पाँच महिनाकी दिया हृष्टपुष्ट र फुर्तिली छिन्। उनकै उमेरकी अनिषा भने त्यति फुर्तिली छैनन् र सधैं बिरामी पनि भैरहन्छिन्। दियालाई आमाको दूध ख्वाइएको छ भने अनिषालाई ल्याक्टोजिन। यो स्तनपान गरेका शिशु कृत्रिम दूध खाने शिशुको तुलनामा फुर्तिला हुन्छन् भन्ने कुराको उदाहरण पनि हो। आमाको दूध अमृत समान मानिन्छ। आमाको दूधमा हानिकारक तत्त्व नहुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा चन्दा कार्की बताउँछिन्। आमाको दूध सबैभन्दा उत्तम खाना हो। यसका लागि खास तयारी पनि गर्नु पर्दैन। आमाको दूध शतप्रतिशत शुद्ध हुन्छ। नवजात शिशुलाई आमाको दूधको विकल्पमा अन्य दूध दिनु उपयुक्त हुँदैन।
शिशु जन्मिएको एक घन्टाभित्र दूध चुसाउन थाल्नुपर्छ। अप्रेसन गरेर निकालेका शिशुलाई पनि अरूले समाइदिएर आमाको दूध चुसाउन सकिन्छ। सुरुमा आएको बाक्लो पहेंलो दूधमा पौष्टिक तत्व धेरै हुन्छ। अझै पनि स्तनपानसम्बन्धी पर्याप्त जानकारी नभएका कारण गाउँघरतिर पहिलो पटकको दूध निचोरेर फाल्ने गलत चलन छ । शिशुलाई जन्मनासाथ स्तनपान गराउँदा आमा र शिशु दुवैलाई फाइदा पुग्छ। नआए पनि शिशु जन्मनासाथ दूध चुसाउनुपर्छ। दूध जति चुसायो त्यति आउने डा कार्की बताउँछिन्। शिशुले दूध चुस्दा आमाको शरीरमा अक्सिटोसिन हार्मोन पैदा हुन्छ। यसले पाठेघर खुम्चन सहयोग गर्छ, हार्मोन सर्कुलेसन हुन्छ, दूध आउँछ र महिलामा सुत्केरीपछि हुने अत्यधिक रक्तस्राव पनि कम हुन्छ।
सामान्यतः नवजात शिशुले २४ घन्टामा ५ पटकभन्दा बढी पिसाब गरेको अवस्थामा उसलाई दूध पुगेको बुझ्नुपर्छ। शिशुलाई आमाको दूध चुस्न रमाइलो लाग्छ, त्यसैले पनि उसले दूध चुसिरहेको हुन सक्छ।
प्रत्येक आमाले झर्को नमानी आफ्नो शिशुलाई दूध ख्वाउनुपर्छ। दूध आएन भनेर चुसाउन छोड्यो भने आउने दूध पनि सुकेर जान्छ। शिशुले ल्याक्टोजिन वा अन्य कृत्रिम दूध खाने बानी परेपछि आमाको दूध चुस्ने मेहनत गर्दैन। यसले गर्दा आमाको दूध सुकेर जान्छ।
स्तनपानबाट शिशुलाई हुने फाइदा
शिशुलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ।
शिशु स्वस्थ एवं निरोगी हुन्छ।
निमोनिया तथा बाल्यवस्थामा हुने क्यान्सर कम गर्छ।
शिशुको तत्कालीन मात्र नभएर भविष्यको स्वास्थ्य पनि राम्रो रहन्छ।
स्तनपानले शिशुलाई कब्जियत हुन दिँदैन।
अकस्मात् हुने मृत्यु पनि रोक्छ।
शिशुको आइक्यु क्षमता बढी हुन्छ।
स्तनपानबाट आमालाई हुने फाइदा
स्तनपानले मातृमृत्युदर घटाउँछ।
आमामा ९८ प्रतिशत परिवार नियोजनको काम गर्छ।
शिशु जन्मनासाथ आमामा हुने रक्तस्राव कम हुन्छ।
स्तन, पाठेघर, इन्डोमेटि्रयल तथा डिम्बाशयको क्यान्सरको सम्भावना
कम हुन्छ।
हड्डीको रोग हुने सम्भावना कम हुन्छ।
वजन नियन्त्रण हुन्छ।
शिशुका लागि आमाको दूध नै सबैभन्दा उत्तम खाना हो। केही आमा बोतल फिडिङ चाहन्छन्। बोतल फिडिङ गराउँदा प्रत्येक पटक बोतल उमाल्नुपर्ने झन्झट हुन्छ र राति पनि उठेर दूध बनाउनुपर्छ। आधा घन्टाभन्दा बढी समय भए त्यो दूध फाल्नुपर्ने हुन्छ। आमाको दूध ख्वाउँदा यी सब झन्झट हुँदैन। स्तनपान गर्ने शिशु सक्रिय हुन्छन् र चाँडै दूध निखार्छन्। यसको तुलनामा बोतलबाट दूध खानेले निखार्न समय लगाउँछन्। दुई वर्षसम्म स्तनपान गराउनु शिशु र आमा दुवैका लागि फाइदाजनक हुन्छ।
शिशुलाई छ महिनासम्म आमाको दूध मात्र चुसाउनुपर्छ। यसका लागि कामकाजी महिलालाई कार्यालयले त्यस्तै किसिमको वातावरण बनाइदिनुपर्ने धारणा डा कार्कीको छ। कार्यालयमा सुत्केरी बिदा दुई महिनासम्म दिइन्छ। यसो गर्दा शिशु दिउँसोको स्तनपानबाट वञ्चित हुन्छन्। त्यसैले कार्यालयमै शिशुका लागि बेबी केयरको व्यवस्था गरिदिनुपर्छ या त सुत्केरीपछि दिइने बिदाको समय बढाउनुपर्छ। यसो गर्दा कामकाजी महिलाले काम गर्दै खाली समयमा शिशुलाई स्तनपान गराउन सक्छन्। शिशु छ महिना पुग्नासाथ आमाको दूधसँगै अन्य खानेकुरा दिनुपर्छ। स्तनपान गराएका शिशु र आमा दुवैको आत्मीयता कृत्रिम दूध खानेहरूको तुलनामा बढी हुन्छ।

No comments:
Post a Comment