन्। डा उप्रेती दशकअघि भारत, राजस्थानकी एक सुडेनीले आफूले ३० बालिकाको हत्या गरेको तथ्य बाहिर ल्याएको घटना सम्झँदै भन्छिन्, "छोरी भएपछि भ्रूणहत्या गर्ने प्रचलन राजधानीमा पनि भित्रभित्रै मौलाउँदो छ।" छोरी जन्मेकै कारण महिलाले पाउने सामाजिक अवगालले पनि महिलालाई छोरी मार्न दबाब दिइरहेको उप्रेतीको भनाइ छ।

डा खेम कार्कीका अनुसार, पहिचान हुन नसकेका सन्तानका रूपमा जन्मिने अथवा अनिच्छित रूपमा जन्मिने सन्तानमा पनि छोरा र छोरीको विभेद हुने कुरालाई नकार्न सकिँदैन। भन्छन्, "छोरा जन्माउँदा महिलाले पाउने सामाजिक सहानुभूति छोरी जन्मिँदा पाउँदैनन्। यसले पनि बालिका हत्याका निम्ति आमालाई उत्प्रेरति गर्न सक्छ।" डा मनोज श्रेष्ठ कमजोर आर्थिक अवस्थामा रहेका दम्पतीले अल्ट्राउन्ड गरेर गर्भमा रहेको बच्चाको लैँगिक पहिचान गर्न सक्दैनन्। छोराको चाहनामा गर्भधारण गरेका त्यस्त्ाा दम्पतीले पनि छोरी जन्मेपछि शिशुको हत्या गरििदन्छन्।

भारतको पञ्जाबमा एक हजार पुरुषमध्ये ८ सय २३ महिलाहरू मात्रै छन्। पुरुष र महिलाबीचको यस्तो असन्तुलनका पछाडि छोरी भएकै कारण हुने भ्रूणहत्या वा छोरी जन्मिसकेपछि हुने हत्या जिम्मेवार रहेको देखाइएको छ। डा उप्रेती नेपाली समाजमा पनि झन्डै यस्तै प्रकारको प्रवृत्ति रहेको बताउँछिन्।

यौन तथा प्रजनन रोग विशेषज्ञ डा खेम कार्की सहरमा बढ्दो एकल जीवनको अभ्यास पनि यसका निम्ति जिम्मेवार रहेको बताउँछन्। काठमाडाँैमै हुर्केकी आयुषा त्यसैको प्रतिनिधि पात्र हुन्। जीवनमा कहिल्यै दुःखको अनुहार नदेखेकी आयुषाले जेलभित्र आफू गुम्सिएको महसुस गरेकी छन्। नेपाल संवाददातासँग उनी मधुरो स्वरमा भन्छिन्, "म अप्रत्यासित घटनाक्रमको सिकार भए।" आफू गर्भपतनको विषयमा जानकार रहेको बताउने आयुषा आफूले शिशुको हत्या गरेको स्वीकाररिहेकी छैनन्। जबकि, पोस्टमार्टम रपिोर्ट र प्रहरीको स्थलगत अनुसन्धानले उनले शिशुको हत्या नै गरेको ठहर गरेको छ।

घरमा कोही नभएका बेला छोरी जन्माएकी आयुषाले जन्मनेबित्तिकै त्यसलाई झ्यालबाट मिल्काइदिएकी थिइन्। छिमेकीहरूले आँगनमा मृत नवजात शिशु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय बासिन्दाको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले आयुषाको कोठाभित्र पाएको प्रम्ााणका आधारमा आयुषालाई पक्राउ गरेको थियो। तर, आयुषा आफूले प्रसव वेदनाका कारण केही थाहा नपाएको र मृत बच्चा जन्मेको बताएकी छन्। उनी भन्छिन्, "मलाई प्रसव वेदना कस्तो हुन्छ भन्ने थाहा थिएन र त्यो बिहान मैले सन्तान जन्माउँदै छु भन्नेसम्म पनि मैले हेक्का पाएकी थिइनँ।"

कृपा नामक गैरसरकारी संस्थाले गरेको एक अध्ययनले करबि ५० प्रतिशत महिलालाई अझै पनि गर्भपतनले कानुनी मान्यता पाएको जानकारी नै नभएको देखाएको छ। देशका १० स्थानमा गरएिको सो अध्ययनका क्रममा कानुनी ज्ञानको अभावका कारण ८३ प्रतिशत महिलाले, सेवाबारे ज्ञान नभएका कारण ८२ प्रतिशतले, समाजको नकारात्मक सोचाइका कारण ८१ प्रतिशतले, गरबिीका कारण ७७ प्रतिशतले, महँगो सेवा शुल्कका कारण ७३ प्रतिशतले, सेवा दिने स्थान टाढा भएका कारण ६९ प्रतिशत, दम्पतीबीच खुला छलफल नहुनुका कारण ६० प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको बताएका थिए।

अधिवक्ता मीरा ढुंगाना नवजात बालिका हत्याको मुद्दालाई फरक ढंगले व्याख्या गरनिुपर्ने बताउँछिन्। अधिवक्ता ढुंगानाका अनुसार अधिकांश नवजात शिशु हत्यामा महिलालाई मात्रै जिम्मेवार ठहराउने प्रचलन छ। जबकि यस्ता मुद्दामा महिलाको भन्दा पुरुषको भूमिका प्रधान देखिन्छ। सर्वोच्च अदालतले १२ जेठ ०६६ मा गरबिहरूका निम्ति निःशुल्क गर्भपतन गर्न सरकारलाई आदेश दिएको छ। तर, सर्वोच्चको आदेशको पालना हुन सकेको छैन।

चिकित्सकहरू आफूले जन्माएको बच्चा मार्न उद्यत हुने महिलाको प्रवृत्तिका पछाडि सामाजिक कारणले निम्त्याएको स्वास्थ्यसम्बन्धी विकारहरू पनि जिम्मेवार रहेका बताउँछन्। मनोचिकित्सक सुष्मा रेग्मी भन्छिन्, "प्रसवका बेला महिलाहरूको मानसिक अवस्था सामान्यभन्दा फरक रहन्छ। प्रसवपीडामा कतिपय महिलामा इस्ट्रोजेन र प्रोजेस्ट्रेरोन नामक हर्मोनको मात्रा अत्यन्तै उच्च वा निम्न अवस्थामा पुग्ने गर्छ। यस्तो अवस्थामा कतिपय महिलाले मानसिक सन्तुलनसमेत गुमाउने गर्छन् र तिनीहरूको मानसिकतामा हिंसात्मक योजनाहरू बन्न पनि सक्छन्।" चिकित्सा विज्ञानका अनुसार, ८ देखि १२ प्रतिशत महिलामा मात्रै यस्तो समस्या देखिने गरेको छ। बच्चा हत्या नगरे बच्चाको बाबुबाट माया नपाउने भयले पनि कतिपय महिलाहरू बच्चाको हत्या गर्न तम्सिन्छन्।

महिनावारी नियमित नहुने महिलाहरूले आफू गर्भवती भएको चार-पाँच महिनापछि मात्रै थाहा पाउने गर्छन्, जतिखेर गर्भपतनको सुरक्षित अवधि गुजि्रसकेको हुन्छ। मनोविश्लेषक सुष्मा रेग्मीका अनुसार, यस्तो अवस्थामा कमजोर आर्थिक स्िथतिका दम्पतीले शिशु हत्याको विकल्प छनोट गर्ने सम्भावना बढी हुन्छ। गर्भपतन गनर्ेे म्याद गुजि्रसकेपछिका अधिकांश दम्पती बालिका हत्यामा संलग्न देखिन्छन्।



गर्भमै हत्या


जन्मिएपछि मात्रै नभई गर्भमै समेत बालिका हत्या गर्ने प्रवृत्ति पनि नेपाली समाजमा भित्रभित्रै मौलाउँदो छ। अपराध अनुसन्धान विभागका अनुसार, हरेक वर्ष गर्भपात गर्नेहरूको संख्या बढ्दो छ। आर्थिक वर्ष ०६४/६५ मा मात्रै अवैध गर्भपातसम्बन्धी १३ वटा मुद्दा परेका थिए। यो संख्या आर्थिक वर्ष ०६५/६६ मा घटेर १२ पुगेको थियो भने आर्थिक वर्ष ०६६/६७ मा बढेर १५ पुगेको छ। गत साउनदेखि पुससम्म मात्रै यस्ता सातवटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष ०६५/६६ मा मात्रै गर्भपतनसम्बन्धी १७ मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन्। यो तथ्यांक अघिल्लो वर्षभन्दा ३३ प्रतिशतले बढी हो।

अवैध गर्भपात गर्ने काममा कानुनी मान्यता पाएका स्वास्थ्य केन्द्रहरू नै जिम्मेवार छन्। २२ पुस ०६६ मा सानेपानजिक वाग्मती नदी किनारमा प्लास्िटकको पोकामा छ अविकसित शिशुको शव फेला पारएिको थियो। अनुसन्धानपछि प्रहरीले ती शवहरू स्वास्थ्यकेन्द्रमा अवैध गर्भपात गरी झिकिएका बताएको थियो। सामान्यतः १२ सातासम्मको भ्रूणलाई फाल्न अनुमति दिए पनि हाड नाता करणीमा १८ सातासम्मको भ्रूणलाई नष्ट गर्न सकिने कानुनी व्यवस्था छ। चिकित्सकहरूका अनुसार गर्भभित्रको भू्रण १६ सातापछि शिशुका रूपमा विकसित हुन सुरु हुन्छ। यस अवधिको शिशुमा श्वासप्रश्वास र रक्तसञ्चारको प्रक्रिया पनि सुरु भइसकेको हुन्छ। त्यसैले १८ सातापछिको गर्भपतन भनेको गर्भभित्रको शिशुको हत्या नै हो। चिकित्सकहरूका अनुसार, अधिकांश दम्पतीले छोरी भएको थाहा पाएपछि अवैध गर्भपतनको जोखिम पनि मोल्न तयार हुन्छन्।

एक अध्ययन अनुसार, ०५९ मा गर्भपतनले कानुनी मान्यता पाएपछि मात्रै तीन लाख महिलाले सुरक्षित गर्भपतन गरसिकेका छन्। महिला कानुनी विकास मञ्चले सन् २००६ देखि २००७ सम्म गरेको अध्ययन अनुसार, गर्भपतनसम्बन्धी अपराधका कारण १६ महिला र दुई पुरुषले कैद सजाय भोगिरहेका छन्। अध्ययनमा संलग्न अनुसन्धानकर्ता लोकहर िबस्याल भन्छन्, "सामाजिक लोकलाज मात्रै होइन, बच्चाको बाबुको डर, धम्की र प्रलोभनका कारण अधिकांश महिलाले जन्मनेबित्तिकै आफ्नो शिशुको हत्या गरेका छन्।" कर्तव्य ज्यानसम्बन्धी मुद्दा चल्ने कारणले यस्ता अधिकांश महिलाहरू कानुनी रूपमा कमजोर रहेको अध्ययनले देखाएको छ। बस्याल उपत्यकाबाहिर मात्रै यस्ता मुद्दामा महिलाहरू पक्राउ पर्ने गरेको बताउँछन्। भन्छन्, "कतिपय दम्पतीले त छोराको चाहना गर्दागर्दै छोरी जन्मिएका कारण पनि हत्या गरेको भेटिन्छन्।"

नवजात बालिका र भ्रूणहत्याले हाम्रो सामाजिक मनोविज्ञानलाई मात्रै होइन, छोराप्रतिको परम्परागत दृष्टिकोणका दुष्प्रभावहरूलाई समेत प्रतिनिधित्व गर्छ। सँगसँगै यसले समाजमा आपराधिक मानसिकतालाई पनि मलजल गररिहेको छ। त्यति मात्रै नभई मानवीय मूल्यमा पनि यस्तो प्रवृत्तिका कारण ठूलो ह्रास आउँदै छ। राज्यले मात्रै यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न सक्दैन, समाजमा सचेतना र व्यक्तिहरूमा मानवीय संवेदनशीलता नभएसम्म यस्तो घटनाहरू भइरहने छन्।



'गाह्रो छ सत्य पत्ता लगाउन'


पत्याउनै गाह्र्रो लाग्ने सत्यको नजिक रहेर काम गर्दाको अनुभवले भन्छ, मान्छेमा क्रूरताको कुनै सीमा हुँदैन। एउटी आमाले आफ्नो गर्भमा नौ/नौ महिनासम्म राखेर हुर्काएको शिशुलाई जन्मेनेबित्तिकै हत्या पनि गर्न सक्छे भन्ने पत्याउन सकिने सत्य होइन। तर, हामी त्यही सत्यसँग निरन्तर साक्षात्कार गररिहेका छौँ।

गत वर्ष मात्रै त्रिवि शिक्षण अस्पतालमा जीवित जन्मिएका तर पछि हत्या गरएिका ४० वटा शिशुको पोस्टमार्टम गरएिको थियो। फरेन्सिक मेडिसिन डिपार्टमेन्टमा गरएिको पोस्टमार्टम रपिोर्टहरूको विश्लेषण गर्दा यसरी मारनिे शिशुमध्ये ७० प्रतिशत स्त्रीलिंगी थिए।

पोस्टमार्टमका लागि ल्याइएका मृत नवजातहरूको अवस्थाको व्याख्या गर्नु त्यति सजिलो छैन। टाउको नभएका, जीउको आधी भाग नै गायब भएका, हात वा खुट्टा चुँडिएका अनेकन प्रकृतिका नवजातको शव परीक्षण गरेर मृत्युको सही कारण पत्ता लगाउनु आफँैमा चुनौतीपूर्ण काम हो।

सुरक्षित गर्भपतनजस्ता आधुनिक चिकित्सा पद्धतिको आविष्कार हुनुअगाडि नवजात शिशु हत्या एक बाध्यता थियो। इतिहासलाई फर्केर हेर्ने हो भने चीन र भारतजस्ता देशमा समेत कुनै समय नवजात छोरी हत्या सामाजिक रूपमा स्वीकार्य विषयवस्तुका रूपमा रहेको थियो। सिंगो दक्षिण एसियामै छोरा भएपछि स्वीकार्ने र छोरी भए नकार्ने प्रवृत्ति व्याप्त छ। सन् १९६६ मा अमेरकिामा मात्रै १० हजार ९ सय २० शिशुको जन्मिनेबित्तिकै हत्या गरएिको थियो। यसमध्ये २० प्रतिशत शिशुको हत्या आमाबाटै भएको थियो। झन्डै पाँच दशकअघि अमेरकिी समाजमा रहेको क्रूरताको यो अंश नेपाली समाजमा भने अझैसम्म विद्यमान छ।

पोस्टमार्टम अध्ययनमा शिशु जीवित जन्मिएको हो कि मृत जन्मिएको हो, शिशु जन्मिनुभन्दा अघि कति सातासम्म पाठेघरमा जीवित रहेको थियो, शिशु जन्मेको कति दिनपछि उसको हत्या गरएिको थियो र हत्या कसरी गरएिको थियो भनेर अध्ययन गरन्िछ। बच्चा जीवित जन्मिएको हो कि मृत भन्ने पत्ता लगाउन बच्च्ााको फोक्सोको परीक्षण गरन्िछ। त्यस्तै आमाशयमा खाने कुरा छ कि छैन भनेर जाँच गरेपछि पनि बच्चा जीवित जन्मिए/नजन्मिएको निष्कर्षमा पुग्न सकिन्छ।

अस्पतालमा आउने अधिकांश मृत नवजातको साल बाँधिएको हँुदैन। बच्चा जन्मेपछि साल काट्ने र नबाँधीकन छोड्नाले अत्यधिक रक्तश्रावका कारण शिशुको मृत्यु हुने गर्छ। हत्या गरएिका अधिकांश शिशु जन्मेकाे एक साताभित्रै मारएिका छन्। पोस्टमार्टका लागि आउने अधिकांश शिशुका शव कुहिएको अवस्थामा मात्रै आइपुग्दा सत्य पत्ता लगाउन साह्रो कठिन हुन्छ।

अल्ट्रासाउन्ड प्रविधिसम्म पहुँच नभएका दम्पतीले गर्भमा रहेको बच्चाको लिंग पहिचान गर्न सक्दैनन्। छोराका आकांक्षी दम्पतीले छोरी जन्मिएपछि नवजातको हत्या गर्ने गरेको पनि पाइन्छ। कतिपय अवस्थामा अविवाहित केटीले जन्माएको बच्चाको पनि हत्या गरेर फालिएको पाइन्छ। पोस्टमार्टमा रपिोर्टको विश्लेषण गर्दा यस्ता नतिजाहरू फेला पर्छन्।

शिशुको हत्या कसरी गरयिो भनेर पत्ता लगाउनका निम्ति ल्याबभित्र एकदेखि डेढ घन्टाको समय खर्चनुपर्छ। जुन अत्यन्तै कठिन क्षण हुने गर्छ। कमजोर मुटु भएकाहरूले यस्ता काम गर्नै सक्दैनन्। (श्रेष्ठ त्रिवि शिक्षण अस्पतालको विधि विज्ञान प्रयोगशालामा कार्यरत छन्। )



'राज्य मौन छ'


जसरी मानिसले जन्मेपछि बाँच्न पाउनु मानव अधिकारभित्र पर्छ, त्यसरी नै जीवित जन्मिएका शिशुहरूको पनि बाँच्न पाउने अधिकार हुन्छ, जसलाई नेपाली समाजले नजरअन्दाज गर्न सकेको छैन। काठमाडौँ उपत्यकाभित्र मौलाउँदो शिशु हत्याको प्रवृत्ति र प्रहरी प्रशासनले साँधेको मौनताले शिशु हत्या सामाजिक रूपमै स्वीकृतजस्तो देखिन्छ, जुन आफैँमा सहरी समाजभित्रको क्रूरताको उदाहरण हो। दक्षिण एसियाली समाजमा छोरीको भन्दा छोराको चाहना राख्ने दम्पतीको संख्या अधिक छ। पुरुषप्रधान सामाजिक चरत्रिका कारण दम्पतीहरूले छोरा जन्मे आफूलाई बढी सुरक्षित अनुभव गछर््रन्।

नवजात शिशुको हत्यामा छोराभन्दा छोरीको संख्या धेरै देखिन्छ। यो सिंगो दक्षिण एसियाली पुरुषप्रधान समाजको चरत्रिकै एउटा अंश हो, जसबाट नेपाली समाज उन्मुक्त रहन सक्ने कुरै भएन। छिमेकी देश भारतकै उदाहरण हेर्ने हो भने सन् १९९० को जनगणनामा भन्दा सन् २००१ को जनगणनामा महिलाको संख्या २० लाखले घटेको थियो। यो संख्या महिलाको अपेक्षित जनसंख्याभन्दा निकै कम थियो। छोरी भएपछि हत्या गर्ने वा गर्भ नै तुहाउने कारणले भारतमा यस्तो समस्या देखिएको थियो। यस्तै प्रवृत्ति नेपाली समाजमा आजपर्यन्त पनि विद्यमान छ। सहरयिा समाजमा देखिएको नवजात शिशु हत्याका पछाडि यो कारण पनि कम जिम्मेवार छैन।

शिशु हत्याको घटनालाई विस्तारै नेपाली समाजले पचाउँदै लगेको आभास हुन्छ। कतिपय अवस्थामा त यस्ता घटना सांस्कृतिक रूपले नै अघोषित रूपमा स्वीकाररिहेको वा पचाइरहेको देखिन्छ। हत्या गरेर मिल्काइएका नवजात शिशुको हत्यापछाडिका कारणहरू खोज्ने सन्दर्भमा न समाजले चासो दिने गरेको छ, न प्रहरी प्रशासनले। प्रहरीको अपराध अनुसन्धान विभागले यस्ता घटनाको अध्ययनमा चासो दिएको छैन। सिंगो समाजले नै यस्ता घटनालाई सहज रूपमा स्वीकार गरेकाले होला, प्रहरी यस्ता विषयमा जिम्मेवार नबनेको। आत्महत्याको विषयमा जसरी कारणहरूको खोजी हुन्छ, तथ्यहरूको संकलन हुन्छ र जसरी प्रहरीले त्यसको आँकडा राख्ने गर्छ, त्यसरी नवजात शिशु हत्याको घटनालाई हेर्ने गरेको पाइँदैन। यस्तो तथ्यांक र घटनापछाडिका कारणहरू हेर्ने हो भने छोरी भएकै कारण हत्या गरएिका उदाहरण बग्रेल्ती भेटिन सक्छन्।

सहरमा को आउँछन् र को जान्छन् भन्ने विषयमा कुनै अध्ययन र अनुसन्धान हुने गरेको छैन। सहरयिा समाजको व्यस्त जीवनशैलीका कारण कसैलाई कसैको चासो लिने फुर्सद पनि छैन। त्यसैले पनि काठमाडौँ उपत्यका नवजात शिशुको हत्या गर्नका लागि सजिलो ठाउँ बन्दै आएको छ। यस्तो घटनामा प्रहरी प्रश्ाासनको मौनताले यस्तो अपराध गर्नेहरूलाई हौसाइदिएको छ।

यस्तो अपराधका पछाडी धेरै सामाजिक कारणहरू पनि जिम्मेवार छन्। तर, सामाजिक कारण जिम्मेवार छन् भन्दैमा नवजात शिशु हत्याका दोषीहरूलाई उन्मुक्ति दिनुपर्छ भन्ने पनि होइन। विडम्बना नै भन्नुपर्छ, नेपाली समाजले यस्तो डरलाग्दो तथ्यलाई गम्भीरतापूर्वक हेर्न सकेको छैन। तर, तैँ चुप, मै चुप'को यस्तो अवस्थाले आपराधिक मनोवृत्तिलाई बढावा दिइरहेको छ। दुई-चारवटा घटनामा मात्रै प्रहरीले गम्भीरताका साथ अध्ययन र अनुसन्धान गर्ने हो भने यस्ता अपराधका घटनाहरू विस्तारै कम हुन्छन्। गर्भपतनको कानुनी मान्यता पाएको र काठमाडौँ उपत्यकाजस्तो सभ्य भनिएको सहरमा पनि यस्तो घटना हुनुका पछाडि कानुनी उन्मुक्तताले पनि काम गरेको छैन भनेर भन्न मिल्दैन। तर, हाम्रो प्रहरी प्रशासनले भने अनौपचारकि रूपमा नै यस्ता तथ्यहरूको अध्ययन नगर्न छुट पाएजस्तो देखिन्छ।

No comments: