Tuesday, November 30, 2010

अन्तर्वार्ता दिन जाँदाका तयारी

कुनै पनि संस्थाले भर्ना तथा छनौट प्रक्रियामा अन्तर्वार्तालाई महत्वपूर्ण प्रक्रिया मान्दछन् । रोजगारीको अवसर खोजी गर्नुभन्दा अगाडि अन्तर्वार्ताको तयारी गर्नुपर्छ किनभने– कुनै पनि संस्थाको भर्ना तथा छनौट प्रक्रियाको निर्णय अन्तर्वार्ता लिएपछि मात्र गर्छन् । अन्तर्वार्ता लिनुको उद्देश्य व्यक्तिको व्यक्तित्व, बोलीचालीको शैली, आत्मविश्वासका साथै उक्त पदको लागि योग्य छ वा छैन भनी अन्तिम निर्णय गर्ने माध्यम नै अन्तर्वार्ता हो ।







अन्तर्वार्ताका तयारी






तपार्इं अन्तर्वार्ताको छनौट भएपछि निम्न कुराहरूको तयारी गर्नुपर्छ ः
१. तयारी र आत्मविश्वास ः
राम्रो तयारीले सधैं आत्मविश्वास जगाउँछ । त्यसकारण सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूमा विश्वास हुनु हो । यसका लागि दुइटा कुराको ख्याल राख्नुपर्छ







अन्तर्वार्ताको अभ्यास






अन्तर्वार्ताका लागि महत्वपूर्ण सूचना र खबर संकलन गर्ने ।






२. चेक लिस्ट






अन्तर्वार्ताका लागि चाहिने कुराहरू यसप्रकार छन्






जानुपर्ने ठाउँ, समय, मिति र भेट्नुपर्ने व्यक्तिको नाउँ






समयभन्दा अघि पुग्ने व्यवस्था






औपचारिक पोसाक






पेस गर्नुपर्ने महत्वपूर्ण कागजातहरू






संस्थाको खबर र विवरण






३. समय






अन्तर्वार्ताको समयभन्दा १५–२० मिनेट अगाडि आएर रिसेप्सनिस्टलाई जनाउ दिनुपर्छ । केही गरेर ढिलो भएमा अफिसमा फोन गरेर खबर गरिदिनुपर्छ ।






४. सूचना






संस्थाका सम्पूर्ण खबर, सूचना र महत्वपूर्ण कुराहरू विभिन्न पत्रपत्रिका र वेबपोर्टल साइटबाट निकालेर मनन गर्नुपर्छ । अन्तर्वार्ता संस्थाका बारेमा विभिन्न प्रश्नहरू सोधिन सकिनेछ ।






५. प्रश्न तयारी






अन्तर्वार्तामा आउन सक्ने र सोधिने प्रश्नहरूको लेखेर तयारी गरेमा अन्तर्वार्तामा उत्तर दिन धेरै सजिलो हुन्छ । यो रोजगारीको अवसर तपाईंको हो भन्ने सोचेर तयारी गर्नुहोस् । जस्तैः हामीले तपाईंलाई यो अवसर प्रदान ग¥यौं भने हामीलाई के फाइदा हुन्छ ? तपाईंलाई हाम्रो संस्थाको बारेमा के थाहा छ ?






६. अनावश्यक नबोल्नुहोस्






आफूलाई सोधिएका प्रश्नहरूको उत्तर अनावश्यक लामो नबनाउनुहोस् । पहिला काम गरेको अफिस र त्यहाँका कर्मचारीहरूको बारेमा नराम्रा कुरा गर्नुहुँदैन ।






७. सुन्नुहोस्






अन्तर्वार्ता लिने व्यक्तिको कुरा राम्ररी सुन्नुहोस् । प्रश्न पूरा सुनेर मात्र उत्तर दिनुहोस् नत्र भने कुराको अर्थ अर्कै लाग्नसक्छ ।






८. विचार पु¥याउनुहोस्






अन्तर्वार्तामा जानु अगाडि आफ्नो पहिरन औपचारिक र साधारण भए नभएको हेर्नुपर्छ । कागजपत्र पूर्ण भए नभएको हेर्नुपर्छ । कसैको सिफारिस छ भने त्यो सिफारिसले कत्तिको सहायता गर्छ हेर्नुपर्छ । धेरै कडा बास्नादार अत्तरहरूको प्रयोग गर्नुहुँदैन । अनावश्यक श्रृंगारको प्रयोग गर्नुहुँदैन ।






९. कुरा गर्ने शैली






अन्तर्वार्ताको बेलामा आँखामा हेरेर कुरा गर्नुपर्छ । धेरै हाउभाउ देखाउनु हुँदैन र यताउति हेर्नुहुँदैन । प्रश्नका उत्तर दिँदा लामो हुनुहुँदैन ।






१०. सफलताका कुरा गर्नुहोस्






आफूले प्राप्त गर्नुभएको सफलताका कुरा गर्नुहोस् । तपाईंले कसरी विभिन्न समयमा, विभिन्न खालका घटना घट्दा आफूले कस्तो भूमिका निर्वाह गर्नुभयो, कसरी आफूले संस्थालाई घाटामा जानबाट जोगाउनुभयो र कसरी कुन कुराको थालनी गर्नुभयो, सो कुराको जानकारी दिनुहोस् ।






११. पहिलो अवसर महत्वपूर्ण






अन्तर्वार्ताको पहिलो अवसर नै तपाईंको लागि महत्वपूर्ण छ । तपाईंले पहिलो भेटमा नै आकर्षित गर्न सक्नुपर्ने हुन्छ । तपाईंको पहिलो अवसर जस्तो दोस्रो अवसर हुँदैन ।






१२. धन्यवाद भन्न नर्बिसिनुहोस्






अन्तर्वार्ताको अन्त्यमा अन्तर्वार्ता लिने व्यक्तिहरूलाई धन्यवाद भन्न नर्बिसिनुहोस् । सकारात्मक कुरा गरेर अन्तर्वार्तालाई टुंग्याउनुहोस् र अन्तर्वार्ता पछि पनि संस्थासँग सम्पर्कमा रहनुहोस् ।


No comments: