Saturday, February 26, 2011

विवाहपूर्व सम्पर्क टारे दिगो दाम्पत्य

विवाहपूर्वको यौनसम्बन्धले तपाईंको वैवाहिक जीवनलाई कम सन्तुष्टि दिने बनाउँछ । विवाहअगाडि राखिएको यौनसम्पर्कले दाम्पत्य जीवनमा कचिंगल ल्याउँछ । मायाप्रीतिको सुरुआती अवस्थामा सहवास गर्दा सम्बन्धित जोडीबीच द्वन्द्व समाप्त गर्न सञ्चार गर्ने महत्त्वपूर्ण क्षमताको विकासै हुन नपाउने कुरो 'जर्नल अफ पmयामिली साइकोलोजी' ले उल्लेख गरेको छ ।
यो तथ्यपूर्व बि्रघमयङ युनिभर्सिटीमा अनुसन्धान गरिएको थियो, जसमा दुई हजार ३५ जनालाई सहभागी गराइएको थियो । तीन समूहमा गरिएको उक्त अध्ययनमा पहिलो समूहअन्तर्गत भेट भएको एक महिनामै यौनसम्बन्ध राख्ने सात सय ३६ जना थिए । दोस्रो समूहमा दुई वर्षभित्र यौनसम्बन्ध रहेका नौ सय २३ जना सामेल गरिएका थिए । तेस्रो समूहमा त्यस्ता तीन सय ३६ जना थिए, जसले यौनसम्बन्धका लागि विवाहलाई पर्खेका थिए ।
अध्ययनकर्ताहरूका अनुसार विवाहसम्म यौनसम्बन्धलाई पर्खेकाहरूमा सकारात्मक ऊर्जा पाइएको थियो । तिनको वैवाहिक जीवन अति सुखद् थियो । यस्तै, यौनलाई बढी समयसम्म टार्नेहरूले राम्रो गुणस्तरको यौनसम्बन्ध राख्न पाएका थिए । तिनीहरूले दाम्पत्य जीवनमा सन्तुष्टि र स्थिरता पाएका थिए ।
अनुसन्धान अनुसार डेटिङ गर्दाताका यौनसम्बन्धबाट टाढा रहने विवाहित जोडी आपसमा कुराकानी गर्न रमाउँछन्, मजाले यौनानन्द उठाउँछन् । यसका साथै डेटिङताका नै यौनसम्बन्ध राख्ने गरेकाहरूको दाँजोमा उनीहरूबीचको सम्बन्ध बढी सुदृढ हुन्छ । उनीहरू आफ्नो वैवाहिक जीवनबाट बढी सन्तुष्टसमेत रहने गरेका छन् ।
करिब ८५ प्रतिशत अमेरिकीले विवाहपूर्व यौनसम्बन्ध राख्ने गरेको उक्त अनुसन्धानमा उल्लेख छ । अनुसन्धान अनुसार डेटिङताका नै यौनसम्बन्ध राख्नुपरे पनि त्यसलाई आपसको 'सेक्सुअल केमेस्ट्री' बारे जानकारीसम्म सीमित गर्नुपर्छ । साँच्चै यस्तो गर्न सकियो भने यसले पनि वैवाहिक जीवनलाई राम्रो बनाउन सक्छ । 
 
 

No comments: