Saturday, March 12, 2011

हाँसो हरेक रोगको औषधि

भनिन्छ, हाँसो थुप्रै रोगको औषधि हो । वैज्ञानिकले यो कुराको पुष्टि गर्दै दाबी गरेका छन् कि दिल खोलेर हाँस्दा रक्तप्रवाहलाई बढाउँछ ।

प्रा.ऐड्रेआ नेल्सनको नेतृत्वमा गरिएको यो अध्ययन बि्रटिस मेडिकल जर्नल एन्ड हेल्थ टेक्नोलोजी एसिसमेन्टमा प्रकाशित भएको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार यो कुनै पनि आधुनिक उपचारभन्दा बढी प्रभावकारी हुन्छ । लिड्स विश्वविद्यालयका अनुसन्धानकर्ताको एक दलले खुट्टाको घाउको रोगीमा ५ वर्षसम्म गरेको अध्ययनमा खित्का छाडेर हाँस्दा डायप|mामको काम गर्ने गति बढ्ने पत्ता लाएको हो । डायप|mामले रगतलाई सम्पूर्ण शरीरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार वास्तवमा यसले खुट्टाको घाउ चाँडै निको गर्छ । जब कि महँगो अल्ट्रासाउन्ड उपचारले यसमा अलिकति मात्र सहयोग मिल्छ ।

No comments: