Friday, February 25, 2011

नोट्स कसरी बनाउने ?

कुनै पनि विद्यार्थीद्वारा पढिएका सामग्रीबाट टिपिएका महत्त्वपूर्ण बुँदालाई नोट्स भनिन्छ । अधिकांश विद्यार्थी आफ्नो धेरै समय नोट्स तयार  गर्नमा लगाउँछन् । वस्तुतः उसको त्यो नोट्स किताबकै अध्यायहरूबाट कतै केही थपेर वा कतै केही हटाएर बनाइएको हुन्छ । नोट्सको  विकल्प सुग्राह्य माकुरे नक्सा (स्पाइडर म्याप) हो, जसको सहयोगले एउटा लामो पाठलाई एक वा दुई पृष्ठमा समाहित गर्न सकिन्छ । उक्त  नक्सा 'मस्तिष्कले कसरी सूचना एकत्रित गर्छ र त्यसलाई कसरी समायोजित गर्छ ?' भन्ने जानकारीमा आधारित छ । यही नक्सालाई माइन्ड  म्याप भनिन्छ ।

माइन्ड म्याप बनाउन थिमलाई बीचमा तथा त्यसको निर्भरता बनावट बायाँतिर र प्रयोग दायाँतिर देखिन्छ । अलग-अलग जानकारी अलग- अलग रंगले देखाउन सकिन्छ । विभिन्न शब्द र तथ्यलाई आपसमा जोड्न अथवा त्यसको सम्बन्ध दर्साउन तीरको प्रयोग गरिन्छ । केही विशे ष वा महत्त्वपूर्ण देखाउन तारा, क्रस अथवा अन्य चिह्न प्रयोग गर्न सकिन्छ । त्यस्तै विभिन्न ज्यामितीय आकृतिहरू जस्तो त्रिभुज, चतुर्भुज, वृत्त आदि सम्बन्ध दर्साउन प्रयोग गरिन्छ । यसप्रकारको नोट्स घैंटोमा समुद्र अटाएजस्तो हुन्छ । यो विधिमा मस्तिष्कको प्रयोग एकैपटक प्रयोग  हुन्छ । अतः धेरैजसो विषय नोट्स बनाउने समयमै कण्ठस्थ हुन्छ । स्मरण हुन नसकेका कुरा पनि उक्त चित्र हेरेपछि सजिलै याद गर्न  सकिन्छ । पढिएका कुरा स्मरण गर्नुले नै विद्यार्थीलाई सफलता दिलाउँछ । माकुरे नक्सा एक प्रकारको प्रवाह चित्र हो, यसलाई स्मरण गर्न  सजिलो छ । नक्साको आशय नै ठूलो विषयको सानो रुप वा प्रस्तुतीकरण हो । जटिल जानकारीलाई सानो नक्सामा परिवर्तित गरेर  छात्रछात्राले समय र मेहनत दुवै बचाउन सक्छन् ।

अधिकतम इन्द्रीयको प्रयोग

वैज्ञानिक आधार अनुसार औसत कुरा हामी स्मरण गर्न सक्छौंः

जुन हामी पढ्छौँ त्यसको २५ प्रतिशत

जुन हामी  भन्छौँ त्यसको  ३५ प्रतिशत

जुन हामी  हेर्छौँ त्यसको   ५० प्रतिशत

जुन हामी  लेख्छौँ त्यसको   ६० प्रतिशत

जुन हामी  गर्छौँ त्यसको   ७५ प्रतिशत

यदि यी जम्मै क्रिया एकैचोटि गरिन्छ भने त्यसलाई ९५ प्रतिशतभन्दा बढी स्मरण गर्न सकिँदैन ।

सबै इन्द्रीयलाई सामेल गर्दा स्मृतिमा जम्मा भएको प्रभाव सजिलै बिर्सन सकिँदैन । सिक्ने र स्मरण भएको प्रभाव सजिलै बिर्सन सकिन्न ।  सिक्ने र स्मरण गर्ने क्षमतामा सुधारका लागि छात्र-छात्राले आफ्ना सबै इन्द्रियको अधिकतम प्रयोग गर्नुपर्छ ।

No comments: