Friday, March 4, 2011

अध्ययनका लागि वातावरण

हिजोआज पढाइलेखाइ कठिन हुँदै गएको छ । परीक्षा पद्धतिमा आएको परिवर्तन तथा पाठ्यक्रममा आएको फेरबदलले यसमा प्रभाव पारेको  पाइन्छ । यस स्थितिमा अध्ययनमा एकग्रताको आवश्यकता अझ बढेको छ । अध्ययनका निमित्त एउटा छुट्टै कोठा आवश्यक छ । कोठा  उपलब्ध हुन नसकेको अवस्थामा कोठाको निश्चित भागलाई अध्ययनका हिसाबले छुटाउनुपर्छ । यसबाहेक कम्प्युटर पनि पढाइलेखाइको एउटा  महत्त्वपूर्ण र आवश्यक पक्ष बन्न पुगेको छ । सबैभन्दा पहिले आवश्यकता अुनसार फर्निचरको सूची तयार गर्नुपर्छ, जस्तै- कम्प्युटर र पि्रन्टर  टेबल, बुक र्‍याक, डेबिनेट आदि । पढाइलेखाइका लागि अलग्गै स्टडी टेबलको व्यवस्था गर्नुको साटो कम्प्युटर पनि राख्न सकिने टेबलको  व्यवस्था गर्नु राम्रो हुन्छ । कम्प्युटर टेबल पढाइ-लेखाइका दृष्टिले पनि सुविधाजनक हुने हिसाबले बनाउनु राम्रो हुन्छ । यो टेबलसँगै पुस्तक -कापी राख्ने बुक-र्‍याक पनि आवश्यक छ । बुक-र्‍याकमा क्याबिनेट भए अझ राम्रो हुन्छ ।

बहुउद्देश्यीय फर्निचर आजको आवश्यकता भएको छ । स्थान अभाव हुने भएकाले यसको महत्त्व अझ बढेको छ । बजारमा विभिन्न किसिमका  बुक क्याबिनेट उपलब्ध छन् तर आफ्नो बजेट र आवश्यकता अनुसार नै सामग्री खरिद गर्नु राम्रो हुन्छ । स्थान अभाव भए बुक क्याबिने टलाई भित्तामा पनि बनाउन सकिन्छ । अध्ययनका साथै बालबालिकाको स्वास्थ्यका सम्बन्धमा पनि ध्यान दिनुपर्छ । अध्ययनको बोझसँगै स्कुल  ब्यागको वजन पनि बढ्दो छ । पूरा दिन टेबल-कुर्सीमा अध्ययन गर्नुपर्न स्थिति छ । अतः हाइट अनुसार बसेर अध्ययन गर्न सकिने उपयुक्त  टेबल-कुर्सीको व्यवस्था गर्नु राम्रो हुन्छ । प्रायः घरमा बालबालिकाले पलङ वा डाइनिङ टेबललाई अध्ययनका लागि प्रयोग गरेको पाइन्छ ।  डाइनिङ चेयर, टेबल, पलङमा लामो समयसम्म बसेर काम गर्नाले पिठ्युँ, गर्दन र कम्मरमा समस्या हुन्छ । यो सुविधा तथा आरामका दृष्टिले  पनि उपयुक्त हुँदैन ।

अध्ययन सुरु गर्नुपूर्व र सकिएपछि बालबालिकामा आफ्नो स्टडी टेबल, क्याबिनेट वा कम्प्यटुर टेबल ठीक ढंगबाट सफा गर्ने बानीको विकास  गर्नुपर्छ । स्टडी टेबलमाथि घडीको पनि व्यवस्था गर्नुपर्छ । क्यालेन्डर, पेन, पेपर, नाइफ, मेग्निफाइङ, ग्लास, कैंची, स्केल आदि राख्न सकिने  स्टेन्डको व्यवस्था गर्न सके अझ राम्रो हुन्छ । घडीयुक्त पेन स्टेन्ड बढी उपयोगी हुन्छ । घडीमा अलार्म भए अझ बढी राम्रो हुन्छ ।  बालबालिकालाई अलग-अलग विषयको अध्ययनका लागि समय बाँडेर अध्ययन गर्न सिकाउनुपर्छ । यसमा अलार्म घडी बढी सहायक हुन्छ ।  एउटै विषयमा बढी समय दिँदा अन्य विषयलाई समयको अभाव हुन सक्छ । अलार्मले यो कुरालाई निर्देशित गर्छ । यी बाहेक पेपरवेट, टे बलमेट आदिका साथै दूधको कप, पानीको गिलास राख्नका लागि कोस्टर पनि चाहिन्छ । यी सबै कुरालाई ध्यान दिएर बालबालिकाका लागि  पढाइको वातावरण तयार गर्नुपर्छ । वातावरण तयार भए पढ्ने इच्छा बढ्छ र अध्ययनमा यसले सकारात्मक प्रभाव पार्छ ।

No comments: