Wednesday, March 16, 2011

आमा बन्ने उपयुक्त उमेर

आमा बन्न पाउनु खुसीको कुरा हो। यद्यपि यो खुसी त्यतिबेला मात्र सार्थक हुन्छ जतिबेला गर्भावस्थादेखि शिशु हुर्कन्जेलसम्म उचित हेरचाह गरन्िछ। स्वस्थ शिशु जन्माउन आमाको उमेरले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। आमा हुने उपयुक्त उमेरका सम्बन्धमा स्त्रीरोग विशेषज्ञ

डा उमा श्रीवास्तवसँगको कुराकानी :



गर्भधारणका लागि सर्वोत्तम उमेर कुन हो ? 

१८ देखि २० वर्ष आमा बन्नका लागि सामान्य उमेर मानिन्छ। यद्यपि गर्भधारणका लागि उमेरलाई मात्र प्राथमिकता दिनुहुँदैन। १६ वर्षदेखि नै पाठेघरको विकास हुने भएकाले युवतीहरू शारीरकि रूपमा परपिक्व हुनथाल्छन्। यद्यपि यो उमेरमा उनीहरूमा आमा बन्ने मानसिकता  परपिक्व भैसकेको हुँदैन।

कम उमेरमा गर्भधारण गर्दा के-कस्ता समस्या झेल्नुपर्छ ?

कलिलो उमेरका महिलाहरूमा शारीरकि परपिक्वता भए पनि मानसिक रूपमा तयार नभएसम्म त्यसलाई गर्भवती हुने उपयुक्त उमेर भन्न सकिँदैन। मानसिक रूपमा गर्भवती हुन तयार नभएका महिलाहरूबाट जन्मिएका शिशुको शारीरकि विकास राम्रोसँग भएको देखिँदैन। यस्तो अवस्थामा महिलाहरूको ब्लडप्रेसर पनि बढ्न सक्छ। मसल्सका तहहरू परपिक्व नभए पाठेघर झर्ने सम्भावना रहन्छ। शिशुमा अन्य समस्या आउन सक्छ।

गर्भवती महिलाको उमेर बढी भए कस्ता समस्या देखिन सक्छन् ?

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २५ वर्षदेखि ३० वर्षसम्म शिशु जन्माउनुपर्छ। बढी उमेरका महिलामा हड्डीको इलास्टिसिटी कम हुन्छ। यो उमेरका महिलाहरूमा ब्लडप्रेसर बढ्न सक्छ। यसले सन्तान जन्माउन समस्या निम्त्याउन सक्छ। उमेर बढ्दै जाँदा महिलाहरूलाई डायविटिज हुनसक्छ। यस्ता महिलाले शिशु जन्माउनु उपयुक्त हुँदैन।

गर्भधारण गर्नुअघि परीक्षण गर्नुपर्छ ? 

गर्भधारण गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ। गर्भावस्थामा रगत परीक्षण गर्नु उपयुक्त हुन्छ। कतिपय महिलाको शिशु खेर जान्छ। त्यस्ता महिलाहरूले ट्रच टेस्ट गर्नुपर्छ। यसबाहेक गर्भावस्थाभर ितीन पटक अनिवार्य टेस्ट गराउनुपर्छ। यस क्रममा शिशु पाठेघरभित्र बसेको छ-छैन हेर्न अल्ट्रासाउन्ड गर्नुपर्छ। पेटभित्र शिशु चल्छ कि चल्दैन जाँच गर्नुपर्छ। त्यसबाहेक गर्भवती भएपछि ब्लडपे्रसर पनि जाँच्नुपर्छ।

No comments: