Friday, March 4, 2011

सफलताका लागि रणनीति आवश्यक

प्रभावशाली अध्ययनका लागि मनको एकाग्रता अत्यन्त आवश्यक छ। अध्ययनमा बाधा उत्पन्न गर्ने खालका अनावश्यक कुरा एवं अवाञ्छित  विचारबाट सधैँ बच्ने प्रयास गर्नुपर्छ। सामूहिक अध्ययनको पनि आफ्नै उपयोगिता छ, तर यो कार्य परीक्षाको केही अघि गर्नु नै राम्रो मानिन्छ।  यसबाट विद्यार्थीले आफ्ना विभिन्न समस्याको समाधान परस्परमा सहज ढंगबाट निकाल्न सक्छन्।

जसरी विभिन्न बोर्ड तथा विश्वविद्यालयका परीक्षाहरू नजिकिँदै छन्, त्यसरी नै छात्र, अभिभावक तथा शिक्षकवर्गको चिन्ता बढ्दैछ । विद्याथीर् हरू राम्रो अंक प्राप्त गर्न विभिन्न रणनीति बनाएर तयारीमा जुटेका छन्, अभिभावकहरू आफ्ना छोराछोरीको भविष्यप्रति चिन्तित छन् ।  यसमा सबैभन्दा बढी प्रभावित विद्यार्थी देखिन्छन्, किनभने यो कुरा उनीहरूको मानसिक संरचनामा भर पर्छ । कतिपय विद्यार्थी पूर्ण  आत्मविश्वासका साथ परीक्षाको तयारी गरिरहेका हुन्छन् । परीक्षासम्बन्धी अनावश्यक भय लिनु विद्यार्थी स्वयंका लागि घातक हुनसक्छ ।  यस्ता भय वास्तविक हुनुको साटो काल्पनिक हुन्छन् । यसले उत्साहका साथै सिक्ने प्रक्रियामा समेत बाधा उत्पन्न गर्छ । प्रत्येक कुराको  सकारात्मक तथा नकारात्मक दुइटै पक्ष भएझैं यसका पनि केही सकारात्मक पक्ष छन् । यसले छात्रछात्रामा पढ्नका लागि एक किसिमको  दबाब सिर्जना गर्छ, जसले गर्दा उनीहरूको ध्यान बढीभन्दा बढी पढाइमा जान्छ । यस किसिमको दबाब एउटा निश्चित सीमासम्म मात्र ठीक  हुन्छ । जब यसले सीमा नाघ्छ, तब छात्रछात्रा नर्भस हुन थाल्छन्, जुन उनीहरूका लागि घातक सावित हुनसक्छ ।

परीक्षाको राम्रो तयारीका लागि योजनाको आवश्यकता पर्छ । उक्त योजनाअनुरूप कार्यतालिका बनाएर प्रत्येक विषय नियमित अध्ययन गर्नुपछर्  । नियमित अध्ययन गर्नाले कुनै पनि विषयप्रतिको रुचि आफैं जागृत भएर आउँछ । रुचिको विषयमा आत्मविश्वास पनि क्रमिक रुपमा बढ्न  थाल्छ । आफ्ना कमीकमजोरीमाथि बढी ध्यान दिन्छ । आफ्नो कार्यतालिकाप्रति इमान्दार छात्र-छात्रालाई सफलताको शिखर चुम्न कुनै  कठिनाइ हुँदैन ।

प्रभावशाली अध्ययनका लागि मनको एकाग्रता अत्यन्त आवश्यक छ । अध्ययनमा बाधा उत्पन्न गर्ने खालका अनावश्यक कुरा एवं अवाञ्छित  विचारबाट बच्ने प्रयास गर्नुपर्छ । सामूहिक अध्ययनको पनि आफ्नै उपयोगिता छ, तर यो कार्य परीक्षाको केही अघि नै गर्नु राम्रो मानिन्छ ।  यसबाट विद्यार्थीले आफ्ना विभिन्न समस्याको समाधान परस्परमा सहज ढंगबाट निकाल्न सक्छन् । यसमा पढाइ कम र गफगाफ बढी हुन्छ,  जसबाट समय खेर जान्छ । अध्ययनका लागि समय र स्थानको पनि उत्तिकै महत्त्व छ । गम्भीर अध्ययन एवं एकाग्रचित्त रहन शान्त  वातावरण अत्यन्त आवश्यक छ । अध्ययनको अन्तरालमा आराम पनि गर्नुपर्छ । जसबाट अध्ययनमा निरन्तर कायम रहन्छ  र अध्ययनप्रति  अरुचि पनि उत्पन्न हुँदैन ।

परीक्षाको तयारी गर्दा पढाइका साथै लेखाइको पनि पर्याप्त अभ्यास गर्नुपर्छ । अझ गणितजस्तो विषयमा त प्रश्नलाई पटकपटक हल गरेर  मात्र दक्षता हासिल गर्न सकिन्छ । अन्य विषयको महत्त्वपूर्ण प्रश्नको नोट्स बनाउनु उपयुक्त हुन्छ । लेखाइको बढीभन्दा बढी अभ्यास गर्नाले  लेख्ने गतिमा सुधार आउँछ, जसले परीक्षामा निश्चित समयसीमाभित्र प्रश्न हल गर्न सघाउ पुग्छ । पढेर भ्याइसकिएका अध्यायहरूलाई दोहो र्‍याइरहनुपर्छ, किनभने यसको अभावमा याद गरिएका कुरा पनि बिर्सने सम्भावना हुन्छ । पुनरावृत्ति गरिरहनाले विषयमाथिको पकड बलियो  हुन्छ । परीक्षामा निश्चित रूपमा राम्रो सफलताका लागि पढनु, लेख्नु तथा स्मरण गर्नुको महत्त्वपूर्ण भूमिका हुन्छ । यी कुराको नियमित  अभ्यासले आत्मविश्वास बढ्छ ।

No comments: