Saturday, March 12, 2011

दाम्पत्य जीवनबाट दिक्क हुन्छन् महिला

पुरुषको दाँजोमा महिला आफ्नो सम्बन्धप्रति बढी सजग रहन्छन् । तर एउटा नयाँ सर्वेक्षणअनुसार पुरुषको दाँजोमा महिला छिट्टै बिहेबाट दिक्क हुन्छन् ।

सर्वेक्षणअनुसार विवाहको पाँच वर्षपछि पतिको प्रेममा कमी आउन थाल्छ । रोमान्समा घट्दो आकर्षणका कारण महिलाको खुसीमा पनि कमी आउँछ । 

बेलायतको इकोनोमिक एन्ड सोसल रिसर्च सेन्टरका मनोवैज्ञानिक ४० हजार व्यक्तिमा विश्लेषण गरेर यो निष्कर्षमा पुगेका हुन् । अनुसन्धानकर्ता पैम स्परका अनुसार अनुसन्धानमा ५७ प्रतिशत महिला आपmनो जीवनलाई अत्यधिक खुसीले भरिएको बताए । यिनीहरूको बिहे भएको मात्र ५ वर्ष भएको थियो । बिहेको ११ वर्षमा प्रवेश गरिसकेका २६ प्रतिशत महिला मात्र आफ्नो जीवनसाथीसँग सुखी थिए ।

No comments: