Saturday, March 5, 2011

९६ वर्षकी वृद्धाको यौनधन्दा, आम्दानी ६० लाख

सेक्स चाहना प्राकृतिक हो । तर यसोभन्दैमा कसैले मोटो रकम तिरेर बृद्वसँग सेक्स गर्ला त ? यो त पत्याउनै गाह्रो छ । तर लण्डनबाट अमेरिका बसाई सरेकी ९६ वर्षकी मिली कुपर यौनधन्दामा ब्यस्त छन् । उनी यौनधन्दामा मात्र छैनन्, वाषिर्क ५० हजार पाउण्ड अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ पनि आम्दानी गरिरहेकी छन् ।
दोश्रो विश्व युद्व समाप्त भएदेखि व्यवसायिक यौनधन्दा थालेकी यी वृद्धाले हालसम्म ३५ सय पुरुषसँग सहवाश गरिसकेको दावी गरेकी छन् । मिली कुपर नामकी एक बृद्वले अझै पनि आफ्नो ग्राहकलाई सेक्स सेवा दिदै आएको र यसबाट वाषिर्क ५० हजार स्टर्लिङ कमाउने गरेको दावी गरिन ।
अहिले दुई ग्राहकलाई सेक्स सेवा दिदै आएकी बृद्वले उनीहरुबाट एक पटकमा ८ सय स्टर्लिङपाउण्ड लिने गरेको बताइन् । उनीसँग सम्बन्धका लागि आउने पुरुषहरु २९ वर्षदेखि ९२ वर्षसम्मका छन् । २७ वर्ष उमेरमा एक अमेरिकीसँग बिबाह गरी यी वृद्धा लण्डनबाट अमेरिकाको लस भेगासमा आएकी थिइन् । उन्का श्रीमानको लसभेगास मै सन् १९४५ मा मृत्यु भएको थियो ।
त्यसबेला काखमा सानी छोरी रहेको र हातमुख जोड्न उनलाई ठूलो समस्या भएको थियो । फलत उनले सुरुमा लसभेगासका रेष्टुरेण्टहरुमा ‘शो गर्ल’को काम गर्नुपरेको थियो । शो गर्लबाट राम्रो आम्दानी नभएपछि यी वृद्धाले यौनधन्दा सुरु गरेकी थिइन । यौनधन्दा सुरु गरेपछि उनलाई दैनिक गुजारा गर्न मद्दत मिलेको थियो । दोश्रो विवाहपश्चात केहि युवतीको समूह बनाई उनले यौन व्यवसायलाई निरन्तरता दिएकी थिइन् ।
छोरी अलि ठूलो भएपछि उनले यौनधन्दा बन्द गरेकी थिइन । तर यौनधन्दा छोडेको २५ वर्षपछि यी वृद्धा फेरि पुरानै बाटोमा फर्किएकी हुन् । बेलायतको प्रसिद्ध दैनिक डेली मेलसँग कुराकानी गर्दै यी वृद्धा भन्छिन्, ‘आजकलका युवतीहरुको स्तन धेरै ठुला छन् र शरिर साह्रै पातलो । युवतीहरु अर्धनग्न भएर सडकमा हिड्छन् । मैले कम्तीमा निश्चित मर्यादा कायमै राखेको छु । पहिरन राम्ररी लगाउछु अनि मेरा ग्राहकहरु भद्रभलादमी हुन्छन् ।’

No comments: