Wednesday, March 9, 2011

यो सरासर क्षेत्री र ब्राह्मणहरुलाई मुठभेडका निम्ति उक्साउने काम हो |

Dear नेपाली दाजु भाइ दिदि बहिनि हरु नमस्कार 
डेढ दश अगाडी देखि अझ भनौ बिगत ४ बर्ष देखि नेपाल मा जुन प्रकार ले हाम्रो एकता ,र सदभाब खल्बलिने सुनियोजित बिबिध क्रियाकलाप भै राखेको छ यो प्रत्यक नेपाली हु भनि गर्ब गर्ने हरुको लागि बिडम्बना र दुखद नियति बन्दै गएको छ .
प्रत्यक जागरुक शिक्षित नागरिक ले बुझ्नु पर्ने सामान्य कुरो के भने आज को युग मा मानब ले मानब लाइ मानबिय दृष्टिले हेर्न सक्ने हुनु पर्यो "यो ब्रमाण्डको सृस्टि कर्ता ले मात्र दुइ जात रचेका हुन् एक महिला र दोस्रो पुरुष एउटै मात्र धर्म छ संसार मा मानब सेवा त्यो बाहेक सबै धर्म गुरु र धुर्त राजनीति को मिथ्या चलखेल मात्र हो भन्ने बुझौ ..
नेपाल को सन्दर्भ मा अहिले जुन प्रकार को जातीय .दलित ,आदिबासी .महिला हक हित र अधिकार को कुरो उठाइएको छ यो आफैमा विरोधाभास पूर्ण त् छदैछ उल्टो सबै बर्ग र क्षेत्र लागायत रास्ट्र नै कमजोर बन्दै गएको छ ..अहिले को अनिबार्य आबस्यकत भनेको शिक्षा नै हो यसको कमि ले गर्दा हामि हामि लाइ लडाउने शक्ति लाइ चिनेर पनि हामि पर्दा पछाडी राखेर एक आपस मा बिबाद गर्दै छौ .बिस्व इतिहास ले देखाएको रंगभेद नियति जातीय द्वन्द को उठान र परिणाम लाइ गम्भीर भएर सोचौ नागरिक को दायित्व लाइ महसुस गरौ . अल्पविकसित रास्ट्र र बिकसित रास्ट्र भित्र को नीति सोच र ब्यबहार को मुल्यांकन गरौ र हामि लाइ पनि त्यसै अनुरुप डोर्याउने प्रयास गरौ .
छोटकरी मा मेरो बिन्ति  के छ भने राज्य बाट बिशेष अधिकार संरक्षण वा निगाह होइन 'समाज का प्रत्यक नागरिक ले "उसको इच्छा ,योग्यता अनुरुप प्रतिस्पर्धी बनेर समाज मा आफु लाइ स्थापित गर्न "समान मानबिय मुल्य र मान्यता "को मर्म लाइ सम्मान गर्ने बाताबरण सृजना गरौ .यो युग मा प्रवेश गरि सकेका हामि समय साक्षेप फड्को मार्ने  हो भने दलित जन जाति वा महिला को भावना मा कुण्ठित हुने होइन आफुले आफै लाइ सधै कमजोर ठान्ने होइन समाज को एउटा गौरबशाली नागरिक झैँ समानता को भावना लाइ अगाडी बढाउ .आफ्नो अधिकार को सदुपयोग गर्दा अरु को अधिकार हनन नहोस भन्ने तर्फ सचेत हुनु अनिबार्य छ .जात बिशेष वा क्षेत्र बिशेष को अधिकार ली अन्य जात वा क्षेत्र बिशेष लाइ निषेधात्मक वा नकारात्मक भावना मात्र फैलाउछ र अन्तहीन द्वन्द मा समाज फस्ने डर हुन्छ .नेपाल पुर्ब मेची देखि पश्चिम काली सम्म कतै न् कतै पारिवारिक सम्पर्क संजाल भएको सानो देश हो यस्तो सदभाबपूर्ण बातावरण लाइ जातीय द्वन्द मा फसाउने काम न् गरौ .

देश मा त्यस बेला मात्र शान्ति र सम्बृद्धि ले पाइला टेक्छ जब प्रत्यक नेपाली सबै प्रकार को बाद बाट माथि उठी "नेपाल बाद "लाइ प्राथमिकतामा राख्न एकता बद्ध हुन्छौ.अनि मात्र नेपाल बलियो र सम्बृद्ध हुन्छ एउटा सानो अर्को कुरो पनि स्मरण गराउछु "ओम् आकार मान्ने जति सबै हिन्दु हौ सबै ले बुझेका छौ .धार्मिक विवाद झन खतरनाक हुन्छ हामि ले अरु देश फुटेको रगत बगेको देखि सकेकाछौ "एकता मा नै रास्ट्रीय शक्ति ,रास्ट्रियता,शान्ति र सम्बृद्धि हुन्छ र सबै को भलो हुन्छ .बिगत केहि समय देखि नेपाल को स्वाधीनता ,सार्वभौमिकता र एकता मा बिचलन आइ रहेको छ .जसको कारण ले बर्ग समाज र देश कमजोर बनेको छ .नेपाल नेपाली को हात बाट उम्कि सक्यो बिदेशी नियोग र आइ .एन जी ओ हरु को दुस्चक्रमा हामि फसेका छौ .देश को सुखद भबिस्य को लागि प्रत्यक ले जिम्मेवार नागरिक भएर सचेत र साबधानी पुर्बक एकता बद्ध भै अगाडी बढ्नु जरुरि छ .
धन्यवाद 
शेखर ढुंगेल 
ओमाहा नेब्रास्का 




श्रध्देय मित्रहरु,

सदियौं देखि लादिएको  जातिय  भाषीय  एकाधिकारबादले देशमा शिक्षाको समस्या श्रीजना गर्यो |  अरु समस्या पनि छन, असमानता,  गरिबी, सामाजिक विभेद, सभ्यता र संस्कृतिको यथोचित संरक्षण सम्बर्धन हुन नसक्नु, आ-आफ्नो मातृभाषा बोल्न नजान्नु, बोल्न हिच्किचाउनु, उंचनीचको भावनाले गर्दा आत्म स्वाभिमान हराउनु, पहिचान नस्ट हुनु, इत्यादी | जात बिशेष वा क्षेत्र बिशेषका आवाज तिनै असमानताको जगमा उभिएको विद्रोहको आवाज हो भन्ने सबैले बुझेका छन् | समस्या यति सघन भयो कि बरु उपनिवेश बनेका देशहरु बिकास पथमा लम्किए तर हामी हेरेको हेरेइ छौ | बेलायतले  नराम्ररी उपनिवेश बनाए दोहन गरेको भारतलाई पनि उसले बिकासका पूर्वाधारहरु योगदान दियो, तर शाह साम्राज्यमा गाभिएका राज्य-बिशेष जाति-बिशेषले त्यति पनि पाएन, मात्र शोषण पायो, अकर्मन्यता पायो, थिचोमिचो पायो र पिडा पायो, उपनिवेश भन्दा पनि नीच तहको कुशासन पायो | 
शिक्षाले सबै समस्याको समाधान देला वा नदेला, तर शिक्षाले समस्याको सहि पहिचान जरूर गर्छ, त्यसैले शिक्षितहरुकै समुहमा देशमा विद्यमान यी समस्याहरुका श्रोत के के हुन्, कसरि झांगिए, कसरि यी समस्याहरुले देशलाई मध्यकालीन उन्नत समाजको स्तरबाट झारेर संसारकै गरीब मुलुक बनायो, कसरि विनाशको खाडलमा जाक्यो भन्ने बुझ्न सक्ने भएका छन् | शिक्षा अनिबार्य आबस्यकता हो, यसको साथसाथै शिक्षाको नाममा नेपालको बहुल समाजलाइ नकारेर एक भाषा एक भेषकै पक्षपोषण गर्ने पंचायती शैलीको शिक्षाले सकारात्मक योगदान दिन सक्दैन रहेछ भन्ने त दिन दिनै बढ्दै गएको बिद्रोह र असंतुस्तिले स्पस्ट पारेको छ |  त्यसैले आजको आवस्यकता भनेको नेपाली बहुल समाजको आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा हो - राज्य स्तरबाट एक भाषा र एक समुदायलाई मात्रै पोस्ने नियतले बनाइएको शिक्षा नीतिलाई सुधारेर सबैको समान हक समान अधिकारलाइ स्थापित गर्ने शिक्षा हो | हामी सबै मिलेर यो कुरामा जोड दिनु नितान्त जरुरि छ |
आरक्षण र विशेषाधिकारले योग्यतालाई कदर नगर्ने वातावरण बन्ने छ भन्ने सैद्धान्तीक विश्लेषण भएता पनि मेरो मत निश्चित अवधिको लागि आरक्षण र विशेषाधिकारको पक्षमै हुने छ | फालाफाल "घिउ" खाने र आधा पेट "खोले" खान पाउदा पनि दङ्ग पर्नु पर्नेका बिचमा प्रतिस्पर्धा गराएर  "योग्यतालाई कदर गर्ने" कुरो गर्नु बेकार छ | पिछडिएको र सिमान्तकृत पारिएको समुहलाई अहिलेकै अबस्थामा छोडेर "इच्छा ,योग्यता अनुरुप प्रतिस्पर्धी बनेर समाज मा आफु लाइ स्थापित गर्न "समान मानबिय मुल्य र मान्यता "को मर्म लाइ सम्मान गर्ने बाताबरण सृजना" गर्ने सोचाइ यथास्थितिलाई कायम राख्ने, अहिले हालीमुहाली जसले चलाएको छ उसैको पिछलग्गु बनौ बनाउँ भन्नु बाहेक अरु केहि पनि होइन | अर्को कुरा, बहुमतका नाममा "बाहिरिया"ले हालीमुहाली चलाउने सोच र संस्कार प्रति पनि मेरो तिब्र बिमति छ | स्थानीय आदिबासीलाइ बिस्थापित गर्ने नियतले आप्रबासी जनसंख्या तिब्र गतिमा ओराल्नु र बहुमतको ढोल बजाउनु संघिय लोकतन्त्रको मर्म बिपरित छ भन्ने मेरो मान्यता छ | यदि यसरि आप्रवासी मतमाथि नियन्त्रण नगरी स्थानीय आदिबासीलाई विशेषाधिकारबाट बन्चित  हुन दिने हो भने नेपाल कुनै पनि बेलामा अन्य देशको प्रान्त बन्न सक्नेछ किन कि आप्रवासीले चाहे नेपालको सम्पूर्ण जनसंख्यालाई उनीहरु एकै रातमा अल्पमतमा पारेर देखाउन सक्छन |

पंचायतले प्रश्रय दिएको एकात्मक राष्ट्रियता कति खोक्रो थियो अहिले छर्लंग देखिन्छ | नेपाल जस्तो बहुल समाज सहितको देशमा  जात-बिशेष र क्षेत्र-बिशेषको मुद्दा बेवास्ता गरी राष्ट्रियता संरक्षण वा संवर्दन हुनै सक्दैन | समानता भनेको "तेरो कुरो थाति राख - मेरो कुरो मान" भन्नु हैन | त्यसैले जिम्मेवार नागरिक बन्ने हो भने बहुलतालाई सम्बोधन गर्ने राष्ट्रियताको वकालत गर्नु जरुरि छ, हैन भने आ-आफ्नो डम्फु बजाउन जो पनि स्वतन्त्र छ |
 
Roshan Shrestha

No comments: