Saturday, November 20, 2010

मोबाइलका लागि बरदान


मोबाइल हरायो ? हराएको मोबाइलभन्दा पनि मोबाइलमा सङ्ग्रहित 'डाटा' को चिन्ता तपाईंलाई परेको छ ? या मोबाइल चोरी गर्नेलाई प्रहरीको खोरसम्म पुर्‍याउने रिस तपाईंलाई उठेको छ । त्यसो हो भने अब 'मोबाइल कन्ट्रोल सिस्टम' सप\mटवेयरले त्यो चिन्तालाई हटाउने छ ।
'मोबाइल कन्ट्रोल सिस्टम' ले हराएको मोबाइल कहाँबाट 'अपरेट' गरिएको छ भन्ने जानकारी दिनसक्छ । दोस्रो व्यक्तिले अर्को 'सिमकार्ड' राखेेर मोबाइल 'अपरेट' गरेमा 'लोकेसन' त्यसको सन्देश एसएमएस मार्फत् तपाईंलाई दिने छ र यस्तो बेलामा चोरिएको मोबाइल प्रयोगकर्ता समात्न सहज हुन्छ । मोबाइलमा सप\mटवेयर राख्ने बेलामा अरु दुईवटा मोबाइलको नम्बर 'इन्टि्र' गरिएको हुन्छ । त्यही नम्बरमा हराएको मोबाइलले सप\mवेयर मार्फत् यस्ता सन्देशहरू पठाउने गर्छ । हराएको वा चोरिएको मोबाइलबाट अरूलाई गरिएका एसएमएस म्यासेजलाई हेर्न सकिन्छ । हराएको मोबाइलमा भएका फोन नम्बर, म्यासेजहरूलाई सप\mटवेयर राख्नेबेलामा 'इन्टि्र' गरिएका दुई वटा नम्बरमार्फत् 'लग' वा 'डिलेट' गर्न सकिन्छ ।
मोबाइलसँगै हराएका महìवपूर्ण टेलिफोनलगायत 'डाटा' लाई 'अनलाइन
एकाउन्ट' राख्न सकिन्छ । मोबाइलमा सप\mटवेयर राख्दा दिइएको लाइसेन्स नम्बरका आधारमा तपाइर्ंको अनलाइन एकाउन्ट खोेलिएको हुन्छ । जसको 'कनेक्सन' तपाइर्ंको मोबाइलसँग हुन्छ । त्यसले तपाइर्ंको मोबाइलमा भएका तथ्याङ्कहरू, एसएमएस म्यासेज, सन्देशहरू रूपमा ब्याकअपमा गएर बस्छ । जसले गर्दा मोबाइल हराए पनि त्यहाँबाट प्राप्त गर्नसक्नुहुन्छ ।
नेपाल मोबाइल सङ्घ -म्यान) को तेस्रो प्रदर्शनीका बेला सार्वजनिक गरिएको यो सप\mटवेरलाई एक सय जनाभन्दा बढीले राखिसकेका छन् । यसको मूल्य पाँच सय राखिएको छ तर प्रदर्शनीमा तीन सय रुपियाँमा दिइएको थियो । यो सप\mटवेयरलाई नोकियाका ६५ र सामसुङ, एलजीलगायत ८० प्रकारका सेटमा राख्न सकिन्छ । मोबाइलबाटै बैङ्किङ र मनि ट्रान्सफरको कार्य गरिने समयमा मोबाइल सुरक्षाका लागि यो सप\mटवेयर वरदान सावित हुने दाबी मोवीटेक नेपालको छ ।

No comments: