Monday, February 28, 2011

नेपाल मगरसंघको निर्णयलाइ मैले सदा आदरपूर्वक मान्दै आएकँेछु

जेवी पुन मगर
त्यसको केहि महिनाको अन्तरालमा भार्सेका गिरिप्रसाद बुढाथोकी मगरले वरपर जिल्लाका सयौंको संख्यामा मगरहरु जम्मा गरि मगर सुधार समिति गठन गरेकाथिए । कालान्तरमा बुढाथोकी १ दर्जन बढी समय महत्वपूर्ण मन्त्री बनेर रेकर्ड कायम गरे । त्यसैको प्रतिफल र जागरणकै कारण नेपाल मगरसंघको सागठानिक शुरुआत भएको मानिन्छ । २०३८ सालमा बुटवलमा पोखराका हेमबहादुर पुनको अध्यक्षतामा गठन भएको नेपाल लांघाली परिवारले २०३९ सालमा पूर्णता पाएकोथियो । त्यसको अध्यक्ष पनि हेमबहादुर पुन नै थिए । समितिका कोषाध्यक्ष मनीबर गर्वुजा पुन मगर थिए । त्यसपछिको महाधिवेशनले कविराज पुन मगरको अध्यक्षतामा नया कार्यसमिति गठन गरेकोथियो । जसको कोषाध्यक्षमा यसचोटी पनि मनीवर गर्वुजा नै चुनिएका थिए ।
पुन मगरहकै नेतृत्वमा स्थापना भएर यहँसम्म आइपुगेको मगरसंघ अहिले १६ लाख मगरको साझा घरको रुपमा स्थापित छ । तर केहि अज्ञानीहरुको बदमासीलाई देखाउदै केहि उपद्रयाहाहरु 'पुन मगर नै हैनन्' भन्ने जहर फैलाउन उद्दत देखिन्छन् ।  तिनका हैसियत, पृष्ठभूमी, बुझाइ, बौद्धिकता कस्तो छ भन्ने तिनले मगर हैनन् भन्ने आधारहिन  तर्क देखेर नै झल्किन्छ । आफुले त अध्ययन गरेनन् गरेनन् अशिक्षित र सोझा पुनहरुलाई समेत तिनले उटपटांग गफ दिएर वेवकुफ बनाउन खोजिरहेकाछन् । पुन समाज नेपाल नामक संस्थाका केहि ब्यक्तिहरुको उटपटांगका कारण विश्वभरका पुनहरुले लज्जा ब्योहोनु परेकोछ । तिनका खाली मगजबाट उत्पन्न आधारहिन तर्कले धेरै पुनहरुले अन्य समूदायहरुमाझ मुन्टो झुकाउनुपरेकोछ ।
यस्ता तर्क गर्नेहरुले जर्वदस्ती कित्ताकाटको राजनीति शुरु गरेकाछन् । पुनलाई मगर भन्नेहरुलाई दुश्मनको रुपमा ब्याख्या गर्न थालेकाछन् । तोरण पुनको सम्पादकीयमा निक्लने पुनहिल पत्रिकाको (बर्ष ४ अंक ९ जेठ ०६७) सम्पादकीयमा पुन समाज नेपालले गरेको 'पुन मगर हैनन्' भन्ने निर्णय नमान्नेहरुलाई आधिकारिक रुपमा समाजले ठेगान लगाउने लेखिएकोछ । एउटा संचार चलाउने ब्यक्तिले समेत कलम र अक्षरको मर्म र शक्ति नबुझेको यो भन्दा गतिलो अर्काे उदाहरण हुनै सक्दैन ।
माओवादीले युद्धकालमा प्रतिद्धन्द्धिहरुलाई कार्वाही गर्दा प्रयोग गर्ने 'ठेगान लगाउने' शब्दले भौतिक कार्वाही जनाउछ । माओवादीले ठेगानको नाममा सयौंको संख्यामा निर्दाेषहरुको  निर्मम हत्या गरेकोछ । के पुन समाजले गर्न खोजेको त्यहि हो ? आफ्नो बेतुके लेडेढिपी नमान्नेलाइ कार्वाही गर्छु भन्नेहरुले उठाएको तर्क र मुद्दा कत्तिको इमान्दारीपूर्ण उठाइएकोछ, तौलनै पर्देन । यसैले स्पस्ट पार्छ । पुन समाज नेपाल माओवादीको भातृसंगठन हो वा होइन अझै घोषणाा नगरिसकिएको हुनाले केहि भन्न सकिदैन । तर यसका घोषणा, ब्यवहार र तर्क त्यहि बाटो उन्मूख देखिन्छ । बिना आधार आफ्नो नेतृत्व फाइदाका लागि जसरी माओवादीले जातीय राज्य भन्दै जनजातिलाई उक्सायो पुन समाज नेपालको पनि त्यस्तै लहड देखिन्छ । उपयोग गर्नमात्र यस्ता नारा दिइएको रहेछ भन्ने माओवादीले त्यो नीति छाड्नुले नै प्रस्ट हुन्छ । प्रचण्ड आफु सत्तामा पुग्न हतियार बनाएका र पछि मिल्काइएका जनजातिहरुका घैटामा बल्ल घाम लाग्न थालेकोछ तर यो रोग पुन समाज नेपाल भन्ने संस्थामा सरेको देखिन्छ ।
बहसमा शक्ति पुनजीले उठाएजस्तो म्याग्दीका पुनहरुको संस्थाले सबै पुनमगरहरुबारे निर्णय गर्ने कुनै अधिकार राख्दैन । त्यसले स्वंय म्याग्दीका पुनहरुको पनि निर्णय गर्ने हैसियत किन राख्दैन भने पुन समाज नेपालको महाधिवेशनमा बहुमतले पुनहरु मगर  हुन् भन्ने पारित गरिसकेकोछ । त्यहि कारण पुन मगर समाज नेपाल नामाकरण गरिएकोथियो । तर केहि ब्यक्तिको सनकमा रातारात बैठक डाकेर नामै परिवर्तन गरि मगर हटाइएकोछ । त्यसपछि मात्र पुन समाज नेपाल भएको हो ।  पुन मगर समाजका सल्लाहकार चीन बहादुर पुनको भनाईमा यो पूरै गैरकानुनी थियो । विधानमै नभएको र महाधिवेशनले दिएको म्यान्डेटलाई केहि ब्यक्तिहरुको जघमटबाट हटाउने निर्णय गैरकानुनी रहेको वहाको भनाई छ । यसले पनि यो संस्था माओवादी जस्तै कानुनीराज भन्दा पनि भद्रगोलमा विश्वास राख्छ भन्ने देखिएकोछ ।
पुन मगर हैनन् भन्नेले के के कारणले हैनन् त्यसको बैज्ञानिक कारण दिनसक्नुपर्छ । देशभर छरिएका पुन मध्ये कुन पुन मगर हैनन्  प्रस्ट खुलाउनसक्नुपर्छ । पुनभित्र पनि पाचसय बढी थरहरु छन् ति मध्ये 'को मगर हुन् को हैनन्' भन्न सक्नुपर्छ । एबीसी जान्ने बच्चाले बिश्वबिद्यालयको परिक्षा दिन्छु भनेसरी ब्यवहार देखँइरहेका ति उपब्रुजुकहरुले यसबारेमा केहि तयारी गरेका छन्, छैनन् भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ । यदि त्यस्तो अध्ययन गरिएको छ भने बाहिर ल्याउनुपरयो । सबै पुनलाई मगर हैन भन्ने पुन मगर समाज नामक संस्थाको बैधानिकता , त्यसको हैसियत म जस्ता पुनहरुले चिन्दैनन् पहिला त्यो पनि प्रस्ट पार्नुपरयो ।
नेपाल मगरसंघको निर्णयलाइ मैले सदा आदरपूर्वक मान्दै आएकँेछु । म जस्ता लाखौ मगरले मानेकाछन् । तर त्यहाँ पनि आफ्नो विमति राख्न पाइन्छ र राखिदै आइएकोछ । एमएस थापाले खोज गरेको अक्खारिकालाई सबै मगरले मानेकैछन् किनभने त्यसलाई लामो प्रक्रिया मार्फत मगरसंघले बैधानिकता दिएकोछ । भोलि कसैले त्यसको विकल्पमा अर्काे खोज गरेर नल्याउदासम्म या चुनौती नदिंदासम्म हाम्रो आधिकारिक लिपि अक्खालिपि नै हो ।मगरसंघले काइके, खाम र मगरात भाषालाई मान्यता दिएकोछ र यो बैज्ञानिक पनि छ । तर कुनै गतिलो बैज्ञानिक प्रमाण बिना केहिलाई मन नपरेकै आधारमा कुनै अमुक ब्यक्तिले यी मगरका भाषा हैनन् भन्छ भने त्यस्तो तर्क लाई मान्ने प्रश्नै उठ्दैन । त्यसको मगजमाथि नै हामी प्रश्न उठाइहाल्छौ । या उसको बदमासी केलाउन थाल्छौ ।  अहिले पुन मगर हैनन् भन्ने तर्कलाई दुरुस्त यहि कोटीमा राख्न सकिन्छ ।
मगरसंघले मगरको धर्म बौद्ध हो भनि महाधिवेशनबाट पारित गर्यो । केहिले यसमा असहमति पनि राखे । फरक मत राखे । मगर त बौद्ध मात्र हैन क्रिश्चियन, हिन्दु, मुस्लिम जे पनि हुनसक्छन् । तिनका लागि अन्याय भयो भनियो । यो तर्क स्वाभाविक थियो । तर ब्यक्तिले जे मानेपनि सामूहिक रुपमा बौद्ध नै सदर गरिएकोछ र प्रायश सबैले यो निर्णयलाई मानेकाछन् । महाधिवेशनबाट यो निर्णयलाई नहटाइदासम्म यो सबै मगरका लागि बैधानिक निर्देशन हो ।
तर पुन समाज नेपालको महाधिवेशनले पुन मगर हैनन् भन्ने निर्णय अझैसम्म गरेकोछैन ।   केहि ब्यक्तिको जमघटले मात्र त्यसो गरेकोछ जुन अबैधानिक छ । त्यसमाथि यो संस्थाले सबै पुनलाई समेट्दैन । पुन बस्ने राप्तिका कुनै प्रतिनिधि यो संस्थामा छैन । त्यसको अर्थ बहुसंख्यक पुनहरुले यसबारे केहि जानकारी पाएकाछैनन् ।े त्यसकारण पनि यदि यो संस्थाले महाधिवेशनबाटै यस्तो निर्णय गरेको भए पनि त्यसको बैधानिकतामा ठूलो प्रश्नचिन्ह उठ्ने थियो ।
पुन मगर समाज केन्द्रीय समिति २०६६ मा विधिवत रुपमा कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको  हो । यसको प्रथम महाअधिवेशन २०६६ सालमा भएको थियो । जसमा बहुमतबाट पुन समाजको नाम परिवर्तन गरि पुन मगर समाज गरिएकोथियो । तर केन्द्रीय समितिको बैठकबाट पुन मगर समाजको नाम परिवर्तन गरि पुनः पुन समाज गरि पुन समाजको केन्द्रीय भेलामा अनुमोदन गरियो । जुन विधानसम्मत नै छैन ।
अचम्म छ । आफुलाई मगर हैन भन्ने पुन समाज नेपालका अध्यक्ष केशर पुन  १२–१५ वर्ष मगर संघको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पदमा रहेर काम गरेका हुन् । यिनलाई यतिबेला ब्रम्हज्ञान आएकोछ पुन मगर हैनन् भन्ने । समाज केन्द्रीय समितिमा रहेका व्यक्तिहरु नेपाल मगर संघमा पनि छन् . माओवादीको भातृसंगठन मगरात मुक्ति मोर्चाको जिल्ला र केन्द्रीय समितिको सल्लाहकार समितिमा पनि छन् अर्थात दुवै तर्फ रहेर सर्वसाधारणलाई भ्रममा पारिरहेका छन् । आफु मगर र मगरात भन्दै राजनीति गरिरहेकाछन् यता पुन मगर हैनन् भन्दै उक्साउदै हिंडिरहेकाछन् । पुनसमाज केन्द्रीय समितिका वर्तमान सल्लाहकार मनवीर गर्बुजा नेपाल लाङ्घाली परिवार संघ अर्थात नेपाल मगर संघको संस्थापक  कोषाध्यक्ष थिए । २०३८ साल देखि २०५१ सालसम्म लगातार उनी त्यहि पदमा सक्रिय थिए । यी गर्वुजा हाल मगरात मुक्ति मोर्चाका केन्द्रिय सल्लाहकार पनि हुन् । तर यी बृद्धलाई देखाएर 'पुन मगर हैनन्' भन्ने उपद्रयाहाहरुले सबैको आखामा छारो हालिरहेकाछन् । मगर समाजका लागि  सम्पूर्ण यौवन सुम्पने यी बृद्ध कहिल्यै मगर विरोधी रहेनन् न छन् । 
पुन समाज नेपालका  सचिव खेम गर्बुजा मगरात मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हुन् । यीनका उटपटांग हेर्दा मगर भाडने यो मुद्दा माओवादीकै जाति जाति लडाउन्े षड्यन्त्र अन्र्तगत आएको हो भनि किन नमान्ने ? माओवादीले सबै जातिको राजनैतिक मोर्चा बनाएर ती जातिका संस्थाहरुमा भांडभैलो गराउदै आएकोछ । त्यसैको निरन्तरता होइन भन्ने आधार नै छैन ।अहिले नेपाल मगरसंघमा अध्यक्ष एमाले र अन्य सबै पद माओवादीको नेतृत्वमा छ ।  उनीहरु उता माओवादीको मगरात मोर्चामा पनि प्रमुख पदमा छन् । जस्तै नेपाल मगरसंघका महासचिव बसन्त घर्ती मगरात मुक्ति मोर्चामा उपाध्यक्ष छन् । यी नेताहरु मगरसंघ भन्दा बढी मुक्ति मोर्चामा सक्रिय देखिन्छन् ।
एमाले र माओवादी सबै जातीय संस्थामा घुसेर त्यसलाई निस्क्रिय पार्ने र आफ्ना भातृसंगठनहरुलाई बलियो बनाृउने रणनीतिमा लागिरहेकोछ । हाल जातीय संस्थाहरु पगुं बन्नुमा यहि रणनीतिले काम गरेकोछ । मगरात मुक्ति मोर्चामा सक्रियहरुले मगरसंघलाई कमजोर पार्न अनेकन षड्यन्त्र गर्न गरेकाछन् ।
जुन जुन जातीका संस्थाहरुमा माओवादी र एमाले घुसेकाछन् जुनमा घुस्न पाएका छैनन् त्यसको सक्रियता नाप्ने हो भने यो छर्लगं हुन्छ । त्यसैले भर्खर बामे सर्न थालेको र विश्वभर नेवटर्क बनाउन थालेको पुन समाजलाई छिन्नभिन्न पारेर एकजुट  हुन नदिने प्रचण्डपथले मगर समाजलाई नै भताभुंग पार्न खोजेको देखिन्छ ।
देशको तेस्रो ठूलो जातिलाई संगठित हुन नदिएपछि त्यसले कसलाई फाइदा पुर्याउछ त्यो भन्नै पर्देन । हिंजो युद्धकालमा पश्चिमा मगरहरुको खुनपसिनाले काठमाण्डौ खाल्डोमा छिरेका प्रचण्डहरु आज गण्डकका मगरहरुलाई उपयोग गरेर त्यसमा टिक्न चाहन्छन् । पुन मगर हैनन् भन्ने बिषाक्त हावा त्यहि घृणित राजनीतिबाट आएकँे हो । हिंजो देखि नै चल्दै आएको यस्तो राजनीति बुझ्ने हो भने यसको दुस्परिणामबाट सतर्क भए मात्र पुग्छ, डराउनुपर्देन ।

No comments: