Saturday, March 26, 2011

यौनजीवनमा उमेर भिन्नताको प्रभाव

अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उमेरका पुरुषसित हुन्छ । हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ, तर श्रीमान-श्रीमतीबीच उमेरको  भिन्नता कति हुनुपर्छ भन्ने कुरामा न त युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै । भविष्यमा गएर त्यही उमेर भिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ । महिला-पुरुषको यौन जीवनको सफलता उनीहरूको  आपसी तालमेलमै निर्भर हुन्छ । यद्यपि यौन सम्बन्धमा उमेरको पक्षलाई पूर्ण रूपले बेवास्ता गर्न भने सकिँदैन ।

कुन हो सही उमेर ?

यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ, किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारीमाथि नै निर्भर गर्छ । उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र  यौन शक्ति १६ देखि २७-२८ वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा २५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ ।

कति ग्याप हुनु ठीक ?

यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमतीकाबीच २-३ वर्षको अन्तर राम्रो हुन्छ । त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ । उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर ३० वर्ष र युवतीको उमेर २१ वर्ष छ भने विवाहको  सुरुवाती ४-५ वर्षसम्म कुनै समस्या हुँदैन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३० वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब यौन जीवनमा समस्या देखा पर्न सक्छ । कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने  महिलाहरू त्यतिबेला यौनका दृष्टिकोणले बढी सक्रिय हुन्छन् । यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ । विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमतीले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् । यति  समय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ ।

पुरुष उमेरमा जेठो भए

यदि श्रीमान्को उमेर धेरै बढी भए, उनीहरूको यौनचाहनाले मेल नखान सक्छ । कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षा र प्रेमको आवश्यकता पर्छ, जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ । यस  स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन् । फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द ृष्टिकोणले सक्रिय हुन थाल्छिन् र श्रीमानको नजिक हुन चाहन्छिन् तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ ।

महिला उमेरमा जेठी भए

यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ । बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नो यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन् । यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई  सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौनजीवनलाई सन्तुष्ट तुल्याउन सक्छन् ।

यदि दुवैको उमेर बराबर भए

यदि श्रीमान-श्रीमती दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ । दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन् ।

उमेर र यौन

 १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ । यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ । २१ देखि २८ वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ । २८  देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो । यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन् । ३५ देखि ४१ वर्षको

उमेरसम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ । महिलाहरूमा यौनअनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी  आउन थाल्छ । ४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ । यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।

No comments: